Monday, May 4

समाज

पहिरोले कारागार सहित अस्पताल भवनको पर्खाल उच्च जोखिममा
समाचार, समाज, स्वास्थ्य

पहिरोले कारागार सहित अस्पताल भवनको पर्खाल उच्च जोखिममा

नेपालअखबार,सङ्खुवासभा ।  शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षात्पछिको बाढी पहिरोले विभिन्न स्थानमा क्षति पुर्‍याएको छ । पहिराले खाँदबारीस्थित कारागारको भवन उच्च जोखिममा परेको छ । शनिबार दिउँसो आएको अविरल वर्षाले जिल्ला कारागार खाँदबारीको ३० मिटरको बाहिरी पर्खाल भत्किएको जेलर राजन घिमिरेले जानकारी दिए । पहिरोले कारागारको तल्लो भागको बाहिरी पर्खाल भत्किएर तलदेखि पहिरोले  जोखिम बनाएको उनले बताए। पहिरो रोकथामका लागि आइतबारदेखि मर्मत थालिए पनि वर्षाका कारण समस्या भएको उनको भनाइ छ । पहिरोका कारण सदरमुकाम खाँदबारीमा रहेको नेपाली सेनाको इन्द्रदल गुल्मसमेत जोमिममा परेको जनाइएको छ । पहिरोका कारण चैनपुर नगरपालिका–६ मा रहेको १५ शय्याको नगर अस्पताल पर्खाल भत्किएर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । त्यस्तैग...
बहाब घटेपछि कोशी ब‍राजबाट सुरू भयो सवारी साधन आवतजावत
समाचार, समाज

बहाब घटेपछि कोशी ब‍राजबाट सुरू भयो सवारी साधन आवतजावत

नेपालअखबार,काठमाडौं । सप्तकोशीको बहाब सोमबार बिहानबाट लगातार घटेपछि कोशी बराजबाट सवारी साधन आवतजावत गर्न सुरू भएको छ। आइतबार कोशीमा पानीको बहाब उच्च भएर खतराको तह पार गरेपछि यातायात सञ्चालनमा रोक लगाइएको थियो। सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले अहिले केहीबेर अघिबाट बराजबाट यातायात खुला गरिएको जानकारी दिए। 'अहिले पानीको बहाब घटेर साढे ३ लाख क्युसेक हाराहारी भएपछि यातायात खुला गरिएको हो,' उनले भने, 'दिनभरको अवस्था हेरेर राति के गर्ने भन्ने तय हुनेछ।' कोशी बराज कार्यालयका अनुसार आइतबार साँझ ५ लाख ३३ हजार ५४० क्युसेक पुगेको जलसतह सोमबार बिहान ४ लाख ५५ हजार ९१० क्युसेकमा झरेको थियो। साढे नौ बजे बहाब साढे ३ लाख हाराहारीमा झरेको छ। तर, अहिले पनि  बराजका सबै ५६ ढोका खुला रहेका छन्। पानीको बहाब घटे पनि नदी किनारका बस्तीमा जोखिम कायम रहेको अधिकारीहरूको भनाइ छ। ब...
डा.अन्सारीद्धारा दुइ सय जना बाढी पिडितलाई खाना वितरण
समाचार, समाज

डा.अन्सारीद्धारा दुइ सय जना बाढी पिडितलाई खाना वितरण

नेपालअखबार,काठमाडौं ।युवा नेता डाक्टर अबुल हुसेन अन्सारीद्धारा बाढी पिडितबाट जोखिममा पर्नुभएका महानुभावहरूलाई विहानको खाना वितरण गर्नु भएको छ । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा स्मृति भवन ,कबर्ड हल प्राङ्गनमा सबै बाढी पीडित ग्रसित आश्रय लिनुभएको  छ। त्यहाँ करिब दुइ सय जनाले खाना आएको डा.अन्सारीले जान्कारी दिनु भयो । डा. अन्सारी भन्नु हुन्छ ‘यो विपतको बेलामा तपाई हामी सबैले सहयोग गरौँ ’सेवा नै धर्म हो ।आज बेलुका र भोलिसम्मको लागि खानाकाे व्यवस्था गरिएकाे डा. अन्सारीले जान्कारी दिनु भयाे ।...
वर्षा गराउने मौसम प्रणाली बाहिरियो : मौसम विज्ञान विभाग
प्रशासन, समाचार, समाज

