Thursday, May 21

प्रदेश

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चैत्रमा हुने, आयोजना सिरानचोकले गर्ने
खेलकुद, प्रदेश ४, समाचार

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चैत्रमा हुने, आयोजना सिरानचोकले गर्ने

गोरखा । नवौं जिल्ला स्तरिय राष्ट्रपती रनिङशिल्ड खेलकुद प्रतियोगिता चैत महिनामा गर्ने निर्णय भएको छ । जिल्ला भित्रका अन्तरपालिका माध्यामिक विद्यालय स्तरिय खेलकुद प्रतियोगिता चैतको २५, २६ र २७ गते सिरानचोक गाउँपालिकामा गर्ने निर्णय भएको जिल्ला खेलकुद बिकास समितिका उपाध्यक्ष शान्तसिंह बस्नेतले जानकारी दिए । नवौं जिल्ला स्तरिय राष्ट्रपती रनिङशिल्ड प्रतियोगिता निर्देशक समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङको अध्यक्षतामा आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । सो प्रतियोगितामा जिल्लाका ११ वटै पालिकाका स्वर्ण र रजत पदक बिजेता विद्यार्थीहरुले सहभागिता जनाउन पाउने छन् । प्रतियोगितामा भलिबल कबडी, एथलेटिक्स् र मार्सलआर्ट विभिन्न विधामा प्रतिस्पर्धा हुने जनाइएको छ । बैठकले फागुन मसान्त भित्र सबै पालिकाले प्रतियोगिता गरी जिल्ला खेलकुद बिकास समितिमा बिजेता खेलाड...
भ्याट सहितको दोहोरो लेखा प्रणाली तालिम सम्पन्न
अर्थ, प्रदेश ४, समाचार

भ्याट सहितको दोहोरो लेखा प्रणाली तालिम सम्पन्न

गाेरखा । सदरमुकाममा भ्याट सहितको दोहोरो लेखा प्रणाली तालिम सम्पन्न भएको छ । गोरखा उद्योग बाणिज्य संघको आयोजनामा तिन दिने तालिम भएको हो । जिल्लाका बिभिन्न पालिकामा ब्यवसाय संचालन गरिरहेका तथा सेवा मूलक संघसंस्थामा आवद्ध ४१ जनालाई तालिम दिइएको हो । भ्याट सहितको दोहोरो लेखा प्रणालीको अभिलेख राख्न, ब्यवसाय वा फर्महरुको लेखा प्रणाली चुस्त दुरुस्त बनाउनुका साथै क्षमता अभिबृद्धि, वर्तमान आर्थिक नीति नियमको जानकारी गराउने लगायतका उदेश्यले तालिमको आयोजना गरिएको संघका अध्यक्ष जीवनज्योती श्रेष्ठले बताए । तालिममा गोरखा नगरपालिका, पालु्ङटार नगरपालिका आरुघाट, सिरानचोक, अजिरकोट, शहिद लखन, भिमसेन थापा, वारपाक सुलिकोट र धार्चे गाउँपालिकाका प्रमुख व्यापारिक केन्द्रहरुका विभिन्न व्यवसायमा आबद्ध ४१ जनाको सहभागीता रहेको थियो । शुक्रबारदेखि सुरु भएको तालिमको आइतबार समापन गरिएको संघका कार्यालय ...
महराको अन्तिम सुनुवाइ जारी, आजै फैसला हुनसक्ने
प्रदेश ३, समाचार, हाइलाइट-समाचार

महराको अन्तिम सुनुवाइ जारी, आजै फैसला हुनसक्ने

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा पुर्पक्षका लागि जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा आज अन्तिम सुनुवाइ भइरहेको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलासमा आइतबार मुद्दाको सुनुवाइ भइरहेको छ। अहिले  महरा पक्षका वकिलहरूले बहस गरिरहेको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार आनन्दराज श्रेष्ठले जानकारी दिए। उनका अनुसार सरकारी वकिलको बहस यसअघि नै सकिइसकेको छ। ‘अरू कुनै कुरा झिकाउने आदेश नभए आजै फैसला हुन सक्छ,’ श्रेष्ठले भने। यसअघि महराले आफूलाई जेल पठाउने जिल्ला अदालत काठमाडौंको फैसलाविरूद्ध पाटन उच्च अदालतमा निवेदन दिएका थिए। उच्च अदालतले जिल्लाको फैसलालाई सदर गरिदिएको थियो। उच्चले महिना दिनभित्र उक्त मुद्दाको अन्तिम टुंगो लगाउन पनि भनेको थियो।...
सप्तरीमा विश्व इस्लामिक सम्मेलन सुरु, लाखौको सहभागिता (फाेटाे फिचरसहित)
धर्म/संस्कृति, प्रदेश २, समाचार, हाइलाइट-समाचार

सप्तरीमा विश्व इस्लामिक सम्मेलन सुरु, लाखौको सहभागिता (फाेटाे फिचरसहित)

