Monday, August 31

समाज

क्यान्सर अस्पतालका कर्मचारी मृत फेला, हत्या भएको आशंका
समाचार, समाज

क्यान्सर अस्पतालका कर्मचारी मृत फेला, हत्या भएको आशंका

नेपाल अखबार, चितवन। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका एक कर्मचारी मृत अवस्थामा भेटिएका छन्। बाराको सिमरा घर भई विगत ११ वर्षदेखि क्यान्सर अस्पतालमा काम गर्दै आएका ३२ वर्षीय सूर्य मिश्र स्थानीय भरतपुरको स्थानीय नहरमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। अस्पतालमा बिजुली मर्मतको काम गर्दै आएका उनको शव शनिबार नहरमा भेटिएको हो। शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतमले घटना हत्याजस्तो देखिएको भन्दै थप अनुसन्धान प्रहरीले गर्ने बताए। रासस...
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु
समाचार, समाज, स्वास्थ्य

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार कोरोना संक्रमण देशभरमा थप १० जनको मृत्यु भएको हो। मृत्यु हुनेमा ६ महिला र ४ पुरुष रहेका छन्। मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौँका ३ महिला र १ पुरुष, धनुषा, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीका १/१ पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४११ पुगेको छ। यो कूल संक्रमितमध्येको ०.६४ प्रतिशत हो।...
व्यास गाउँपालिकाको कार्यालयमा तालाबन्दी
समाचार, समाज

व्यास गाउँपालिकाको कार्यालयमा तालाबन्दी

नेपाल अखबार, दार्चुला । व्यास गाउँपालिका कार्यालय सुनसेरामा १० दिनदेखि तालाबन्दी हुँदा कामकाज ठप्प भएको छ । गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी निकटका वडाध्यक्ष र नेता तथा कार्यकर्ताले लगाएको ताला खुल्न नसक्दा सेवाग्राही समस्यामा परेका छन् । गत भदौ २६ गतेदेखि लगाइएको ताला खुलाउने प्रयास भएको छैन । व्यास–४ का स्थानीयवासी नरेन्द्र भट्टले गाउँपालिकामा लगाइएको तालाका कारण आफूहरुको नागरिकता सिफारिस रोकिएको बताए । “तालाबन्दी हुँदा प्रधानमन्त्री रोजगार कार्यक्रम, कृषि क्षेत्रका कार्यक्रमका फारामहरु भर्न पाइएको छैन”, अर्का स्थानीयवासी नरेन्द्र विष्टले भने, “समयमै फाराम भर्न नपाइए रोजगारी गुम्ने चिन्ता छ । हामी काम गरी खाने मजदूर हो, हामीले कृषि र रोजगार कार्यक्रममा आवेदन दिएका छौँ फाराम भरिएको छ, तर के भइरहेको छ भन्ने जानकारी छैन ।” अर्का स्थानीयवासी जगन्नाथ भट्टले कोरोनाका कारण स्थानीयवासीले रोज...
सिरहामा बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट
समाचार, समाज

सिरहामा बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट

नेपाल अखबार, सिरहा । बोक्सीको आरोपमा सिरहाको नवराजपुर गाउँपालिकामा एक महिलामाथि कुटपिट भएको छ । स्थानीयवासीको कुटपिटबाट घाइते नवराजपुर–५ कसुन्डी निवासी ४५ वर्षीया मूर्तिदेवी यादवको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको आफन्तजनले जनाएका छन् । गाउँका एक बच्चा बिरामी भएको र अर्का एक जनाको चट्याङ लागेर मृत्यु भएको विषयमा मूर्तिदेवीले टुनामुना गरी बोक्सी लगाएको आरोप लगाउँदै स्थानीयवासी धर्मनाथ यादव, उनका छोरा सन्तोष र सोही ठाउँका देवनाथ यादव, कृष्ण यादव, ब्रह्म यादव लगायतले मूर्तिदेवीलाई निर्घात कुटपिट गरेका मूर्तिदेवीका छोरा गणेश यादवले जानकारी दिए । “गत भदौ २९ गते राति आमा घरमा सुतिरहनुभएको थियो”, उनले भने, “स्थानीयवासीले तथानाम गाली गर्दै आमालाई घरबाट बाहिर निकालेर सडकमा लगि निर्घात कुटपिट गरे, पछि खेतमा लगेर फालिदिए ।” कुटपिट गर्नेहरुले प्रहरीमा उजुरी गरे चोरीक...
मिर्गौलापीडितको उपचारका लागि फेसबुकले जुटायो ११ लाख
समाचार, समाज

