नुनबाहेक यी चिजको सेवनले पनि बढ्न सक्छ ब्लड प्रेसर
नेपालअखबार, काठमाडौँ । ब्लड प्रेसर बढ्नु स्वास्थ्यका लागि कयौँ प्रकारले हानिकारक छ । यसका कारण मुटुसम्बन्धी रोगको खतरा बढ्न सक्छ ।
नुनको अत्यधिक सेवनका कारण ब्लड प्रेसर बढ्छ भन्ने विश्वास छ । तर ब्लड प्रेसरमा नुन मात्रै हानिकारक हो भनेर सोच्नु हुन्छ भने तपाई गलत सोचिरहनु भएको छ । अधिक मात्रामा क्याफिन (कफी वा चिया)को सेवन गर्दा पनि ब्लड प्रेसर बढ्न सक्छ । तपाईँले रक्सी धेरै नै पिउने गर्नु भएको छ भने यसका कारण पनि ब्लड प्रेसर बढ्न सक्छ ।
उच्च रक्तचाप भएका बिरामीलाई डाक्टरहरुले पनि रक्सीको सेवन घटाउन भनिरहेका हुन्छन् । हाइपरटेन्सन नभएका व्यक्तिले रक्सीको सेवनलाई सीमित बनाउँदा उच्च रक्तचाप हुने जोखिम न्यूनीकरणमा मद्दत मिल्ने सन् २०१७ मा भएको एउटा अनुसन्धानले देखाएको थियो । अत्यधिक मात्रामा चिल्लो र तारेको भुटेको खानेकुराको सेवन गर्नेहरुमा हाई ब्लड प्रेसरको समस्या बढी हुन्छ ।
नुन मात...










