Friday, July 10

हाइलाइट-समाचार

व्रिदोह चेतमा उभिएका एक अविचलित योद्धा
राजनीति, समाचार, हाइलाइट-समाचार

व्रिदोह चेतमा उभिएका एक अविचलित योद्धा

नेपालअखबार, पाेखरा । गाउँबाट देखिने खुलेको हिमाल र त्यत्तिकै सुन्दर फेवाताल देखिन्थ्यो । तर,हालको पोखरा २२ डाँडाथोक,लुकुस्वाँराका रामजीप्रसाद बराललाई त्यो सुन्दरतामा भुल्ने फुर्सद कम मिल्थ्यो । बिहान उठ्यो, घाँस पराल ग¥यो । दिउसो टालेको जाँघे लगाएर महेश्वरी प्राविमा पुग्यो। जीवन अभावमै बित्यो ।शुक्रराज माविबाट एसएलसी दिँदा सम्म पनि उनको खुट्टामा चप्पल हुँदैनथे, जाँघेबाट पाइन्टमा सरेको त एसएलसीपछि नै हो १ ‘कतिसम्मभने स्कूलको फिस तिर्न नसकेर मैले एकवर्ष जाँच नै दिन पाइन’,सम्झनाको अतिरेकमा हराएका रामजी फुस्फुसाए,‘माथ्लो गामबाट अँध्यारोमा कोदो बेसाएर ल्याएको,लुकाएरै ढिँडो र आँटो खाएको हिजो जस्तै लाग्छ ।’ अभावकै कारण २०२३ सालमा जन्मेका रामजीले २०४३ सालमा मात्रै एसएलसी भ्याए । अभावले विद्रोह जन्माउँछ । रामजीलाई अभाव र असमानताले नघोच्ने कुरै भएन । उनी युवा हुँदा देशमा पञ्चायत थियो । २०३३ सा...
झलनाथ खनालले इलाममा मतदान शिक्षा पढाए
राजनीति, समाचार, हाइलाइट-समाचार

झलनाथ खनालले इलाममा मतदान शिक्षा पढाए

नेपालअखबार,  इलाम। इलाम क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एक सभालाई सम्बोधन गर्दै मतदान शिक्षाबारे विस्तृत रूपमा बताए । शुक्रबार इलामको सूर्योदय–६, सहिदपार्कमा भएको चुनावीसभामा पूर्ववक्ताले झलनाथ खनालको नाममा भोट मागेर छल गरिएको बताएका थिए । उनीहरूले भनेका थिए– यहाँ मतदान शिक्षा दिने नाममा कमरेड झलनाथ खनालको नाममा भोट माग्ने तर भोट सूर्यमा हाल्न सिकाइएको छ । पूर्वमन्त्री खनालले करिब ४१ मिनेटको भाषणमा पछिल्लो राजनीतिक घटनाक्रम, इलामको विकासका योजना र कार्यक्रमसँगै मतदान शिक्षाका सम्बन्धमा चर्चा गरे । प्रस्तुत छ, उनले मतदान शिक्षाका सम्बन्धमा व्यक्त गरेको भनाइ उनकै शब्दमा : हामी निर्वाचनको ठ्याक्कै मुखमा छौँ । हामीले मतदान कसरी गर्ने भन्ने सम्बन्धमा पनि जनतालाई प्रशिक्षण गर्नुपर्छ । अहिले नमुना मतपत्र तप...
कम्युनिस्ट र काँग्रेस मिल्दा नै महत्त्वपूर्ण सफलता मिलेको इतिहास छ : गठबन्धन
राजनीति, समाचार, हाइलाइट-समाचार

कम्युनिस्ट र काँग्रेस मिल्दा नै महत्त्वपूर्ण सफलता मिलेको इतिहास छ : गठबन्धन

नेपालअखबार, पोखरा । नेपालको इतिहासमा काँग्रेस र कम्युनिस्टहरू एक ठाउँमा उभिँदा महत्त्वपूर्ण उपलब्धिहरू हासिल भएका पाँच दलीय गठबन्धनका उम्मेदवारहरूले बताएका छन् । २००७, ०४६ र ०६२र०६३ लगायतका आन्दोलन सहित परिवर्तनहरूमा काँग्रेस र कम्युनिष्टहरुको मिलन महत्त्वपूर्ण साबित भएको उनीहरूले बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला पटक पटक संसद विघटन गरी देशलाई अँध्यारो तर्फ धकेल्ने प्रयास गरेको अवस्थामा गरिएको यस गठबन्धनले देशलाई बचाएको उनीहरूको बुझाई छ । काँग्रेस र कम्युनिस्ट महत्त्वपूर्ण घडीमा मिलेकाले स्थानीय तहदेखिको आफूहरूको मिलन प्रतिनिधि र प्रदेश सभाको निर्वाचनसम्म कायम रहेको गठबन्धनको तर्फबाट कास्की २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले बताए । नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्यसमेत रहेका बरालले यस निर्वाचनपछि पनि देशलाई समृद्धि तर्फ डो¥या...
संविधानको रक्षा गर्दै विकास र समृद्धिका लागि गठबन्धन : उम्मेदवार बराल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

