Tuesday, June 2

अर्थ

बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक
अर्थ, समाचार

बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

नेपालअखबार,काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार एकै दिन बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ उठाउने भएको छ । पछिल्लो समय बजारमा अधिक तरलता भएसँगै राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट निरन्तर रूपमा निक्षेप रकम उठाइरहेको छ । राष्ट्र बैंकले २० दिनका लागि बोलकबोल आह्वान गरेको छ, जसमा बैंक तथा वित्तीय संस्थाहरूले भाग लिन सक्नेछन्। सोमबार दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बैंक तथा वित्तीय संस्थाहरूले बोल गर्न सकिने रकम घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ । राष्ट्र बैंकका अनुसार सावाँ तथा ब्याज भुक्तानी आगामी असार १८ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ । निक्षेप सङ्कलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । निक्षेप सङ्कलनको बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव) पछिको हक...
रसुवागढीबाट दश वर्षमा १४ हजार ५०० विद्युतीय सवारी आयात
अर्थ, समाचार

रसुवागढीबाट दश वर्षमा १४ हजार ५०० विद्युतीय सवारी आयात

नेपालअखबार,रसुवा । दश वर्षमा रसुवागढीबाट चीनमा उत्पादित विद्युतीय सवारीसाधनको आयात १४ हजार ५००  नाघेको छ । विद्युतीय सवारीको आयात बढ्दै गएपछि टिमुरे, घट्टेखोला, रसुवागढी क्षेत्रमा ती वाहन थन्किएका छन् । आयातकर्ताले भन्सार प्रक्रिया पूरा नगर्दा ठुलो सङ्ख्यामा ती सवारीसाधन थन्किएका हुन् । रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलका अनुसार दुई हजार ५७०  सवारीसाधनको भन्सार जाँच पास भइसकेको छ । काठमाडौँतर्फ प्रस्थान गरिसकेको छ । चीनबाट सवारीसाधनका अतिरिक्त जुत्ता, चप्पल, तयारी कपडा, रबर, विद्युतीय उपकरणका साथै कृषि उत्पादन पनि आयात हुने गरेको छ ।...
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
अर्थ, समाचार

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

नेपालअखबार,काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार घटेर १ लाख ९० हजार कायम भएको हो । यस्तै चाँदीको मूल्य बढेको छ । सोमबार तोलामा २ हजार १५० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार १६५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।...
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
अर्थ, कृषि, समाचार

चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी

नेपालअखबार,भोजपुर । षडानन्द नगरपालिका–१० तीनतलेका किसान बहुउपयोगी जडीबुटी चिराइतोको व्यावसायिक खेतीमा जुटेका छन् । चिराइतोबाट मकै, आलुलगायत बालीको तुलनामा राम्रो आम्दानी हुने भएपछि उनीहरु चिराइतोखेतीमा जुटेका हुन् । षडानन्द–१० साङपाङका वडाध्यक्ष पेमदोर्ची शेर्पाका अनुसार तीनतले क्षेत्रका एक सय २० बढी किसानले चिराइतो, लोठसल्ला, सतुवालगायतको व्यावसायिक खेती गरिरहेका छन् । यहाँका माथिल्लो भेगका किसानको मुख्य आम्दानीको स्रोत चिराइतो रहेको छ । नगरपालिकाको माथिल्लो भेगलाई जडीबुटीको पकेट क्षेत्र घोषणा गरिएको छ । “चिराइतो तीनतले क्षेत्रका अधिकांश किसानको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको छ, अन्यबालीको तुलनमा जडीबुटी चिराइतोखेतीबाट राम्रो आम्दानी हुने भएपछि किसान व्यावसायिक खेतीमा लागेको देखिन्छ । अहिले हामीले यो क्षेत्रलाई चिराइलो पकेट क्षेत्र घोषणा गरेर जडीबुटी खेतीका लागि प्रोत्साहनका का...
भारत–पाकिस्तान द्वन्द्वले सिधे नुन आपूर्ति प्रभावित
अर्थ, विश्व, समाचार

