Tuesday, June 2

अर्थ

वीरगञ्ज नाकाबाट ११ महिनामा भित्रियो एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ
अर्थ, समाचार

वीरगञ्ज नाकाबाट ११ महिनामा भित्रियो एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ

नेपालअखबार,वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब ७४ अर्ब ९ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो । समग्रमा गत आवको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पाँच थरिका पेट्रोलियम पदार्थ आयात भने एक अर्ब ६ करोडले घटेको छ । सो अवधिमा मूल्यका आधारमा पेट्रोलियम पदार्थको आयात घटे पनि सोबाट प्राप्त हुने राजस्व भने ११.६६ प्रतिशत अर्थात् सात अर्ब ६४ करोडले बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार कार्यालयले चालु आवको ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट भएको छ । यहाँको राजस्व पेट्रोलियम पदार्थको आयात र सवारीसाधनको आयातमा निर्भर रहेको छ । चालु आवको ११ महिनामा पाँच थरिका पेट्रोलियम पदार्थक...
दैलेखमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि
अर्थ, समाचार

दैलेखमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

नेपालअखबार,दैलेख। नेपालको भविष्य उज्यालो बनाउने आशाका संकेत दैलेखको जलजलेबाट देखिन थालेका छन्। चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ। त्यसमा जलजले क्षेत्र मिथेन ग्यासको विशाल भण्डारण स्थल रहेको तथ्य खुलाइएको छ। विसं २०७८ वैशाख २८ गतेदेखि सुरु गरिएको पहिलो ड्रिलिङ कार्य चार हजार १३ मिटर गहिराइमा पुर्‍याएको थियो। त्यहाँबाट सङ्कलन गरिएका नमुनाको परीक्षणमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि भएको छ। यो जम्मा चार वटा सम्भावित कुवामध्ये पहिलो कुइँकानको मात्रै प्रारम्भिक नतिजा हो। बाँकी तीन कुइँकानको प्रारम्भिक अनुमानअनुसार जलजले क्षेत्रमै कूल चार सय ३० अर्ब घनमिटर ग्यास हुने प्रक्षेपण गरिएको छ। यसले करिब ५० वर्षसम्म नेपालको ग्यास आवश्यकतालाई पूरा गर्नसक्ने सम्भाव...
इसराइल समर्थक ह्याकरहरूले इरानमाथि साइबर हमला गरी चोरे करोडौं डलर डिजिटल सम्पत्ति
अर्थ, विश्व, समाचार

इसराइल समर्थक ह्याकरहरूले इरानमाथि साइबर हमला गरी चोरे करोडौं डलर डिजिटल सम्पत्ति

नेपालअखबार,काठमाडौँ ।इरानले देशभरि इन्टरनेट सेवा बन्द गरेको छ। साइबर हमला गरेर करोडौंको डिजिटल सम्पत्ति चोरी भएपछि इरानमा पछिल्लो १२ घन्टायता इन्टरनेट ब्ल्याकआउट रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सका अनुसार इरानको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज 'नोबिटेक्स'माथि बुधबार साइबर हमला भएको थियो। प्रो-इसराइली ह्याकरहरूको एउटा समूहले नोबिटेक्समाथि साइबर हमला गरेर ९ करोड डलरभन्दा बढीको डिजिटल सम्पत्ति चोरी गरेको बताइएको छ। उक्त घटनामा इसराइली समर्थक ह्याकरहरूको समूह 'प्रेडेटरी स्प्यारो (गोन्जेश्के दारान्दे)'ले जिम्मेवारी लिएको छ। उनीहरूले इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी)लाई लक्ष्य गरेर साइबर हमला गरिएको बताएका छन्। सो समूहलाई इसराइली गुप्तचरहरूले परिचालन गरिएको भनिए पनि त्यसको स्वतन्त्र पुष्टि नभएको न्युयोर्क टाइम्सले...
रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो
अर्थ, प्रविधि, समाचार

रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

नेपालअखबार,म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा निर्माण भएको छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ । ह्युम कन्सल्ट प्रालि प्रवर्द्धक रहेको आयोजनाले निर्माण सकेर विद्युत् उत्पादननका लागि आन्तरिक परीक्षण सफल भएपछि विद्युत् उत्पादन सुरु गरेको हो । आयोजना प्रमुख दार्शनिक काफ्लेका अनुसार आयोजनाले विद्युत्गृहमा जडान गरेका मेसिन उपकरण र उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोड्ने प्रसारण लाइनको परीक्षण सफल भएसँगै आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोडिएको हो । विद्युत् विकास बोर्ड र नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधि तथा ठेकेदार कम्पनीका प्राविधिकद्वारा विद्युत्गृहमा टर्वाइनलगायत उपकरणमा विद्युत् उत्पादनको परीक्षण गरी कालीगण्डकी करिडोर प्रसारण लाइनअन्तर्गत दाना सबस्टेशनमार्फत राष्ट्रिय प्रसारणम...
पश्चिमी मरुभूमिमा नयाँ तेल खानी भेटिएको इजिप्टको घोषणा
अर्थ, विदेश, समाचार

पश्चिमी मरुभूमिमा नयाँ तेल खानी भेटिएको इजिप्टको घोषणा

नेपालअखबार,इजिप्ट । इजिप्टियन जनरल पेट्रोलियम कर्पोरेसनले पश्चिमी मरुभूमिको अबु सेनान क्षेत्रमा नयाँ तेल खानी खोज गरेको बताएको छ । इजिप्टको पेट्रोलियम तथा खनिज स्रोत मन्त्रालयले आइतबार यो घोषणा गरेको हो । प्रारम्भिक परीक्षण नतिजाहरू अत्यधिक आशाजनक रहेको बताइएको छ।  जसले दैनिक उत्पादन दर १ हजार ४ सय ब्यारेल कच्चा तेल र बहरिया संरचनाबाट लगभग दश लाख घन फिट ग्यासको संकेत गर्दछ । तत्काल उत्पादन बाहेक यो खोजले इजिप्टको तेल भण्डारमा पर्याप्त २० लाख पुनः प्राप्ति योग्य ब्यारेल थप्ने अपेक्षा गरिएको छ । भूमध्यसागरमा रहेको जोहर ग्यास क्षेत्रसहित हालैका वर्षहरूमा देशमा प्रमुख खोजहरू गरिएपछि इजिप्टले तेल र तरल प्राकृतिक ग्यासको लागि क्षेत्रीय व्यापार केन्द्र बन्ने लक्ष्य राखेको छ । जसले अनुमानित ३० ट्रिलियन घन फिट ग्यास राख्छ ।...
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
अर्थ, समाचार

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

नेपालअखबार, काठमाडौं । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार, पेट्रोलमा १ रुपैयाँ मूल्यवृद्धि भएको छ । त्यस्तै, डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्यवृद्धि भएको छ । वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ । मूल्य बढेसँगै अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १ सय ६० रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १ सय ४५ रुपैयाँ पर्नेछ ।...
पोखराका दुई किसानले बेचे १५ लाख बढीका तरबुजा
अर्थ, कृषि, समाचार, समाज

पोखराका दुई किसानले बेचे १५ लाख बढीका तरबुजा

नेपालअखबार, पोखरा । पोखरा महानगरपालिका–३३ सुरौदी खोला किनारास्थित तिखेढुङ्गामा दुई किसानले  रु १५ लाखभन्दा बढीका तरबुजा बेचेर छिमेकीलाई पनि यो फलको खेतीमा लाग्न प्रेरित गरेका छन् । सुरौदीको तिखेढुङ्गामा अगुवा कृषकद्वय रमेश आचार्य र ज्ञानबहादुर कार्कीले ३५ रोपनीमा तरबुजाखेती गर्नुभएकामा ३० हजार किलोग्राम बिक्री गर्नुभएको छ । प्रतिकूल मौसमका कारण रु पाँच लाख बरबरको  हानि भएको किसान आचार्यले जानकारी दिनुुभयो । निरन्तरको वर्षाका कारण तरबुजा बिग्रिएका हुन् । स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजित तरबुजा मेलामा सुरौदीमा फलेको सात किलो ८६० ग्राम तौलको तरबुजा सबैभन्दा ठूलो पहिचानसमेत गरिएको थियो । उक्त तरबुजा फलाए वापत महानगरपालिकाले उनीहरुलाई रु पाँच हजार नगदसहित पुरस्कृत गरेको थियो । सुरौदीसहित यसवर्ष पोखराका विभिन्न स्थानमा तरबुजाखेतीप्रतिको आकर्षण बढिरहेको पोखरा...
मध्यपूर्वमा तनाव चर्किएसँगै बढ्यो तेलको भाउ
अर्थ, विश्व, समाचार

