Sunday, April 26

समाज

छुट्टाछुटै स्थानमा दुई जनाको शव फेला
समाचार, समाज

छुट्टाछुटै स्थानमा दुई जनाको शव फेला

नेपाल अखबार, सिरहा। सिरहाको छुट्टाछुटै खोलामा आज बिहान एक वृद्धसहित दुई जनाको शव फेला परेको छ । सिरहा बरियारपट्टी गाउँपालिका–२ श्रीपुरस्थित खोलामा स्थानीय ६८ वर्षीय रामदेव यादवको शव फेला परेको प्रहरीले जनाएको छ । आँपको बगैँचा हेर्न जान्छु भनी घरबाट निस्केको र घर फर्की नआएको कारण खोजतलास गर्ने क्रममा खोला छेउमा यादव मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जीयारले जानकारी दिए । यस्तै सिरहाको मिर्चैया नगरपालिका–९ बतहाखोलामा तत्काल सनाखत नभएको एक पुरुषको शव फेला परेको छ । खोलाको पश्चिम साइडमा अन्दाजी ४० वर्षीय सो पुरुषको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासीको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले सो शव परीक्षणका लागि लहानस्थित अस्पताल ल्याइएको प्रहरी उपरीक्षक पञ्जीयारले बताए । घटनाको थप अनुसन्धा...
सिन्धुपाल्चोकको फुल्पिङमा पहिरोः २ घर बगायो, ५ बेपत्ता
समाचार, समाज

सिन्धुपाल्चोकको फुल्पिङमा पहिरोः २ घर बगायो, ५ बेपत्ता

नेपाल अखबार, काठमाडौं  ।  सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित खोकुण्डोल बजारमाथि फुल्पिङमा गएराती गएको पहिरोले २ घर बगाएको छ । भने, ५ जना बेपत्ता भएका छन्  । प्रहरी घटनास्थल पुग्दै गरेको र आफूहरु पनि केही बेरमा घटनास्थल पुग्ने गाऊ पालिका उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिए । गत गत असार २५ गते सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका जम्बुमा आएको बाढी र पहिरोले झण्डै १९ जना बेपत्ता बनाएको थियो ।...
ओली –प्रचण्ड तीन घण्टा वार्ता विना निष्कर्ष
राजनीति, समाज

ओली –प्रचण्ड तीन घण्टा वार्ता विना निष्कर्ष

नेपाल अखबार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अआफ्नो अडानमा रहँदा बुधवार करीव ३ घण्टाको छलफल पनि विना निष्कर्ष टुंगिएको छ । साउन २ गतेलाई निर्धारित स्थायी कमिटी बैठकअघि सहमति कायम गर्ने प्रयास स्वरुप ओली र प्रचण्डबीच निरन्तर छलफल भइरहेको छ । बुधबार भएको छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए । दुई अध्यक्षबीच सौहार्दपूर्ण ढंगले छलफल भएको र बिहीबार पनि सहमतिको प्रयासमा वार्ता हुने महासचिव पौडेलले बताए । ‘उहाँहरुबीच सकारात्मक कुराकानी भएको छ तर निष्कर्षमा पुगिसक्नुभएको छैन’ पौडेलले अनलाइनखबरसँग भने, ‘उहाँहरुबीच भोलि पुनः छलफल हुन्छ । पार्टीको आन्तरिक जीवनमा उत्पन्न भएका समस्या समाधान गर्दै पार्टी एकताको रक्षा गर्न हामी सफल हुनेछौं ।’ अध्यक्षद्वयबीच छलफल सकारात्...
सिन्धुपाल्चोक बाढीपहिरोमा बेपत्ता २० जनाको खोजीकार्य जारी
समाचार, समाज

