Tuesday, August 18

समाज

दिक्तेलको खाल्लेमा पहिलोपटक बस पुगेपछि‍…
समाचार, समाज

दिक्तेलको खाल्लेमा पहिलोपटक बस पुगेपछि‍…

नेपालअखबार, खोटाङ। दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा बस सेवा सञ्चालनमा आएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ९५ वर्षीय नन्दलाल ढुङ्गानाले सो सेवाको सोमबार शुभारम्भ गरे। सो अवसरमा उनीसँगै ८६ वर्षीय गङ्गाबहादुर कटवाल, ८० वर्षीय तेजबहादुर राईलगायतका खाल्लेका स्थानीय बासिन्दा केहीबेर नाचगान गर्दै रमाएका थिए। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट बस लिएर आहाले पुगेका चालक र सहचालकलाई खाल्लेवासीले अबिर र खादाले स्वागतसमेत गरे। आफ्नो घर नजिकैबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्नेगरी निर्माण गरिएको सडकमा पहिलोपटक गुडेको बस चढेर आहाले पुगेका उनीहरू सोही बसमा चढेर दिखुवाफेदीसम्म पुगेर पुनः आ–आफ्नो घर फर्किएका थिए। दिक्तेलबाट खाल्लेस्थित खानीडाँडा हुँदै पुरानोगाउँबाट रेग्मीटारस्थित सगरमाथा राष्ट्रिय राजमार्ग जोडिने सडकमा सोमबार परीक्षणका लागि खोटाङ यातायात ...
कम्प्युटर इन्जिनियरको चियापसल
समाचार, समाज, हाइलाइट-समाचार

कम्प्युटर इन्जिनियरको चियापसल

नेपालअखबार,  जनकपुरधाम।  सूचना प्रविधिको युग। त्यसैमा कम्प्युटर इन्जिनियरिङमा स्नातक अर्थात् ‘बिटेक’ गरिसकेको युवा। यस्तो युवाले के गरिरहेका होलान्, कल्पना गर्नुहोस् त? सोही विषयमा स्नातकोत्तर अध्ययनको तयारीमा जुटेका, रोजेखोजेको कार्यालयमा सफ्टवेयर बनाइरहेका, बहुचर्चित विधा आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सेक्युरिटीलगायत काममा नयाँ–नयाँ प्रयोग गर्न अभ्यस्त। त्यसै नभए पनि आफ्नो सीप र कला प्रयोग गरेर जीवनयापन गरिरहेका त पक्कै होलान्! हरेकको मानसपटलमा यस्तै चित्र बन्छन्। तर धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१० देवीचोक निवासी कम्प्युटर इन्जिनियर राजेश कर्णको दिनचर्या भने हामीले कल्पना गरेभन्दा भिन्न छ। कम्प्युटरका पाटपुर्जा र थरिथरि सफ्टवेर बनाउन किबोर्ड चलाउनुपर्ने उहाँका हात यतिखेर स्वादिलो चियाका लागि चियापत्ती,पानी र चिनी अड्कल्दै छन्। जनकपुरधाम–२ स्थित किशोरी चोकमा एउटा सानो सटरमा चियाप...
लेउवा संघमा शेयर बजार सम्बन्धी सचेतनाकार्यक्रम
कर्पोरेट, समाचार, समाज

