Friday, July 10

हाइलाइट-समाचार

भीम रावलकाे ओलीमाथि २० आरोप
राजनीति, समाचार, हाइलाइट-समाचार

भीम रावलकाे ओलीमाथि २० आरोप

नेपालअखबार, काठमाडाैं । नेकपा एमाले नेता भीम रावलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भारतीय गुप्तचरका प्रमुख सामन्त गोयललाई बालुवाटारमा भेटवार्ता गरेपछि राष्ट्रिय राजनीति झन संकटग्रस्त भएको टिप्पणी गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले भारतीय गुप्तचरलाई ओलीले भेटेपछि तत्कालिन नेकपामा समेत अन्तरविरोध चर्किएर यो अवस्था आएको बताएका छन् । तत्कालिन प्रधानमन्त्री ओली २०७७ साल कात्तिक ७ गते राती प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेका थिए । पूर्णपाठ : २०७९ साल मंसिर ४ गते हुने आम निर्वाचनमा उम्मेदवारी रोकिएको सम्बन्धमा भीम रावलको धारणा २०७९ साल मंसिर ४ गते हुने आम निर्वाचनमा उम्मेदवारको सिफारिश चयन गर्न भदौ १९ गते साँफेबगर, अछाममा सम्पन्न नेकपा (एमाले), प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर एक समन्वय समितिको बैठकबाट प्रतिनिधि सभाको सदस्यको उम्...
एक सय ३५ वर्ष पुरानो झोलुङ्गे पुल मर्मतको पर्खाइमा
समाचार, समाज, हाइलाइट-समाचार

एक सय ३५ वर्ष पुरानो झोलुङ्गे पुल मर्मतको पर्खाइमा

नेपालअखबार, गलेश्वर। विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग गरी बनाइएको झोलुङ्गे पुल मर्मतको पर्खाइमा छ । म्याग्दी सदरमुकाम बेनीस्थित मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा बनाइएको उक्त पुल हाल जीर्ण अवस्थामा छ । एक शताब्दी अघि बागलुङ गलकोटका समाजसेवी लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दीको रुमगाउँका स्थानीयवासीको सीपलाई प्रयोग गरी निर्माण गरेको उक्त पुल यस क्षेत्रकै पहिलो हो ।  बेनीका अगुवा ८४ वर्षीय नैनकुमार श्रेष्ठका अनुसार तत्कालीन समयमा काँचो फलामलाई गोलमा तताएर कुटेर साङ्ले लठ्ठा बनाएर पुल निर्माण गरिएको थियो । अहिले पुलमा प्रयोग भएका साङ्ले लठ्ठा सोही समयमा स्थानीय स्रोत र सीपलाई प्रयोग गरी बनाइएका हुन् । तत्कालीन समयमा दुईवटा साङ्ले लठ्ठामा फलामको पाता राखेर एउटा काठको फल्याकमात्रै राखेर वारपार गर्ने झोलुङ्गे बनाइ...
आज राष्ट्रपतिविरुद्ध सर्वोच्चमा परेको रिटमा  सुनुवाइ हुँदै
प्रशासन, राजनीति, समाचार, हाइलाइट-समाचार

आज राष्ट्रपतिविरुद्ध सर्वोच्चमा परेको रिटमा सुनुवाइ हुँदै

नेपालअखबार, काठमाडाैं । नागरिकता संशोधन विधेयक प्रमाणीकरण नगरी संवैधानिक दायित्व पूरा नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्चमा परेको रिटमाथि आज सुनुवाइ हुँदै छ । नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालय, शीतलनिवासविरुद्ध हिजो कानुन व्यवसायीहरुको पाँचवटा रिट परेको थियो । राष्ट्रपतिको कदम संवैधानिक नैतिकता, वस्तुनिष्ठता, सुशासन र संवैधानिक संस्कारको बरखिलाफ भएको रिटमा उल्लेख गरिएको छ । साथै, रिटमार्फत राष्ट्रपतिलाई संविधानको धारा ११३ को उपधारा ४ बमोजिम विधेयक प्रमाणीकरण गर्नु भनी परमादेशलगायत उपयुक्त आदेश माग गरिएको छ । अधिवक्ता सागर बराल, सौगातराज बराल, अविनेश अधिकारी र सम्पूर्ण बस्नेतले राष्ट्रपति भण्डारीविरुद्ध सर्वोच्चमा रिट दर्ता दायर गरेका हुन् । उक्त रिटसँगै अन्य कानुन व्यवसायीहरुले पनि थप चारवटा रिट दर्ता गराएका छन् । सबै रिट एकै प्रकृतिका हुना...
नेकपा समाजवादीका अध्यक्ष बस्नेत घर तोडफोड
अपराध, समाचार, हाइलाइट-समाचार