भारत–पाकिस्तान द्वन्द्वले सिधे नुन आपूर्ति प्रभावित

नेपालअखबार,काठमाडौं । पछिल्ला तीन दशकदेखि पञ्जाबको अमृतसरका विपन कुमारले पाकिस्तानबाट सिधे नुन आयात गरी भारतमा बेच्दै आएका थिए । तर, गत अप्रिलमा भारत प्रशासित कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा २६ जनाको मृत्य भएपछि नयाँ दिल्लीले पाकिस्तानबाट आयात हुने सबै किसिमका वस्तुमा पूर्ण प्रतिबन्ध घोषणा गर्‍यो । यो प्रतिबन्धले सिखहरूको आध्यात्मिक थलो अमृतसरका ५० वर्षीय व्यवसायी विपन कुमारको व्यापार एकाएक ठप्प भयो । त्रैमासिकरूपमा उनले २ हजार देखि २५ सय टन सिधे नुन पाकिस्तानबाट ढुवानी गरेर बेच्दै आएका थिए । ‘मलाई एकदमै थोरै फाइदा बस्थ्यो तर, एकमुष्ठ बिक्री हुने भएकाले व्यवसाय टिकिरहेको थियो, प्रतिबन्धले सिधे नुनको कारोबार नै ठप्प भएको छ, अब फेरि परिस्थिति कहिले सामान्य हुन्छ थाहा छैन’, कतारबाट सञ्चालित अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिरासँग कुरा गर्दै विपनले भनेका छन् ।पर्वतीय क्षेत्र...
मुग्लिन पोखरा सडक विस्तार : पश्चिम खण्डमा ५३ प्रतिशत काम सकियो
अर्थ, समाचार

मुग्लिन पोखरा सडक विस्तार : पश्चिम खण्डमा ५३ प्रतिशत काम सकियो

नेपालअखबार,पोखरा । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत् पश्चिम खण्डमा ५३ प्रतिशत काम भएको छ। तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको खण्डमा हालसम्म आधा काम सकिएको मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ। योजना प्रमुख कृष्णबहादुर कुँवरले २४ किलोमिटर खण्डमा दुईतर्फी र १२.८ किमी खण्डमा एकतर्फी कालोपत्र सकिएको जानकारी दिए। पश्चिम खण्डतर्फ तीन किमी एकतर्फी बाँकी कालोपत्र गर्न बाँकी रहेको र जेठको अन्तिमसम्म एकतर्फी कालोपत्र सक्ने लक्ष्य रहेको उनले जानकारी दिए। पश्चिम खण्डतर्फ १२ मध्ये दश पुल सम्पन्न भएको छ, भने एक सय कल्भर्टमध्ये ९२ वटा कल्भर्ट निर्माण सकिएको उनले बताए।  यो खण्डमा चार सय २४ विद्युत् पोल हटाउन बाँकी रहेको र यसले गर्दा काममा केही ढिलाइ भएको उनको भनाइ छ। तालचोकदेखि आदर्शचोकसम्म र डाँडाको नाकदेखि विजयपुरसम्मको पोल हटाउन ढिलाइ हुँदा काममा समस्या भएको उनले बताए। उक्त ...
बिक्री भएन नेपाली किसानको २१ टन मह, उपभोक्तामा अविश्वास
अर्थ, कृषि, समाचार

बिक्री भएन नेपाली किसानको २१ टन मह, उपभोक्तामा अविश्वास

नेपालअखबार,काठमाडौं । नेपाल मौरीपालक महासङ्घका अनुसार यतिबेला नेपाली किसानले उत्पादन गरेको २१ टन मह बिक्री हुन बाँकी छ । गत वर्ष यही समयमा ६९ टन मह बिक्री नभएका अवस्थामा थियो । तत्कालीन समयमा मौरीपालक कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीकै घरमा गएर गुनासो गरेपछि केही हदसम्म समस्या समाधान भएको थियो । तत्कालीन समयमा किसानको दबाबका कारण डाबर नेपालले केही परिमाणमा मह खरिद गरेको थियो । किसान भने महको बजारीकरणमा समस्या हुँदा ठूलोमात्रामा मौज्दात रहने अवस्था आएको बताउँदै आएका छन् । मौरी विज्ञका अनुसार महको माग नभएर यसरी मह घरमा बसेको होइन, नेपाली महप्रति उपभोक्तामा अझै पूर्ण विश्वास नहुँदा समस्या भएको हो । त्यसमाथि नेपाली मह जम्छ र जमेको मह नक्कली हुन्छ भन्ने सोचले पनि बजारीकरणमा समस्या भएको मौरीपालक महासङ्घका अध्यक्ष सुवासचन्द्र घिमिरेको बुझाइ छ । उनले महबारे जानकारी दिने, यसको...
सुक्खा बन्दरगाह वीरगञ्ज भन्सार कार्यालयमा गाभिँदै
अर्थ, समाचार