लेउवा संघमा शेयर बजार सम्बन्धी सचेतनाकार्यक्रम

नेपालअखबार, पोखरा । लेखनाथउद्योग वाणिज्य संघ र नेपालधितोपत्रबोर्डको आयोजनामा लेखनाथमाधितोपत्रबजार सम्बन्धीशिक्षातथा सचेतनाअभिवृद्धि कार्यक्रम सोमबार सम्पन्नभएको छ । लेखनाथउद्योग वाणिज्य संघको सभाहलमाआयोजितकार्यक्रममा नेपालधितोपत्रबोर्डकानिर्देशकद्धय श्याम मण्डल र भुपती पाण्डेले प्रशिक्षण दिएकाथिए । कार्यक्रममादेशको वित्तिय प्रणाली, धितोपत्रबजारको महत्व, धितोपत्रबजार संयन्त्र, धितो बजारमा सहभागी संघसंस्थाको विवरण, धितो बजारको तथ्यांकीयविवरण, धितोपत्र सम्बन्धि ऐन, नियम, धितो बजारमालगानीगर्दा ध्यानदिनुपर्ने कुराहरु, लगानीगर्दा हुने फाइदाहरू, प्राथमिकवजार र दोस्रो शेयर बजारमाकारोबारकागर्दा थाहापाउनुपर्ने वित्तीयविवरण र लगानीगर्दाख्यालगर्नुपर्ने विषयमाजानकारी गराईएको थियो । कार्यक्रममानेपालउद्योग वाणिज्यमहासंघका केन्द्रीय सदस्यएवं संघका पुर्वअध्यक्षबाबुरामगिरीले राष्ट्र बैंक,धितोपत्रबोर्ड र ज...
‘रोटरी वा रोट्याक्ट डान्सिङ स्टार्स २०२४’ आयोजना हुँदै, प्रथम पुरस्कार १ लाख
मनोरञ्जन, समाचार, समाज, साहित्य \कला

‘रोटरी वा रोट्याक्ट डान्सिङ स्टार्स २०२४’ आयोजना हुँदै, प्रथम पुरस्कार १ लाख

नेपालअखबार, पोखरा  । रोटरी दिवसको छेको पारेर पोखरामा ‘रोटरी वा रोट्याक्ट डान्सिङ स्टार्स २०२४’ नृत्य प्रतियोगिता आयोजना हुने भएको छ । स्टार्स स्टुडियो प्रालि, स्टार्स फाउण्डेशन नेपाल र रोटरी क्लब अफ पोखरा प्याराडाइजको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । रोटरी वा रोट्याक्टलाई मात्र लक्षित गरेर नेपालमानै पहिलोपटक यस्तो प्रतियोगिता आयोजना गरिएको आयोजकको दावी छ । फागुन ५ गते गण्डकी प्रज्ञा–प्रतिष्ठानको भानु हलमा आयोजना हुने प्रतियोगिताको तयारीमा तीव्रता दिइएको स्टार्स स्टुडियो प्रालिको सञ्चालक जसमाया गुरुङ जसुले जनाइन् । नृत्य प्रतियोगितामा एकल र समुहगतरुपमा प्रतिष्पर्धा हुनेछ । प्रतियोगिता रोटरी वा रोट्याक्ट क्लबमा आवद्ध अथवा रोटरीको परिवारमा रहेका प्रतिभाको प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यले आयोजना गरिएको रोटरी क्लब अफ पोखरा प्याराडाइजको सह–सचिव समेत रहेकी गुरुङले खुलाइन् ...
चरकको सहयोगमा दमेक रेडक्रसको स्वास्थ्य शिविर
समाचार, समाज, स्वास्थ्य

चरकको सहयोगमा दमेक रेडक्रसको स्वास्थ्य शिविर

नेपालअखबार, बागलुङ । बागलुङ जैमिनीकी चमेली सुनार (नाम परिवर्तित) लाई एउटा मिर्गौला फेल भएको थाहा छ । तर उनले उपचार गर्न सकेकी छैनन् । कमजोर आर्थिक अवस्थाका कारण गाउँमै छिन् । ३३ वर्षीया उनको चार वटा सन्तान छ । रोगले गल्दै गएकी सुनार अहिले निकै खुशी छिन् । पोखराको चरक मेमोरियल हस्पिटलले अब उनको उपचार प्रक्रिया अघि बढाउनेछ । नेपाल रेक्रडक्रस सोसाइटी, दमेक उपशाखा बागलुङले गाउँमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा उनी पनि पुगेकी थिइन् । ५ जना चिकित्सकसहित २१ जनाको चरकको टोलीमाझ उनले आफ्नो व्यथा पोखिन् । चरकका प्रबन्ध निर्देशक कपिल पोखरेलले शिविरमै उनको स्वास्थ्यजाँचपछि अब आगामी उपचार पोखरामै हुने बचन दिए । जैमिनी २ अवस्थित दमेक स्वास्थ्यचौकीमा सञ्चालित शिविरमा ३२० जनाले भिडियो एक्सरेसहितको सुविधा लिए । आयोजक संस्थाका सभापति होमनाथ सापकोटाका अनुसार साविक दमेकका वडा नं. २ र ३ बासिन्दा ल...
गरिबीको रेखामुनि २० प्रतिशत नेपाली
प्रशासन, समाचार, समाज

