Wednesday, May 6

समाज

स्वतन्त्रका राष्ट्रिय अध्यक्षलाई प्रवल जनसेवाश्री
समाचार, समाज

स्वतन्त्रका राष्ट्रिय अध्यक्षलाई प्रवल जनसेवाश्री

नेपालअखबार, पोखरा । स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोला प्रवल जनसेवाश्री पदकबाट सम्मानित भएका छन् । राष्ट्रपतिबाट संविधान दिवसको दिन प्रदान गरिने सो पदकबाट उनी सम्मानित भएका हुन् । आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक समेत रहेका बास्तोला पत्रकारितामा विगत ४२ वर्षदेखि निरन्तर क्रियाशील छन् । यसअघि उनी प्रजातन्त्र सेनानीको नाउँमा स्थापित दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार, हिमदूत पत्रकारिता पुरस्कार, रोयल सहकारी पत्रकारिता पुरस्कार, इर्खबहादुर श्रीप्रभा गुरुङ स्मृति पुरस्कार र गंगा–ज्योति स्मृति पुरस्कारबाट सम्मानित भएका थिए । उनका चार वटा मौलिक कृति तथा छ वटा सम्पादित कृति प्रकाशित छन् ।...
डेढ वर्षदेखि ‘ह्युमपाइप’ मै बास
समाचार, समाज

डेढ वर्षदेखि ‘ह्युमपाइप’ मै बास

नेपालअखबार । गणतन्त्र र संघीयतासहितको व्यवस्था गरेर जारी भएको नेपालको संविधान कार्यान्वयन भएको ७ वर्ष पुगेको छ । यसको उपलक्ष्यमा सोमबार राज्यले हर्षबढाइँ गरेर खुल्लामञ्चमा गणतन्त्र दिवस मनायो । तर, मोरङ पथरीशनिश्चरे–५ का लगभग ५० वर्षीय उल्टा ऋषिदेवलाई न त गणतन्त्रले छोयो, न उनको जीवनयापन नै सहज छ । संविधानले गाँस, बास र कपासलगायत मौलिक अधिकार सुनिश्चित गरेको छ । तर उल्टा ऋषिदेवको गाँसको टुङ्गो छैन, कपासको जोहो छैन, बास भने सडकको किनारामा फालिएको ह्युमपाइप मै छ । उनी यसैमा रात कटाउँछन् । उनी सुनवर्षी–२ स्थित सुगा बजारको सडक किनारको ह्युमपाइपलाई नै घर बनाउँदै आएका छन् । होम पाइपभित्र केही कपडाको पोका छन् । पाइपको छेउमा खाना पकाउने तीनवटा ढुङ्गाको चुल्हो छ । भाँडावर्तनको नाममा एउटा कराइ र सिल्भरको जग, एक थान सिल्भरको थाल र स्टिलको कचौरा तथा केही प्लाष्टिकका बोतल छन् । उनी दैनिक दिउँस...
काभ्रेमा ग्यास लिक, जलेर एक जना भारतीयको मृत्यु
समाचार, समाज

काभ्रेमा ग्यास लिक, जलेर एक जना भारतीयको मृत्यु

नेपालअखबार, काभ्रे। पाँचखाल नगरपालिका–४ पुरानो बजार डेरा गरी बस्ने भारत सिलामडी बखडी घर भएका ४२ वर्षीय शंकर साहको जलेर सोमबार बिहान मृत्यु भएको छ । आफ्नै डेरामा खाना पकाउने क्रममा अचानक ग्यास लिक भई आगलागी हुँदा जलेर उनको घटनास्थलमै मृत्यु भएको हो । प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।...
अछाम पहिरो: मृतकको संख्या २२ पुग्यो, ११ घाइते
समाचार, समाज