मिर्गौलापीडितको उपचारका लागि फेसबुकले जुटायो ११ लाख

नेपाल अखबार, चितवान । दुवै मिर्गौला फेल भएका चितवनको इच्छाकामना गाउँपालिका–३ चैवुङका १९ वर्षीया शर्मिला गुरुङको उपचारका लागि रु ११ लाख ८५ हजार रकम सङ्कलन भएको छ । सामाजिक अभियानकर्मी कृष्ण घोताने गुरुङले सामाजिक सञ्जाल फेसबुकमा गरेको आह्वानबाटै उक्त रकम सङ्कलन भएको हो । देश विदेशमा रहेका ११७ व्यक्ति तथा सङ्घसंस्थाले उक्त रकम सहयोग गरेको तमु ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद्का वाग्मती प्रदेश सदस्यसमेत रहेका समाजसेवी एवं व्यवसायी घोतानेले बताए । ‘कोरोना महामारीको यो विषम परिस्थितिमा पनि रकम सहयोग गरेकामा सहयोग गर्ने सबै मनकारी महानुभावलाई म धेरैधेरै धन्यवाद व्यक्त गर्दछु,’ उनले भने । विगत चार वर्षदेखि दुवै मिर्गौला फेल भई उपचाररत गुरुङको पुरानो मेडिकल कलेज भरतपुरमा डायलासिस भइरहेको छ । आर्थिक अवस्था कमजोर रहेका गुरुङको उपचारका क्रममा धेरै रकम खर्च भइसकेको र थप उपचारका लागि अर्थाभाव भएको ...
सर्लाहीबाट ३ अर्बको तरकारी निर्यात
कृषि, समाचार, समाज

सर्लाहीबाट ३ अर्बको तरकारी निर्यात

नेपाल अखबार, सर्लाही । जिल्लाको लालबन्दीबाट मात्रै आर्थिक वर्ष २०७६÷०७७ मा रु तीन अर्बभन्दा बढीको तरकारी निकासी भएको छ । लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका छिमेकी स्थानीय निकायबाट मात्रै आर्थिक वर्ष २०७६÷०७७ मा रु तीन अर्ब १८ करोड २६ लाख ८० हजारको तरकारी निकासी भएको हो । लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका क्षेत्रमा स्थानीयवासीले करिब एक हजार बिघामा उत्पादन गरेको तरकारी लालबन्दीमा आउने गरेको र सोही तरकारी देशका विभिन्न स्थानमा निकासी हुने गरेको कृषि बजार व्यावस्थापन समिति लालबन्दीले जनाएको छ । जिल्लाबाट ११ करोड ९५ लाख ६७ हजार १ सय ३५ किलो तरकारी बाहिरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गोलभेँडाको पकेट क्षेत्रको रूपमा चिनिएको लालबन्दीबाट वार्षिक सबैभन्दा बढी ५० प्रतिशत गोलभेडा बाहिरिने गरेको कार्यालयले जनाएको छ । त्यस्तै पर्वल २५ प्रतिशत, बोडी १० प्रतिशत, सिमी १० प...
१८ महिनामा सक्ने पुल चार वर्षमा सकियो
समाचार, समाज, हाइलाइट-समाचार

१८ महिनामा सक्ने पुल चार वर्षमा सकियो

नेपाल अखबार, गलकोट । बागलुङ जिल्लाको गलकोट नगरपालिकाको गौदीखोलामा निर्माण शुरु भएको मोटरेबल पुल चार वर्षपछि सम्पन्न भएको छ । पुल निर्माणसँगै गलकोट नगरपालिका–३ हटिया र वडा नं ६ हरिचौरमा सिधा यातयात चल्न थालेका छन् । पुल नहुँदा हिउँदमा जोखिम मोलेर सवारी आउजाउ गर्दथे भने बर्खामा मध्यपहाडी लोकमार्गको पुल तरेर हरिचौर पुग्नुपर्ने बाध्यता थियो । विसं २०७३ असारमा रु तीन करोड सात लाख लागतमा १८ महिनामा सक्ने गरी नयाँबाटो, जुम्ली, आचार्य जेभीसँग सम्झौता भएको थियो । पुल समयमै निर्माण नहुँदा पुलको फाउन्डेशनका कारण हटियाका केही घरसमेत गौदीखोलाको उच्च जोखिममा रहेको थियो । ठेकेदार कम्पनीको बेवास्ताका कारण पुल निर्माण सम्पन्न नभएको भन्दै गलकोटका स्थानीयवासीले चर्को आलोचना गर्दै आइरहेका थिए । ठेकेदार कम्पनीले भने पुल निर्माणमा पटकपटक अवरोध हुँदा निर्माण सम्पन्न ढिलाइ भएको जनाएको छ । पुल ढलान गर्नका लागि सेट...
सर्पले डसेर गम्भीर कास्की तप्राङका बालक विशाललाई उपचार खर्च अभाव
समाचार, समाज