संविधानको रक्षा गर्दै विकास र समृद्धिका लागि गठबन्धन : उम्मेदवार बराल

पोखरा । पाँच दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले मुलुकलाई अप्ठ्यारो परेका बेला कम्युनिस्ट र काङ्ग्रेसहरू एकदठाँउमा उभिँदै आएको बताएका छन् । पोखरा २० भलाममा घरदैलो कार्यक्रम गर्दै उम्मेदवार बरालले यस्तो बताएका हुन् । ‘मुलुकलाई अप्ठ्यारो परेको बेला कम्युनिस्ट र काङ्ग्रेसको कार्यगत एकता हुने गरेको छ, उनले भने, २००७ सालदेखि २०४६ हुँदै ६२–६३ सम्म आइपुग्दा कयौँ पटक काँग्रेस र कम्युनिस्टहरू एक ठाउँमा उभिएका छन् ।’ संविधान र व्यवस्थालाई नै ध्वस्त बनाउँदै मुलुकमा अराजकता सृजना गर्न खोजेपछि शान्ति र संविधानका लागि मुलुकका प्रमुख पाँच दलहरू बिचमा कार्यगत एकता गर्नुपरेको उम्मेदवार बरालले बताए । केन्द्र र प्रदेशमा बहुमत ल्याउँदै संविधान र व्यवस्थाको रक्षा मात्र होइन विकास र समृद्धिका लागि पनि गठबन्धन आवश्यक रहेको उनले बताए । ‘हिजोका एमाले स...
संसद हुँदा काठमाण्डौ र अघिपछि जनताको घरदैलोमा भेटिने छु : बराल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

संसद हुँदा काठमाण्डौ र अघिपछि जनताको घरदैलोमा भेटिने छु : बराल

नेपालअखबार, पोखरा  । पाँच दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं।२ का प्रतिनिधि सभा सदस्य पदका साझा उम्मेदवार श्रीनाथ बरालले कास्की जिल्लाको समग्र विकासको योजना निर्माण गर्न विगतमा आफूहरूले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् । पोखरा ३३ भरत पोखरी डाँडा गाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार बरालले भने, “हामीले विगतमा समग्र कास्की जिल्लाको विकासको योजना निर्माण, ग्रामीण पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगार, यातायात गुरुयोजना, कृषि पर्यटन र निर्मल पोखरी–भरत पोखरी खानेपानी योजनाको सुरुवात लगायत महत्त्वपूर्ण योजनाहरू हाम्रै सक्रियतामा थालनी गरिएका हुन् ।” आफूहरू यस क्षेत्रको थप विकासका लागि प्रतिबद्ध रहेको उनले बताए । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार बरालले कास्की २ मा विद्यमान तमाम समस्याहरू समाधानका लागि आफू स्पष्ट योजना सहित आएको बताए । “यस क्षेत्रमा खानेपानीको समस...
जनताको सेवकको रुपमा काम गर्न चुनावी मैदानमा होमिएको हुँ : बराल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

जनताको सेवकको रुपमा काम गर्न चुनावी मैदानमा होमिएको हुँ : बराल

नेपालअखबार, पोखरा । कास्की क्षेत्र नम्बर–२ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका पोलिट्ब्युरो सदस्य श्रीनाथ बरालले उम्मेदवारी दिएका छन् । उम्मेदवार श्रीनाथ बरालले संविधान जोगाउनका लागि र संसदको संरक्षणका लागि पाँच दलीय गठबन्धनको आवश्यकता परेको बताएका छन् । उनले प्रतिनिधि सभा सदस्यमा आफुलाई विजयी गराए शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीमा देखिएका समस्यालाई समाधान गर्न लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गठबन्धनलाई मत नदिए महत्वपूर्ण ऐन कानून बन्ने कुरामा असर पुग्ने अभिव्यक्ति उनको थियो । ‘यहाँहरुको सेवकको रुपमा चुनावी मैदानमा होमिएको छु, निर्वाचित भएपछि कास्की २ को मुहार फेर्ने गरी लाग्ने प्रण गर्दछु ।’, उनले भने । कास्की जिल्लामा रहेका समस्यकाा विषयमा आफु जानकार भएको र त्यसको समाधानमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले युवाहरुलाई स्वदे...
नेकपा एकीकृत समाजवादीको घोषणापत्र सार्वजनिक  ( पूर्णपाठ )
राजनीति, समाचार, हाइलाइट-समाचार

नेकपा एकीकृत समाजवादीको घोषणापत्र सार्वजनिक ( पूर्णपाठ )

