Saturday, November 15

समाज

सडक निर्माण गुणस्तरीय नभएको भन्दै मोरङका एक युवा हाइटेन्सन लाइनमा
समाचार, समाज

सडक निर्माण गुणस्तरीय नभएको भन्दै मोरङका एक युवा हाइटेन्सन लाइनमा

नेपालअखबार, विराटनगर । मोरङको बुढीगंगाका एक पुरुष हाइटेन्सन प्रसारणलाइनमा चढेका छन् । बुढीगंगा  गाउँपालिका–७ डंग्राहाका ४० वर्षीय दिनेश माझी एक लाख ३२ हजार भोल्टको प्रसारण लाइनमा चढेका हुन् । सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम रोक्न माग राख्दै उनी आज बिहान ६ बजे हाइटेन्सन लाइनमा चढेका थिए । उनलाई त्यहाँबाट झार्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले बताए । सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम गुणस्तरीय नभएको भन्दै माझी हाइटेन्सन प्रसारण लाइनमा चढेका हुन् । उनलाई उतार्नका लागि परिवार, आफन्त, प्रहरीले र वडाअध्यक्षले प्रयास गरेका थिए । तर उनले गाउँपालिका अध्यक्ष जितनारायण थापामगर र उपाध्यक्ष अमृताकुमारी गच्छदार आएर काम रोक्ने प्रतिबद्धता जनाउनु पर्ने माग गरेका छन् । अध्यक्ष र उपाध्यक्ष भने धनकुटामा छन् । ´उद्धारका ला...
म्याद सकिँदा पनि बागलुङ नगर अस्पताल भवनको काम सकिएन
समाचार, समाज

म्याद सकिँदा पनि बागलुङ नगर अस्पताल भवनको काम सकिएन

नेपालअखबार, बलेवा । आगामी आसर मसान्तमा तोकिएको समयसीमा सकिनलाग्दा बागलुङ नगर अस्पतालको पहिलो तला मात्रै ढलान भएको छ । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण नगर अस्पतालको भवन समयमा निर्माण सम्पन्न नहुने भएको हो ।  लामो समय अलपत्र अवस्थामा रहेको अस्पताल भवनको काम धिमा गतिमा छ । बागलुङ नगरपालिकाले पटक–पटक ताकेता गर्दासमेत निर्माण व्यवसायीले कामको गति नबढाएको स्थानीयको गुनासो छ । निर्माण सम्झौताको २१ महिना बितिसक्दा कम्पनीले पहिलो तला मात्रै ढलान गरेको छ । दोस्रो तलाका लागि पिल्लर बनाउने काम सुस्त छ । पन्ध्र शय्याको अस्पताल भवन निर्माण गर्न श्री महालक्ष्मी जुगल जेभीसँग २०७८ असार २३ गते ठेक्का सम्झौता गरिएको थियो । रु १२ करोड ८७ लाखमा सम्झौता भएको भवनको ३५ प्रतिशत मात्रै भौतिक प्रगति भएको नगरपालिकाका इञ्जिनियर त्रिलोचन गिरीले बताउनुभयो । भवन २०८० असार २० गतेसम्म सक्नुपर्ने सम्झौता छ । अस्पताल...
आहा ! बराह ताल
समाचार, समाज

आहा ! बराह ताल

नेपालअखबार, ढोरपाटन । वरपर जङ्गल र बस्ती। बीचमा छ बराह ताल। शान्ता वातावरण, स्वच्छ हावापानी र चिरबिर चराचुरूङ्गीको आवाजले धेरैको मन फुरूङ्ग हुन्छ। बागलुङ नगरपालिका–१० भकुन्डेमा पर्ने बराह ताल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। एक हजार तीन सय २६ मिटरको उचाइमा रहेको बराह ताल जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको ताल हो। ताल बजार नजिक हुँदा आन्तरिक पर्यटकको रोजाइमा परेको छ। दिनप्रतिदिन यहाँ घुम्न पुग्नेको सङ्ख्या बढिरहेको छ। गाडी र पैदल सहजै पुग्न सकिने हुँदा बराह तालप्रति आन्तरिक पर्यटक आकर्षित हुने गरेका छन्। ताललाई थप व्यवस्थित गरेपछि यसको सुन्दरता बढेको पाइन्छ। बागलुङ बजारबाट गाडीमा आधा घण्टा र पैदलयात्रामार्फत करिब साढे एक घण्टामा बराह ताल पुग्न सकिन्छ। तालका बीचमा रहेका रूखले पर्यटकलाई थप आकर्षित गरेको छ। गोलाकार आकारमा रहेको ताल करिब सात रोपनी क्षेत्रफलमा फैलिएको ...
रहेनन् कांग्रेस नेता पुरुषोत्तम बस्नेत
समाचार, समाज

