Wednesday, May 6

समाज

बेनी–जोमसोम सडक अवरुद्ध
समाचार, समाज

बेनी–जोमसोम सडक अवरुद्ध

नेपालअखबार, बेनी। म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने दानाको विभिन्न ठाउँमा आइतबार राति खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको सो सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले गुइठे, जलथले, तितर, दाना, रुप्से क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध बनेको जानकारी दिनुभयो । केही ठाउँमा रुख ढलेर पनि सडक अवरुद्ध भएको छ । सडक विभाग र आयोजनाका ठेकेदार कम्पनीका उपकरण तथा मजदुर परिचालन गरेर सडक मर्मत थालिएको छ । सडक अवरुद्ध हुँदा मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकलाई समस्या भएको छ । मुस्ताङमा उत्पादन भएको आलु लगायत कृषिउपज निकासी, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी रोकिएका छन् । यसैबीच बर्सातका कारण दानास्थित ज्ञानप्रकाश ...
मगर समुदायको कलासंस्कृति लोप हुने अवस्थामा पुग्योः मन्त्री थापामगर
समाचार, समाज

मगर समुदायको कलासंस्कृति लोप हुने अवस्थामा पुग्योः मन्त्री थापामगर

नेपालअखबार, पाेखरा ।  गण्डकी प्रदेशका वन, वातावरण तथा भु–संरक्षणमन्त्री दिपक थापा मगरले पछिल्लो समय मगर समुदायको कलासंस्कृति लोप हुने अवस्थामा पुगेको बताएका छन् । आज (शनिबार) नेपाल मगर पत्रकार संघ कास्कीको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दैै वनमन्त्री थापामगरले पछिल्लो समय मगरहरुको कलासंस्कृति लोपउन्मुख अवस्थामा पुुग्न थालेको अभिव्यक्ति दिएका हुुन् । उनले कला तथा संस्कृति मगर समुदायको सम्पत्ती भएको बताउदै संरक्षणको आवश्यकता रहेको बताए । ‘पछिल्लो समय मगरहरुको भाषा कम प्रयोग हुुदै गएको छ जसको कारण भाषा लोपउन्मुुख छ, कलासंस्कृतिमा विकृति आउँदै यसको संरक्षणमा उचित ध्यान नपुग्दा भाषा, कलासंस्कृति लोपउन्मुख अवस्थामा पुगेको छ, उनले भने, ‘यसको संरक्षणमा सबैका ध्यान जान जरुरी छ ।’ उनले आदिवासीहरुको भाषाहरुलाई उचित प्राथमिकता नदिदा आदिवासीहरुको भाषा कला संस्कृति लोप हुने अवस्थामा पुगेको...
माझठाना सम्पर्क समाजको तिज विशेष एवम् सम्मान
समाचार, समाज

माझठाना सम्पर्क समाजको तिज विशेष एवम् सम्मान

हरिप्रसाद बास्तोल, । माझठानामा जन्मस्थान भई पोखरामा विभिन्न पेशा व्यवसायमा संलग्नहरुको संस्था माझठाना पोखरा सम्पर्क समाजद्धारा तिज विशेष एवम् सम्मान कार्यक्रम आज सम्पन्न भएको छ । पोखरा सितलदेवीस्थित बरालडाँडा तमु समाजको भवनमा आयोजित कार्यक्रममा समाजमा आवद्ध महिलाले नाचगान गर्दै सामूहिकरुपमा दर खाएर माईती र चेलेबेटी बीच एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए । पोखरा महानगरपालिका वडा नं. २८ का वडाअध्यक्ष श्रीकृष्ण लामिछाने कार्यक्रमको उद्घाटन गर्दै वडाको विकास निर्माणमा समन्वय तथा सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । समाजका संस्थापक अध्यक्ष समेत रहनु भएका उहाँले वडाको विकास निर्माणसंगै समृद्धिको अभियानमा सवैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्दै आवश्यक सल्लाह र सुझावको अपेक्षा गर्नुभयो । कार्यक्रममा समाजमा आवद्ध सदस्यका छोराछोरीबाट २०७८ सालको एसईई परिक्षामा सर्वोत्तकृष...
लिटल फ्लावर एजुकेशनल एकेडेमीमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
शिक्षा, समाचार, समाज

लिटल फ्लावर एजुकेशनल एकेडेमीमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

