Sunday, August 23

अर्थ

साउदी र मलेसियामा ८ वर्ष काम गरेर फर्किएपछि मौरीपालन गरिरहेका मनराज
अर्थ, कृषि, समाचार, समाज

साउदी र मलेसियामा ८ वर्ष काम गरेर फर्किएपछि मौरीपालन गरिरहेका मनराज

नेपालअखबार, सुनसरी। करिब एक दशक लामो वैदेशिक जीवन बिताएर स्वदेश फर्किएर व्यावसायिक पशुपालन र मौरीपालनमा रमाइरहेका इटहरीका किसान मनराज राम्रो आम्दानी भइरहेको बताउँछन्। इटहरी उपमहानगरपालिका–१९ का मनराज पुरी आठ वर्ष साउदी र मलेसियामा काम गरेर स्वदेश फर्किएका हुन्। उनले सानो लगानीबाट  पशुपालन र मौरीपालनमा गरेका थिए। अहिले त्यही व्यवसाय ठूलो आम्दानीको स्रोत बनेको उनी बताउँछन्। आफूले १७ वर्षको उमेरमा बाबुआमा गुमाएको सुनाउँदै मनराजले भने,  ‘विदेशमा गएर दुःख र मेहेनत गरेर कमाएको थोरै पैसा आफ्नो देशमा लगानी गरेर केही व्यवसाय सुरू गरौं भन्ने सोच राखे, अरू बिजनेस गर्ने सोच भए पनि तरिका खासै नभएका कारण पशुपालनमा लगानी गरेर सुरू गरें।’ गाईबाख्राबाट व्यवसाय सुरू  गरेका उनले पछिल्लो समय मौरीपालन सुरू गरेका छन्। अहिले मौरीबाट राम्रो आम्दानी भइरहेको उनी बताउँछन्। ‘यो व्यवसायले आफू आत्मनिर्भर...
सुन तोलामा ३ सय बढ्यो
अर्थ, समाचार

सुन तोलामा ३ सय बढ्यो

नेपालअखबार,काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँ थियो ।त्यस्तै चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९५० रुपैयाँ रहेको चाँदी आज १९८५ रुपैयाँ कायम भएको छ ।
ट्रम्पले  क्यानडा,चीन र मेक्सिकोसँग सुरू गरे व्यापार युद्ध
अर्थ, राजनीति, विश्व, समाचार

ट्रम्पले क्यानडा,चीन र मेक्सिकोसँग सुरू गरे व्यापार युद्ध

नेपालअखबार,काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, क्यानडा र मेक्सिकोका सबै उत्पादनमा मंगलबारदेखि लागू हुनेगरी भन्सार महसुल लगाएर व्यापार युद्ध सुरू गरेका छन्। ट्रम्पले क्यानडा र मेक्सिकोको सबै उत्पादनमा मंगलबार मध्य रातिदेखि लागू हुनेगरी २५ प्रतिशत भन्सार महसुल लगाउने भएका छन्। त्यस्तै, चीनको उत्पादनमा पनि मंगलबारदेखि नै लागू हुनेगरी १० प्रतिशत थप भन्सार महसुल लगाउने भएका छन्। चीन र क्यानडाले जबाफमा अमेरिकी उत्पादनमा पनि भन्सार लगाएका छन्। मेक्सिकोले पनि प्रतिकारमा त्यस्तै कदम चाल्ने अपेक्षा गरिएको छ। यसरी भन्सार संसारको सबैभन्दा सुन्दर शब्द भन्ने ट्रम्पले कार्यभार सम्हालेको ६ हप्ता नबित्दै चीन, क्यानडा र मेक्सिकोसँग व्यापार युद्ध सुरू गरेका छन्। ट्रम्पले फेब्रुअरी ४ देखि लागू हुनेगरी चीनबाट आउने वस्तुमा १० प्रतिशत थप भन्सार महसुल लगाएका थिए। बर्सेनि दसौं हजार अम...
अफगानिस्तानले १४ करोड ३० लाख अमेरिकी डलरभन्दा बढीको ताजा फलफूल निर्यात
अर्थ, विश्व, समाचार

अफगानिस्तानले १४ करोड ३० लाख अमेरिकी डलरभन्दा बढीको ताजा फलफूल निर्यात

नेपालअखबार,काठमाडौं ।  अफगानिस्तानले विगत ११ महिनामा १४ करोड ३० लाख अमेरिकी डलरभन्दा बढीको ताजा फलफूल निर्यात गरेको वाणिज्य तथा उद्योग मन्त्रालयले जनाएको छ। विगत ११ महिनामा १४ करोड ३० लाख डलरभन्दा बढी मूल्यको लगभग २ लाख ९६ हजार टन ताजा फलफूल निर्यात गरिएको छ। उत्पादनहरू प्रायः पाकिस्तान, भारत, संयुक्त अरब इमिरेट्स, चीन, बेलायत, नेदरल्याण्ड्स, संयुक्त राज्य अमेरिका, फ्रान्स, अष्ट्रेलिया, इराक, साउदी अरेबिया र क्यानडामा निर्यात गरिएको छ। अफगानिस्तानले विगत १० महिनामा ३५ करोड डलर मूल्यको १ लाख १५ हजार टन सुकेको फलफूल निर्यात गरेको छ। अफगानिस्तानले गत वर्षको सोही अवधिको तुलनामा सुकेको फलफूल निर्यातमा गिरावट आएको छ। जुन ३८ करोड ८० लाख डलर मूल्यको थियो।...
सुनको भाउ प्रतितोला १४ सय रूपैयाँ बढ्यो
अर्थ, समाचार