रहेनन् कांग्रेस नेता पुरुषोत्तम बस्नेत

नेपालअखबार, काठमाडाैं । नेपाली कांग्रेसका नेता पुरुषोत्तम बस्नेतको निधन भएको छ। लामो समयदेखि बिरामी रहेका बस्नेतको ७८ वर्षको उमेरमा आज आफ्नै निवास सिफलमा निधन भएको हो। विसं २००२ मंसिर १ गते सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा जन्मिएका बस्नेतले मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका सङ्घर्षका क्रममा पटक-पटक गरी ९ वर्ष जेल जीवन बिताएका थिए। विसं २०६२/६३ को दोस्रो जनआन्दोलनपछि पार्टीको आमन्त्रित केन्द्रिय सदस्य रहेका बस्नेत हाल विपी कोइराला स्मृति ट्रष्टका कोषाध्यक्ष थिए। उनको पार्थिव शरिर आज दिउँसो श्रद्धाञ्जलिका लागि पशुपति क्षेत्रमा राखिने र त्यसपछि अत्येष्टि गरिने ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले बताए।...
बेपत्ता भएको ११ दिनपछि शव फेला
समाचार, समाज

बेपत्ता भएको ११ दिनपछि शव फेला

नेपालअबार, तनहुँ । तनहुँमा बेपत्ता भएको ११ दिनपछि एक व्यक्तिको शव फेला परेको छ । व्यास नगरपालिका वडा नम्बर ९ गजौडे बस्ने ५९ वर्षीय सुरेश कुमार गुरुङको शव फेला परेको हो । गुरुङ वैशाख १७ गते बेलुकीदेखि हराइरहेकामा बिहीबार बिहान सुदेखोला सात बिसे सामुदायिक बनमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनको भिरबाट लडेर १११ फिट तल खसेको अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ । घाँस काट्न भनेर गएका उनी हराएपछि परिवारले प्रहरीमा खबर गरेको थियो ।  घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
भ्रष्टाचारीलाई कारबाही गर्न खुट्टा नकमाउन सरकारलाई खबरदारी गर्दै पोखरामा प्रदर्शन
समाचार, समाज

भ्रष्टाचारीलाई कारबाही गर्न खुट्टा नकमाउन सरकारलाई खबरदारी गर्दै पोखरामा प्रदर्शन

नेपालअखबार, पोखरा । नेकपा एकीकृत समाजवादी सम्बद्ध मोर्चासंगठनले भ्रष्टाचारीलाई कारबाही गर्न खुट्टा नकमाउन सरकारलाई खबरदारी गर्दै पोखरामा प्रदर्शन गरेको छ । पोखराको पृथ्वीनारायण क्याम्पसको गेटबाट विभिन्न नारा लगाउँदै बगरका विभिन्न चोकसम्म पुगेर मोर्चा संगठन आवद्ध नेता कार्यकर्ताहरुले प्रर्दशन गरेका हुन् । सहभागीहरुले भ्रष्टाचार नियन्त्रण गर, भ्रष्टाचारी होसियार, भ्रष्टाचारीलाई किरा परोस् लगायतका नारा लगाएका थिए । प्रदर्शनमा नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तुलबहादुर गुरुङ र शारदा सुवेदी पोलिट्व्युरो सदस्य श्रीनाथ बराल, एकीकृत समाजवादीका प्रदेश र जिल्ला स्तरका नेताहरुको समेत सहभागिता थियो । प्रदर्शन पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै युवासंघका केन्द्रीय उपाध्यक्ष कृष्ण कुमार विकले ठूला भनिएका दलहरु आफ्नो पार्टीका भ्रष्ट नेताहरु जोगाउन लागि परेको बेला एकीकृत समाजवादी देशभर सडक...
बाजुरा केन्द्रविन्दु भएर भूकम्प
समाचार, समाज

बाजुरा केन्द्रविन्दु भएर भूकम्प

नेपालअखबार, बाजुरा । बाजुराको बिछ्या केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । बिहान ५ बजेर १५ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर यही वैशाख २३ गते ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो । खानी तथा भूगर्भ विभागले हालसालै तयार पारेको भूकम्पीय जोखिम नक्सा (एसएचएम) मा पश्चिम नेपालमा लामो समयदेखि ठूलो भूकम्प नआएकाले त्यो क्षेत्रलाई पनि भूकम्पको बढी जोखिमयुक्त क्षेत्रको रूपमा औंल्याइएको छ । ५०० वर्षदेखि ठूलो भूकम्प नगएकाले पश्चिम नेपाल बढी जोखिममा रहेको वरिष्ठ भूकम्पविद डा. लोकविजय अधिकारी बताउँछन् ।...
‘जिउँदा शहीद’ मुकेश कायस्थको निधन
समाचार, समाज