वर्षा गराउने मौसम प्रणाली बाहिरियो : मौसम विज्ञान विभाग

नेपालअखबार,काठमाडौं । जल तथा मौसम विज्ञान विभागले वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली मुलुकबाट बाहिरिएको जनाएको छ । विभागले आइतबार अपराह्न विज्ञप्ति जारी गरेर यो जानकारी दिएको हो । वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली नेपालबाट बाहिरिएर मनसुन कमजोर भई मौसममा सुधार आइसकेको भए तापनि मनसुन वहिर्गनम भइनसकेको हालको अवस्थामा मनसुनजन्य प्रकोपबाट जोगिन तथा सचेत रहन विभागले विज्ञप्तिमार्फत आग्रह गरेको छ । बङ्गालको खाडीबाट विकसित भएको न्यूनचापीय प्रणालीका कारण यही असोज १७ गतेदेखि आइतबार बिहानसम्म सक्रिय रहेको तथा त्यसबाट देशका विभिन्न भागमा परेको प्रभावबारे विभागले जानकारी दिएको छ ।-रासस  ...
आज काठमाडौंबाट बाहिरिने ‘नाइट बस’ अपराह्न ५ बजेभित्रै नागढुंगा कटिसक्नुपर्ने
समाचार, समाज

आज काठमाडौंबाट बाहिरिने ‘नाइट बस’ अपराह्न ५ बजेभित्रै नागढुंगा कटिसक्नुपर्ने

नेपालअखबार, काठमाडौं । आइतबार दिउँसोदेखि काठमाडौंबाट गाडी बाहिरिन थालेका छन्। पृथ्वी राजमार्गसहित देशका विभिन्न राजमार्गमा पहिरो झर्ने जोखिम छन्। यसबीच सुरक्षा अपनाउनका लागि काठमाडौं ट्राफिक प्रहरी कार्यालयले साँझ ५ बजेभित्रै राजीकालीन बसहरू नागढुंगा कटिसक्न अनुरोध गरेको छ। ‘जोखिम अझै टरिसकेको छैन। त्यसकारण कुनै घटना हुनबाट जोगिनका लागि साँझ ५ बजेभित्रै नागढुंगा कटिसक्न अनुरोध छ,’ कार्यालयका एसपी नरेशराज सुवेदीले भने। उनका अनुसार कार्यालयले यातायात व्यवसायी र टिकट काउन्टरहरूमा पनि यसबारे जानकारी दिएर अनुरोध गरिएको छ। ‘हामीले सरोकारवाला सबैलाई अनुरोध गरेका छौं। पाँच बजेपछि चाहि कसैले पनि काठमाडौंबाट बाहिरिने गाडी नचलाउने अनुरोध गरेका छौं,’ उनले भने। काठमाडौंबाट रात्रिकालीन सवारीसाधनहरू दूरी अनुसार निस्किने गर्छ। यस्ता सवारीसाधन बेलुकी ८ बजेसम्म पनि निस्किने गरेका छन्।...
कारागारबाट भागेका नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी शर्मा पक्राउ
प्रशासन, समाचार, समाज

कारागारबाट भागेका नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी शर्मा पक्राउ

नेपालअखबार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी रही कारागारबाट भागेका सन्देश शर्मा पक्राउ परेका छन्। भदौ २४ गते केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलबाट भागेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। उनलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको हो। पक्राउ गरेसँगै कारागार पठाउने प्रक्रिय भइरहेको छ। यसअघि भुटानी प्रकरणमा मुख्य प्रतिवादीहरू सानु भण्डारी र केशव दुलाललाई पनि प्रहरीले पक्राउ गरी कारागारमा पठाएको थियो।...
सगरमाथा पदमार्गमा पहिरो, सुरक्षित रहन पदयात्रीलाई आग्रह
समाचार, समाज