सुनको भाउ प्रतितोला १४ सय रूपैयाँ बढ्यो

नेपालअखबार,काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्य बढेको छ। गत आइतबार र सोमबार स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।  सोमबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। सोमबार चाँदी प्रतितोला एक हजार नौ सय १५ रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतिताेला २५ रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २८ सय ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।...
ह्वाइट हाउसमा चर्काचर्कीपछि बेलायत पुगेर जेलेन्स्कीले गरे २ अर्ब पाउन्डको ऋण सम्झौता
अर्थ, राजनीति, विश्व, समाचार

ह्वाइट हाउसमा चर्काचर्कीपछि बेलायत पुगेर जेलेन्स्कीले गरे २ अर्ब पाउन्डको ऋण सम्झौता

नेपालअखबार,काठमाडौँ। ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग चर्काचर्की गरेर वाशिङ्टनबाट फर्किएका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बेलायत पुगेका छन्। बेलायती प्रधानमन्त्री कियर स्टार्मरले आइतबार जेलेन्स्कीसहित युरोपेली नेताहरुको बैठक राखेका छन्। बैठकमा सहभागी हुन जेलेन्स्की शनिबार नै बेलायत पुगिसकेका छन्। बेलायती प्रधानमन्त्री स्टार्मरले जेलेन्स्कीलाई न्यानो स्वागत गरेका थिए। ह्वाइट हाउसको चर्काचर्कीपछि बेलायती प्रधानमन्त्री स्टार्मरले आफ्नो अटुट समर्थन युक्रेनलाई हुने बताएका थिए। लगत्तै युक्रेन युद्धबारे छलफल गर्ने लण्डनमा आइतबार बस्नेगरी युरोपेली नेताहरूको बैठक बोलाएका थिए। जेलेन्स्कीले ह्वाइट हाउसको विषयमा प्रतिक्रियाका लागि स्टार्मरलाई धन्यवाद दिए। उनले यति राम्रो साथी पाएकोको खुशी छु भनेको बिबिसीले जनाएको छ। त्यतिबेला पनि स्टार्...
नेपाली मह पुग्छ युरोप, अमेरिका
अर्थ, समाचार, समाज

नेपाली मह पुग्छ युरोप, अमेरिका

नेपालअखबार,काठमाडौँ । नेपाली  मह युरोप, अमेरिका लगायत विकसित मुलुकमा पुगेको पाइएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ मा विकसित मुलुकमा ३ करोड ०८ लाख ९० हजार रुपैयाँको मह निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । सो रकम बराबर ४ हजार ८२० किलो निर्यात भएको छ । जापानमा १३० किलो मह निर्यात हुँदा ३ लाख २० हजार रुपैयाँ नेपाललाई प्राप्त भएको छ । यस्तै, १ करोड ८० लाख १२ हजार रुपैयाँको ३ हजार ४ किलो मह अमेरिकामा निर्यात भएको छ । यस्तै, अष्ट्रेलिया, हङकङ लगायत मुलुकमा १ करोड २५ लाख ५८ हजार रुपैयाँ बराबरको १ हजार ७८६ किलो मह निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।...
सुनको मूल्य तोलामा २२०० रुपैयाँ घट्यो
अर्थ, समाचार

सुनको मूल्य तोलामा २२०० रुपैयाँ घट्यो

नेपालअखबार,काठमाडौँ । नेपाली बजारमा शुक्रबार छापावाल सुनको मूल्य तोलामा २२०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुन शुक्रबार घटेर १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...
मुग्लिन-नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन
अर्थ, समाचार

मुग्लिन-नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन

नेपालअखबार,मुग्लिन। मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको छ। हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका रुपमा मुग्लिन–गाईघाट–दासढुङ्गा–ठिमुरा–गैँडाकोट सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको हो। उक्त कार्यका लागि सडक विभागले चालु आर्थिक वर्षमा दुई करोड ६९ लाख ३२ हजार विनियोजन गरेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपबाट उक्त सडकको ट्रयाक खोल्ने काम भइरहेको छ। मुग्लिन नारायणगढ सडकको विकल्पमा मुग्लिनबाट गाईघाट, दासढुङ्गा, ठिमुरा, देवघाटको देवपुर हुँदै नवलपुरको गैँडाकोट जोड्ने सडकको विस्तृत अध्ययन (डिपीआर)पश्चात् सडक विभागले पहिलो चरणको ठेक्का लगाएको हो । देवघाटका स्थानीयवासी केशवचन्द्र न्यौपानेले यहाँका स्थानीयले पटक–पटक उठाउँदै आएको माग सरकारले पूरा गरेको बताए। मुग्लिन नारायणगढ सडकखण्डको विकल्पका रुपमा वैकल्पिक सडक निर्माणका लागि आवा...
सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम
अर्थ, समाचार

सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम

नेपालअखबार,काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनको तुलनामा २ सय रुपैयाँ घटेर सो मूल्य कायम भएको जनाएको छ ।महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य भने सामान्य बढेको छ । बिहीबार तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको चाँदी बिहीबार ५ रुपैयाँ बढेर १ हजार ९४५ रुपैयाँ कायम भएको हो।...