Sunday, April 26

समाज

पहिरो पीडित भन्छन्, ‘तान्दातान्दै श्रीमती र छोरीलाई  पुर्‍यो’
समाचार, समाज

पहिरो पीडित भन्छन्, ‘तान्दातान्दै श्रीमती र छोरीलाई पुर्‍यो’

नेपाल अखबार, म्याग्दी । धवलागिरि गाउँपालिका–६ रिखकी ३३ वर्षीया हीरा जुग्जालीको शुक्रबार बिहानै कोदो रोप्न बारीमा जाने योजना उज्यालो हुन नपाउँदै खसेको पहिरोले पूरा हुन दिएन । “बिहानै मेलामा जाने योजना थियो । जेठी छोरी र छोरा मसँग थिए”, हीराका श्रीमान् धनबहादुरले भने, “अर्को कोठामा सुतेका दुई छोरी र श्रीमतीलाई तान्दातान्दै पहिरोले बगायो ।” पहिरोमा भाग्ने क्रममा घाइते भएर बेनी अस्पतालमा उपचार गराइरहेका धनबहादुर श्रीमती, छोरी कञ्चन र करिश्मालाई गुमाउनुको पीडाले भक्कानिए । जुग्जालीका छोरा अर्जन र अर्की छोरी रितु पहिरो आएको थाहा पाएपछि भागेका थिए । करिब ३६ घण्टासम्म शरीरमा लागेको चोटको पीडा सहेर बसेका धनबहादुरले शनिबार साँझ अस्पताल आएपछि दुःखाई कम भएको सुनाए । “खेतबारी, गोठ र घर सबै पहिरोले बगायो”, उनले भने, “न बस्ने घर छ । न जीवनमा साथ दिने श्रीमती र साना छोरीहरु रहे ।” पहिरोमा घाइते भएका १२ जन...
त्रियुगाखोलाको बाढीले पोल ढाल्दा तीन जिल्लामा विद्युत् अवरुद्ध
समाचार, समाज

त्रियुगाखोलाको बाढीले पोल ढाल्दा तीन जिल्लामा विद्युत् अवरुद्ध

नेपाल अखबार, उदयपुर । लगातारको वर्षापछि आएको बाढीले पोल ढाल्दा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । उदयपुरको त्रियुगाखोलामा आएको बाढीले गाईघाट–दिक्तेल ३३ केभी प्रसारण लाइन विद्युत्को दुई पोल ढालेपछि शनिबार दिउँसोदेखि विद्युत् आपूर्ति अवरुद्ध भएको हो । विद्युत् आपूर्ति अवरुद्ध हुँदा खोटाङसहित तीन जिल्लाका हजारौँ उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् । तीनवटै जिल्लामा अहिले विद्युतीय उपकरण, सञ्चारमाध्यम, व्यापार–व्यवसायलगायत प्रभावित भएको छ । त्रियुगाखोलामा आएको बाढीको बहाव अझै बढ्दै गएकाले अर्को पोल राख्न तथा मर्मत गर्न नसकिएको नेपाल विद्युत् प्राधिकरण खोटाङका प्रमुख रामदिनेश राय यादवले बताए । ‘खोलामा आएको बाढीको बहाव नघटेसम्म अर्को पोल राख्न सकिने अवस्था छैन,’ उनले भने, ‘बाढीले ढालेको विद्युत् पोल उठाउन उदयपुरबाट दक्ष प्राविधिक खटाइएको छ । खोलामा आएको बाढीको ब...
जम्बुको पहिरोमा हराएका २० जना अझै भेटिएनन्
समाचार, समाज

जम्बुको पहिरोमा हराएका २० जना अझै भेटिएनन्

नेपाल अखबार, चौतारा । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बुमा बुधबार राति गएको बाढीपहिरोले बेपत्ता भएका २० जना अझै भेटिएका छैनन् । लगातारको वर्षाले सडक अवरुद्धका कारण उनीहरूको खोजीमा कठिनाइ भइरहेको छ । राजधानीबाट आएका २५ जनाको उद्धारटोलीसहित सुरक्षाकर्मीले बेपत्ताहरूको खोजी गरिरहेको भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । उनका अनुसार जम्बुका विस्थापित ३० परिवारका लागि स्थानीय पालिकासँग समन्वय गरी जिल्ला विपद् व्यवस्थापन समितिबाट ३० थान त्रिपाल, म्याट्रेस, भाँडाकुँडा र लत्ताकपडा पठाइसकेको छ । शुक्रबार बिहान आएको बाढीपहिरोबाट भोटेकोशी गाउँपालिकाको लार्चामा बेपत्ता भएका एक व्यक्ति स्थानीय ४० वर्षीय नाङचे मगरको भने जीवितै उद्धार गरिएको छ उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफलेले बताए । जुरे सडक खोल्ने प्रयास लगातारको वर्षाले बुधबार र...
कमला नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह
समाचार, समाज