सुक्खा बन्दरगाह वीरगञ्ज भन्सार कार्यालयमा गाभिँदै

नेपालअखबार,पर्सा । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आगामी साउनदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिने भएको छ । हाल वीरगञ्ज भन्सार कार्यालय मातहत एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भन्सार कार्यालय छ । सङ्घीय सरकारको निर्णयअनुसार यी दुई निकाय गाभिन लागेका हुन् । सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले साउनदेखि सुक्खा बन्दरगाह कार्यालय वीरगञ्ज भन्सारमा गाभिने जानकारी दिए । “चालु आर्थिक वर्षको असार मसान्तसम्म दुवै कार्यालयको छुट्टै राजस्वको लक्ष्य र छुट्टै खालको बजेट रहेकाले पनि असार मसान्तपछि मात्रै गाभिनेछ”, उनले भने, “सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) र पददर्ता समेत भइसकेकाले  साउन १ गतेदेखि गाभिनेमा हामी आशावादी छौँ ।” सुक्खा बन्दरगाह ५७ बिघा क्षेत्रफलमा फैलिएको छ । विश्व बैंकसँग रु ८२ करोड ऋण लिएर यो बन्दरगाह निर्माण गरिएको हो । भारतले रु २० करोड ल...
चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित
अर्थ, कृषि, समाचार

चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित

नेपालअखबार,चितवन।चैते धानले समर्थन मूल्य नपाउँदा यहाँका किसान चिन्तित भएका छन् । सरकारले चैते धानको समर्थन मूल्य रु दुई हजार ८७९ तोकेको भए पनि यहाँका किसान रु एक हजारदेखि एक हजार ८०० सम्ममा बेच्न बाध्य भएका छन् । धान थन्काउने समयमा समर्थन मूल्य नपाएपछि किसान निराश भएका हुन् । खैरहनी नगरपालिकाका–१० का कृष्ण अर्याल चैते धानको समर्थन मूल्य नपाएकामा खिन्न छन् । दुई बिघामा चैते धान लगाएका उनी समर्थन मूल्य नपाएपछि आगामी वर्षदेखि धान खेती नगर्ने निर्णयमा छन् । समर्थन मूल्य नपाएपछि किसानले पालिका र उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँग छलफल गरिएको उनले बताए । राप्ती नगरपालिका–५ का धर्मराज कँडेल पनि  धानको मूल्य नपाएपछि निराश छन् । जनजागृत हरियाली ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाका अध्यक्षसमेत रहेका कँडेलले धानको समर्थन मूल्य अविलम्ब तोकिनुपर्नेमा जोड दिए । पूर्वी चितवनको रत्...
अब डीसीएनबाट रिलिज फिल्मले भीपीसीमा २५ प्रतिशत छुट पाउने
अर्थ, चलचित्र, समाचार

अब डीसीएनबाट रिलिज फिल्मले भीपीसीमा २५ प्रतिशत छुट पाउने

नेपालअखबार,काठमाडौँ । फिल्म डीसीएन (डिजिटल सिनेमा नेपाल) बाट रिलिज गर्दा निर्मातालाई लाग्दै आएको बहुचर्चित भीपीसी (भर्चुअल प्रिन्ट कस्ट)मा अब २५ प्रतिशत छुट पाइने भएको छ । चलचित्र निर्माता सङ्घ र डीसीएनबिच बुधबार भएको वार्तामा  सहमति भएसँगै उक्त छुट पाइने भएको हो । केडीएम चार्जसमेत भनिने यो प्रणालीको शुल्कमा कटौती गर्नेबारे बुधबार निर्माता सङ्घ र डीसीएनबिच वार्ता भएको थियो । साउन मसान्तदेखि लागु हुनेगरी केडीएम चार्ज २५ प्रतिशत घटाउने सहमति भएको हो । सहमति पत्रका निर्माता सङ्घका सबै पदाधिकारी र डीसीएन प्रमुख अशोक शर्माले हस्ताक्षर गरेका छन् । यो निर्णय घरेलु चलचित्रको हकमा मात्र लागु हुनेछ । ‘निर्माताले लामो समयदेखि उठाउँदै आएको कुरा आज पूरा भएको छ,’ निर्माता सङ्घका अध्यक्ष नबल खड्काले भने, ‘आजको दिन नेपाली चलचित्र निर्माताको लागि ऐतिहासिक दिन भयो ।’ आजको निर्णयले निर्मातालाई वार्ष...