प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ मा भारी वर्षा, सर्तक रहन आग्रह
नेपाल अखबार, काठमाडौँ । पछिल्लो ६ घण्टामा प्रदेश २, गण्डकी र प्रदेश ५ का धेरै स्थानमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभाग अन्तरगतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै, अर्को ६ घण्टा पनि प्रदेश ५ को, २, र १ को तराईका धरै स्थानमा मध्यमदेखि भारी वर्षा हुन सक्ने पूर्वानुमान रहेकाले प्रदेश १, २ ,५ भइ बहने केहि साना नदीमा खतरा तह आसपास पुग्ने र बाढीको सम्भावना रहेको छ ।
महाशाखका अनुसार नारायणी जलाधारको नबलपरासी, चितवन, तनहूँ, कास्की, गोरखा, लमजुङ, स्याङजा, पर्वत, गुल्मी र आसपास २४ घण्टामा भारी वर्षा मापनसँगै नारायणीमा जलसतह बढ्दो छ । तटीय क्षेत्रमा सतर्कता जरूरी रहेको महाशाखाले जनाएको छ । कास्की, स्याङ्जा, पर्वत र लमजुङ आसपासको स–साना खोलामा आकस्मिक बहाव हुने संकेत रहेको छ ।
चितवन जिल्ला माडी क्षेत्रको बनकट्टा, कल्याणपुर र आसपास पनि भारी वर्षामापन भएको छ । महाशाखाका अनुसार...
