वडाको कामसँगै किबीखेतीमा लागेका वडाध्यक्ष
नेपालअखबार,बागलुङ। बागलुङ नगरपालिका–९ तित्याङका वडाध्यक्ष राजु थापा व्यावसायिक रूपमा फलफूलखेती थालेका छन्।
जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको तित्याङमा सागसब्जी र सुन्तलाखेती गरेर सफल किसानको परिचय बनाउनुभएका उहाँले किबीखेती थालेका हुन्।
तीन वर्षअघि किबीखेती थालेका उनलाई उत्पादन बेच्न भ्याइनभ्याइ छ।
उनले यसपालि सय बोटबाट छ सय क्विन्टल किबी उत्पादन भएको बताए।
उनले किबीसँगै कागती खेती पनि गरेका छन्। जनप्रतिनिधि भइसकेपछि कोदो र धानखेतीमा लाग्न आफूले समय व्यवस्थापन गर्न नसकेको उनले बताए। वडाध्यक्ष थापाका बारीमा १५० कागती र ५० सुन्तलाका बोट छन् ।
दैलेखबाट ३३० मा एउटा बिरुवा खरिद गरेर ल्याएको जानकारी दिँदै वडाध्यक्ष थापाले बृहत् रूपमा किबीखेती गर्ने चाहना रहेको सुनाए। किबीका लागि अस्थायी थाक्रो व्यवस्थापन गरेका थापाले किबी बजार पठाएपछि फलामबाट बनाइएको थाक्रो राख्ने योजना बन...










