Tuesday, June 2

अर्थ

ह्वाइट हाउसमा चर्काचर्कीपछि बेलायत पुगेर जेलेन्स्कीले गरे २ अर्ब पाउन्डको ऋण सम्झौता
अर्थ, राजनीति, विश्व, समाचार

ह्वाइट हाउसमा चर्काचर्कीपछि बेलायत पुगेर जेलेन्स्कीले गरे २ अर्ब पाउन्डको ऋण सम्झौता

नेपालअखबार,काठमाडौँ। ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग चर्काचर्की गरेर वाशिङ्टनबाट फर्किएका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बेलायत पुगेका छन्। बेलायती प्रधानमन्त्री कियर स्टार्मरले आइतबार जेलेन्स्कीसहित युरोपेली नेताहरुको बैठक राखेका छन्। बैठकमा सहभागी हुन जेलेन्स्की शनिबार नै बेलायत पुगिसकेका छन्। बेलायती प्रधानमन्त्री स्टार्मरले जेलेन्स्कीलाई न्यानो स्वागत गरेका थिए। ह्वाइट हाउसको चर्काचर्कीपछि बेलायती प्रधानमन्त्री स्टार्मरले आफ्नो अटुट समर्थन युक्रेनलाई हुने बताएका थिए। लगत्तै युक्रेन युद्धबारे छलफल गर्ने लण्डनमा आइतबार बस्नेगरी युरोपेली नेताहरूको बैठक बोलाएका थिए। जेलेन्स्कीले ह्वाइट हाउसको विषयमा प्रतिक्रियाका लागि स्टार्मरलाई धन्यवाद दिए। उनले यति राम्रो साथी पाएकोको खुशी छु भनेको बिबिसीले जनाएको छ। त्यतिबेला पनि स्टार्...
नेपाली मह पुग्छ युरोप, अमेरिका
अर्थ, समाचार, समाज

नेपाली मह पुग्छ युरोप, अमेरिका

नेपालअखबार,काठमाडौँ । नेपाली  मह युरोप, अमेरिका लगायत विकसित मुलुकमा पुगेको पाइएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ मा विकसित मुलुकमा ३ करोड ०८ लाख ९० हजार रुपैयाँको मह निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । सो रकम बराबर ४ हजार ८२० किलो निर्यात भएको छ । जापानमा १३० किलो मह निर्यात हुँदा ३ लाख २० हजार रुपैयाँ नेपाललाई प्राप्त भएको छ । यस्तै, १ करोड ८० लाख १२ हजार रुपैयाँको ३ हजार ४ किलो मह अमेरिकामा निर्यात भएको छ । यस्तै, अष्ट्रेलिया, हङकङ लगायत मुलुकमा १ करोड २५ लाख ५८ हजार रुपैयाँ बराबरको १ हजार ७८६ किलो मह निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।...
सुनको मूल्य तोलामा २२०० रुपैयाँ घट्यो
अर्थ, समाचार

सुनको मूल्य तोलामा २२०० रुपैयाँ घट्यो

नेपालअखबार,काठमाडौँ । नेपाली बजारमा शुक्रबार छापावाल सुनको मूल्य तोलामा २२०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुन शुक्रबार घटेर १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...
मुग्लिन-नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन
अर्थ, समाचार

मुग्लिन-नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन

नेपालअखबार,मुग्लिन। मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको छ। हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका रुपमा मुग्लिन–गाईघाट–दासढुङ्गा–ठिमुरा–गैँडाकोट सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको हो। उक्त कार्यका लागि सडक विभागले चालु आर्थिक वर्षमा दुई करोड ६९ लाख ३२ हजार विनियोजन गरेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपबाट उक्त सडकको ट्रयाक खोल्ने काम भइरहेको छ। मुग्लिन नारायणगढ सडकको विकल्पमा मुग्लिनबाट गाईघाट, दासढुङ्गा, ठिमुरा, देवघाटको देवपुर हुँदै नवलपुरको गैँडाकोट जोड्ने सडकको विस्तृत अध्ययन (डिपीआर)पश्चात् सडक विभागले पहिलो चरणको ठेक्का लगाएको हो । देवघाटका स्थानीयवासी केशवचन्द्र न्यौपानेले यहाँका स्थानीयले पटक–पटक उठाउँदै आएको माग सरकारले पूरा गरेको बताए। मुग्लिन नारायणगढ सडकखण्डको विकल्पका रुपमा वैकल्पिक सडक निर्माणका लागि आवा...
सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम
अर्थ, समाचार

सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम

नेपालअखबार,काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनको तुलनामा २ सय रुपैयाँ घटेर सो मूल्य कायम भएको जनाएको छ ।महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य भने सामान्य बढेको छ । बिहीबार तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको चाँदी बिहीबार ५ रुपैयाँ बढेर १ हजार ९४५ रुपैयाँ कायम भएको हो।...
राराको होटल डाँफेमा आगलागी
अर्थ, समाचार, समाज

राराको होटल डाँफेमा आगलागी

नेपालअखबार, मुगु । मुगुको रारा राष्ट्रिय निकुञ्जभित्र रहेको डाँफे होटलमा आगलागी भएको छ। छायानाथ रारा नगरपालिका-९ रारा तालनजिक रहेको डाँफे होटलमा आगलागी हुँदा होटलका पाँच वटा घरटहरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी इन्स्पेक्टर अच्युतराज आचार्यले जानकारी दिए। ढुंगामाटोले बनेको र जस्तापाताले छाएको दुई तले घर र बाँकी काठले बनेको र जस्ताले छाएको चार वटा टहरा जलेर नष्ट भएको उनले बताए। आगलागी गएराति १ बजेतिर भएको थियो। सेना, प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएर ३:५५ बजे आगलागी पूर्ण नियन्त्रणमा लिएका थिए। होटलमा रहेका पाहुनाहरू आगलागी भएको थाहा पाएपछि होटलबाट बाहिरिएका थिए भने केहीलाई उद्धार गरिएको थियो। उनीहरू नजिकै रहेका अरू होटलहरूमा राखिएको इन्स्पेक्टर आचार्यले जानकारी दिए। मुगुका सिडिओ र प्रहरी प्रमुख घटनास्थलतर्फ प्रस्थान गरेको उनले बताए। होटल पूर...
बंगलादेश र पाकिस्तानबीच सिधा व्यापार सुरु
अर्थ, विश्व, समाचार

बंगलादेश र पाकिस्तानबीच सिधा व्यापार सुरु

नेपालअखबार,काठमाडौं । बंगलादेश र पाकिस्तानले दशकौंदेखिको तनावपूर्ण सम्बन्धपछि सरकार–सरकारबीच प्रत्यक्ष व्यापार सुरु गरेका छन् । पाकिस्तानबाट बंगलादेशका लागि ५० हजार टन चामल आयातसँगै दुई देशबीचको सिधा व्यापार सुरू भएको हो । यी दुई देश कुनै समय एउटै राष्ट्र थिए, तर सन् १९७१ को क्रूर युद्धमा विभाजित भएका थिए । विभाजनपछि बंगलादेश भारतसँग नजिकको सम्बन्ध राख्दै आएको थियो । यद्यपि, लामो समयदेखि बंगलादेशी प्रधानमन्त्री रहेकी शेख हसिनालाई अगस्त २०२४ को क्रान्तिमा अपदस्थ गरिएको थियो, उनी हेलिकप्टरबाट आफ्ना निकट सहयोगीसहित आफ्नो पुरानो सहयोगी भारतमा पलायन भएका थिए । उनीविरूद्ध मानवताविरुद्धको अपराधको आरोप लागेको छ र अनुसन्धानका लागि बंगलादेशको अन्तरिम सरकारले सुपुर्दगी गर्न भनेको छ । तर, भूतपूर्व प्रधामन्त्री हसिनाले अनुरोधलाई बेवास्ता गर्दै आएका छन् । त्यसयता, भारत र बंगलादेशको नयाँ सरका...
ट्र्याक खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
अर्थ, समाचार

