महाकाली सहकारीको ८ औं साधारणसभा सम्पन्न
महाकाली बचत तथा ऋण सहकारी संस्थाको ८ औं साधारण सभा सम्पन्न भएको छ । गोरखा नगरपालिका १३ मा रहेको सहकारीमा ३ सय ९० जना महिला शेयर सदस्य रहेका छन् ।सहकारीकी अध्यक्ष मित्रा परियारको अध्यक्षतामा भएको सभामा गोरखा नगरपालिका उपप्रमुख विनाकुमारी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । साधारणसभाकै अवसरमा सहकारीमा आवद्ध उद्यमशिल ४ जना महिला सम्मानित भएका छन् ।सम्मानित हुनेमा दिलमाया गुरुङ, राधा आले, टिका अधिकारी र तेज कुमारी गुरुङ रहेका छन् ।सभामा उपप्रमुख श्रेष्ठ, वडाध्यक्ष हरी बहादुर खनाल, वडासदस्य पूर्णिमा दराई, रामशाह टोल विकास संस्थाका अध्यक्ष मिन बहादुर गुरुङ लगायते बोलेका थिए ।कार्यक्रममा संस्थाका गतिविधीका बारे सचिव राजकुमारी भण्डारी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष पवित्रा भुजेलले प्रस्तुत गरेका थिए ।...
