Tuesday, August 18

समाज

शिक्षा क्षेत्रलाई व्यापारको माध्यम बनाउन नहुनेमा जोड
शिक्षा, समाचार, समाज

शिक्षा क्षेत्रलाई व्यापारको माध्यम बनाउन नहुनेमा जोड

नेपालअखबार, काठमाडौँ । शिक्षा क्षेत्रलाई व्यापारको माध्यम बनाउन नहुनेमा जोड दिइएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले १६ औँ विश्व सामाजिक मञ्चको उपलक्ष्यमा आयोजना गरेको ‘निःशुल्क शिक्षा अधिकारमा बढ्दो व्यापारीकरणबाट सिर्जित चुनौतीहरू’ विषयक छलफल कार्यक्रममा वक्ताहरूले उक्त कुरामा जोड दिएका हुन् । निःशुल्क शिक्षाको संवैधानिक मर्म विपरीत शिक्षा क्षेत्रलाई व्यापारको माध्यम बनाउन नहुने बताएका हुन् । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन अनुसार निजी विद्यालयहरुलाई क्रमशः गुठीमा लैजाने व्यवस्था लागु गर्नुपर्ने बताएका थिए । सार्वजनिक शिक्षाको गुणस्तर वृद्धिका लागि लगानी बढाउनुपर्ने, शुल्क उठाइरहेका विद्यालयले राम्रो गरिरहेको भन्ने जस्ता गलत भाष्यलाई निरुत्साहित गरिनुपर्ने जस्ता विषयमा छलफल भएको एनसीई नेपालले जनाएको छ । एनसीई नेपालका संस्थापक अध्यक्ष तथा राष्ट्रिय मानव अधिक...
बझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प
समाचार, समाज

बझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प

नेपालअखबार, काठमाडौँ । बझाङको परकत्ने आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः३२ बजे  ४.४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा महसुस गरिएको थियो ।
मन्दिरै मन्दिरको गाउँ पिठातोलाले पायो ‘कान्छी गाउँ’को उपमा
समाचार, समाज

मन्दिरै मन्दिरको गाउँ पिठातोलाले पायो ‘कान्छी गाउँ’को उपमा

नेपालअखबार, बझाङ । तीर्थस्थल र पर्यटकीयस्थलमा बझाङ धनीमध्येएक जिल्ला पर्छ । बझाङमा सयौँ त्यस्ता तीर्थस्थल र पर्यटकीयस्थल छन्, जहाँ पुग्दा हरेक मानिसले नयाँपन महसुस गर्छन् । त्यसैमध्ये एउटा सानो टोल छ, पिठातोला । जहाँ प्रशस्त मठमन्दिर र पाटी पौवा भेटिन्छन् । खप्तडछान्ना गाउँपालिका–५ मा पर्ने पिठातोलाले मन्दिरको गाउँ उपमा पाएको छ । मनोरम प्रकृति र मन्दिरैमन्दिरको दृश्यले पिठातोला ‘बझाङभित्रको बझाङ’ जस्तो लाग्छ । आफैँमा पूर्ण लाग्छ । जताततै मन्दिरैमन्दिरको दृश्य देखेर आगन्तुकले “कान्छी गाउँ”को उपमा दिन्छन् । कान्छी गाउँमा पाँचवटा माडौँ छन् । मष्टामाडौँ (ठूली पाँण) मष्टामाडौँ (ठूली पाँण) पिठातोलावासीका कुलदेउता हो । यो मन्दिरमा जुन समयमा पनि पूजाआजा हुने गर्छ । परापूर्वकालदेखि पूजाआजा गरिँदै आएको उक्त मन्दिरमा केही वर्ष अगाडिदेखि भने आ–आफ्नो टोल तथा घरघरमा पनि पुज्ने गरिन्छ । वर्षको दुई पट...
धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नति गरिँदै
समाचार, समाज

धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नति गरिँदै

नेपालअखबार, खोटाङ। बराहपोखरी गाउँपालिकाबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नतिलाई अगाडि बढाइएको छ। सङ्घीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा गाउँपालिकाको क्रमागत योजनाअन्तर्गत उक्त सडकलाई दुईखण्डमा विभाजन गरेर स्तरोन्नति थालिएको हो। प्रदेश सरकार र गाउँपालिकाको ५०/५० प्रतिशत लागत साझेदारीमा धाप्लाङघाटदेखि बिचशङ्खे–खाकरगैरा तथा चेकेथुमखण्डको सडक स्तरोन्नतिको काम सुरु गरिएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताए। बराहपोखरी गाउँपालिका–२ सुन्तलेमा पर्ने दुवै सडकखण्डमा ग्याविन (तारजाली प्रयोग गरेर निर्माण गरिने पर्खाल), मेसिनरी वाल (सिमेन्ट, बालुवा र ढुङ्गा प्रयोग गरेर निर्माण गरिने पर्खाल), ड्रेन निर्माण, आरसिसी ढलान, ग्राभेल, माटो फिलिङलगायतका काम भइरहेको छ। धाप्लाङघाटदेखि बिचशङ्खे–खाकरगैरासम्मको सडक स्तरोन्नति गर्न ६२ प्रतिशत सम्पन्न भ...
पदमार्गमा बन्यो झोलुङ्गे पुल
समाचार, समाज

