पालुङटारमा एकै दिन ४ सय जनाको स्वास्थ्य परिक्षण, पुरुषको दाजोमा महिला बिरामी धेरै
गोरखा । पालुङ्टारमा भएको निशुल्क स्वास्थ्य शिविरमा एकै दिन ४ सय जनाको स्वास्थ्य परिक्षण भएको छ ।
रोटरी क्लब अफ बज्र मनासलु गोरखाको आयोजना तथा पालुङ्टार नगरपालिकाको समन्वयमा वडा नम्बर ७ को खत्रीटारमा भएको एक दिने शिविरमा ४ सय ४ जनाको स्वास्थ्य जाँच भएको हो । जसमा पुरुषको तुलनामा महिला झण्डै तेब्बर छन् ।
२ सय ९४ जना महिलाले शिविरमा स्वास्थ्य परिक्षण गराउदा पुरुष भने १ सय १० जना मात्रै रहेको कार्यक्रम संयोजक विनोद अर्यालले जानकारी दिए ।
शिविरमा २ सय ८७ जनाले जनरल, १ सय १७ जनाले स्त्रीरोग सम्बन्धि समस्या तथा ९० जनाले भिडियो एक्स्रे गराएका छन् ।
विज्ञान पोलिक्लिनिक सेन्टर प्रा.लि. (अर्याल मेडिकल हल) को प्राविधिक सहयोगमा भएको शिविरमा वडा नम्बर ७ र ८ का जनता प्रत्यक्ष लाभाञ्वित भएका थिए ।
विभिन्न रोगका विशेषज्ञ चिकित्सक सहितको टोलीबाट चेकजाँच गरिएको शिविरमा पाठेघर, पेट, श्वासप्रश्वा...