‘जिउँदा शहीद’ मुकेश कायस्थको निधन

नेपालअखबार, । विसं २०६२/६३ को जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन भएको छ। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ का उनको गए राति निधन भएको हो। जनआन्दोलनमा घाइते हुँदा कायस्थ १५ वर्षका थिए। घाइते भएको १७ वर्षपछि उनको निधन भएको हो। केही दिनदेखि स्वास्थ्यमा थप समस्या भएपछि कायस्थलाई बनेपास्थित शिरमेमोरियल अस्पताल भर्ना गरिएको थियो। त्यही अस्पतालमै उनको निधन भएको मुकेश फाउण्डेशनका अध्यक्ष हीरा शर्माले जानकारी दिए। जनआन्दोलनताका कायस्थ बनेपाकै विद्यासागर स्कुलमा कक्षा ८ मा पढ्दै थिए। लोकतन्त्रका खातिर जनआन्दोलन भइरहँदा २०६२ चैत २७ गते उनी बनेपाको तीनदोबाटोमा बायाँ कञ्चटमा सुरक्षाकर्मीको गोली लागी गम्भीर घाइते भएका थिए। त्यस दिनदखि उनीको अचेत थिए। कायस्थको बायाँ हात सोत राम्रोसँग चल्दैनथ्यो। गोलीको घाउ निको भए पनि टाउकोमा गहिरो घाउ थियो। सुरक्षाकर्मीले चलाएको गोली लागेर ...
राप्ती बगरबाट गोहीका २५९ अण्डा सङ्कलन
समाचार, समाज

राप्ती बगरबाट गोहीका २५९ अण्डा सङ्कलन

नेपालअखबार, चितवन । चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदी किनारबाट गोहीका दुई सय ५९ अण्डा सङ्कलन गरेको छ । बगरमा भेटिएकामध्ये नौ वटा गुँडबाट अण्डा सङ्कलन गरिएको हो । खोजीको क्रममा भेटिएका थप छ वटा गुँडका अण्डा प्राकृतिमा छाडिएको छ । गोही प्रजनन केन्द्र हेर्दै आएका सहायक संरक्षण अधिकृत सान्तबहादुर मगरका अनुसार नौवटा गुँडमध्ये एउटा गुँडको १७ वटा अण्डा छिरलिएको अवस्थामा भेटिएका थिए । राप्ती नदीको खोरसोर घाटबाट सीतामाई घाटसम्म अण्डा सङ्कलन गरिएको हो । गोही प्रजनन केन्द्रमा ती अण्डा ल्याएर बालुवाभित्र चल्ला कोरल्नका लागि राखिएको छ । जेठ १५ पछि साउनसम्म ती अण्डाबाट बच्चा कोरल्ने गरिन्छ । प्रजनन केन्द्रका तीन वटा गुँडमा गोहीले अण्डा पारेको छ । मगरका अनुसार गत दुई वर्ष प्रजनन केन्द्रका अण्डाबाट बच्चा कोरलिएका छैनन् । प्रजनन केन्द्रमा दुई वटा भाले रहेका छन् । भालेमा समस्या भएका कारण अण्डाबाट ब...
पाल्पामा आगलागीबाट चार घर जलेर नष्ट, दुई घाइते
समाचार, समाज

पाल्पामा आगलागीबाट चार घर जलेर नष्ट, दुई घाइते

नेपालअखबार, पाल्पा। पाल्पाको रामपुर नगरपालिका–९ स्थित मधुकोटमा आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ। मङ्गगलबार दिउँसो करिब ३ बजे गाउँदेखि तल रहेको जङ्गलमा लागेको आगो सल्केर घरमा क्षति गरेको हो। आगलागीबाट मधुकोटका दलबहादुर साठीघरे, ऐतराम साठीघरे, लोकबहादुर साठीघरेको घर पूर्णरुपमा जलेर नष्ट भएको छ भने भिमिसरा साठीघरेको घर आंशिकरूपमा जलेको छ। आगलागीबाट मानवीय क्षति भने भएको छैन। सात बाख्रा, एक बङ्गुर मरेको स्थानीयवासीले बताएका छन् । घर जलेर विस्थापित परिवारलाई अहिले गाउँमै रहेको सिद्ध प्राथमिक विद्यालयमा राखिएको वडाध्यक्ष डिलबहादुर रानाले जानकारी दिए। आगलागी नियन्त्रण गर्न स्थानीय, प्रहरी र नेपाली सेनाको टोली आगो नियन्त्रण गर्न जुटेका थिए। रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले स्थलगतरूपमा घटनाको अनुगमन गर्दै पीडित परिवारलाई नगरपालिका कार्यालयबाट आवश्यक सहयोग गर्ने बताए। जङ...