परिचयपत्र नपाएको मुक्त हलियाको गुनासो
नेपालअखबार,डाेटी। जिल्लाका अधिकांश मुक्त हलियाले मुक्त भएको वर्षौ बितिसक्दासमेत आफूहरुले हलिया परिचयपत्र नपाएको गुनासो गरेका छन् ।
केही पहुँच भएकाले परिचयपत्र पाए पनि अधिकांशले परिचयपत्र नपाएको भन्दै उनीहरुले यथार्थ विवरण सङ्कलन गरिनुपर्ने माग गरेका छन् । हलिया पुनःस्थापनाका प्याकेज अगाडी सारिनुपर्ने, परिचयपत्र वितरण गरिनुपर्ने र त्यसका आधारमा सेवा सुविधा दिईनुपर्नेमा उनीहरुको जोड छ ।
हलिया परिचयपत्र नपाउँदा सरकारी सेवा सुबिधाबाट बञ्चित हुनु परेको उनीहरुको गुनासो छ । साविकको लडागडा गाविस, हाल दिपायल सिलगढी नगरपालिका वडा नं ८ की मुक्त हलिया लाली दमाईले गाविस छँदा नै केही मानिसले आफ्नो हलिया परिचयपत्र बनाउने भन्दै नागरिकतालगायत कागजात मागेर लगेको भए पनि हालसम्म परिचयपत्र नदिएको गुनासो गरे । उनले भने, “हलिया परिचयपत्र बनाईदिन्छौँ भनेर कागजपत्र मागेर लगे अहिलेसम्म कसैले पनि परिचय पत्र दिएनन्...