सिन्धुपाल्चोक बाढीपहिरोमा बेपत्ता २० जनाको खोजीकार्य जारी

नेपाल अखबार, सिन्धुपाल्चो। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बु र भोटेकोशी गाउँपालिका–५ बुलकोटेमा गत बुधबार राति आएको बाढीपहिरोमा तीन जनाको मृत्यु भएको छ । बेपत्ता २० जनाको खोजीकार्य जारी रहे पनि अहिलेसम्म फेला पार्न नसकिएको हुँदा भोटेकोशीले बगाएको आशङ्का हुन थालेको छ । चार दिनदेखि मङ्गलबारसम्म स्काभेटर लगाएर खोजीकार्य जारी राखे पनि बेपत्ताको शव भेटिने सम्भावना ज्यादै न्यून रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए । बाढी र पहिरोले सडकको सतहभन्दा धेरै माथिसम्म पुरिने गरी माटोसहित ठूला–ठूला ढुङ्गा थुपारेको हुँदा स्काभेटरले समेत हटाउन कठिनाइ परेकाले समस्या उत्पन्न भएको छ । उद्धारकार्यका लागि काठमाडौँबाट आएको २५ सदस्यीय टोली पनि मङ्गलबार फर्किसकेको छ । बाढी र पहिरोले बाह्रबिसेदेखि मितेरी पुलसम्म १५ ठाउँमा सडक बिग्रेको प्रहरी निरीक्षक न्यौपानेल...
बन्दाबन्दीमा ११९ मानवअधिकार उल्लङ्घनका घटना
समाचार, समाज

बन्दाबन्दीमा ११९ मानवअधिकार उल्लङ्घनका घटना

नेपाल अखबार, काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले  बन्दाबन्दीका अवधिका तीन महिनामा एक हजार ११९ जना मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएकोे जनाएको छ । इन्सेकद्वारा बन्दाबन्दीको तीन महिनाको सोमबार सार्वजनिक गरेको आवधिक प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा २०७६ चैत ११ देखि २०७७ असार १० गतेसम्म रहेका पनि इन्सेकले जनाएको छ । यस अवधिमा राज्य पक्षबाट तीनजना महिलासहित ६४ र अन्य पक्षबाट ८४१ महिलासहित १५५ गरी एक हजार ११९ जना पीडित भएका घटना इन्सेकले जनाएको छ । अभिलेखित घटनामध्ये महिलामाथि भएका ज्यादतीका घटनामा ४७६ र बालबालिकामाथि भएका ज्यादतीका घटनामा २८४ जना पीडित भएका छन् । त्यसैगरी, यो अवधिमा अमानवीय व्यवहार ११, धम्की पाँच, घाइते ११२, कुटपिट १२, अपहरण छ, गिरफ्तार ३१, हत्या ७२, प्रहरी हिरासतमा यातना दुई र जातीय विभेदका घटनामा १२ जना पीडित भएको इन्सेकले अभिलेखमा उल्लेख छ...
मंगलबारको मौसम पूर्वानुमान
समाचार, समाज

मंगलबारको मौसम पूर्वानुमान

नेपाल अखबार, काठमाडौं  ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमान जारी गरेको छ । विभागले जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल नेपालभर मनसुनी वायु को प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग बाट केहि दक्षिण तिर सरेको छ। साथै, अहिले देशभर आँशिकदेखि  सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको पूर्वानुमानमा उल्लेख छ । यसैगरी, महाशाखाले जारी गरेको पूर्वानुमानमा मंगलबार दिउँसो देशभर आँशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, राति देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । र, प्रदेश ५, कर्णाली प्रदेश...
झण्डै १० लाखको संख्यामा सलहको अर्को झुण्ड नेपाल भित्रियो
समाचार, समाज

झण्डै १० लाखको संख्यामा सलहको अर्को झुण्ड नेपाल भित्रियो

नेपाल अखबार, काठमाडाैं । झण्डै १० लाखको संख्यामा रहेको सलहको नयाँ झुण्ड नेपाल प्रवेश गरेको छ। आइतबार दाङहुँदै सलहको एउटा भुण्ड नेपाल प्रवेश गरेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ। यसअघि दुई साता अघि पनि सलहको ठूलो झुण्ड नेपाल प्रवेश गरेको थियो। तर, वातावरण प्रतिकूल हुँदा यसअघि प्रवेश गरेको सलह केही भागेका थिए भने केही आफैँ मरेर सकिएका थिए। आइतबार आएको सलहको नयाँ झुण्ड भारत उत्तर प्रदेशको सितापुर तथा बहराइच क्षेत्र हुँदै नेपाल प्रवेश गरेको हो। केन्द्रले यसअघि नै सलहको झुण्ड नेपाल प्रवेश गर्ने तयारीमा रहेको जानकारी गराएको थियो। केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार आइतबार बिहान र दिउँसो सलहको झुण्ड दाङको गढवा गाउँपालिका र राप्ति नगरपालिका क्षेत्रको आकाशमा देखिएका छन्। सलहका ती झुण्ड, प्यूठान अर्घाखाँची लगायतका जिल्लासम्म पुग्ने अनुमान गरिएको छ। सलहको यो झुण...
आजको मौसम पूर्वानुमान
समाचार, समाज

