Sunday, June 28

कृषि

रोल्पाको सुन्तलाले बजार पाएन
अर्थ, कृषि, समाचार

रोल्पाको सुन्तलाले बजार पाएन

नेपालअखबार, रोल्पा । रोल्पा नगरपालिका १० धवाङकी शर्मिला महरा हरेक दिन डोकोमा सुन्तला बोकेर बिक्री गर्न सदरमुकाम आउँछिन । घरबाट सदरमुकाम आउन उनलाई करिब तीन घण्टा लाग्छ । दिनभरी सुन्तला बेचेर बेलुका घर फर्कंदा २ घण्टा पैदल हिँड्नु पर्छ । दैनिक आवतजावतमा ५ घण्टा खर्चेर सुन्तला बिक्री गर्ने उनको सुन्तलाले उचित बजार पाउँदैन । शर्मिला जस्तै अचेल रोल्पा सदरमुकाम लिवाङमा डोकामा सुन्तला राखेर बिक्री गर्ने कृषकको संख्या उल्लेख रहने गर्छ । ९ वर्षका बालबालिकादेखि ७० वर्षका ज्येष्ठ नागरिक घण्टौं पैदल यात्रा गरि सुन्तला बिक्री गर्न जिल्ला सदरमुकाम आउने गर्छन् । कात्तिकदेखि पुस महिनासम्म यसैगरि सुन्तला बिक्री गर्छन् । यो उनीहरुको पुस्तैनी पेसा हो । रोल्पा नगरपालिका वडा नंं १० भुम, भनभने, साउने पानीलगायतका क्षेत्रका किसानहरुको जीविकोपार्जनको मुख्य आधार नै सुन्तला भए पनि यसले उचित बजार नपाउँदा कृष...
जीवन धान्न नौ महिना चौंरी खर्कको बास
अर्थ, कृषि, समाचार

जीवन धान्न नौ महिना चौंरी खर्कको बास

नेपालअखबार, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ तेम्बाथानका जाङ्बु शेर्पाको बास वर्ष दिनमा नौ महिना उच्च हिमाली भेगमा बित्छ। घर खर्च चलाउनका लागि चौंरी स्याहार्दै जंगली जनावरको समेत सामना गर्दै उनी बाँकी तीन महिनाका लागि मानव बस्तीमा झर्छन्। हरेक वर्ष पुसदेखि कात्तिकसम्म शेर्पाले विकट हिमाली भेगमा रहेको चौंरी खर्कमा बिताउने गर्छन्। यो समयमा उनको संगत आफ्नै परिवारका सदस्यका अलावा चौंरी र आसपासका चौंरीपालक किसानसँग मात्र हुन्छ। पुस्तौंदेखि चौंरीपालन व्यवसाय गर्दै आएका शेर्पा मात्रै होइन, सिन्धुपाल्चोककै पारिगाउँको नामले चिनिने जुगल गाउँपालिका–३ गुम्बाका दर्जन बढी चौंरीपालक किसानको दैनिकी हो यो। चौंरीबाट हुने आम्दानीका लागि शेर्पाले नौ महिनासम्म दुःख गरेर आफ्नो जीविकोपार्जन धान्ने गरेका छन्। आफ्नो परिवारसमेत सँगै लैजाने गरेको उनले सुनाए। 'पढेको छैन, अरू सीप पनि छैन...
शिक्षण पेसा छाडेर फूल खेती, मनग्य आम्दानी
अर्थ, कृषि, समाचार, समाज