नेपाल अखबार, पोखरा । पोखरा महानगरपालिका वडा नं. २७ रिठेपानीमा रहेको लिटल फ्लावर एजुकेशनल एकेडेमीमा कक्षा ११ मा शैक्षिक सत्र २०७९ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदार जग बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्यले अभिभावकहरुको लगानीलाई सार्थक बनाउन र असल नागरिक बन्न विद्यार्थीहरु लगनशील हुनुपर्ने बताए । उनले मेहनतका साथ अगाडि बढ्न विद्यार्थीहरुलाई प्रेरीत गरे । पोखरा महानगरपालिका वडा नं. २७ की वडा सदस्य बुद्धिमाया थापामगरले समाजको आवश्यकतालाई बुझेर लिटल फ्लावरले कक्षा ११ को पढाइ सञ्चालन गरेकोमा खुशी व्यक्त गरिन् । नेशनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले नेशनल प्याब्सनका हरेक गतिविधिमा रहेको लिटल फ्लावरको सक्रियताको प्रशंसा गर्दै नवआगन्तुक विद्यार्थीहरुले भव...
कास्कीकोटमा दहीको होली खेलीयो
धर्म/संस्कृति, समाचार, समाज

कास्कीकोटमा दहीको होली खेलीयो

नेपालअखबार, कास्की ।  श्रीकृष्ण जन्माअष्ठमीको अवसरमा पोखरा २४ कास्कीकोटमा दहीको होली खेलीएको छ । भगवान श्रीकृष्णको जन्म भएको भोलीपल्ट परापुरर्वकाल देखि कास्कीकोटमा दहि जात्रा हुदै आएको छ । गुप्तकाली काश्यप धार्मीक क्षेत्रविकास समितीको आयोजनामा दहिको होलीमा हजारौ मानीसहरुको सहभागीता रहेको थियो । सांस्कृत रुपमा मनाउदै आएको यो जात्रा संरक्षण तथा प्रर्वदन गर्न पोखरा २४ वडा कार्यलयले आगामी दिनमा अझै व्यवस्थीत बनाउदै थप प्रचार प्रसार गर्नु पर्ने वडा अध्क्षय भरत वहादुर अधिकारीले बताउनु भयो । दहिको होली खेल्ने परम्परा अन्य स्थानमा नरहेको “ यो दहिको होली कास्कीकोटमा मात्र रहेको धार्मीक क्षेत्रविकास समितीका सचिव तथा कार्यक्रम संयोजक ठाकुर प्रसाद त्रिपाठीले दावी गर्नु भयो । “ गत वर्षहरुमा कोरोना कहरका कारण रोकीएको दहि जात्रा यस पटक विभीन्न सांस्कृतीक झाकी वाजा गाजा सहित जात्रा निकालिएको थियो । अन्य...
खुल्ला तीज गीत प्रतियोगिता–२०७९काप्रथम पुरस्कार प्रायोजक
समाचार, समाज

खुल्ला तीज गीत प्रतियोगिता–२०७९काप्रथम पुरस्कार प्रायोजक

नेपालअखबार, पोखरा ।  निति प्रेस मिडिया प्रालिले नेपाली महिलाहरुको महान चाँड हरितालिका तीजको अवसरमा आयोजना गर्ने खुल्ला तीज गीत प्रतियोगितामा दुर्गाबहादुर भट्टराईले पुरस्कार प्रायोजन गर्ने भएका छन् । स्याङ्जा जिल्ला गल्याङ नगरपालिका वडा नम्बर ५ पिडीखोला स्थायी घर भई पोखरा महानगरपालिका वडा नम्बर १४ बस्दै आएका भट्टराईले सो तीज गीत प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजन गर्ने भएका हुन् । भट्टराई गैर आवासीय नेपाली संघ ९एनआरएनए० रसियाका पूर्व सचिवपनि हुन् । भट्टराईले तीज गीत प्रतियोगिताको प्रथम पुरस्कार बिजेतालाई प्रदान गर्ने ३० हजार प्रदान गर्ने सम्झौता भएको कार्यक्रम संयोजक गणेश लम्सालले जानकारी दिए । उनका अनुसार सम्झौता पत्रमा निति प्रेस मिडिया प्रालिका तर्फबाट प्रमुख कार्यकारी निर्देशक माधव पोखरेल र पुरस्कार प्रायोजक भट्टराईले हस्ताक्षर गरेका छन् । कला, संस्कृतिको संरक्षणसँगै पर्यटनको विकासम...
प्रतिभाका विद्यार्थीमाझ अनिलकेशरी शाह
समाचार, समाज

