Wednesday, May 6

समाज

बर्दियामा पाटे बाघ मृत भेटियो
समाचार, समाज

बर्दियामा पाटे बाघ मृत भेटियो

नेपालअखबार, बर्दिया । बर्दियाको मधुवन नगरपालिका-८ स्थित गणेशशिव सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ । डिभिजन वन कार्यालय बर्दियाका अनुसार आज बिहान बाघ मृत फेला परेको हो । मृतावस्थामा फेला परेकाले उक्त बाघ एक दिन अगाडि नै मरेको हुनसक्ने वन कार्यालयले बताएको छ । जङ्गल हेरालुले मृतावस्थामा देखेपछि डिभिजन वन कार्यालयलाई खबर गरेको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिए । बाघको शव परीक्षणका लागि सदरमुकाम गुलरिया ल्याइएको छ । बाघको मृत्युको कारण खुल्न बाँकी छ । रासस...
पोखरा –१५ को ५ औँ संस्करणको सफाइ अभियान, दुई मतदान केन्द्र वरपर सरसफाइ
समाचार, समाज

पोखरा –१५ को ५ औँ संस्करणको सफाइ अभियान, दुई मतदान केन्द्र वरपर सरसफाइ

नेपालअखबार, पोखरा। पोखरा महानगरपालिका वडा नं –१५ को ५ औँ संस्करणको बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। पोखरा –१५ फलेपाटनस्थित श्री सिद्ध उच्च माध्यमिक विद्यालय परिसरबाट सुरु भएको सफाइ अभियान कोल पाटन हुँदै राधे राधे मन्दिरसम्म पुगेर सम्पन्न भएको हो। सफाइ कार्यक्रममा सहभागी सबैलाई सम्बोधन गर्दै वडाका वडा अध्यक्ष तोरण बहादुर बानियाँले ’हाम्रो वडा राम्रो वडा’ बनाउने अभियान स्वरूप सरसफाइ कार्यक्रमलाई निरन्तरता दिइएको बताए। विशेष गरी आजको सफाइ कार्यक्रम आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा चुनावको मतदान केन्द्रलाई लक्षित गरी अभियान चलाइएको वडा सदस्य आशिष भण्डारीले बताए। उनले पोखरा –१५ का दुई मतदान केन्द्र श्री सिद्ध उच्च माध्यमिक विद्यालय र वडा कार्यालय अगाडिको मतदान केन्द्रलाई केन्द्रित गरी सरसफाइ गरिएको बताए। साथै सफाइ अभियानमा सहभागी टोल विकास संस्था, आमा समूह, युवा ...
जसले चलाउँछिन् ग्रेडर मेसिन
समाचार, समाज

जसले चलाउँछिन् ग्रेडर मेसिन

नेपालअखबार, दाङ। दाङको घोराही सहरदेखि गाउँसम्म सडकको ट्याक बनाउने काममा व्यस्त छिन्, अनिता थारु। उनी चार वर्षदेखि दाङलगायत ठाउँमा सडक तथा पुल निर्माण गर्न ग्रेडर मेसिन चलाउँदैछिन्। पछिल्लो समय भने उनले घोराही उपमहानगरपालिका भित्रका विकास निर्माणका काममा ग्रेडर मेसिन चलाउँदै आएकी छन्। उनले १२ कक्षासम्म पढेकी छन्। आर्थिक अवस्था कमजोर हुँदा पढाइलाई निरन्तरता दिन नसकेको उनले बताइन्। उनले सहायक ग्रेडर अपरेटरका रुपमा एक वर्ष काम गरेपछि ग्रेडर चलाउन थालेकी हुन्। निर्माणको क्षेत्रमा काम गर्न कठिन भए पनि आत्मविश्वास र मेहनतले सफलता हासिल गर्दै गएको उनको भनाइ छ। उनले २०७६ भदौमा तुलसीपुरमा परीक्षा दिएर लाइसेन्स पनि लिएकी थिइन्। अन्य सवारी साधनभन्दा चलाउन कठिन भए पनि अनुभवले गर्दा सहज लाग्ने गरेको उनले बताइन्। बेरोजगार बस्नुभन्दा कुनै पनि सीप सिकेर काममा लाग्न उनको अरुलाई सुझाव छ।...
भूकम्प पिडीतलाई तारा गाउँ विकास समिति परिवारकाे तर्फबाट आर्थिक सहयाेग दिने
समाचार, समाज