शिक्षण पेसा छाडेर फूल खेती, मनग्य आम्दानी

नेपालअखबार, भरतपुर । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दिपक पाख्रिनलाई यतिबेला फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ । व्यवसायीकरुपमा सयपत्री फूल खेती गर्नु भएका उहाँलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो । गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उहाँले अहिले चार बिघामा फूल रोप्नुभएको छ । सयपत्री फूलको माग अत्यधिक भएकाले चार बिघाको फूल पनि कम भएको उनको भनाइ छ । पाख्रिनले भने, ‘गत वर्ष डेढ बिघामा लगाएको सयपत्री फूलले यहाँको माग पुर्‍याउन सकिएन भनेर अहिले चार बिघामा लगाएको झनै अपुग भयो ।’ कृतिम फूल प्रयोगकर्ता घटेपछि प्राकृतिक फूलमा आकर्षण बढ्दा जिल्लामा सयपत्री फूलको माग बढी भएको उनले बताए । तिहारको अवधिभर १२ हजार फूलको माला बिक्री हुने पाख्रिनको विश्वास छ । जसबाट रु छ लाखभन्दा माथि आम्दानी हुने उहाँले बताउनुभयो । पाख्रिनले १८ वर्षदेखि व्यवसायीकरुपमा सय...
खसीबोका बिक्री नहुँदा किसानको चाडबाड खल्लो
कृषि, समाचार, समाज

खसीबोका बिक्री नहुँदा किसानको चाडबाड खल्लो

नेपालअखबार । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा नजिकै अहिले खसी बोकाको बथान छ । त्यही बथानमा खसी बोकाको रेखदेख गरिरहेका भेटिन्छन् – ६९ वर्षीय वृद्ध मानसिंह बोहरा । शिरमा नेपाली ढाका टोपीले सजिनुभएका उहाँ हातमा लौरो लिएर खसी बोकालाई यत्रतत्र हुनबाट रोकिरहेका छन् । उनीसँगैका कोही खसी बोका किन्न आएका ग्राहकलाई खसी–बोका देखाउँदै छन् कोही भने ग्राहकसँग मोलमोलाइ गरिरहेका छन् । विसं २०५४ देखि खसी बोका बिक्री गर्दै घरखर्च चलाउँदै आएका डडेल्धुराको परशुराम नगरपालिका–८ जमरानीका मानसिंह खसी बोका बिक्री नहुँदा चिन्तित छन् । “केही वर्षयता खसीबोकाको व्यापार हुन सकेको छैन, विगतका दसैँमा सजिलै खसीबोका बिक्री गरेर घरखर्च चलाउथ्यौँ”, उनी भन्छन्, “हाम्रो आम्दानीको स्रोत नै खसीबोकाको व्यापार हो तर खसीबोकका बिक्री नहुँदा यस वर्ष घरखर्च चलाउनै मुस्किल होला जस्तो छ ।” बाख्रा पालनमा लाग्ने किसान खसीबो...
बहुमूल्य वनस्पति : रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती
अर्थ, कृषि, समाचार

बहुमूल्य वनस्पति : रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती

नेपालअखबार, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का विजयराज पन्त गैरसहकारी संस्थाको जागिर छाडेर व्यावसायिकरुपमा रक्तचन्दन र श्रीखण्डको खेतीमा लागेका छन् । लामो समय विभिन्न गैरसहकारी संस्थामा काम गरेका उनले छ वर्षअघि जागिर छाडेर वन विभाग र वनस्पति विभागबाट अनुमति लिएर रक्तचन्दन र श्रीखण्डको खेती सुरु गरेका हुन् । जीवनभरि काम मात्रै कति गर्ने भनेर उनले न्यून लगानीमा बढी प्रतिफल आउने कृषि क्षेत्रको खोजी गरेको जानकारी दिए । “करिब छ महिना जति मैले अध्ययन गरे कुन खेती गर्दा राम्रो फाइदा होला भनेर”, उनले भने, “सबैभन्दा बढी फाइदा रक्तचन्दन, श्रीखण्ड र अगरउडमा देखे त्यसपछि यसको अध्ययनमा लागे ।” उनले छ महिना रक्तचन्दन, श्रीखण्ड र अगरउड फाइदा देखेपछि उहाँ भारतको बेङ्गोलर गएर तालिमसँगै यस खेतीको अवलोकन गरे । “भारतको बेङ्गलोरमा दुई हप्ताको तालिम लिए त्यहाँ यसबारेमा धेरै कुरा सिके”, उनले भने, “त...
जुम्लामा करिब पचास करोडको स्याउ उत्पादन
अर्थ, कृषि, समाचार