सगरमाथा पदमार्गमा पहिरो, सुरक्षित रहन पदयात्रीलाई आग्रह

नेपालअखबार,काठमाडौं । सगरमाथा क्षेत्रमा नाम्चे र जोरसल्ले बीचको पदमार्ग पहिरोका कारण क्षतिग्रस्त भएको छ। नेपाल ट्रेकिङ एजेन्सिज् एसोसिएसन (टान) ले उक्त खण्डमा यात्रा गर्ने पदयात्रीहरूलाई सावधानी अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। टानले पदयात्रीहरूलाई मुख्य पदमार्ग अवरुद्ध भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । मूल बाटोभन्दा २/३०० मिटर माथि रहेको खच्चर हिंड्ने वैकल्पिक बाटोबाट हिंड्न सकिने टानले जनाएको छ । संघले सबै ट्रेकिङ एजेन्सीहरू, गाइड र पदयात्रीहरूलाई सुरक्षा प्राथमिकता दिँदै आवश्यक तयारीसहित यात्रा गर्न अनुरोध गरेको छ।...
इलाममा बाढी-पहिरोले १८ जनाको मृत्यु
समाचार, समाज

इलाममा बाढी-पहिरोले १८ जनाको मृत्यु

नेपालअखबार,विराटनगर। लगातारको भीषण वर्षाले निम्त्याएको पहिरोले इलाममा ठूलो मानवीय क्षति भएको छ। आइतबार बिहानसम्म पहिरोले कम्तीमा १८ जनाको ज्यान लिइसकेको प्रहरीले जनाएको छ। कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी दीपक पोखरेलले दिएको जानकारी अनुसार जिल्लाका विभिन्न स्थानमा खसेको पहिरोले कम्तीमा १८ जनाको ज्यान गएको छ। ‘विभिन्न ६ वटा ठाउँमा गएको पहिरो जाँदा कम्तिमा १८ जनाको मृत्यु भएको पुष्टि भएको छ,’ एसएसपी पोखरेलले भने। इलामका सुर्योदय, देउमाई, माङसेवुङ, फाकफोकथुम र इलाम नगरपालिकामा पहिरोका कारण ठूलो जनधनको क्षति भएको स्थानीय प्रशासनले जनाएको छ। सुर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा खसेको पहिरोमा ५ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ। त्यस्तै, माङसेवुङ गाउँपालिका–१ पाटीगाउँमा ३ जना, देउमाई नगरपालिका–५ धारेमा १ जना र सोही नगरपालिकाको धुसुनेमा २ जनाको मृत्यु भएको छ। यस्तै, फाकफोकथु...
मौसम सुधारसँगै आन्तरिक उडान नियमित
कर्पोरेट, समाचार, समाज

मौसम सुधारसँगै आन्तरिक उडान नियमित

नेपालअखबार, काठमाडौं ।  काठमाडौंको मौसममा केही सुधार देखिएसँगै आन्तरिक उडान पुन: सुरू भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। यतिबेला विभिन्न विमानस्थलमा रोकिएका जहाजले यात्रु लिएर काठमाडौंका लागि उडान गरिरहेको विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बताए। उनका अनुसार मौसम खराब नभएमा अब नियमित उडान हुनेछ। खराब मौसमका कारण शनिबार बिहानैदेखि आन्तरिक उडान बन्द गरिएको थियो।...
कोशी ब्यारेजका ५० ढोका खोलिए
प्रशासन, समाचार, समाज

कोशी ब्यारेजका ५० ढोका खोलिए

नेपालअखबार,सुनसरी । अविरल वर्षातका कारण सप्तकोशी नदीमा जलवहाव बढ्दै गएपछि कोशी ब्यारेजका ५०  ढोका खोलिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले कोशी ब्यारेजमा पानीको वहाव प्रतिसेकेण्ड ३ लाख ३५ हजार पुगेपछि ब्यारेजका ५६ ढोकामध्ये ५० खोलिएको जानकारी दिए । उनका अनुसार आज बिहान ८:१५ बजे सो नदीको जलवहाव मापन गरिएको थियो । आज बिहान ७ः०० बजे सो नदीको जलवहाव मापन गर्दा दुई लाख ७१ हजार ३१० क्यूसेक पुगेपछि ३९ ढोका खोलिएको थियो  । शनिबार बेलुका ८ः०० बजे पानीको प्रवाह मापन गर्दा एक लाख ९३ हजार ६० प्रतिसेकेण्ड पाइएपछि १५ ढोका खोलिएको थियो । गत भदौ १७ गते नदीमा पानीको वहाव उच्च हुँदै जाँदा कोशी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको थियो । यसपछि लगातार पानीको वहाव घटेको थियो । शुक्रबार र शनिबार लगातार बर्षा भइरहेको कारण आज बिहानदेखि सप्तकोशीमा पानीको वहाव बढ्दै गएको प्रवक्त...