कमला नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह

नेपाल अखबार, लहान । कमला नदीमा पानीको बहाव बढ्दै गएपछि सिरहाको आधा दर्जन गाउँका स्थानीयवासीलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । अविरल वर्षासँगै  नदीमा पानीको बहाव बढ्दै गएपछि नदी आसपासमा पर्ने कर्जन्हा, कल्याणपुर र सिरहा नगरपालिकाको विभिन्न गाउँका स्थानीयवासीलाई सतर्क रहन अपिल गरिएको हो । “कमला नदीमा पानीको बहाव निरन्तर बढ्दै गएको छ”, सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले भने, “बाढी बस्तीमा पसे ठूलो धनजनको क्षति हुनसक्ने भएकाले आसपासका बस्तीमा बिहानैदेखि माइकिङ गर्न थालेका छौँ, सुरक्षाकर्मीलाई उद्धार र राहतका लागि तयारी अवस्थामा राखेका छौँ ।” अहिले नदीमा पानीको बहाव खतराको तहसम्म पुगेको र अझै वर्षा जारी रहेकाले थप पानीको बहाव थप बढ्न सक्ने भएकाले नदी आसपासको गाउँका स्थानीयलाई सतर्क रहनुपर्ने उनको भनाइ छ । उनले कमलामा बाढीबाट पु¥याउन सक्ने क्षतिलाई रोक्न बाढी...
पोखरामा सुस्मिता थापाको सम्झनामा दीप प्रज्वलन
समाचार, समाज

पोखरामा सुस्मिता थापाको सम्झनामा दीप प्रज्वलन

नेपाल अखबार,पाेखरा।  मेची–महाकाली बुहारी संयुक्त आवाज कास्कीले कार्यक्रम आयोजना गरेको  छ ।आफ्नै परिवारबाट बलात्कार प्रयासपछि हत्या भएकी सुस्मिता थापाको सम्झनामा शनिबार पोखरामा दीप प्रज्वलन गरिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले बुहारी आवाजको आन्दोलनप्रति ऐक्यबद्धता जनाए । उनले महिला हिंसा, घरेलु हिंसाका साथै सबै खाले हिंसा न्यूनीकरणका लागि सबै एकताबद्ध हुन आवश्यक रहेको बताए । नेपाली कांग्रेसकी नेतृ सरस्वती गुरुङले कानुनमा महिला हिंसा सम्बन्धी कडा नीति भए पनि कार्यान्वयन पक्ष फितलो हुँदा हिंसा कमी हुन नसकेको बताइन् । कलाकार मिलन शेरचनले महिलाको आवाज उठाउन पुरुषहरुले पनि सहयोग गर्नुपर्ने खाँचो औँल्याइन् । कार्यक्रममा सञ्चारकर्मी कञ्चन थापा, व्यवसायी ईशा अग्रवाल, संस्थाका कानुनी सल्लाहकार तारा शर्मा, उपाध्यक्ष मनु शर्मा र कार्यक्रम संयोजक तथा प्रेस सल्...
वर्षा सम्भावना : पश्चिमतर्फ केही घट्ने, पूर्वतर्फ झन् थपिने
समाचार, समाज, हाइलाइट-समाचार

वर्षा सम्भावना : पश्चिमतर्फ केही घट्ने, पूर्वतर्फ झन् थपिने

नेपाल अखबार, काठमाडाैं। केही दिनयता देशभर जारी वर्षा अझै केही दिन रोकिने सम्भावना नदेखिएको मौसमविद्ले बताएका छन्। कम्तीमा अरू तीन दिन वर्षा जारी रहने उनीहरूको अनुमान छ। वरिष्ठ मौसमविद् निराजन सापकोटाले शनिबार बिहान नेपालखबरलाई दिएको जानकारीअनुसार अहिले तत्काल (शनिबार बिहान) पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। उनका अनुसार यतिबेला कञ्चनपुर, बैतडी डडेल्धुरा, दाङ, चितवन, हेटौंडा, प्रदेश २ का अधिकांश स्थान, पूर्व विराटनगर, इलाम, धनकुटालगायत क्षेत्रमा पानी परिरहेको छ। दिउँसो अझ बढेर देशका धेरैजसो स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार राति पनि सातै प्रदेशका ...
सुत्केरी हुन नसकेर ३ दिन देखि छट्पटाउँदै महिला
समाचार, समाज