गरिबीको रेखामुनि २० प्रतिशत नेपाली

नेपालअखबार, काठमाडौं । नेपालमा २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्यांक सार्वजनिक भएको छ। केन्द्रीय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको जीवनस्तर सर्वेक्षणमा यो तथ्यांक उल्लेख छ। अघिल्लो सर्वेक्षण २०६६/६७ मा २५.२ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि थियो । सर्वेक्षण अनुसार गरिबीको रेखामुनिको जनसंख्या गाउँमा २४.६६ प्रतिशत र सहरमा १८.३४ प्रतिशत रहेको छ। सबैभन्दा धेरै गरिबी सुदूरपश्चिम र कम गरिबी गण्डकी प्रदेशमा रहेको सर्वेक्षणमा उल्लेख छ। अघिल्लो मापदण्ड अनुसार गणना गरेको भए गरिबी ३.५७ प्रतिशतमा झर्थ्यो । मापदण्डमा परिमार्जन गरिएको र नयाँ मापदण्डले २०.२७ प्रतिशत गरिबी देखिएको कार्यालयका उपतथ्यांक प्रमुख हेमराज रेग्मीले बताए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८० नतिजा सार्वजनिक गरे । यो प्रतिवेदन १२ ...
मुग्लिन–पोखरा सडकको पोखरा खण्डमा सुरू भयो कालोपत्रे
प्रशासन, समाचार, समाज

मुग्लिन–पोखरा सडकको पोखरा खण्डमा सुरू भयो कालोपत्रे

नेपालअखबार, तनहुँ। मुग्लिन–पोखरा सडक योजनाको पश्चिम खण्डस्थित पोखरामा कालोपत्र गर्न सुरु गरिएको छ। कास्की र तनहुँको सिमाना कोत्रेदेखि पोखराको पृथ्वीचोक सेती पुलसम्मको १९ किलामिटरमध्ये पोखरा प्रवेशको लामेआहालमा हाल अस्पाल्ट कालोपत्रको काम सुरु भएको हो। आयोजना कार्यालयका सूचना अधिकारी इञ्जिनियर नारायण पौडेलले पोखरा–३२ लामेआहालबाट अस्पाल्ट कालोपत्रको काम सुरु गरिएको जानकारी दिए। उनका अनुसार यस क्षेत्रमा सुरुआतमा सात सय मिटर सडक कालोपत्र हुनेछ । अन्य बेस तयार भएका ठाउँमा समेत क्रमशः काम हुने उहाँको भनाइ थियो । ‘सबै ठाउँमा कालोपत्र गर्न तयारी भएको छैन । सडक सम्माउने लगायतका काम जारी छन् । बेस तयार भएका ठाउँमा कालोपत्र गर्न सुरु गरेका हौँ,’ उनल भने। मुग्लिन–पोखरा सडक आयोजनाको पूर्वी खण्डको तुलनामा पश्चिम खण्डको काम सुस्त छ । अहिले पोखरा खण्डको राजमार्ग क्षेत्रमा अधिकांश स्थानमा स्...
बागलुङमा पर्यटन पूर्वाधार निर्माण हुँदै
पर्यटन, समाचार, समाज

