Saturday, July 11

हाइलाइट-समाचार

आठ घण्टा लाइन बस्दा पनि किसानले मल पाएनन्
समाचार, समाज, हाइलाइट-समाचार

आठ घण्टा लाइन बस्दा पनि किसानले मल पाएनन्

नेपाल अखबार, दमौली । तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुरका सीता थापा मल आउने थाहा पाएपछि शुक्रबार बिहानै सार्वजनिक सवारी नचलेकाले हिँडेर दमौली आइन् । बिहान आठ बजेदेखि नै मल लिन लाइनमा बसेकी उनले दिउँसो ४ः३० बजे हुँदासम्म पनि मल पाइनन् । ‘मल पाइने आशमा दिनभर लाइनमा बस्यौ, तर पाइएन,’ उनले भनिन्, ‘मल सकिएको पनि होइन, मल छ तर भोलि आउनु भन्छन् ।’ मल हुँदाहुँदै पनि ४ः३० बजे नै डिपो बन्द गरेर मल विक्री वितरण रोकेको उनले गुनासो गरिन् । उनले कसैले ३५/४० किलोसम्म मल पाएपनि कसैले भने रित्तो हात फर्कनुपरेको बताइन् । कलेस्तीकी पूजा कुमाल बिहान ९ः३० बजेदेखि मल लिन लाइनमा बसिन् । दिनभर लाइनमा बस्दा पनि उनले मल पाइनन् । ‘गाडी चलेको छैन, बिहानभर हिँडेरै दमौली आएर लाइनमा बसियो, तर बेलुका भएपछि भोलि आउनु भनेर पठाए,’ कुमालले भनिनन्, ‘भोलि पनि आएर पाउने निश्चित छैन ।’ केबल १० किलो मलका लागि दिनभर लाइनमा ...
कोरोनाविरुद्धको खोप अर्को वर्षको मध्यपछि मात्र बजारमा उपलब्ध हुन्छः डब्लूएचओ
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोनाविरुद्धको खोप अर्को वर्षको मध्यपछि मात्र बजारमा उपलब्ध हुन्छः डब्लूएचओ

नेपाल अखबार, एजेन्सि। विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोभिड १९ विरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुन सक्ने बताएको छ। विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकले यो खोप आइसकेपछि पनि ठूलो मात्रामा बजारमा आउनका लागि कम्तीमा पनि आगामी वर्षको मध्यसम्म लाग्नसक्ने बताएका हुन्। डब्लूएचओका प्रमुख वैज्ञानिक सोउम्य स्वामीनाथनले शुक्रबार पत्रकार सम्मेलनका क्रममा यस्तो जानकारी दिएका हुन्। उनले सो पत्रकार सम्मेलनका क्रममा भनेका थिए,‘मलाई लाग्छ यो खोप बजारमाा आइसक्नका लागि अर्को वर्ष अर्थात् सन् २०२१ को मध्यपछि मात्र सम्भव हुनसक्छ।’ त्यस समयमा खोप बजारमा आउने र त्यसपछि विश्वका विभिन्न देशहरुमा पनि पुग्न सक्ने देखिएको भन्दै उनले त्यसपछि विभिन्न देशहरुमा त्यहाँका नागरिकलाई खोप लगाउन सकिने बताए। उनले उक्त खोपको पछिल्लो लट अर्थात् तेस्रो तहमा हुन लागेको ट्रायल यसै व...
कोभिड-१९,शब ब्यवस्थापन र बुटवल घटना
विचार, साहित्य \कला, स्वास्थ्य, हाइलाइट-समाचार

कोभिड-१९,शब ब्यवस्थापन र बुटवल घटना

 रहमतुल्ला मिया , गाेर्खा । कोभिड-१९,शब ब्यवस्थापन र बुटवल घटना चिनको उहान प्रान्तबाट शुरु भएको कोभिड-१९ हाल विश्वका २१७ देश सङ्गै नेपालमा पनि यसको प्रभाव दिनानुदिन बढ्दै गएको छ।चैत बैशाख तिर सरल रुपमा देखिएता पनि अहिले एकदमै कडा र सकृय अवस्थामा देखिएको छ। यसलाइ सबै मिलेर नियन्त्रण गर्न सकिएन भने भयावह स्थिती पनि आउन सक्छ।अहिलेनै अस्पतालका वार्ड,आइसियु भरिभराउ छन भने सरकार योजनाबद्द रुपमा प्रस्तुत हुन सकिरहेको छैन। कोरोनाको विशेषता तथा यसबाट बच्न बचाउनका लागि विभिन्न देशका विभिन्न बिज्ञहरुले भिन्नाभिन्नै कुराहरु गरिरहेता पनि ३ वटा कुरामा भने सबै सहमत रहेका छन। १.सामाजिक दुरि कायम गर्ने। २.मास्कको प्रयोग गर्ने। ३.साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने। नेपालमा अझै पनि अधिकांस मानिसहरु कोरोनालाइ हेपिरहेका छन,हल्का रुपमा लिइ ठूलो भुल गरिरहेका छन। तसर्थ WHO का नियमहरु कडाइका साथ पालन...
प्रधानमन्त्री ओलीलाई तोकियो अर्थ र सञ्चार मन्त्रालयको जिम्मा
राजनीति, समाचार, हाइलाइट-समाचार