जुम्लामा करिब पचास करोडको स्याउ उत्पादन

नेपालअखबार, जुम्ला। स्याउ सुपरजोन भनेर चिनिएको जुम्लाले यस वर्ष ठूलो परिमाणमा स्याउ उत्पादन गरेको छ । कृषि विकास कार्यालय जुम्लाका अनुसार जुम्लाका आठै स्थानीय तहले राम्रो स्याउ फलाएका छन् । धेरै किसानले स्याउ टिपेर पनि बिक्री राम्रै आम्दानी लगिसकेका छन् । स्याउ व्यापारीको हतारोका कारण केही कृषकले स्याउ गुलियो, पोटिलो र परिपक्व नहुँदै टिपेर बिक्री गर्दा त्यसको परिमाणमा कमी आएको छ । यद्यपि गएका वर्षभन्दा यस वर्ष स्याउ उत्पादनमा राम्रो वृद्धि भएको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए । निमित्त कार्यालय प्रमुख अधिकारीका अनुसार चार हजार एक सय २० हेक्टर क्षेत्रफलमा स्याउखेती हुँदा २९ हेक्टर क्षेत्रफलमा १८ हजार मेट्रिक टन स्याउ स्याउ फलेको अनुमान गरिएको छ । “त्यसमा ५० प्रतिशत परिमाण घटाउँदा नौ हजार मेट्रिकटन स्याउप्रति केजी रु ५५ का दरले बाहि...
अण्डा उत्पादनमा ४० प्रतिशत गिरावट
कृषि, समाचार

अण्डा उत्पादनमा ४० प्रतिशत गिरावट

नेपाल अखबार, चितवन । दानामा भएको चर्को मूल्य वृद्धिका कारण नेपालका अण्डा उत्पादक किसान मारमा परेका छन् । दानामा भएको चर्को मूल्य वृद्धिले किसान अण्डा बिक्रीबाट न्यूनतम उत्पादन खर्चसमेत उठाउन नसकिरहेकाले उनीहरु मारमा परेका हुन् । दानामा भएको चर्को मूल्य वृद्धिले बन्दाबन्दी यता अण्डा उत्पादनमा ४० प्रतिशत गिरावट आएको नेपाल अण्डा उत्पादक सङ्घले जनाएको छ । सङ्घका अनुसार बन्दाबन्दी अघि मुलुकभर दैनिक ५० लाख गोटा अण्डा उत्पादन हुँदै आएकोमा हाल दैनिक ३० लाख गोटा अण्डा उत्पादन हुने गरेको छ । यो कूल उत्पादनको ४० प्रतिशत कमी हो । तीन वर्षदेखि वार्षिक १५ लाख गोटा अण्डा उत्पादन हुँदै आएकोमा बन्दाबन्दीपछि यसको उत्पादनमा ओरालो लागेको सङ्घले जनाएको छ । देशको कूल ग्राहस्थ उत्पादनमा पोल्ट्री व्यवसायको योगदान करिब चार प्रतिशत रहेको छ । तीमध्ये अण्डाको मात्र करिब एक प्रतिशत योगदान रहेको छ । “बन्दाबन्दी अगाडि...
मुस्ताङको स्याउ बजारतिर
कृषि, प्रदेश ४, समाचार