भूकम्प पिडीतलाई तारा गाउँ विकास समिति परिवारकाे तर्फबाट आर्थिक सहयाेग दिने

नेपालअखबार, काठमाडाैं। डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा  केन्द्रविन्दु भएर  बुधवार बिहान  २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको  भूकम्प गएको थियो । भूकम्पले घर भत्किँदा  डाेटी जिल्लाकाे पूर्वीचाैकी  गाउपालिका  वडा नं. ३  गैरागाउ स्थीत   ६ जनाको मृत्यु भएको,   ७ जना घाइते भएका छन्  साथै २१ वटा घरमा  पूर्ण क्षति भएकाे खवरले नेपाल सरकार ,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, तारा गाउँ विकास समिति परिवार स्तब्ध रहेकाे  सदस्य सचिव महेन्द्र थापा  मगरले जान्कारी दीएका छन् । यस दुखद् घडिमा भूकम्पबाट मृत्यु भएका व्यत्तिहरू प्रति हार्दिक श्रद्दान्जली अर्पण गरेका छन् । यसका साथै घाइतेहरूलाई  सिघ्र स्वास्थ्य लाभकाे कामना ब्यत्त गर्दै भूकम्पबाट  क्षतिभएका परिवारका लागि राहत स्वरूप तारा गाउँ विकास समिति परिवारकाे तर्फवाट एक दिनकाे तलब बराबर  आर्थिक सहयाेग गरिएकाे सदस्य सचिव महेन्द्...
त्रिपालको बासमा डोटीका भूकम्पपीडित, पुगेन राहत
समाचार, समाज

त्रिपालको बासमा डोटीका भूकम्पपीडित, पुगेन राहत

डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका भूकम्प पीडितले सरकारी तवरबाट कुनै राहत प्राप्त गर्न नसकेको गुनासो गरेका छन्। उनीहरु तरकारी उत्पादनका लागि निर्माण गरिएका पोलि हाउसमा रात बिताउन बाध्य भएको बताएका छन्। भूकम्प पीडितलाई सरकारी क्षेत्रबाट प्रदान गरिने राहत नआइपुगेका कारण उनीहरु समस्यमा परेको बताएका हुन्। गत मङ्गलबार रातिको भूकम्पमा परी यहाँका कैयौँ नागरिकका घरमा क्षति पुगेको छ। कतिपयको घर भत्किएको छ भने कैयौँका घरमा क्षति पुगेकाले आफ्नै घरमा रात काट्न नसक्ने अवस्था रहेको छ। स्थानीय भरत बोहराले भने, “सरकारी क्षेत्रबाट राहत आइपुगेको छैन, पटक पटक गइरहने परकम्पनले पीडितमा त्रास थपिँदै गएको छ, चिसो समयमा हामीहरु पोलि हाउसमा आगो बालेर रात बिताउन बाध्य छौँ।” नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले २० वटा त्रिपाल तथा केही खाद्यान्न राहतस्वरुप वितरण गरे पनि पीडितलाई अपुग भएको छ। नेकपा (ए...
आगो ताप्ने क्रममा ९ वर्षीय बालकको मृत्यु
समाचार, समाज

आगो ताप्ने क्रममा ९ वर्षीय बालकको मृत्यु

नेपालअखबार, तनहुँ। तनहुँमा आगो ताप्ने क्रममा ९ वर्षीय बालकको मृत्यु भएको छ ।  भीमाद नगरपालिका वडा नम्बर ७ स्थित अर्चलेका सुभाष थापाको मृत्यु भएको हो ।  भान्सा कोठामा आगो ताप्ने क्रममा अचानक उनको शरीरका विभिन्न भाग आगोले पोलेको प्रहरीले जनाएको छ । २१ गते भएको घटनाबाट घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा गएराति मृत्यु भएको  प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।...
बाजुरामा भूकम्पको धक्का
समाचार, समाज

बाजुरामा भूकम्पको धक्का

नेपालअखबार । सुदूरपश्चिम प्रदेशको बाजुरामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान बिहान ५ बजेर १३ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिकाको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्प ४.१ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ । बुधबार र मंगलबार खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रविन्दु बनाएर तीन वटा भूकम्प गएका थिए । बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युडको भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिका गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो । भूकम्पको धक्काले ८ वटा घर भत्किएका थिए ।...
सकियो खग्रास चन्द्रग्रहण
समाचार, समाज