अछाम पहिरो: मृतकको संख्या २२ पुग्यो, ११ घाइते

नेपालअखबार, अछाम। अछाममा पहिरोमा परी मृत्यु हुनेको संख्या २२ पुगेको छ। कमलबजार नगरपालिका, तुर्माखाद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका २२ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ढकारी गाउँपालिका–६ का दुई वर्षीय नवीन बुढा, तुर्माखाँद गाउँपालिका–५ का १७ वर्षीय जानकी शाही, १७ वर्षीया विमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीया मनिषा शाही, १७ वर्षीया कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, एक वर्षीया मेनिका शाही, तीन वर्षीया कल्पना शाही र २१ वर्षीया भावना शाहीको मृत्यु भएको छ। यस्तै कमलबजार नगरपालिका–६ का ३० वर्षीया अमृता कामी, १७ वर्षीया समिता कामी, २१ वर्षीय अर्धना कामी, नौ वर्षीय निखिल कामी, ३६ वर्षीया मैनकला कामी, १५ वर्षीया गीता कामी, १२ वर्षीय सिरु कामीको मृत्यु भएको छ। कमलबजार ८ डुङाल्ला का २६ वर्षीय गम्भीर दमाई, २३ वर्षीया भाना दमाई, छ वर्षीय डिग्रा दमाई, तीन ...
डेगुं रोग विरुद्ध नागरिक परोपकार समन्वय संस्था कास्कीको सचेतना अभियान सम्पन्न
समाचार, समाज, स्वास्थ्य

डेगुं रोग विरुद्ध नागरिक परोपकार समन्वय संस्था कास्कीको सचेतना अभियान सम्पन्न

शिबराज सुबेदि,पोखरा । कोभिड –१९ को संकट केही कम भइरहेको अबस्थामा नेपालमा फेरी डेंगु रोग फैलिदो क्रममा रहेको छ । नेपालका विभिन्न ठाउमा हाल डेंगु संक्रमण देखियको छ । गण्डकी प्रदेश र कास्किका विभिन्न अस्पताल हरुमा समेत यो रोगका बिरामी हरु देखापर्न थालेपछि मानबिय क्षेत्रमा उल्लेख्य परोपकारी कार्य गर्दै आएको नागरिक परोपकार समन्वय संस्था , कास्किले यो रोगका विरुद्ध अभियान सन्चालन गरेको छ । असोज १ गते साबिक लेखनाथ का वडाहरुमा पर्ने विभिन्न स्थानहरुमा जनसचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष चिरञ्जीवी तिवारी को अध्यक्षता र कार्यक्रम संयोजक शिबराज सुबेदिको संयोजकत्व मा कार्यक्रम सम्पन्न भयको हो । कार्यक्रममा पोखरा ३० मा रहेको सरुवा रोग तथा संक्रामक अस्पताल , अयुर्बेदिक चिकित्सालय शिशुवा र पोखरा २९ मा रहेको शहरी स्वास्थ केन्द्रका स्वास्थ्यकर्मीहरुले सहजिकरण गरेका थिए । कार्यक्...
पूर्व पश्चिम राजमार्ग पहिरोले अवरुद्ध
समाचार, समाज

पूर्व पश्चिम राजमार्ग पहिरोले अवरुद्ध

नेपालअखबार, दाङ। पहिरोका कारण पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ। दाङ लमहीको रिहार भन्दा झन्डै ४ किलोमिटर अगाडि पहिरोका कारण सडक खण्ड अवरुद्ध भएको हो। जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर वलीले पहिरो पन्छाएर सडक खोल्नका लागि डोजर पठाइसकिएको जानकारी दिए। राजमार्ग अवरूद्ध हुँदा गन्तब्यतर्फ जान हिँडेका दर्जनौं गाडी रोकिएका छन्। त्यस्तै जिल्लाको गढवा गाउँपालिकामा स्थानीय खोलामा आएको बाढीका कारण बीचमा फसेका एक जनाको सकुशल उद्धार गरिएको एसपी वलीले जानकारी दिए।...
अछाममा पहिरो : ९ जनाको मृत्यु, २० जना घाइते
समाचार, समाज

अछाममा पहिरो : ९ जनाको मृत्यु, २० जना घाइते

नेपालअखबार, अछाम। अछामको कमल बजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा पहिरो जाँदा नौ जनाको मृत्यु भएको छ । घटनामा  २० जना घाइते भएको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिए । कमलबजारकै वडा नं ८ मा चाउरे दमाइको घर पुरिँदा परिवारका ५ जनाको मृत्यु भएको जानकारी आएको मरासिनीले बताए। त्यस्तै ढकारी गाँउपालीकामा १ घर पुरिएर तीन जना घाइते भएको र एक जना पुरिएको जानकारीपछि खोजी कार्य जारी रहेको उनले जानकारी दिए । तुर्माखाद गाँउपालीकामा पनि ९ जना बेपत्ता भएको जानकारी आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अहिले पनि वर्षा निरन्तर भइरहेकाले उद्धारमा कठिन भइरहेको प्रजिअ मरासिनीले बताए । यता गृहमन्त्री बालकृष्ण खाणले बाढी र पहिरोमा परि घाइते भएकाहरु, प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका छन् । गृहसचिव टेकनारायण पाण्डे,  सुरक्षा तथ...
कांग्रेस नेता विजयराज घिमिरेको निधन
समाचार, समाज