मध्यपूर्वमा तनाव चर्किएसँगै बढ्यो तेलको भाउ

नेपालअखबार,न्यूयोर्क । विश्व बजारमा कच्चा तेलको भाउ बढेको छ । अमेरिकाले इराकमा रहेको आफ्नो दूतावास खाली गर्ने तयारी गरिरहँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको हो । लन्डनस्थित आईसीई एक्सचेञ्जमा बिहीबार बिहानी समयमा बे्रन्ट क्रुडको भाउ २ डलर ९० सेन्टले बढेर प्रतिब्यारेक ६९ डलर ७७ सेन्टमा पुगेको थियो । अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा यो ४ दशमलव ३४ प्रतिशत धेरै हो । सोही दिन अमेरिकी बेन्चमार्क वेष्ट टेक्सास इन्टरमिडियट पनि ३ डलर १७ सेन्टले बढेर ६८ डलर १५ सेन्टमा उक्लिएको थियो । बिहीबारको कारोबारमा तेलको दुवै बेञ्चमार्कको भाउ बढेर अप्रिलको शुरुआती दिनयताकै उच्च स्तरमा पुगेका थिए । पेट्रोल निर्यातकर्ता देशहरूको संगठन (ओपेक)को दोस्रो ठुलो तेल उत्पादक हो इराक । अमेरिकाले इराकमा रहेको दूतावास खाली गर्ने तयारी गरिरहेको अप्रत्याशित खबर आएपछि व्यापारीहरूले धेरै क्रुड फ्यूचर्स कि...
भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्नसके प्रत्येक वर्ष ६ खर्ब कमाउन सकिन्छ : कुलमान
अर्थ, समाचार

भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्नसके प्रत्येक वर्ष ६ खर्ब कमाउन सकिन्छ : कुलमान

नेपालअखबार,काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्न सके नेपालले प्रत्येक वर्ष कम्तिमा ६ खर्ब कमाउने बताएका छन् । सर्लाहीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले भने, ‘भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्न सक्यौं भने करिब–करिब ६ खर्बदेखि ७ खर्ब पैसा कमाउने छ प्रत्येक वर्ष । त्यो भनेको हाम्रो ४५/५० खर्ब जीडीपीको १५/२० प्रतिशत रकम हाम्रो विद्युत् निर्यातबाट मात्र हुने छ ।’ पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र घिसिङ कार्यकारी निर्देशक पदमा रहेका बेला भएको भारत भ्रमणमा भारतलाई १० हजार मेगावाट बिजुली निर्यात गर्ने सम्झौता भएको थियो । घिसिङले नेपालमा जलविद्युत्बाट यातायात क्षेक्रमा ठूलो त्रान्ति ल्याएको पनि बताए । ‘ट्रान्सपोर्टेसनमा ठूलो क्रान्ति आएको छ त्यो विद्युत् भएर हो,’ घिसिङले भने, ‘लोडसे...
विदेशबाट फर्केर ३० रोपनीमा व्यावसायिक अकबरेखेती
अर्थ, समाचार, समाज

विदेशबाट फर्केर ३० रोपनीमा व्यावसायिक अकबरेखेती

नेपालअखबार,स्याङ्जा।  यहाँका एक युवाले व्यावसायिक रुपमा अकबरे खुर्सानी खेती थालेका छन्। स्याङ्जाको गल्याङ नगरपालिका–१ चौरका असिम तिवारीले स्वदेश फर्केसँगै विदेशमा सिकेको सीपको सदुपयोग गर्र्दै व्यावसायिकरुपमा अकबरे खुर्सानीखेती सुरु गरेका हुन्। दुई वर्ष रसियामा कृषि क्षेत्रमै काम गरेको अनुभव बटुलेका तिवारी आफ्नै ठाउँमा व्यवसाय थाल्ने हुटहुटीसहित स्वदेश फर्किनुएको बताउँछन्। स्वदेश फर्केको २–३ महिनापछि नै उनी व्यावसायिकरुपमा अकबरे खुर्सानी लगाउने योजना बनाएर अगाडि बढेका थिए। 'स्थानीय बजारसहित देशैभर र अन्तरराष्ट्रिय बजारमा समेत अकबरे खुर्सानीको माग उच्च रहेको पाएँ,' उनले भने, 'आफूलाई कृषि क्षेत्रमा भएको अनुभव साथै खुर्सानीको बजारीकरण तथा खपत राम्रो हुने देखेर व्यावसायिक रुपमा अगाडि बढेको हुँ।' मातृभूमि कृषि तथा पशुंपक्षी फार्म दर्ता गरेर व्यवसाय थालेका तिवारीले ३० रोपनी जमिन भा...