आजको मौसम पूर्वानुमान

नेपाल अखबार, काठमाडौं ।  जल तथा मौसम विज्ञान विभागले आजको मौसम पूर्वानुमान जारी गरेको छ । विभागले जारी गरेको सोमबारको मौसम पूर्वानुमानमा हाल नेपालभर मनसुनी वायु सक्रिय छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जानकारी दिइएको छ । यसैगरी, विभागले हाल देशभर सामान्य बदली रही प्रदेश १, २ तथा बागमती, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन चट्याङ् सहित वर्षाको भईरहेको समेत जनाएको छ । यस्तै, सोमबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।...
जाजरकोटमा ९ शव भेटिए, ५सय भन्दा बढी परिवार विस्थापित
समाचार, समाज

जाजरकोटमा ९ शव भेटिए, ५सय भन्दा बढी परिवार विस्थापित

नेपाल अखबार,जाजरकोट । पहिरोले गाउँ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा पाँच सय भन्दा बढी परिवार विस्थापित भएका छन्। बाढीपहिराेमा बेपत्ता नाै जनाकाे शव फेला परेकाे छ। घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट–४ जिरीका ३२ घर, गोठगाउँका आठ घर, मैनागाउँका ५० भन्दा बढी परिवार विस्थापित भएको प्रहरीले जनाएको छ। विस्थापित परिवारलाई हिमालय आधारभूत विद्यालय गोठगाउँ र भगवती आधारभूत विद्यालय जिरीमा राखिएको छ। मैनाका सर्वसाधारण गाउँबाट माथि रहेको रतनकोटडाँडामा आएर बसेको स्थानीय पत्रकार तीर्थराज बोहोराले जानकारी दिए। वडा नम्बर १ को धौलाकोटमा ३२ घरधुरी विस्थापित भएका छन्। त्यस्तै वडा नम्बर ५ को पाखा, तोलखाना र कालाखोलीका १५० भन्दा बढी घरधुरी विस्थापित भएर विद्यालयमा आश्रय लिएका छन्। विस्थापितलाई दुई विद्यालयमा राखिएको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिए। सिंहका अनुसार पाँच स...
पहिरोले संखुवासभामा गावैँ बगायो, ११ जना बेपत्ता
समाचार, समाज

पहिरोले संखुवासभामा गावैँ बगायो, ११ जना बेपत्ता

नेपाल अखबार, संखुवासभा। संखुवासभाको सिलिचोङ गाउँपालिका १ मा पहिरोमा परेर ११ जना बेपत्ता भएका छन्। सिलिचोङ १ सिसुवाखोलामा गए राति पहिरोले आठ घर बगाउँदा ११ जना बेपत्ता भएका संखुवासभाका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिए। ‘रातिको घटना हो, हामीलाई आइतबार बिहान ६ बजे खबर अयो,’ डिएसपी मल्लले भने, ‘अहिले घटनास्थल तर्फ प्रहरी टोली जाँदै छ।’ राति सुतिरहेको बेला आएको पहिरोले घर बगाउँदा स्थानीय जुद्धबहादुर माने र उनकी आमा, सन्दीप कुलुङ र उनका बुवा-आमा, जुद्धबहादुर गैरी, राममान कुलुङ र उनकी आमासहित ६ घरका ११ जना बेपत्ता भएका मल्लले जानकारी दिए। बाँकी दुइ घरका मानिस भने भागेर जागिएका छन्। घटनास्थलमा अझै प्रहरी पुगेको छैन। ‘घटनास्थलमा प्रहरी टोली पुग्न नसकेकाले विस्तृत विवरण आउन बाँकी छ,’ डिएसपी मल्लले भने, ‘अहिले पनि भारी बर्षा भइरहेकाले उद्धारमा कठिनाई भएको छ।’ मल्लका अनुसार नजिकै रहेको प्र...