नेकपा समाजवादीका अध्यक्ष बस्नेत घर तोडफोड

नेपालअखबार, भक्तपुर । नेकपा (एकीकृत समाजवादी) भक्तपुर जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर नागरिक अस्पताल पछाडि रहेको घरमा हतियारधारी समूहले प्रवेश गरी तोडफोड गर्नुका साथै अपहरणको प्रयास गरेका छन् । आज बिहान करिब ३ बजे हतियारधारी समूहले समाजवादीका अध्यक्ष बस्नेतको घरमा चार/पाँच जना व्यक्ति प्रवेश गरी ढोका तोडफोड गरेको, एक थान मोवाइल र जुत्ता लगेको पाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए । उनले भने, “घटना फरक प्रकृतिको रहेकाले छ, यसलाई हामीले गम्भीर रुपमा अनुसन्धान अगाडि बढाइएको छ । घटनाबारे परिसरका प्रहरी उपरीक्षकसहित अनुसन्धान टोलीले निरीक्षण गरेको छ ।” उनले प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीसहितको टोली दिनभर घटनास्थलमा रहेर विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाइएको बताए । हतियारधारी समूह...
एकीकृत समाजवादीले समानुपातिकमा २० लाख मत ल्याउँछ : माधव नेपाल
राजनीति, समाचार, हाइलाइट-समाचार

एकीकृत समाजवादीले समानुपातिकमा २० लाख मत ल्याउँछ : माधव नेपाल

नेपालअखबार, । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले समानुपातिकमा २० लाख मत ल्याउने बताएका छन् । मोरङको विराटनगरमा आयोजित पेशागत महासंघको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् । उनले समानुपातिकबाट २० लाख मत ल्याए २० देखि २५ सिट आउने बताए । ‘समानुपातिकमा ११० सिट मध्ये २० लाख मत ल्याए २० देखि २५ सिट सुरक्षित हुन्छ,’ नेपालले भने । नेपालले गठबन्धन गर्ने विषयमा कांग्रेसमा अहंकार देखिएको बताए । २०७४ सालमा २३ सिट जितेको कांग्रेसले १ सय सिट दाबी गर्नु नै अहंकार भएको उनको भनाइ छ ।  ‘हाम्रो पार्टीमा उम्मेद्वारको कमी छैन । जित्ने ठाउँमा उम्मेद्वार खडा गर्नुपर्दछ । त्यसका लागि कांग्रेस, माओवादी र जनता समाजवादीसँग छलफल गरिरहेका छौं । सहमतिको प्रयास गरिहेका छौं,’ नेपालले भने, ‘कांग्रेसमा अहंकार देखिएको छ । सय...
भुजेलको नेतृत्वमा मालेपाटनका २१ जना युवाहरु एकीकृत समाजवादी पार्टीमा प्रवेश
राजनीति, समाचार, हाइलाइट-समाचार

भुजेलको नेतृत्वमा मालेपाटनका २१ जना युवाहरु एकीकृत समाजवादी पार्टीमा प्रवेश

नेपालअखबार, पोखरा । एकीकृत समाजवादी पार्टी पुनर्गठन भएको एक बर्ष पुरा भएको छ ।  पार्टी स्थापना सगैं केन्द्र र देशै भरि बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । यसै शिलशिलामा पोखरा महानगरपालिकामा पुनर्गठन दिवसको अवसर पारेर कार्यकर्ता भेटघाट एवं चियापान कार्यक्रम आयोजना गरिएको गण्डकी प्रदेश कमिटि सदस्य युवा नेता बिबेक भुजेलले जानकारी दिएका छन् । कार्यक्रममा स्थायी कमिटि सदस्य तुलवहादुर गुरुङले पार्टी पुनर्गठन भएको एक बर्ष शुभकामना ब्यक्त गरे । उनले निरन्तर कम्युनिष्ट आदर्शमा आधारित समाजवादी अभियानमा अगाडी बढिरहेको जनाए । पोखरा महानगरपालिका मेयर एवं पार्टी जिल्ला अध्यक्ष धनराज आर्चायले एक बर्षको अबधिमा पार्टीले जनताको चाहाना अनुसार मन जितेर काम गरेको बताएका छन् । यसै बिच कार्यक्रममा गण्डकी प्रदेश कमिटि सदस्य युवा नेता बिबेक भुजेलको पहलमा पोखरा महानगरपालिका वडा नम्वर ५ बाट २१ जना...
ज्याला माग्दै विरोधमा उत्रिने नेपालीसहित विभिन्न मुलुकका श्रमिकलाई कतारद्वारा देश निकाला!
विश्व, समाचार, हाइलाइट-समाचार

ज्याला माग्दै विरोधमा उत्रिने नेपालीसहित विभिन्न मुलुकका श्रमिकलाई कतारद्वारा देश निकाला!