बागलुङमा पर्यटन पूर्वाधार निर्माण हुँदै

नेपालअखबार, बागलुङ । बागलुङमा वर्षौँदेखि चर्चामा आएका र ओझेलमा रहेका धार्मिक पर्यटकीय क्षेत्रलाई प्रवर्द्धन गर्न गण्डकी प्रदेश सरकारले प्राथमिकता दिएको छ । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यस वर्ष बागलुङका ७६ स्थानमा पर्यटकीय संरचना बनाउन थालेको छ । जिल्लाका १० वटै पालिकामा पर्यटन पूर्वाधार बनाउनका लागि रु छ करोड ४० लाख विनियोजन गरेको छ । पर्यटन तथा उद्योग कार्यालय बागलुङमार्फत योजना कार्यान्वयन हुन थालेका हुन् । छैहत्तर योजनामध्ये हालसम्म ५८ योजना सम्झौता भएर कार्यान्वयनमा रहेका छन् भने १८ योजना सम्झौताका चरणमा रहेका जनाइएको छ । ती मध्ये सबैभन्दा बढी २० योजना बागलुङ नगरपालिकामा परेका छन् । यसका लागि रु दुई करोड ३५ लाख विनियोजन भएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख पारसिंह थापाले जानकारी दिए । जैमिनी नगरपालिकामा १३ योजना परेका छन् । यसका लागि रु ९५ लाख ...
चार सयभन्दा बढी भूकम्प पीडित परिवारलाई राहत वितरण
समाचार, समाज

चार सयभन्दा बढी भूकम्प पीडित परिवारलाई राहत वितरण

नेपालअखबार, जाजरकोट । भूकम्पका कारण क्षति पुगेको जाजरकोट भेरी नगरपालिका-२, पोख्राका बासिन्दालाई डसना, ब्ल्याङ्केट लगायतका सामान हस्तान्तरण गरिएको छ ।  प्रारम्भ नेपाल नामक सामाजिक संस्थाले भूकम्पपीडितलाई जाडोबाट जोगिन न्यानो, डसना, ब्ल्याङ्केट, सिरानी लगायतका सामान हस्तान्तरण गरेको हो । जाजरकोट भेरी नगरपालिका -२, पोख्राका बासिन्दालाई जाडोबाट जोगिन न्यानो डसना, ब्ल्याङ्केट, सिरानी सहितका सामान प्रारम्भ नेपाल नामक सामाजिक संस्थाले हस्तान्तरण गरेको छ। उक्त नगरपालिकाका बासिन्दालाई सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि तथा प्रारम्भ नेपालका अध्यक्ष कल्पना क्षेत्री, नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाका अध्यक्ष बद्रीराज तिमल्सिना, जाजरकोट पत्रकार महासङ्घका पूर्व अध्यक्ष जनक केसी, स्थानीय जनप्रतिनिधिहरूले उक्त सामान हस्तान्तरण गरेका थिए । जाजरकोटका चार सयभन्दा बढी परिवारलाई उक्त सामग्री उपलब्ध गरा...
आधारभूत अस्पतालको भवन शिलान्यासमै सीमित
समाचार, समाज, स्वास्थ्य

आधारभूत अस्पतालको भवन शिलान्यासमै सीमित

नेपालअखबार, खोटाङ। बराहपोखरी गाउँपालिकामा निर्माण गर्ने भनिएको पाँच शय्याको आधारभूत अस्पताल भवन निर्माण शिलान्यासमै सीमित भएको छ। बराहपोखरी–४ फाक्टाङको धर्तुङमा निर्माण हुने सो अस्पताल भवनका लागि बजेटको सुनिश्चितता नहुँदा शिलान्यासमै सीमित भएको हो। ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित तत्कालीन प्रधानमन्त्री केपी ओलीले विसं २०७७ मङ्सिर १५ गते भर्चुअल माध्यमबाट एकैसाथ पाँच, दश र १५ शय्याको तीन सय नौ वटा अस्पतालको शिलान्यास गरेका थिए। दुई वर्षभित्रै सञ्चालनमा ल्याउने गरी शिलान्यास गरिएका त्यही तीन सय नौ आधारभूत अस्पतालको सूचीमा बराहपोखरीको पनि समावेश  भएको थियो। धर्तुङमा आधारभूत अस्पताल बनाउनका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष रु दश लाख खर्च गरेर घडेरी सम्याउने काम सम्पन्न गरेको गाउँपालिकाका प्रशासन सहायक एवं सूचना अधिकृत रमेश पोखरेलले जानकारी दिए...