प्रधानमन्त्री ओलीलाई तोकियो अर्थ र सञ्चार मन्त्रालयको जिम्मा

नेपाल अखबार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्थ र सञ्चार तथा सूचना प्रविधि मनत्रालयको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्रीकै सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारी तोकेकी हुन् । अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका युवराज खतिवडाले राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले सम्हाल्नेगरी जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी  खतिवडाले सम्हाल्दै आएको मन्त्रालयको जिम्मा प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकिएको जनाएको छ । संवैधानिक व्यवस्थाका कारण खतिवडाले पदबाट आज राजीनामा दिएका थिए । संसद सदस्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री रहन नसक्ने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभा सदस्यको २ वर्षको कार्यकाल २०७६ फागुन २० गते सकिएपछि ६ महिना उनी संवैधानिक व्यवस्था अनुसार मन्त्री पदमा आसीन...
वडाध्यक्षले कोरोना सङ्क्रमितको परिवारलाई घरभित्र ताल्चा लगाएर थुनेपछि….
समाचार, समाज, हाइलाइट-समाचार

वडाध्यक्षले कोरोना सङ्क्रमितको परिवारलाई घरभित्र ताल्चा लगाएर थुनेपछि….

नेपाल अखबार,पाेखरा। कोभिड–१९ सङ्क्रमित भक्तपुर नगरपालिका–१० कमलविनायकका एक पुरुषको घरमा नौ जनालाई घरभित्र राखेर वडाध्यक्षले ताल्चा लगाइदिएका छन् । करिव ४९ वर्षीय पुरुषमा गत बुधबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रको आइसोलेशनमा राखिएको थियो ।  यसपछि  श्वासप्रश्वासमा समस्या आएपछि हाल  उनीको पाटन अस्पतालमा उपचार भइरहेको छ भने परिवारलाई बाहिरबाट ताला लगाएर भित्रै राखिएको छ । कोरोना सङ्क्रमित परिवारलाई होम आइसोलेशनमा राखेर जनप्रतिनिधिले आवश्यक परामर्श र सहयोग गर्नुपर्नेमा उल्टैभित्र राखेर बाहिरबाट ताल्चा मारिदिएपछि पीडित परिवार थप मानसिक तनाबमा परेको सङ्क्रमितका परिवारले बताएका छन् । वडाध्यक्षसहितको टोलीले सङ्क्रमित पुरुषकी आमासहित परिवारका चार जना र घरमा डेरागरी बस्ने पाँच जना गरी नौ जना घरभित्र नै राखेर घरको मूल ढोकामा ताल्चा लगाएर साँचो छिमेकीला...
वैकल्पिक प्रणालीको सिकाइलाई अनिवार्य गर्न शिक्षामन्त्रीको आग्रह
प्रशासन, शिक्षा, समाचार, हाइलाइट-समाचार

वैकल्पिक प्रणालीको सिकाइलाई अनिवार्य गर्न शिक्षामन्त्रीको आग्रह

नेपाल अखबार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना महामारीका कारण शिक्षालय खोल्ने स्थिति नभएकाले वैकल्पिक प्रणालीको सिकाइलाई शैक्षिकसत्रका रुपमा मान्यता दिई यस प्रक्रियामा अनिवार्य सहभागिताका लागि शिक्षक, अभिभावक र विद्यार्थीमा आह्वान गरेका छन् । मन्त्री पोखरेलले आज भर्चुअलरुपमा आयोजित पत्रकार सम्मेलनमा बाध्यात्मक स्थितिमा घर नै शिक्षालय भन्ने मान्यताका साथ सबैका लागि वैकल्पिक प्रणालीबाट न्यूनतम् सिकाइको सुनिश्चितताका लागि अभियान सञ्चालन गरिने जानकारी दिए । घरमै बसेर इन्टरनेट, रेडियो, टेलिभिजन, शिक्षकसँग टेलिफोन सम्पर्कका माध्यमबाट र सूचना तथा प्रविधिको पहुँच नभएका शिक्षकले भौतिक दूरी कायम गरी सिकाइ प्रक्रियामा अमूल्य योगदान दिनुपर्ने बताए । उनले आजको मन्त्रिपरिषद्को बैठकमा यसबारे छलफल भएको तथा सूचना र सञ्चारको पहुँच भएका र नभएका विद्यार्थीको सिकाइ निर...
मन्त्रिपरिषद् बैठक बस्दै, वामदेवलाई राष्ट्रियसभा सदस्य नियुक्त गर्न सिफारिस गर्ने
राजनीति, समाचार, हाइलाइट-समाचार

