बेँसीसहर–चामे सडक आजदेखि दिउँसो २ बजेदेखि आइतबार बिहान १० बजेसम्मका लागि सडक बन्द हुने
नेपालअखबार, बेँसीसहर। पहाडी जिल्ला र हिमालपारिको जिल्ला भनिर चिनिने मनाङ जिल्ला जोड्ने एकमात्र बेँसीसहर–चामे सडक आजदेखि दुई दिन बन्द हुने भएको छ।
सडक जोखिम बढ्दै गएपछि यस सडकअन्तर्गत नासोँ गाउँपालिका–९ दानाक्यु नजिकै सडक मर्मतका लागि आज दिउँसो २ बजेदेखि आइतबार बिहान १० बजेसम्मका लागि सडक बन्द हुने भएको हो।
सडकको ढलान भत्किएर अत्यन्तै जोखिम रहेकाले र वैकल्पिक सडक नभएकाले बन्द गरेर मर्मत गर्ने हुँदा उक्त समयसम्मका लागि यातायात पूर्णरुपमा थप्प हुने भन्दै जिल्ला प्रशासन कार्यालय मनाङले एक सूचना जारी गरेको छ।
डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका इन्जिनियर सुमन अधिकारीले दानाक्यु नजिकै कल्भटको वरिपरि भत्किएको र बाटोमा ढुङ्गा निस्किएकाले मर्मत गर्न लागिएको बताए। सवारी साधन सञ्चालनमा धेरै समस्या हुन थालेपछि उक्त ठाउँमा सामान्य मर्मत हुने भए पनि वैकल्पिक सडक नहुँदा यस सडक नै बन्द गर्न...










