कोरोना भाइरस परीक्षणः ९० मिनेटमा सङ्क्रमण भए नभएको छुट्याउने एउटा सामान्य विधि
नेपाल अखबार, एजेन्सि। कुनै विशेष प्रयोगशालामा नमुना नलगी एक किसिमको र्यापिड टेस्ट अर्थात् द्रुत परीक्षण विधिबाट ९० मिनेटमा कोरोनाभाइरस सङ्क्रमण भए नभएको छुट्याउन सकिने वैज्ञानिकहरूले बताएका छन्।
इम्पीरीअल कलेज लन्डनले गरेको एउटा अध्ययनमा "ल्याब अन अ चिप"ले अहिले प्रचलनमा भएको परीक्षणको जस्तै परिणाम दिएको देखियो।
उक्त उपकरण अहिले यूकेको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसद्वारा सञ्चालित आठवटा अस्पतालमा बिरामीहरूमा कोरोनाभाइरस छ कि छैन भनेर चाँडै छुट्याउन प्रयोग भइरहेको छ।
तर विज्ञहरूले यूकेको 'टेस्ट एन्ड ट्रेस' कार्यक्रममा विद्यमान चुनौतीलाई उक्त किटले समाधान नगर्ने औँल्याएका छन्।
के हो 'ल्याब अन अ चिप'?
यो उपकरण डीएनए नज नामक कम्पनीले बनाएको हो। घाँटी वा नाकमा स्वाब हालेर नमुना सङ्कलन गर्न सक्ने जोसुकैले पनि यो उपकरण प्रयोग गर्न सक्छ।
परीक्षणका लागि आवश्यक रासायनिक पदार्थ भ...