सर्पले डसेर गम्भीर कास्की तप्राङका बालक विशाललाई उपचार खर्च अभाव

नेपाल अखबार, पाेखरा। कास्कीको उत्तरपूर्वी मादी गाउँपालिका–६तप्राङका गङ्गाधर पौडेलका १३ वर्षीय छोरा विशाल पौडेलको उपचारमा रकम अभाव भएको छ । गत साउन २८ गते राति घरमै सुतिरहेको अवस्थामा विषालु सर्प कालो करेतले डसेपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार शुरु गरिएकामा उपचार प्रक्रिया लम्बिँदै जाँदा रकम अभावसँगै परिवारले सहयोगी हातको अपेक्षा गरेको छ । करेतको डसाइपछि गम्भीर बिरामी पौडेलको अस्पतालको सघन उपचारकक्षमा उपचार भइरहेको छ । बिरामी पौडेल महारुद्र मावि तप्राङमा कक्षा ८ मा अध्ययनरत हुनुहुन्छ । कोमाबाट १९ दिनपछि फर्किएका विशालको मुख र आँखा चलेपनि अहिलेसम्म होसमा आउन सकेका छैनन् । उपचारका लागि चिकित्सकले काठमाडौँ लैजान सिफारिस गरे पनि पैसाको अभाव भएको उनका बाबु गंगाधर पौडेलले दुखेसो पोखे । विशालको उपचारमा ८ लाख रुपैयाँ खर्च भइसकेको छ । कमजोर आर्थ...
चितवनमा बाढीले ट्याक्टर बगाउँदा एक शिशुको मृत्यु
समाचार, समाज

चितवनमा बाढीले ट्याक्टर बगाउँदा एक शिशुको मृत्यु

नेपाल अखबार, चितवन। ठोरी–माडी सडकखण्ड अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जको टिउकी खोलाले ट्याक्टर बगाउँदा एक शिशुको मृत्यु भएको छ । मृत्यु हुनेमा शिशु कञ्चनपुरका सन्तोष सुनार र निरुताका करिब एक महिनाका छोरा रहेका छन् । कञ्चनपुरबाट पर्साको ठोरी गाउँपालिका–१ सरस्वतीनगरस्थित निरुताको माइती घरमा जाने क्रममा बिहीबार राति करिब १० बजेको समयमा टिउकी खोलाले बगाउँदा शिशुको मृत्यु भएको हो । सन्तोष र उनकी पत्नी शिशुसहित कञ्चनपुरबाट आई नारायणगढस्थित आफन्तकोमा बसेर  बिहीबार बसमार्फत ठोरी हिँडेका थिए । तर उनको परिवार सवार बस टिउकी खोलामा फसेपछि सो बसमा सवार यात्रुको उद्धारका लागि ठोरीबाट ट्याक्टर बोलाइएको थियो । ठोरी गाउँपालिका-१ का वडाध्यक्ष रामप्रकाश कुँवरका अनुसार बसका यात्रुलाई ट्याक्टरमा सिफ्ट गरेर फर्कने क्रममा टिउकी खोलाको बाढीले ट्याक्टर बगाएको थियो । खोलाले ट्याक्टरलाई पल्टाउन खोज्ने क्रममा सन्तोषक...
नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
समाचार, समाज

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

नेपाल अखबार, चितवान।  नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारीमा आज बिहान पहिरो खसेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार चौध किलो र सत्र किलोको पहिरो हटाइसकिएको छ भने केराबारीमा गएको पहिरो पन्छाउने काम भइरहेको छ । पहिरोसँगै झरेको लेदोले  करिब १०० मिटर सडक ढाकेको उनले जानकारी दिए । पहिरो पन्छाउन तीन घण्टासम्म लाग्नसक्ने भट्टको अनुमान छ । पहिरोका कारण सो सडकखण्ड हुँदै चल्ने सवारी साधन बाटोमा रोकिएका छन् । सो सडकमा सोमबार रातिदेखि पटकपटक पहिरो खस्दै आएको छ ।...