ट्र्याक खुलेको १५ वर्षपछि सडक स्तरोन्नति

नेपालअखबार,म्याग्दी। म्याग्दीको मंगला र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला सडक मार्ग खुलेको १५ वर्षपछि स्तरोन्नति थालिएको छ। २०६६ सालमा मार्ग खुलेको मंगला गाउँपालिकाको ३, ४ नम्बर वडा र बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने यो सडक सामान्य मर्मत गरेर यातायात सञ्चालन हुँदै आएको थियो। बरङ्जा म्याग्दीको धेरै जनघनत्व भएको साविकको गाविस हो। पूर्वाधार विकास कार्यालयले म्याग्दीका प्रमुख विष्णु पौडेलले मंगला गाउँपालिका वडा नम्बर ३ पखेरदेखि बरङ्जाखण्डको सडक स्तरोन्नति गर्न सञ्चालन गरेको योजना निर्माण सुरू भएको तीन महिनामा ४० प्रतिशत भौतिक प्रगति भएको बताए। ‘गत म‌ंसिर महिनादेखि कार्यक्षेत्रमा परिचालित भएको निर्माण कम्पनीले यस वर्ष विनियोजन भएको एक करोड ६० लाख बजेट बराबरको काम तीन महिनामै गरेको छ,’ उनले भने, ‘विनियोजित बजेट सकिएपछि रकमान्तर गर्न म...
वीरगञ्ज नाकाबाट ७ महिनामा भित्रियो एक खर्ब ४ अर्बको पेट्रोलियम पदार्थ
अर्थ, समाचार

वीरगञ्ज नाकाबाट ७ महिनामा भित्रियो एक खर्ब ४ अर्बको पेट्रोलियम पदार्थ

नेपालअखबार,पर्सा । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै एक खर्ब ४ अर्ब ७६ करोड मूल्य बराबरको बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्वाइन फ्युल (एटिएफ), मट्टितेल आयात भएको छ । यही अवधिमा आर्थिक वर्षभन्दा ८४ करोड बढीको पेट्रोलियम पदार्थ आयात भएको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आर्थिक वर्षको पछिल्ला महिनामा पेट्रोलियम पदार्थको आयात र राजस्व दुवैमा वृद्धि भएको बताए। ‘पूर्वाधार निर्माणको सिजन सुरु भएकाले पनि पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको हो’, उनले भने। गत आर्थिक वर्षको सात महिनाको अवधिमा भने एक खर्ब तीन अर्ब ९२ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थको आयात भएको थियो । कार्यालयका अनुसार चालु आवको सात महिनाको अवधिमा सबैखालका पेट्रोलियम पदार्थको आयातबाट ४३ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन भएको छ । जबकि गत...
काभ्रेपलाञ्चोकको खोपासी र शंखुबाट कोटेश्वर–तिनकुनेसम्म इभी माइक्रो सेवा
अर्थ, समाचार, समाज

काभ्रेपलाञ्चोकको खोपासी र शंखुबाट कोटेश्वर–तिनकुनेसम्म इभी माइक्रो सेवा

नेपालअखबार,पनौती  ।  मिनिबसबाट पनौती–काठमाडौं रुटमा यातायात सेवा सञ्चालन गर्दै आएको काभ्रे पुण्यवती यातायात प्रालिले आइतबारबाट इभी(विद्युतिय) माइक्रोबाट सेवा दिन थालेको छ । यो सेवाका लागि खोपासी र शंखुबाट पनौती हुँदै कोटेश्वर–तिनकुने हुँदै पुनः खोपासी र शंखु फर्कने गरी दुई वटा नयाँ रुट कायम गरिएको छ । कम्पनीका अध्यक्ष राजेशसुन्दर सैंजुले मानेश्वरी पार्कमा इभी माइक्रो सेवाको औपचारिक रुपमा उद्घाटन गरेका हुन् । ‘हामीले गत कात्तिक मै कम्पनीमातहत रहेर इभी माइक्रो सेवा सुरु गर्न चाहने व्यक्ति र कम्पनीलाई आह्वान गरेका थियौं । सोही अनुरुप हाल ५ वटा इभी माइक्रो समावेश भएको छ । अरु थप हुँदैछ’, सैंजुले थपे । हाललाई खोपासीबाट ५ वटा र शंखुबाट ५ वटा गरी १० वटा इभी माइक्रोको सेवा सुरु हुने र यसको प्रभावकारिताका आधारमा ५ वटा इभी माइक्रो थप सञ्चालन गर्ने योजना पनि उनले सुनाए । हाल खोपासीबाट ११ सिट क्ष...