Wednesday, August 26

स्वास्थ्य

१० बुँदे घोषणापत्र जारी गर्दै सकियो जुनियर युवा रेडक्रस गोष्ठी
प्रदेश ४, समाचार, समाज, स्वास्थ्य

१० बुँदे घोषणापत्र जारी गर्दै सकियो जुनियर युवा रेडक्रस गोष्ठी

गाेरखा । १० बुँदे घोषणापत्र जारी गर्दै ३० औं जुनियर युवा रेडक्रस गोष्ठी सकिएको छ । आइतबारबाट सिरानचोक गाउँपालिका–२ थालाजुङ्गको आहाल भञ्ज्याङ माविमा भएको कार्यक्रम सोमबार सकिएको हो । शिक्षक नायक सीताराम भट्टले जारी गरेको घोषणापत्र सर्वसम्वत पारित गर्दै गोष्ठी सकिएको रेडक्रस गोरखाले जनाएको छ । जुरेस समितिका जिल्ला संयोजक भिमसेनकाजी बानियाँको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राजु गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रेडक्रसका जिल्ला सभापती भगवानबाबु मास्के, मन्त्री राजेन्द्र न्यौपाने, कोषाध्यक्ष रामशरण आर्चाय, वडा अध्यक्ष ज्ञानेन्द्र गुरुङ, सदस्य खुसिमान गुरुङ, थालाजुङ्ग उपशाखा सभापती ओमबहादुर गुरुङ, पत्रकार कैलाशबाबु श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक केशरसिंह बस्नेत, विद्यालय व्यवस्थापन समितिका धनबहादुर गुरुङ, शिक्षक अभिभावक सघंका अध्यक्ष जोगबहादुर गुरुङ लगायतले मन्तव्य राखेका थिए...
काेराेना भाइरस : ज्यान गुमाउनेकाे सङ्ख्या १६ सय नाघ्याे
विदेश, समाचार, स्वास्थ्य

काेराेना भाइरस : ज्यान गुमाउनेकाे सङ्ख्या १६ सय नाघ्याे

काठमाण्डौ – कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ६९ पुगेको छ ।  अहिलेसम्म चीनमा एक हजार ६ सय ६५ जनाको ज्यान गएको छ भने चीनबाहिर फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा एक–एक जनाको ज्यान गएको छ । त्यस्तै कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ६९ हजार पुगेको छ ।  नौ हजारभन्दा बढी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको चिनियाँ अधिकारीहरुले बताएका छन् ।  गएको शनिबार एकैदिन दुई हजार ६ सय ४१ जनामा कोरोनाको सङ्क्रमण देखिएको थियो भने एक सय ४२ जनाको ज्यान गएको थियो । ...
आश्रमका बालबालिकाहरुको दन्त परीक्षण
प्रदेश ४, समाचार, स्वास्थ्य

आश्रमका बालबालिकाहरुको दन्त परीक्षण

गोरखा । मानव सेवा आश्रममा रहेका बालबालिकाहरुको निशुल्क दन्त परीक्षण भएको छ । शनिवार संगम मेडिहेल्थ क्लिनिक गोरखाका दन्त चिकित्सकहरुले ३० जना बालबालिकाहरुको दाँत,गिजा र मुख सम्बन्धी जाँच गराएका हुन् । सो अवसरमा आश्रमका बाललिकाहरुलाई मन्जन ब्रस, साबुन, रुमाल लगायतका सरसफाईका सामग्री वितरण गरिएको संगम मेडिहेल्थ क्लिनिक सञ्चालक संगमबाबु श्रेष्ठले जानकारी दिए । उक्त क्लिनिकले दन्त सेवा सुरु गरेको अवसरमा आश्रमका बालबालिकाहरुलाई निशुल्क सेवा दिएको हो । यसैविच दाँत, गिजा र मुख सम्बन्धी समस्या देखिएका बालबालिकाहरुलाई थप उपचार पनि निशुल्क गराउने उनले जानकारी दिए । यस अघि संगम मेडिहेल्थ क्लिनिकले त्यहाँ रहेका बालबालिकाहरुको रक्त समूह पहिचान पनि गरिदिएको थियो । मानसिक रोग विशेषज्ञ डा.जयबहादुर खत्रीद्धारा उद्धार गरिएका मानिसहरुको निशुल्क मानसिक उपचार सेवा समेत उपलब्ध गराउँदै आएको श्रेष्ठले ब...
चिनबाट १७५ जना नेपालीलाई काठमाडौं ल्याइयो ‍‌(पाँच फाेटाे सहित)
विदेश, समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