मुस्ताङको स्याउ बजारतिर

नेपाल अखबार, मुस्ताङ । हिमाल पारिको जिल्ला मुस्ताङको स्याउ भन्नेबित्तिकै जो कोहीको मुख रसाउँछ । बजारमा पाइने स्याउमध्ये अधिकांशको रोजाइमा मुस्ताङी स्याउ पर्ने गरेको छ । कोरोनाको महामारीसँगै पर्यटन क्षेत्र शिथिल बनेका अवस्थामा यतिखेर मुस्ताङका पर्यटन व्यवसायी वैकल्पिकरुपमा स्याउको बजारीकरणका लागि सक्रिय बनेका छन् । कोरोनाको कहरबाट पाठ सिक्दै कतिपय पर्यटन व्यवसायी यतिखेर कृषि पर्यटनलाई अघि बढाइरहेका छन् । अत्यधिक चिसो समयका अलाबा अधिकांश समय मुस्ताङमा पर्यटकलाई स्वागत गरिरहेका होटेल ग्रान्ड साम्बाला, मुक्तिनाथका सञ्चालक सुरज गुरुङ यतिखेर कृषि पर्यटनमा सक्रिय रहेका छन् । सम्बाला एग्रो फार्म शुरु गरेका गुरुङलाई अहिले भने मुस्ताङको स्याउ काठमाडौँ पठाउन भ्याइनभ्याइ छ । स्याउको नर्सरीसमेत थालेका गुरुङले मुस्ताङको मुक्तिक्षेत्रका कागबेनी, खिङ गाउँलगायतका स्थानबाट दैनिक स्याउ सङ्कलन गरी काठमाडौँ नि...
एच नाइन भाइरसबाट कुखुरा मर्न थाले
अर्थ, कृषि, समाचार

एच नाइन भाइरसबाट कुखुरा मर्न थाले

नेपाल अखबार, चितवन। कुखुरामा एच नाइन भाइरस देखिएपछि यहाँका किसानले पालेका कुखुरा धमाधम मर्न थालेका छन् । भरतपुर महानगरपालिका ६ केशरबागका किसान खेमराज पाठकले पालेका ५ हजार बढी लेयर्स जातका कुखुरा मरेका हुन् । ती मरेका कुखुरालाई सोमबार खाल्डो खनेर गाडिएको छ । केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा एच नाइन भाइरस पुष्टि भएको थियो । यसपछि मरेका कुखुरालाई गाड्ने काम गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका प्रमुख डा दयाराम चापागाईले जानकारी दिए । “काठमाडौँमा परीक्षण गर्दा एच नाइन देखियो, बर्ड फ्लु नदेखिएकाले मरेका कुखुरालाई व्यवस्थापन मात्रै गरेका छौं, नयाँलाई मारेका छैनौं ” उनले भने । रासस...
‘कृषि क्षेत्रको अभिवृद्धि: मादीको समृद्धि’ आत्मसात् गर्दै फलफूल तथा तरकारीको उत्पादनमा जोड
कृषि, समाचार, समाज

‘कृषि क्षेत्रको अभिवृद्धि: मादीको समृद्धि’ आत्मसात् गर्दै फलफूल तथा तरकारीको उत्पादनमा जोड

नेपाल अखबार, कास्की । जिल्लाको मादी गाउँपालिकाले सबै वडामा एक/एक वटा तरकारी तथा फलफूलका नर्सरी स्थापना गर्ने भएको छ । ‘कृषि क्षेत्रको अभिवृद्धि मादीको समृद्धि’ को नारालाई आत्मसात् गर्दै फलफूल तथा तरकारीको उत्पादनमा जोड दिएको गाउँपालिकाले जनाएको छ । साथै ‘एक वडा एक नर्सरी’ कार्यक्रम सञ्चालन मार्फत् पालिका भित्र तरकारी तथा फलफूलको उत्पादनमा प्रवद्र्धन गरी आत्मनिर्भर बन्ने लक्ष्य गाउँपालिकाले लिएको छ । कृषकलाई गाउँमै फलफूल तथा तरकारीको विरुवा सहज रुपमा उपलव्ध गराउन सो कार्यक्रम शुरु गरिएको हो । कोरोनाका कारणले विदेशबाट फर्किएका तथा रोजगारी गुमाएकालाई गाउँमै कृषि क्षेत्रमा स्वरोजगारका अवसरहरु सृजना गर्ने र रोजगारीका लागि विदेशिने क्रम न्यूनीकरणको गर्न कृषिलाई प्राथमिकतामा राखिएको छ । गाउँपालिकाको चालू आर्थिक वर्षको नीति कार्यक्रममा उल्लेख भएबमोजिम सम्भावना र उपलव्धतालाई मध्यनजर गरी सम्पूर्ण वड...