मन्त्रिपरिषद् बैठक बस्दै, वामदेवलाई राष्ट्रियसभा सदस्य नियुक्त गर्न सिफारिस गर्ने

नेपाल अखबार, काठमाडौं । मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा बस्ने बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ । बिहीबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीले  गौतमलाई  सिफारिस  गर्ने जानकारी गराएका थिए । यससँगै अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडा विदा हुनेछन् । उनको यो अन्तिम मन्त्रिपरिषद् बैठक हुनेछ ।...
मन्त्रिपरिषद बैठक बस्दै, अर्थमन्त्रीले राजीनामा दिने तयारी
समाचार, हाइलाइट-समाचार

मन्त्रिपरिषद बैठक बस्दै, अर्थमन्त्रीले राजीनामा दिने तयारी

नेपाल अखबार, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार राजीनामा दिने भएका छन् । राष्ट्रियसभाको खाली एक सिटमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने पार्टी निर्णयसँगै खतिवडाले राजीनामा दिन लागेका हुन् । शुक्रबार बिहान ११ बजे बस्ने मन्त्रिपरिषद बैठकमा खतिवडाले राजीनामा दिने तयारी गरेको उनी निकट स्रोतले जनाएको छ । खतिवडाले बुधबारै राजीनामा दिने तयारी गरेपनि उनलाई प्रधानमन्त्री ओलीले रोकेका थिए । बुधबार प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका खतिवडालाई प्रधानमन्त्रीले शुक्रबारको मन्त्रिपरिषद बैठकमै राजीनामा दिनु भनेर पठाएका थिए । राजीनामा दिएलगत्तै अर्थमन्त्री खतिवडा पहिला अर्थमन्त्रालयमा पुगेर बिदाइ हुनेछन् । त्यसपछि सञ्चारमन्त्रालयमा आएर प्रेस मिट गर्दै अहिलेसम्म आफुले गरेका कामकारवाहीका वारेमा जानकारी दिने तयारी गरेको खतिवडा निकटस्थहरुले बताएका छन् । यसैबीच खतिवडाको बहिर्गमनसँगै अवको ...
ललितपुरमा आज बिहान ४ बजेदेखि कर्फ्यू
प्रशासन, समाचार, हाइलाइट-समाचार

ललितपुरमा आज बिहान ४ बजेदेखि कर्फ्यू

नेपाल अखबार, काठमाडौं ।  आज बिहान ४ बजेदेखि ललितपुर जिल्लामा कर्फ्यु जारी भएको छ । ललितपुर पुल्चोकमा कोरोनाको महामारीका बीच निषेधाज्ञा उलंघन गरी स्थानीयले मछिन्द्रनाथको रथ तान्न थालेपछि  प्रहरी र स्थानीयबीच झडप भएपछि शुक्रबार राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरिएको हो । ललितपुरमा सहायक प्रजिअ ललितकुमार बस्नेत शुक्रबार एक दिन बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यूको आदेश जारी भएको जानकारी दिए । उनका अनुसार ललितपुर महानगरपालिकाभित्र बल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्र पर्ने सम्पूर्ण क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको हो । कर्फ्यू आदेश जारी भएको क्षेत्रभित्र भेला हुन, जुलुश गर्ने जस्ता कार्य गर्न निषेध गरिएको छ भने यदि सोको अवज्ञा गरी कोही घरबाहिर निस्केमा सुरषाकर्मीले गोलीसमेत हान्न सक्ने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जारी गरेको सूचनामा उल्लेख छ । आज पनि सम्भावित...
बामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय
राजनीति, समाचार, हाइलाइट-समाचार

बामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय

नेपाल अखबार, काठमाडौं । नेकपा उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्य बन्ने भएका छन् । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई पार्टी निर्णयअनुरूप राष्ट्रिय सभाको सदस्यमा सिफारिस गर्ने बैठकलाई जानकारी गराएका छन् । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले प्रधानमन्त्रीले राष्ट्रियसभाको रिक्त एक सदस्यमा गौतमलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बैठकलाई जानकारी गराएको बताए । यसअघि अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रियसभामा लैजाने कि गौतमलाई भन्नेमा पार्टीभित्र अन्योलता देखिएको थियो । प्रधानमन्त्री ओली खतिवडालाई नै निरन्तरता दिने पक्षमा रहेपनि अर्का अध्यक्ष प्रचण्डलगायतले गौतमलाई निरन्तरता दिनुपर्ने बताएका थिए । गौतमले पनि अहिले प्रतिनिधिसभा सदस्य बन्न अनुकल अवस्था नरहेकाले आफू राष्ट्रियसभामा जान तयार रहेको बताएका थिए । गत फागुन १४ गतेको ...