चिनबाट १७५ जना नेपालीलाई काठमाडौं ल्याइयो ‍‌(पाँच फाेटाे सहित)

काठमाडौं । कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा रहेका नेपालीहरूलाई उद्दार गरेर नेपाल ल्याइएको छ । उनीहरूलाई नेपाल एयरलाइन्सको चार्टर विमानमार्फत आइतबार विहान करिव ४ बजेतिर काठमाडौंमा ल्याइएको हो । वुहानका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान चार स्वास्थ्यकर्मी, तीन पाइलट, सात क्रुमेम्बर, एक इन्जिनियर, एक प्राविधिक र एक डिस्पास्चर गरी १७ चिकित्सकसहितको टोली चीन गएको थियो । र, १७० विद्यार्थीसहित १७५ जनालाई बिहान ३: ३८ बजे त्रिभुवन विमानस्थल ल्याइएको छ । १ सय ८५ जना नेपालीलाई ल्याउने तयारी गरिएपनि ६ जना ज्वराेका कारण उहान विमानस्थलमै राेकिएका छन् । ४ जना भने स्वइच्छाले नेपाल नआएको बेइजिङस्थित नेपाली दूताबासले जनाएको छ । उनीहरूको त्रिभुवन विमानस्थलमा पुन स्वास्थ्य परीक्षण गरेर खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन लगिएको छ । तस्...
तनावले झर्छ कपाल
विचार, स्वास्थ्य

तनावले झर्छ कपाल

वैज्ञानिहरुले तनावले किन कपाल झर्छ ? र किन यो पुरै सकिने बेलासम्म झर्छ भन्ने कुरा पत्ता लगाएका छन्। छालामा हुने स्टिम कोष हुन्छ। यो कोष तनावको कारणले नष्ट हुन्छ। जुन कोषले  छाला र कपालको रंगको नियन्त्रण गर्छ। यो पनि पत्ता लागेको छ कि तनावले कालो चम्किलो कपाल समेत  एक सातामै सेतो हुन्छ। अमेरिका र ब्राजिलका अनुसन्धानकर्ताहरुले  कपालको रंगले मान्छेको उमेर रोक्ने कुरा कमजोर झुट साविवत भइसकेको बताएका छन्। महिला तथा पुरुषहरु ३० वर्षदेखि नै फुल्न थालेको कुरा वीच–वीचमा फुल्ने सेतो कपालको रंगले नै संकेत गरिसकेको हुन्छ। यद्यपि यसले प्राकृतिक रुपमा बुढो हुनु भन्दा अघि नै जिनमा परिवर्तन ल्याइदिन्छ। यसको पछि तनावको भूमिका हुन्छ। तर वैज्ञानिकहरु तनावले कसरी कपाल र टाउकोमा असर गर्छ भन्ने कुरामा प्रष्ट थिएनन। साव पाउलो तथा हार्भड बिश्वबिद्यालयको नेचर जर्नलमा प्रकाशित यो अध्ययनले छालाको ...
चीनमा रहेका नेपाली विद्यार्थी लिन आज जहाज जाँदै
विदेश, समाचार, समाज, स्वास्थ्य

चीनमा रहेका नेपाली विद्यार्थी लिन आज जहाज जाँदै

काठमाडौं - चीनको विभिन्न स्थलमा रहेका नेपाली तथा विद्यार्थीको उद्धारको लागि नेपाल  एयरलायन्सको हवाइजहाज आज (शनिबार) चिनतर्फ प्रस्थान गर्दैछ। आज उडेको विमान आजै रातिसम्म नेपालीहरु लिएर नेपाल फर्किने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। चीन प्रस्तान गर्ने विमान तयारी अवस्थामा रहेको मन्त्रालयले जनाएको छ। सरकारले दुइ महिनादेखि चीनमा फैलिएको नोवेल कोरोना संक्रमणको कारण जोखिममा रहेका नेपालीहरुको उद्धार गर्न लागेको हो। विशेष  गरी चीनमा उच्च शिक्षाका लागि चीन पुगेका विद्यार्थीहरु जो भाइरस संक्रमणको कारण विभिन्न छात्रावासमा छरिएर बसिरहेका,आफुहरु संक्रमणको जोखिममा रहेको जनाएपछि सरकारले उद्धारको लागि पहल गरेको हो। नेपाल एयरलायन्सको हवाइजहाजमा पाइलट, एयरहोस्टेज, नेपाल प्रहरीको दुई जना चिकित्सक र दुई नर्स चीनतर्फ गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्र...
सिन्धुपाल्चोकको जुगल हिड्याे स्वास्थ्य मन्त्रालयकाे टाेली
प्रदेश ३, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

