Saturday, June 27

समाज

गोरखामा पनि पाइन छाड्यो माक्स
प्रदेश ४, समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

गोरखामा पनि पाइन छाड्यो माक्स

गाेरखा । पछिल्लो समय देशमा कोरोना भाइरसको त्रास बढ्दो छ । चिनको वुहानबाट सुरु भएको कोरोना हाल विश्वका लागि चुनौती समेत बनेको छ । नेपालमा हालसम्म एक जनामा पनि कोरोना भाइरसमा संक्रमित नदेखिएपनि सरकारले पूर्वतयारीलाई ब्यापकता दिएको छ । विश्वभर कोरोना भाइसरको सक्रमण बढेसँगै जिल्लामा माक्स अभाव भएको छ । जिल्लाका अधिकाशं औषधी पसलमा स्टक रहेका माक्स सकिएपछि ग्राहकहरु रित्तो हात फर्कन बाध्य भएका छन् । ‘जताततै कोराना भाइरसको हल्ला छ । भिडभाड हिड्दा माक्स लगाउनु पर्छ भनेर किन्न गएको कतै पाइएन’ काठमाण्डौ जान बस चढ्न लागेका कृष्ण थापाले भने ‘यहाँ त नपाइएको काठमाण्डौ झनै के पाइएला ।’ गोरखाका अधिकाशं औषधी पसलमा माक्स खरिद गर्ने उदेश्यले पुग्नेको संख्या उच्च छ । ‘हामीसँग केही वट्टा स्टक थियो । होलसेलमा कसैलाई दिएनौं, एक/एक वटा बेच्दा पनि हिजो सकियो’ ढकाल मेडिकलकी सञ्चालक गोमाकुमारी भट्टराईले...
सुनकाे मूल्यमा नयाँ रेकर्ड
अर्थ, समाचार, समाज, हाइलाइट-समाचार

सुनकाे मूल्यमा नयाँ रेकर्ड

साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार एकैदिन प्रतितोला १ हजार ८ सय रुपैयाँ बढेको छ भने चाँदी १० रुपैयाँले बढेको छ । बिहीबार ८० हजार ७ सयमा कारोबार भएको छापावाला सुन शुक्रबार १ हजार ८ सयले बढेर प्रतितोला ८२ हजार ५ सयमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ८२ हजार २ सयमा कारोबार भइरहेको छ । पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ । चाँदी पनि आज १० रुपैयाँले बढेर प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
दुर्घटनाका घाइतेलाई सेनाको हेलिकोप्टरबाट काठमाण्डौ लगियो (फोटो सहित)
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

दुर्घटनाका घाइतेलाई सेनाको हेलिकोप्टरबाट काठमाण्डौ लगियो (फोटो सहित)

गाेरखा । आरुघाट गाउँपालिकाको मान्बु गाउँ नजिकै धोर्चेत जंगलमा भएको जीप दुर्घटनामा परेर घाइते भएकी धार्चे गाउँपालिकाका उपाध्यक्ष फुलमाया गुरुङ सहित ७ जनालाई हेलिकोप्टर मार्फत काठमाण्डौ लगिएको छ । बुधबार राती दुर्घटनामा परेका उनिहरुलाई बिहिबार बिहान करिब ९ः३० बजे सेनाको हेकिोप्टर मार्फत काठमाण्डौको नर्भिक अस्पताल लगिएको घटना स्थलमा रहेका नेपाल रेडक्रश सोसाइटी गोरखाका सभापति भगवानबाबु मास्केले सिभिलखबरलाई जानकारी दिएका छन् । दुर्घटनामा परी धार्चे गाउँपालिका ६ का वडा सचिव किरण रिमालको भने घटनास्थलमै ज्यान गएको बताइएको छ । उनि लमजुङका स्थायी बासिन्दा हुन । घाइते हुनेमा उपप्रमुख गुरुङ सहित, चालक बालचन्द्र गुरुङ, निसा गुरुङ, धनबहादुर गुरुङ, केयरसिं गुरुङ, सुरज नेपाल रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओम बहादुर अधिकारीले जानकारी दिए । काशीगाउँमा धार्चे गाउँपालिकाले बिहिबार राखेको ...
गोरखा–तनहुँ जोड्ने निर्माणाधिन पुल भत्कियो, यस्तो छ कारण
अर्थ, प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