प्रतिभाका विद्यार्थीमाझ अनिलकेशरी शाह

नेपालअखबार, पोखरा । अनिल केशरी शाहको परिचय ‘सेलिब्रेटी बैंकर’ मा मात्र सीमित छैन । युवाहरुका प्रेरक पनि हुन् शाह । उनको सफलताको कथाबाट युवा पुस्ताले धेरै सिक्न सक्छन् । सफल जिन्दगी जिउने कलादेखि आफ्नो देशको माटोलाई गर्ने मायासम्म सिक्न सकिन्छ शाहबाट । आजभोलि शाहको परिचय बैंकर होइन, मोटिभेशनल स्पीकर । तीन दशक बिताएको बैंकिङ क्षेत्र, जहाँबाट करोडौं तलब मिल्थ्यो, त्यही क्षेत्र छाडेर अब उनले मोटिभेशनल स्पीकरकै रुपमा आफूलाई उभ्याएका छन् । आफ्नै जिन्दगीको कथा, संघर्ष र सफलताको कथा सुनाउनमै शाह व्यस्त छन् । उनै युवा पुस्ताका उत्प्रेरक शाहलाई पोखराको प्रतिभा माविले शुक्रबार विद्यार्थीमाझ उभ्यायो । कक्षा ११ मा भर्ना भएका विद्यार्थीको स्वागतका लागि आयोजित कार्यक्रममा शाहलाई प्रमुख वक्ताका रुपमा विद्यालयले निम्त्याएको हो । शुक्रबार व्यवस्थापन संकायमा भर्ना भएका विद्यार्थीको स्वागत र शनिबार विज्ञान...
काठमाडौंमा कुहिने फोहर व्यवस्थापनका लागि स्थान पहिचान भएन
समाचार, समाज

काठमाडौंमा कुहिने फोहर व्यवस्थापनका लागि स्थान पहिचान भएन

नेपालअखबार, काठमाडाैं । काठमाडौं उपत्यकामा उत्पादन हुने कुहिने फोहर काठमाडौंमै व्यवस्थापन गर्ने भने पनि हालसम्म स्थान पहिचान हुन सकेको छैन। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले कुहिने फोहर यही व्यवस्थापन गर्ने घोषणा गरेपनि हालसम्म कार्यान्वयन हुन सकेको छैन। सम्भावित पाँच स्थानको पहिचान गरे पनि स्थानीय सकारात्मक हुन नसक्दा थप प्रक्रिया अघि बढ्न नसकेको महानगरले जनाएको छ। महानगरका प्रमुख शाहको सचिवालय सदस्य सुनील लम्सालका अनुसार अहिलेसम्म विभिन्न पाँच स्थानमा ५० देखि एक सय ५० रोपनी जग्गाको पहिचान भएको छ। उक्त विषयमा स्थानीय सकारात्मक हुन नसकेका उनको भनाइ छ। उनीहरूलाई कुहिने फोहरबाट मल उत्पादन गर्दा हुने फाइदा र त्यसको सकारात्मक पक्षका बारेमा जानकारी दिन आवश्यक रहेको लम्सालले बताए। स्थानीय सकारात्मक नभएकै कारण गत साउन अन्तिम सातादेखि कीर्तिपुरमा केही कुहिने फोहर व्यवस्थापन गर...
रातभर जाग्राम बसी समापन गरियो श्रीकृष्ण जन्माष्टमी व्रत
धर्म/संस्कृति, समाचार, समाज

रातभर जाग्राम बसी समापन गरियो श्रीकृष्ण जन्माष्टमी व्रत

नेपालअखबार, काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन गरिने ‘श्रीकृष्ण जन्माष्टमी’ व्रत शुक्रबार रातभर जाग्राम बसेर समापन गरिएको छ। अष्टमीका दिन पूजा आराधना गरी रात्रिकालमा जाग्राम बसेपछि ‘श्रीकृष्ण जन्माष्टमी’ व्रत समापन हुने विधि छ । वैदिक सनातन धर्मावलम्बीले भाद्र कृष्ण अष्टमीका दिन पूजा आराधना गरी देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरिएको थियो । देशभरका कृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बसेका हुन् । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट ...
पोखरा –१५ मा बृहत् सरसफाइ अभियान, ४ ट्रक फोहोर संकलन
समाचार, समाज

पोखरा –१५ मा बृहत् सरसफाइ अभियान, ४ ट्रक फोहोर संकलन

नेपालअखबार, पोखरा । पोखरा महानगरपालिका वडा नं –१५ ले वडास्तरीय बृहत् सरसफाइ कार्यक्रमको आयोजना गरेको छ । शुक्रवार बिहान साढे सात बजेदेखि पोखरा –१५ स्थित फूलबारी होटेलको १ नम्बर र २ नम्बर गेटबाट संयुक्त रूपमा सरसफाइ कार्यक्रमको आयोजना गरिएको हो । सरसफाइ कार्यक्रममा बोल्दै वडाध्यक्ष तोरण बहादुर बानियाँले ’हाम्रो वडा राम्रो वडा’ बनाउने अभियान अन्तर्गत हिजो घोषणापत्रमा प्रतिबद्धता गरिएअनुरूप वडामा सरसफाइ कार्यक्रमको सुरुवात गरिएको बताए। उनले यस अभियानलाई मासिक रूपमा निरन्तरता दिइने र चाडबाड लागेसँगै अब वडाको सरसफाइमा जुट्नु पर्छ भनेर आजदेखि पहिलो चरणको सरसफाइ कार्यक्रमको आयोजना गरिएको बताए। उनले पोखरा –१५ लाई स्वच्छ वडा बनाउन सरसफाइ कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिए । यस्तै, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर केसीले आजको सफाइ कार्यक्रममा न...