वर्षा सम्भावना : पश्चिमतर्फ केही घट्ने, पूर्वतर्फ झन् थपिने
नेपाल अखबार, काठमाडाैं। केही दिनयता देशभर जारी वर्षा अझै केही दिन रोकिने सम्भावना नदेखिएको मौसमविद्ले बताएका छन्। कम्तीमा अरू तीन दिन वर्षा जारी रहने उनीहरूको अनुमान छ।
वरिष्ठ मौसमविद् निराजन सापकोटाले शनिबार बिहान नेपालखबरलाई दिएको जानकारीअनुसार अहिले तत्काल (शनिबार बिहान) पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।
उनका अनुसार यतिबेला कञ्चनपुर, बैतडी डडेल्धुरा, दाङ, चितवन, हेटौंडा, प्रदेश २ का अधिकांश स्थान, पूर्व विराटनगर, इलाम, धनकुटालगायत क्षेत्रमा पानी परिरहेको छ।
दिउँसो अझ बढेर देशका धेरैजसो स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति पनि सातै प्रदेशका ...
