नदीहरूमा बहाव बढ्दो, एसएमएस पठाएर सतर्क रहन भनियो
नेपाल अखबार, काठमाडौं । मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन कन्काई, कोशी, कमला, बागमती, नारायणी र यसका सहायक नदीहरुमा बहाव बढ्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । केही नदीहरुमा पानीको बहाव बढेर खतराको तहसम्म पुग्ने अनुमान छ ।
बिहीबार भने झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही र आसपास भई बहने साना नदीमा आकस्मिक बहावको उच्च सम्भावना भएकाले तटिय क्षेत्रमा सतर्क रहन महाशाखाले सूचित गरेको छ ।
आज कोशी, बागमती, नारायणी, पश्चिम राप्ती र कर्णाली नदीमा पानीको बहाव बढ्दो छ । खोटाङ–ओखलढुंगाको दूधकोशी नदीको बहाव सतर्कता तहको आसपास पुगेको छ । सो क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत् जोखिमको सूचना दिइएको छ ।
आज कन्काई, कमला, बागमतीमा सतर्कताको तहसम्म बहाव पुग्ने पूर्वानुमान गरिएको छ । यस्तै मेची, बिरिङ, निन्दा, लोहन्द्रा, चिसाङ, त्रियुगा, माउली, गगान,...