नेपालअखबार, एजेन्सि। आगामी नोभेम्बरमा विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको कतारले ज्यालाको माग गर्दै विरोधमा उत्रिएका आप्रवासी कामदारलाई देश निकाला गरिदिएको छ। कतारको सुरक्षा कानुन तोडेर आन्दोलन र र्‍याली गरेको भन्दै नेपालसहित भारत, बंगलादेश, इजिप्ट र फिलिपिन्सका श्रमिकलाई देश निकाला गरेको बिबिसीले जनाएको छ। लामो समयदेखि आफूहरूले कामको ज्याला नपाएको भन्दै कम्तीमा ६० जना कामदारहरूले निर्माण कम्पनी अल बन्दारी इन्टरनेशनल ग्रुपको दोहास्थित कार्यालयसामू अगस्ट १४ मा र्‍याली र विरोध प्रदर्शन गरेका थिए। तीमध्ये कतिपयले सात महिनादेखि ज्याला नपाएको बताएका थिए। आन्दोलनमा सहभागी कामदारलाई प्रहरीले तत्कालै पक्राउ गर्‍यो। पक्राउ परेकामध्ये केहीलाई देश निकाला गरेको इक्वीडेम नामक मानवअधिकारवादी संस्थाले जनाएको छ। यद्यपि कति संख्यामा कामदारालाई देश निकाला गर्‍यो भन्ने स्पष्ट संख्या दिएक...
पोखरामा भूमिहीनलाई निस्सा वितरण कार्य  सुरु
प्रशासन, समाचार, हाइलाइट-समाचार

पोखरामा भूमिहीनलाई निस्सा वितरण कार्य सुरु

नेपालअखबार, पाेखरा । पोखरा महानगरपालिका र राष्ट्रिय भूमि आयोग कास्कीले संयुक्त रूपमा मङ्गलवार २४२ सुकुम्वासी परिवारलाई जग्गा प्राप्तिको पहिलो चरणमा दिइने निस्सा वितरण गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भूमिहीन दलित र सुकुम्बासीहरुलाई निस्सा वितरण गर्न पाउँदा चुनाव अघि आफूले गरेको घोषणाले सार्थकता पाएको भन्दै खुसी व्यक्त गरे । ‘हामीले चुनावी सभाको प्रारम्भ यही वडाबाट गरेका थियौँ, त्यस बेला भनेका थियौँ कि, भूमिहीन दलित तथा सुकुम्बासीहरुलाई निस्सा पनि यहीबाट वितरण गरिनेछ,’ आचार्यले भने,  ‘आज त्यो पुरा भएको छ, यस प्रक्रियामा सहयोग गर्ने सबै सरोकारवालाहरूलाई म धन्यवाद दिन चाहन्छु ।’ यो नियमित काम भएका कारण निर्वाचन आचारसंहिताले पनि नरोक्ने उनले बताए । पोखरा महानगरपालिकामा प्राप्त १९ हजार ८ सय ५६ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको निवेदनहरू उपर आव...
पोखरा २६ सुन्दरिबजारमा भेटियको संकास्पद बस्तु बम नभएको खुलासा
समाचार, समाज, सुरक्षा-अपराध, हाइलाइट-समाचार

पोखरा २६ सुन्दरिबजारमा भेटियको संकास्पद बस्तु बम नभएको खुलासा

कपिल पौडेल पोखरा । पोखरा २६ सुन्दरिबजारमा भेटियको संकास्प्द बस्तु बम नभएको खुलासा भएको छ । नेपालि सेनाको बम डिस्पोजल टोलिले उक्त संकास्पद वस्तु डिस्पोज गरेको ्हो । सर्वसाधरण लाई त्रसित बनाउन बन्दकर्ताले उक्त वस्तु राखेको हुनसक्ने इप्रका हंसपुर का डिएसपि प्रकास दाहालले जानकारि दियका छन् ।
युवा नेता भुजेलकाे नेतृत्वमा सडककाे पाेल हटाइदै
समाचार, समाज, हाइलाइट-समाचार

युवा नेता भुजेलकाे नेतृत्वमा सडककाे पाेल हटाइदै

नेपाल अखबार,पाेखरा । पाेखरा १८ अधेँरीकुनाकाे  सडककाे बिचमा तिन वटा  विजुलीकाे पाेलहरू रहेकाे छ । उत्त विषयमा जना चसाे बढ्दै गए पछि । नेकपा एकिकृत समाजवादीका प्रदेश कमेटि सदस्य  युवा नेता विवेक भुजेलकाे नेतृत्वमा सडक पाेल हटाइने भएकाे छ । सडक अनुगमान तना जनताकाे जनगुनासाे सुन्नका लागि  पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य  पुगेका थिए । पोखरा महानगरपालिकाका प्रमुख  आचार्यले   जनसरोकारका विषयमा चासाे देखाउदै  जनतासंग भेटघाट गरेका थिए । तत्काल सडकका विचमा रहेका विजुलीकाे पाेल हटाइने र थप सडक विस्तार गर्न  आगामि वर्ष  बजेट निकासा गर्ने बताए ।  ...