सुत्केरी हुन नसकेर ३ दिन देखि छट्पटाउँदै महिला

बाजुरा । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिकामा तीन दिनदेखि व्यथा लागेर पनि एक महिलाले शिशु जन्माउन सकेकी छैनन् । सोही गाउँपालिका–३ साविकको विच्छ्या गाविस युनाकी २५ वर्षीया लालसरी बुढाले सुत्केरी व्यथा लागे पनि शिशु जन्माउन नसकी छट्पटाइरहेकी छन् । सुत्केरी व्यथा लागेकी बुढाको शरीरबाट अत्यधिक रगत बग्न थालेको छ । गाउँ नजीकै रहेको युना आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी गुम्बामा गएको बताइएको छ । स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन स्वास्थ्यकर्मी नभएकाले बुढालाई बिच्छ्या स्वास्थ्यचौकीमा लैजान खोज्दा बाटो अविरल वर्षाका कारण पहिराबाट भत्किएको र महिलाका शरीरबाट रगत बगिरहेकाले उक्त स्वास्थ्यचौकीमा पुग्न नसकेको स्थानीयवासी अर्जुन रोकायाले बताए । स्थानीयवासीको सक्रियतामा गर्भवतीलाई बिच्छ्या स्वास्थ्यचौकीमा पु¥याउन नसकी घर फर्काइएको छ । बुढाको शरीरबाट रगत बगेको र सुत्क...
प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ मा भारी वर्षा, सर्तक रहन आग्रह
समाचार, समाज, हाइलाइट-समाचार

प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ मा भारी वर्षा, सर्तक रहन आग्रह

नेपाल अखबार, काठमाडौँ । पछिल्लो ६ घण्टामा प्रदेश २, गण्डकी र प्रदेश ५ का धेरै स्थानमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभाग अन्तरगतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै, अर्को ६ घण्टा पनि प्रदेश ५ को, २, र १ को तराईका धरै स्थानमा मध्यमदेखि भारी वर्षा हुन सक्ने पूर्वानुमान रहेकाले प्रदेश १, २ ,५ भइ बहने केहि साना नदीमा खतरा तह आसपास पुग्ने र बाढीको सम्भावना रहेको छ । महाशाखका अनुसार नारायणी जलाधारको नबलपरासी, चितवन, तनहूँ, कास्की, गोरखा, लमजुङ, स्याङजा, पर्वत, गुल्मी र आसपास २४ घण्टामा भारी वर्षा मापनसँगै नारायणीमा जलसतह बढ्दो छ । तटीय क्षेत्रमा सतर्कता जरूरी रहेको महाशाखाले जनाएको छ । कास्की, स्याङ्जा, पर्वत र लमजुङ आसपासको स–साना खोलामा आकस्मिक बहाव हुने संकेत रहेको छ । चितवन जिल्ला माडी क्षेत्रको बनकट्टा, कल्याणपुर र आसपास पनि भारी वर्षामापन भएको छ ।  महाशाखाका अनुसार...
पोखरामा पहिरोमा पुरिएर चार जनाको मृत्यु, ९ घाइते
समाचार, समाज

पोखरामा पहिरोमा पुरिएर चार जनाको मृत्यु, ९ घाइते

नेपाल अखबार, पोखरा । अविरल वर्षाका कारण गएको पहिरोमा परी पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । राति अन्दाजी २ः४५ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टंकबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ । सो घटनामा परी घाइते भएका अन्य छ जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । थापाको घरमा बिहीबार साँझ जन्मदिन मनाउने कार्यक्रम रहेकाले घरमा कति जना थिए र को–को थिए भन्ने खुल्न नसकेको उनले बताए । प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए । त्यसैगरी पोखरा महानगरपालिका–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएक...
आजदेखि भारी वर्षा : सरकार ‘हाई अलर्ट’मा, जोखिम क्षेत्रमा नबस्न अनुरोध
समाचार, समाज

आजदेखि भारी वर्षा : सरकार ‘हाई अलर्ट’मा, जोखिम क्षेत्रमा नबस्न अनुरोध

नेपाल अखबार, काठमाडाैं। मुलुकभर आजदेखि चार दिन लगातार भारी वर्षाभई विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको समस्या हुने मौसम पुर्वानुमान गरिएसँगै सरकार उच्च सावधानीमा (हाई अलर्टमा) रहेको छ । राज्यको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यमा खटिने मातहतका निकाय तत्कालै परिचालन गर्नसक्ने गरी सरकारले उच्च तयारी गरेको छ । आवश्यक राहत तथा खाद्य सामग्रीको मौज्दातको अध्यावधिकसमेत गरिएको छ भने उद्धारका कुनकुन सामग्री कहाँकहाँ छन् भनेर सबै यकिन गरिएको छ । गृहमन्त्रालयका अनुसार तत्कालै परिचालन हुने गरी संयन्त्र तयारी अवस्थामा राखिएको छ । विपद् व्यवस्थापनकै सम्बन्धमा आज गृहमन्त्रालयमा बसेको आकस्मिक बैठकमा गृहमन्त्री रामबहादुर थापाले मातहतका ७७ वटै जिल्लाका सरोकारवाला निकायलाई आवश्यक तयारीमा रहन र विपद् जोखिम न्यूनीकरणको काममा खटिन आवश्यक निर्देशन दिइएको बताए । कोभिड–१९ बाट उत्पन्न सङ्कटमा मुलुक रहे...