पदमार्गमा बन्यो झोलुङ्गे पुल

नेपालअखबार, मुस्ताङ। मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल सेकुङ र भुतर्छो ताल जोड्ने पदमार्गमा पर्ने म्हरक्पुं दोङ खोलामा झोलुङ्गे पुल निर्माण भएको छ। स्थानीयवासी र ताल भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर थासाङ गाउँपालिकाले झोलुङ्गे पुल निर्माण गरेको हो। थासाङ –२ कोवाङका वडाध्यक्ष गौतम शेरचनले रु ४५ लाख ३२ हजार एक सय छ लागतमा ८३ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको जानकारी दिए। ‘म्हरक्पुं दोङ खोलामा पुल नहुँदा बर्खामा पर्यटक र स्थानीयवासीले जोखिम मोलेर आवतजावत गर्नुपर्ने समस्या थियो,’ उनले भने, ‘पुल बनेपछि सुरक्षित आवतजावतका साथै एउटादेखि अर्को ताल पुग्न लाग्ने समय ३० मिनेटबाट पाँच मिनेटमा छोट्टिएको छ।’ कोवाङ, खन्ती, नाउरीकोट, ताङछरा, लार्जुङलगायत बस्तीका एक सय ६० घरधुरीका साथै ताल भ्रमणमा आउने पर्यटक पुलबाट लाभान्वित भएका छन् । सेकुङ र भुतर्छो तालको बीचमा म्हरक्पुं खोलाले क...
मिथिलाञ्चलमा गरियो हलो र गोरु पूजा
धर्म/संस्कृति, समाचार, समाज

मिथिलाञ्चलमा गरियो हलो र गोरु पूजा

नेपालअखबार, जनकपुरधाम । वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाका अवसरमा यहाँका किसानले  हलो र गोरुको पूजा गरेका छन्। किसानले आजको दिनलाई कृषि कार्यको सुरूआत मान्दै हलो र गोरूको पूजा गर्दछन्। किसानले आ–आफ्ना आँगनमा गाईको गोबरले लिपपोत गरेर, फूलमाला, अक्षता, अबिर, चामल, लड्डुलगायतका वस्तुसहित हलोको एवं गोरुलाई नुहाइनयाँ रङ्गीचङ्गी डोरी लगाएर पूजा पनि गरेका छन्। जलेश्वर नगरपालिका–८ का किसान आशनारायण मण्डलले हलो र गोरुको पूजा गरिसकेपछि खेतमा लगेर एकछिन खेतबारी जोत्ने चलन रहेको बताए। किसानले आजकै दिन हलोमा धार लगाउने, कोदालो धारिलो पार्ने तथा हँसिया र खुर्पासहितको कृषि औजारलाई नयाँ धार लगाएर एकछिन प्रयोगमा ल्याउने गर्दछन्। सरस्वती विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधन...
आज श्रीपञ्चमी, सरस्वतीको पूजा गरेर मनाइँदै
शिक्षा, समाचार, समाज

आज श्रीपञ्चमी, सरस्वतीको पूजा गरेर मनाइँदै

नेपालअखबार, काठमाडौं । आज विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर आज श्रीपञ्चमी मनाइँदै छ । वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ । ललितपुरको लेलेस्थित सरस्वती कुण्ड, थिमीको सरस्वतीखेल, विशालनगरको नील सरस्वती, आर्यघाटस्थित सरस्वती मन्दिर, मैतिदेवी, स्वयंभूलगायत विभिन्न सरस्वती मन्दिरहरुमा दर्शनार्थीको भिड लागेको छ । आजै बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा राष्ट्रपतिबाट वसन्त श्रवण गर्ने कार्यक्रम तय भएको छ । वसन्त श्रवणमा उपराष्ट्रपति, प्रधानमन्त्री लगायत गन्यमान्यहरू पनि सहभागी हुने चलन छ । यस दिनलाई विद्या, बुद्धि, कला र संगीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइन्छ । सरस्वती प्रकट भएको दिन अर्थात् सरस्वती जयन्ती मानेर आजकै दिन सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा-आराधना गर्ने प्रचलन वैदिककालदेखि चलिआएको छ ।...
पाल्पामा जिप दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा तिनाउ गाउँपालिकाले बिदा
दुर्घटना, समाचार, समाज