नेपालअखबार, काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको  घोषणापत्र सार्वजनिक गरेको छ । सोमबार दिउँसो १ वजे पार्टी  केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा महासचिव बेदुराम भुसाल लगायतका नेताले घोषणापत्र सार्वजनिक गरेका हुन् । नेपाली जनताको लामो र बलिदानीपूर्ण सङ्घर्षबाट मुलुकमा महत्वपूर्ण उपलब्धिहरूको रक्षाको लागि आफूहरूको पहिलो प्राथमिकता भएको घोषणापत्रमा उल्लेख गरेको छ । अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र भड्किलो भएकाले प्रणालीको सुधारलाई जोड दिएको छ । घोषणापत्रमा भनिएको छ, ‘यो मुलतः धेरै पैसा खर्च गर्नेले मात्र जित्नसक्ने खालको छ । यो जटिल पनि छ र कुनै पार्टीले बहुमत ल्याउन नसक्ने खालको छ । कुनै पनि पार्टीको एकल बहुमत नआएपछि गठबन्धनको सरकार बन्ने र त्यो अस्थिर भई विकास निर्माणका काम गर्न नसक्ने अवस्था देखिएको छ ।’ अहिलेको निर्वा...
महोत्तरी घटनाको छानविन गर्न गृह मन्त्रालयद्वारा समिति गठन
प्रशासन, समाचार, हाइलाइट-समाचार

महोत्तरी घटनाको छानविन गर्न गृह मन्त्रालयद्वारा समिति गठन

नेपालअखबार, काठमाडाैं । महोत्तरीमा यही कात्तिक १० गते भएको घटनाको छानविनका लागि गृह मन्त्रालयले एक समिति गठन गरेको छ । जिल्लाको भङ्गाहा नगरपालिका–८ मा छठको अवसरमा आयोजित कलस यात्राका क्रममा भएको विवादमा असामान्य स्थिति सिर्जना भइ घटेको घटनाको सन्दर्भमा छानविन गर्न मन्त्रालयका सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ । आजको गृहमन्त्रीस्तरीय निर्णयबाट गठित समितिका सदस्यमा प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधान राष्ट्रिय अनुसन्धान विभागका सह–अनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृहमन्त्रालयका उपसचिव विश्वराज मरासेनी रहेका छन् । उक्त समितिलाई सात दिनभित्रमा प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।...
खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री देउवा
खेलकुद, समाचार, हाइलाइट-समाचार

खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री देउवा

नेपालअखबार, पाेखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन सरकार प्रतिबद्ध भएको बताएका छन्। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको बिहीबार पोखरामा आयोजित समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपाल सरकारले विभिन्न सीमा र अप्ठ्याराका बाबजुद खेलकुदलाई प्राथमिकता दिइरहेको बताए। चार दशक पुरानो इतिहास भएको राष्ट्रिय खेलकुद नियमित हुन नसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले आगामी दिनमा राष्ट्रिय खेलकुदलगायत प्रतियोगिता नियमित तवरमा आयोजना हुने बताए। राष्ट्रिय खेलकुद खेलाडी, प्रशिक्षक, रेफ्री तथा अन्य प्राविधिक सबैको आफ्नो क्षमता र खेलकौशल प्रदर्शन गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै उनले भने, ‘यसले हाम्रा खेलाडीको खेल कौशललाई थप निखार्दै अन्तर्राष्ट्रियस्तरमा हुने विभिन्न प्रतियोगितामा मुलुकको तर्फबाट राम्रो प्रदर्शन गर्न सघाउ पुग्छ। अतः यो निश्चित समयको अन्तरालमा ...
आज देउवा, प्रचण्ड र नेपालले  पोखरामा प्रशिक्षण दिने
राजनीति, समाचार, हाइलाइट-समाचार

आज देउवा, प्रचण्ड र नेपालले पोखरामा प्रशिक्षण दिने

नेपालअखबार, पाेखरा । सत्तारुढ गठबन्धनको प्रदेशव्यापी चुनावी प्रशिक्षण अभियान आजदेखि सुरु भएको छ । कांग्रेस, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेता आज पोखराबाट प्रदेशव्यापी चुनावी प्रशिक्षण अभियानसुरु गर्न लागेका हुन् । त्यसका लागि प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा , एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिहीबार नै पोखरा पुगिसकेका छन् । प्रशिक्षणलाई सम्बोधन गर्न माओवादीकेन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज पोखरा जाँदै छन् । शीर्ष नेताले शुक्रबार ११ बजेबाट गठबन्धन दलका कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ । सत्ता गठबन्धनले आजै लुम्बिनी प्रदेशको बुटवलमा पनि प्रशिक्षण कार्यक्रम राखेको छ । कात्तिक ५ गते विराटनगर र जनकपुरमा प्रशिक्षण कार्यक्रम हुनेछ।  उक्त कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि आमन्त्रण गरिने छ । यस्तै कात्तिक ६ गते धनगढी र सुर्खेतम...