गोरखा–तनहुँ जोड्ने निर्माणाधिन पुल भत्कियो, यस्तो छ कारण

गोरखा । गोरखाको पालुङटार र तनहुँको तुरतुरे जोड्ने निर्माणाधिन पुल भत्किएको छ । ढलानको तयारीका लागि निर्माण गर्दै गरेको फर्मामा लगाइएको टेका मंगलबार बेलुका करिब साडे ५ बजे एक्कासी भाँचिएको थियो । मस्र्याङ्दी नदीमाथी बन्दै गरेको सो पुलको फलामे फर्मा भत्किदा काम गर्दै गरेका तिन जना कामदार घाइते समेत भएका छन् । ठेकेदारकाे चरम लापरवाही भयाे : स्थानीय ठेकेदार कम्पनीको लापरवाहीका कारण पुल भत्किएको स्थानीयले आरोप लगाएका छन् । ‘हिजो बेलुकातिर म तुरतुरे जादा बाइक रोकेर पुलको मुखमा सेल्फी खिचेको गएको हो, फर्किदा त पुल पुरै लडिसकेछ’ पालुङटारका दिपेन्द्र गिरीले भने ‘ठेकेदारको चरम लापरवाहीका कारण घटना भएको हुन सक्छ, पुलको काममा त इन्जिनियरको निगरानी चाहियो नि, कामदारलाई जिम्मा लगाएर हुन्छ ?’ उनले प्रश्न गरे । २०७२ साल असारमा सम्झौता भई गौरी पार्वती निर्माण सेवाले सो पुल निर्माण गरिरहेको छ । ३ ...
गोरखाको मान्बु दुर्घटना अपडेट : वडा सचिवको मृत्यु, घाइते हेलिकप्टरको पर्खाइमा
प्रदेश ४, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

गोरखाको मान्बु दुर्घटना अपडेट : वडा सचिवको मृत्यु, घाइते हेलिकप्टरको पर्खाइमा

गोरखा । बुधबार राती आरुघाट गाउँपालिकाको मान्बु गाउँ नजिकै धोर्चेत जंगलमा भएको बोलेरो दुर्घटनामा वडा सचिव किरण रिमालको ज्यान गएको छ । उनि लमजुङ घर भई हाल धार्चे गाउउँपालिका ६ मा कार्यरत थिए । त्यस्तै दुर्घटनामा धार्चे गाउँपालिकाका उपाध्यक्ष फुलमाया गुरुङ सहित ७ जना घाइते भएका छन् । उनिहरुलाई हाल हेलिकोप्टर मार्फत उद्दारको तयारीमा रहेको गोरखा सदरमुकामबाट राती नै घटनास्थल पुगेका नेपाल रेडक्रश सोसाइटी गोरखाका सभापति भगवानबाबु मास्केले सिभिलखबरलाई जानकारी दिए । घाइते हुनेमा उपप्रमुख गुरुङ सहित, चालक बालचन्द्र गुरुङ, निसा गुरुङ, धनबहादुर गुरुङ, केयरसिं गुरुङ, सुरज नेपाल रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओम बहादुर अधिकारीले जानकारी दिए । काशीगाउँमा धार्चे गाउँपालिकाले बिहिबार राखेको कार्यक्रममा सहभागी हुन उपाध्यक्ष र कर्मचारीको सहितको टोली जादै गर्दा राती करिब १० बजे बोलेरो दुर्घ...
बलात्कार प्रयासको आरोपमा नेकपाका प्रदेश सांसद पक्राउ
प्रदेश ६, राजनीति, समाचार, समाज, हाइलाइट-समाचार

बलात्कार प्रयासको आरोपमा नेकपाका प्रदेश सांसद पक्राउ

नेपाल कम्युनिस्ट पार्टीबाट सुदूरपश्चिम प्रदेश सभा सदस्य रहेका अक्कल रावल बलात्कार प्रयास (जबरजस्ती करणी उद्योग) आरोपमा पक्राउ परेका छन् । फागुन १५ गते एक महिलाले दायर गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीले रावललाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप गिरीले खबरहबलाई जानकारी दिए । एसपी गिरीका अनुसार जिल्ला अदालत कैलालीले फागुन १५ गते नै रावललाई पक्राउ गर्न अनुमति दिएको थियो । बुधबार प्रदेश सभा बैठकमा सहभागी हुन धनगढी आएको अवस्थामा रावललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले रावल पक्राउ गरेको विषयमा सुदूरपश्चिम प्रदेश सभा र प्रदेश सभा अध्यक्ष (सभामुख)लाई समेत जानकारी गराइएको जनाएको छ । रावल अछामको क्षेत्र नम्बर २ को प्रदेशसभा (क)बाट प्रत्यक्षतर्फ प्रदेशसभामा निर्वाचित भएका थिए । उनी तत्कालीन नेकपा माओवादी केन्द...
मिर्गाैला प्रत्यारोपण गर्न प्रधानमन्त्री ओलीको अप्रेसन जारी
समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