पाल्पामा जिप दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा तिनाउ गाउँपालिकाले बिदा

नेपालअखबार, पाल्पा । पाल्पामा मंगलबार भएको जिप दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा तिनाउ गाउँपालिकाले बिदा दिएको छ । शोक मनाउने निर्णय गर्दै गाउँ कार्यपालिकाको बैठकले पालिकाका सम्पूर्ण  शिक्षण संस्था तथा स्थानीय तह मातहतका कार्यालयहरुमा बिदा दिएको हो । गाउँपालिकाको वडनम्बर ६ मा जिप दुर्घटना हुँदा१० जनाकाे मृत्यु  भएको छ । त्यसमध्य ५ जना पालिकाभित्रैका थिए । पाँच जनाका परिवारलाई गाउँपालिकाले जनही ३५ हजार सहयोग गर्नेसमेत घोषणा गरेको छ । उक्त घटनामा आठ जनाको घटनास्थल र दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । अन्य १६ जना घाइतेको उपचार हुँदैछ ।...
सेवा विस्तारमा फड्को मार्दै इनरुवा अस्पताल बाल रोग विशेषज्ञको सेवा पनि सुचारु
समाचार, समाज, स्वास्थ्य

सेवा विस्तारमा फड्को मार्दै इनरुवा अस्पताल बाल रोग विशेषज्ञको सेवा पनि सुचारु

नेपालअखबार, इनरुवा । सेवाग्राहीलाई थप सुविधा दिने उद्देश्यले इनरुवा अस्पतालमा अब बालरोग विशेषज्ञ सेवाको सुरुवात भएको छ । अस्पतालको सेवा विस्तारमा निरन्तर लागेकी अस्पतालकी निमित्त मेसु श्रेया पङ्गेनीले अस्पतालमा बालबालिकाको उपचारमा सहज होस् भनी बालरोग विशेषज्ञ ल्याउन पहल गरेपछि कोसी प्रदेश सरकारले इनरुवा अस्पतालमा बालरोग विशेषज्ञलाई हिजोबाट इनरुवा अस्पताल पठाएको हो । कोसी प्रदेश सरकारले इनरुवा अस्पतालमा बालरोग विशेषज्ञ डाक्टर फणेन्द्र साहलाइ हिजोबाट इनरुवा अस्पतालमा हाजिर गराएको छ । विराटनगरका विभिन्न अस्पतालमा सफल सेवा दिइसकेका साह इनरुवा निवासी हुन् । उनले इनरुवामा बालबालिकाको उपचारमा समस्या देखेपछि इनरुवास्थित आफ्नै निवासमा बालबालिका क्लिनिक स्थापना गरी केही वर्ष सेवा दिएका थिए । हाल उनको क्लिनिक बन्द छ । बालरोगमा एमडी गरेका साहको इनरुवा अस्पताल आगमनले स्थानीय सेवाग्राहीलाई सहुलियत...
दिक्तेलको खाल्लेमा पहिलोपटक बस पुगेपछि‍…
समाचार, समाज

दिक्तेलको खाल्लेमा पहिलोपटक बस पुगेपछि‍…

नेपालअखबार, खोटाङ। दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा बस सेवा सञ्चालनमा आएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ९५ वर्षीय नन्दलाल ढुङ्गानाले सो सेवाको सोमबार शुभारम्भ गरे। सो अवसरमा उनीसँगै ८६ वर्षीय गङ्गाबहादुर कटवाल, ८० वर्षीय तेजबहादुर राईलगायतका खाल्लेका स्थानीय बासिन्दा केहीबेर नाचगान गर्दै रमाएका थिए। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट बस लिएर आहाले पुगेका चालक र सहचालकलाई खाल्लेवासीले अबिर र खादाले स्वागतसमेत गरे। आफ्नो घर नजिकैबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्नेगरी निर्माण गरिएको सडकमा पहिलोपटक गुडेको बस चढेर आहाले पुगेका उनीहरू सोही बसमा चढेर दिखुवाफेदीसम्म पुगेर पुनः आ–आफ्नो घर फर्किएका थिए। दिक्तेलबाट खाल्लेस्थित खानीडाँडा हुँदै पुरानोगाउँबाट रेग्मीटारस्थित सगरमाथा राष्ट्रिय राजमार्ग जोडिने सडकमा सोमबार परीक्षणका लागि खोटाङ यातायात ...