सकियो खग्रास चन्द्रग्रहण

नेपालअखबार, काठमाडौं । खग्रास चन्द्रग्रहण सकिएको छ । नेपाली पञ्चाङ्गअनुसार आज (कात्तिक २२ गते मंगलवार) साँझ ५: ११ मा सुरू भएको ग्रहण बेलुका ६:३४ मा सकिएको हो । अग्नि तत्वीय राशि मेष तथा भरणी नक्षत्रमा लागेको ग्रस्तोदित खग्रास चन्द्रग्रहण नेपालबाट स्पष्ट देखिएको थियो । सूर्य र चन्द्रमाबीच पृथ्वी आएर देखिने चन्द्रग्रहण दक्षिण अमेरिका, युरोप, एशिया, अस्टे«लियाबाट समेत देखिन्छ । चन्द्रमा पृथ्वीको छायाँबाट गुज्रिनुलाई नै चन्द्रग्रहण भन्ने गरिन्छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो । बेलुकी ०५ :१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रूपमा देखिएको थियो भने बेलुकी ०५:२७ बजे ग्रहणको उन्मीलन भएको थियो । नेपालबाट ग्रहण एक घण्टा २३ मिनेट देखिएको छ । चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख छ ।...
नारायणी तटबन्धनको काम सुरू
समाचार, समाज

नारायणी तटबन्धनको काम सुरू

नेपालअखबार, चितवान । नारायणी नदी तटबन्धनको काम सुरुआत भएको छ। विगत १० वर्षदेखि थालिए पनि बजेट अभावमा थोरै-थोरै काम हुँदै आएकामा रकमको निसाकासँगै यस वर्षबाट नदी किनारका भरतपुर महानगरतर्फका अधिकांश भू-भागमा काम गरिँदै छ। असार अघि नै बोलपत्र आह्वान भई सम्झौता भएका तीन खण्डमध्ये एउटा खण्डको काम थालिएको छ। अन्य दुई खण्डमा छिट्टै काम थालनी गरिँदै छ। नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर शङ्कर बुढाथोकीका अनुसार अर्काे एक खण्डको बोलपत्र आह्वान भएर सम्झौता यसै महिना गरिएको छ भने अर्काे एक खण्डको बोलपत्र आह्वान भई मूल्याङ्कन भइरहेको छ। असार अघि नारायणी नदीको महानगरतर्फ सिसइदेखि भगडीसम्मको तटबन्धनका लागि रु ३८ करोडमा ठेक्का सम्झौता भएको हो। त्यसैबेलाको अर्काे एक खण्ड गाँजीपुरदेखि हीरापुरसम्मको रु ४८ करोडमा ठेक्का सम्झौता भएको छ। तेस्रो रामघाटदेखि काभ्रे...
जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदै, यस्ता छन् एजेन्डा
समाचार, समाज

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदै, यस्ता छन् एजेन्डा

नेपालअखबार, काठमाडाैं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि (यूएनएफसीसीसी) को पक्ष राष्ट्रको २७ औँ सम्मेलन (कोप–२७) आजदेखि सुरु हुँदैछ । सम्मेलन मङ्सिर २ गते (नोभेम्बर १८ तारिख २०२२) सम्म इजिप्टको शार्म एल–शेखमा हुँदैछ । उक्त सम्मेलनले विज्ञानमा आधारित चुनौती र ‘रियो’ १९९२ देखि ‘ग्लास्गो’ २०२१ (कोप २६) सम्म भएका सम्झौता, निर्णय र प्रतिबद्धतामा आधारित भएर समावेशी तथा महत्वाकाङ्क्षी परिणाम दिने अपेक्षा गरिएको छ । साथै उत्सर्जन न्यूनीकरण, अनुकूलन प्रयासलाई बढावा दिने र उपयुक्त वित्तको बढ्दो प्रवाहको माध्यमबाट विश्वव्यापी जलवायु कार्यलाई गति दिनेसमेत सम्मेलनको लक्ष्य छ । सम्मेलनमा पृथ्वीको तापक्रम वृद्धि एक दशमलव पाँच डिग्री सेल्सियसमा कायम गर्ने पाटोमा विश्वका सबै राष्ट्रहरू एक्यबद्ध हुने, यस वर्ष ग्लास्गो प्याक्टको कार्यान्वयन र राष्ट्रिय निर्धारित योगदान ९एन...