मिर्गाैला प्रत्यारोपण गर्न प्रधानमन्त्री ओलीको अप्रेसन जारी

दाेस्राेपटक मिर्गाैला प्रत्यारोपण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले अप्रेसन (शल्यक्रिया) भइरहेको छ। काठमाडौंकाे महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा बुधबार बिहान १० बजेपछि उनको शल्यक्रिया सुरु गरिएको हो। अस्पतालका निर्देशक डा‍. प्रेमकृष्ण खड्काले प्रधानमन्त्री ओलीलाई बुधबार बिहान १० बजे शल्यक्रिया कक्षमा लगिएकाे जानकारी दिएका हुन्। ‘अप्रेसनका लागि प्रधानमन्त्रीज्यूलाई बिहान १० बजे शल्यक्रिया कक्षमा लगेर काम थालिएको छ,’ अस्पताल परिसरमा पत्रकाहरूलाई जानकारी दिँदै निर्देशक खड्काले भने, ‘उहाँलाई मिर्गाैला दान गर्ने समीक्षा संग्रौलालाई यसअघि नै शल्यक्रिया कक्ष लगिसकिएको छ।’ १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गाैलाले काम गर्न छाडेपछि प्रधानमन्त्री ओलीको अहिले दोस्रोपटक प्रत्यारोपण गर्न लागिएको हो। शल्यक्रिया सकिन करिब ५ घण्टा लाग्ने शल्यक्रियामा संलग्न चिकित...
प्रधानमन्त्री ओली अपरेसन थिएटरमा
समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

प्रधानमन्त्री ओली अपरेसन थिएटरमा

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपरेसन थिएटरमा लगिएको छ । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्काले अस्पताल परिसरमा भेला भएका पत्रकारहरुलाई यो जानकारी दिएका हुन् । प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गाैला प्रत्यारोपणका लागि प्रा. डा. प्रेमराज ज्ञवाली नेतृत्वको चिकित्सक टोली खटिएको छ ।...
पोखरीमा डुबेर १३ बाँदरको ज्यान गयो
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

पोखरीमा डुबेर १३ बाँदरको ज्यान गयो

लक्ष्मीबजारको शिखर खोलडाँडामा निर्माणाधीन पोखरीमा डुबेर १३ वटा बाँदर मरेका छन् । गोरखा नगरपालिका वडा नम्बर ९ ले निर्माण गरिहेको पोखरीमा डुबेर मंगलबार १३ बाँदरको ज्यान गएको हो । आगोलागी लगायतका आपतकालीन समयमा दमकलले पानी तान्न मिल्न गरी खोलडाँडाँमा पक्कि पोखरी निर्माणाधिन रहेको छ । सोही पोखरीमा मंगलबार दिउँसो १३ वटा बाँदर फसेका थिए । बाँदर डुबेको थाहा पाएपछि तत्काल स्थानीय पोखरीमा पुगेका थिए । उनिहरुले मरेका बाँदरलाई निकालेका थिए । पोखरी चार मिटर लम्बाइ, चार मिटर चौडाइ र दुइ मिटर उचाइको छ तर पोखरीमा तारबार गर्न भने बाँकी रहेको वडा कार्यालयले बताएको छ । मंगलबार पानीमा डुबेर मर्ने बाँदर सबै पोथी रहेको बताइएको छ ।...
राष्ट्रिय मोर्चाले आह्वान गरेको बन्दले दाङको जनजीवन प्रभावित
प्रदेश, समाचार, समाज, स्वास्थ्य

राष्ट्रिय मोर्चाले आह्वान गरेको बन्दले दाङको जनजीवन प्रभावित

थरुहट थारुवान राष्ट्रिय मोर्चाले आह्वान गरेको दुई दिने बन्दका कारण दाङसहित आसपासका जिल्लाहरूको जनजीवन बिहानैदेखि प्रभावित भएको छ। मोर्चाले कैलाली घटनामा मुख्य योजनाकार मानिएका सांसद रेशम चौधरीलगायत ११ जनाको बिनासर्त रिहाइको माग गर्दै मंगलबार र बुधबार बन्दको आह्वान गरेको छ। थरुहटको आमहड्तालका कारण जिल्लामा शिक्षण संस्था, यातायात, बजार, उद्योग र कलकारखाना सबै ठप्प बनेका छन्। थुनामा रहेका सांसद थारुसहित अन्य ११ जना कैदीबन्दीहरूको रिहाइका लागि सरकारलाई दबाब दिन भन्दै दुई दिने बन्द आह्वान गरिएको मोर्चाका दाङ जिल्ला अध्यक्ष जानकुलाल चौधरीले जानकारी दिए।...