कांग्रेस नेता विजयराज घिमिरेको निधन

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिका पूर्वसदस्य एवं पाल्पाका कांग्रेस नेता विजयराज घिमिरेको निधन भएको छ । उनको गएराति ८ः१५ बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनको आजै अपराह्न १ बजे पशुपति आर्यघाट दाहसंस्कार गरिने नेपाली कांग्रेसका केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । घिमिरे २०५६ र २०७४ को आमनिर्वाचनमा पाल्पा जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा पार्टीको तर्फबाट उम्मेदवार थिए । वि.सं. २०२५ सालमा जन्मिएका घिमिरेले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनको निधनबाट पार्टीले एक होनाहार युवा नेतृत्वलाई गुमाएको नेपाली कांग्रेसले जनाएको छ । यसैबीच नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गर...
अन्नपुर्ण अस्पतालमा स्वास्थ्य शिविर सम्पन्न
समाचार, समाज, स्वास्थ्य

अन्नपुर्ण अस्पतालमा स्वास्थ्य शिविर सम्पन्न

नेपाल अखबार,पोखरा । पोखरा महानगर पालीका वडा नं १० शिवचोकमा अवस्थित अन्नपुुर्ण बाल तथा महिला अस्पतालले रिलायन्स सेकेन्डेरि बिध्यालय बुढिबजारका बिध्यार्र्थी शिक्षक तथा बिध्यार्र्थीका अभिवावकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको छ । अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व स्वरुप यस्ता खालका सामाजिक कार्यहरु गर्दै आईरहेको अस्पतालका सन्चालक सन्तोष पान्डेले बताउनुुभयो । पोखरामानै पहिलो पटक महिला तथा बालबालिका अस्पतालको रुपमा सर्वशुलभ मुल्यमा छिटो, छरितो र स्तरिय सेवा प्रदान गर्दै आइरहेको बताउदै आगामि दिनमा थप स्तरिय,छरितो र सर्वसुलभ बनाउन लागिपर्ने वताउनुभयो । अस्पतालका अध्यक्ष विश्व घिमिरेले यस्ता सामाजिक उत्तरदायित्वका कामहरुलाइ निरन्तरता दिदै जाने जानकारी दिनुभयो । शिविरमा करिव ३०० जना बिध्यार्र्थी तथा तिनका अभिवावकहरुले स्वास्थ्य परिक्षण गराएका छन् । उक्त स्वास्थ्य शिविरमा जनरल परिक्षण, पिसाव प...
पहिरोले मकवानपुरको सिस्नेरी सडकखण्ड अवरुद्ध
समाचार, समाज

पहिरोले मकवानपुरको सिस्नेरी सडकखण्ड अवरुद्ध

नेपालअखबार, । वर्षाका कारण आएको पहिराले गर्दा मकवानपुरका सिस्नेरी सडकखण्डमा आज बिहानैदेखि यातायात अवरुद्ध भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा खसेको पहिरोका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । उक्त पहिरो स्थानीय सरकारको समन्वयमा सडक विभागका प्राविधिकले हटाउने प्रयास भइरहेको र अपराह्नसम्ममा यातायात सञ्चालनमा ल्याउने इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिनुभयो । पहिरेका कारण हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जाने छोटो दूरीको मार्ग भएर सञ्चालन हुने साना सवारीसाधन वैकल्पिक सडक प्रयोग गरेर चलिरहेका छन् । बर्खायाम लागेसँगै विभिन्न स्थानमा पहिरेका कारण यातायात अवरुद्ध हुने गरेको छ । यस्तै, काठमाडौँ जोड्ने, पूर्वपश्चिम राजमार्ग, त्रिभुवन राजमार्ग, कान्तिराजपथ, कुलेखानी सडकखण्डमा भने यातायात सञ्...