सिन्धुपाल्चोकको जुगल हिड्याे स्वास्थ्य मन्त्रालयकाे टाेली

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा ज्वरो, रुघाखोकी र झाडापखालाको विरामी बढेपछि स्वास्थ्य मन्त्रालयको टोली जाँच गर्न त्यसतर्फ गएको छ । टाेली बुधबार साँझसम्म सिन्धुपाल्चोकको जुगल पुग्ने बताइएकाे छ । सिन्धुपाल्चोकको बिरामीको अवस्था सुन्दा कोरोनाकाे लक्षण नभएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।...
सिन्धुपाल्चाेकमा काेराेना भाइरसकाे लक्षण, गाउँपालिकाले बाेलायाे विशेषज्ञ चिकित्सक (पत्र सहित)
प्रदेश ३, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

सिन्धुपाल्चाेकमा काेराेना भाइरसकाे लक्षण, गाउँपालिकाले बाेलायाे विशेषज्ञ चिकित्सक (पत्र सहित)

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँका १०० भन्दा बढी स्थानीय बिरामी परेका छन् । गुम्बा बस्तीका स्थानीयमा कोरोना भाइरसको लक्षणसँग मेल खाने संकेत बिरामी बढेपछि त्रास फैलिएकाे छ । केहिदिनयता गाउँमा बिरामीको संख्या बढेको र अवस्था गम्भीर बन्दै गएपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले विशेष टोली खटाइदिन जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोक र वाग्मती प्रदेश सरकारलाई पत्र लेखेका छन् । त्यस्तै, संघीय सरकारसँग पनि विशेषज्ञ चिकित्सक पठाइदिन अनुरोध गरिएको छ। हेर्नुस पत्र :...
कोरोनाको महामारीबाट मृत्यु हुनेको संख्या ८ सय १३ पुग्यो
विदेश, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोनाको महामारीबाट मृत्यु हुनेको संख्या ८ सय १३ पुग्यो

काठमाडौं ।  चीनमा महामारीको रुपमा फैलिएको कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय १३ पुगेको छ । चीनको हुबेइ प्रान्तमा मात्रै ज्यान गुमाउनेको संख्या ७८० पुगेको छ । मृत्यु हुने अधिकांश वुहानका छन । चीनको वुहान वाहेकका अन्य स्थान, हङकङ र फिलिपिन्समा समेत गरी कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ८ सय १३ पुगेको छ । ३५ हजार भन्दा बढी मानिसहरु संक्रमित भएका छन ।...
चीनबाट फर्काइने नेपालीलाई यी चार स्थानमा राख्ने तयारी
विदेश, समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

चीनबाट फर्काइने नेपालीलाई यी चार स्थानमा राख्ने तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट उद्धार गरिने नेपालीहरुलाई उपत्यकाका चार ठाउँमा राख्न निर्देशन दिएका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उपप्रधान तथा रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र पर्यटन मन्त्री, मुख्य सचिव र सम्बद्घ सचिवहरू, सुरक्षा अधिकारीहरूसहितको विशेष बैठकमा प्रधानमन्त्री ओलीले चीनबाट उद्धार गरिने नेपालीहरुलाई काठमाडौँ र भक्तपुरका चार स्थानमा राख्ने व्यवस्था गर्न निर्देशन दिएका हुन्। प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमणको खतरालाई मध्यनजर गर्दै नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति निर्धारित कार्ययोजना अनुरूप समग्र तयारीमा जुट्न सम्बद्घ मन्त्रालय र निकायहरूलाई निर्देशन दिए। प्रधानमन्त्री ओलीले शिवपुरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटी गरी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गरी राख्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाए...