१० बर्ष पछी पुन प्रदर्शनमा आयो नाटक 'सेतो कपाल'
काठमाण्डौं । रंग सारथी र शैली थिएटरको सयुक्त प्रस्तुति नाटक सेतो कपाल काठमान्डौको रातोपुल स्थित शैली थिएटरमा १० बर्ष पछी पुन मन्चन भैरहेको छ ।
बरिष्ट प्रयोगवादी नाटककार, लेखक तथा निर्देशक विजय विष्फोट द्वारा लेखन र निर्देशन गरिएको उक्त नाटक आरोहण गुरुकुलमा मन्चन भएको थियो ।
डार्क कमेडी जनरामा प्रस्तुत गरिएको नाटक सेतो कपाल आर्थिक दृष्टिले अत्यन्तै जोखिम पूर्ण नाट्यकर्मलाइ आफ्नो जीवनको सर्वाधिक उपलब्धि ठानी त्यसै भित्र रमाउन अभ्यस्त एक नाटककारको जीवनीमा आधारित नाटक सेतो कपालको अन्तिम पूर्वाभ्यासका निम्ति चारित्रिक अभिनयका लागी मंचमा उत्रिएको नाटकको नायक कुमार अग्नि अचानकै कथामा उल्लेखित नाटककारको चरित्र लाइ बिर्सेर स्वयमले बिताइरहेको वास्तविक जीवनमा प्रवेश गर्न पुग्छ ।
यहाँ बाट नाटकले नया मोड लिन्छ । कुमारले आफ्नो बाल्य र युवा अवस्था,हजुरबाको यौन मनोविज्ञान,आफ्नो असफल पहिलो ...