गोरखा । सप्तरीको बोदेबरसाइन नगरपालिका–५ जाजरमा विश्व इस्लामिक सम्मेलन (इज्तेमा) सुरु भएको छ । शनिबारदेखि सुरु भएको सम्मेलन तिन दिनसम्म चल्ने बताइएको छ । सम्मेलन अर्थात इज्तेमामा सहभागी हुन विश्वका बिभिन्न देशबाट लाखौको संख्यामा मुस्लिम समुदाय सप्तरी आएका छन् । इज्तेमामा हाल भारत लगायतका मुलुकबाट आएका बिशिष्ट धार्मिक गुरुहरुबाट प्रवचन भइरहेको सहभागी मोहम्मद याकुव मियाँले सिभिलखबरलाई जानकारी दिएका छन् ।हेर्नुस ७ तस्विरमा इज्तेमा ।...
आश्रमका बालबालिकाहरुको दन्त परीक्षण
प्रदेश ४, समाचार, स्वास्थ्य

आश्रमका बालबालिकाहरुको दन्त परीक्षण

गोरखा । मानव सेवा आश्रममा रहेका बालबालिकाहरुको निशुल्क दन्त परीक्षण भएको छ । शनिवार संगम मेडिहेल्थ क्लिनिक गोरखाका दन्त चिकित्सकहरुले ३० जना बालबालिकाहरुको दाँत,गिजा र मुख सम्बन्धी जाँच गराएका हुन् । सो अवसरमा आश्रमका बाललिकाहरुलाई मन्जन ब्रस, साबुन, रुमाल लगायतका सरसफाईका सामग्री वितरण गरिएको संगम मेडिहेल्थ क्लिनिक सञ्चालक संगमबाबु श्रेष्ठले जानकारी दिए । उक्त क्लिनिकले दन्त सेवा सुरु गरेको अवसरमा आश्रमका बालबालिकाहरुलाई निशुल्क सेवा दिएको हो । यसैविच दाँत, गिजा र मुख सम्बन्धी समस्या देखिएका बालबालिकाहरुलाई थप उपचार पनि निशुल्क गराउने उनले जानकारी दिए । यस अघि संगम मेडिहेल्थ क्लिनिकले त्यहाँ रहेका बालबालिकाहरुको रक्त समूह पहिचान पनि गरिदिएको थियो । मानसिक रोग विशेषज्ञ डा.जयबहादुर खत्रीद्धारा उद्धार गरिएका मानिसहरुको निशुल्क मानसिक उपचार सेवा समेत उपलब्ध गराउँदै आएको श्रेष्ठले ब...
बिप्लवका गोरखा सेक्रेटरी वली सहित २ पक्राउ
प्रदेश ४, राजनीति, हाइलाइट-समाचार

बिप्लवका गोरखा सेक्रेटरी वली सहित २ पक्राउ

गोरखा । नेत्र विक्रम चन्द बिप्लवका गोरखा सेक्रेटरी लोकबहादुर वली सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङको तुलसीपुर घर भई हाल बिप्लव समुहका गोरखा सेक्रेटरीको जिम्मेवारीमा रहेका वली सहित जिल्ला सदस्य कृष्ण पन्तलाई जिल्ला प्रहरी कार्यालय गोरखाको टोलीले गोरखा नगरपालिका १३ स्थित मझुवादेउरालीबाट शुक्रबार पक्राउ गरेको बताएको छ । पक्राउ परेका जिल्ला सदस्य पन्त भने गण्डकी गाउँपालिका ४ फुजेलका रहेको प्रहरीको भनाई छ । बिभिन्न जिल्लामा अवाञ्छित कृयाकलाप संलग्न रहेको आरोपमा उनिहरुलाई प्रहरीले केहि समययता खोजतलास गरिरहेको र शुक्रबार मझुवाबाट निययन्त्रणमा लिई खानतलासी गर्दा विप्लव समुहको राजनैतिक प्रतिवेदन, पार्टीको झण्डा, चन्दा रसिद सहित नगद ३२ हजार, ३ थान मोबाइल र सिमकार्डहरु भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उनिहरुलाई नियन्त्रण लिइ थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।...
बुढीगण्डकी आयोजना ! पुर्नवासको रणनीति बन्दैछ ः प्रचण्ड (भिडियो सहित)
अर्थ, प्रदेश ४, राजनीति, समाचार, हाइलाइट-समाचार

बुढीगण्डकी आयोजना ! पुर्नवासको रणनीति बन्दैछ ः प्रचण्ड (भिडियो सहित)

गोरखा । राष्ट्रिय गौरवका रुपमा लिइएको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाले अब गति लिने पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । प्रथम शहिद लखन थापा र जयसिंह चुमी राना मगरको १४३ औं स्मृती दिवशका अवसरमा शहिद लखन गाउँपालिका ७ को बुंकोटमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आयोजना निर्माणको प्रकृया अघि बढाएको बताए । ‘आयोजनामा केहि समस्या र जटिलता थिए, ति सबै हटिसकेको छ’ प्रचण्डले भने ‘आयोजनाबाट विस्थापितका लागि सरकारले नै पुर्नवासको ब्यवस्था मिलाउछ, त्यसका लागि रणनीति बन्दैछ ।’ बुढीगण्डकी गोरखा र धादिङको मात्रै नभई सिंगो देशकै गौरवको आयोजना भएको उनले बताए । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष समेत रहेका उनले सरकारले सोचेजस्तो गति लिन नसकेको बताएका छन् । ‘हामीले सोचे अनुसार विकासले गति लिन नसकेको पक्कै हो’ उनले थपे ‘सबै कुरा एकै चोटी सम्भव हुदैन, तर अब ढिला ग...
आगलागीबाट १८ लाख भन्दा बढिको क्षति
प्रदेश ४, समाज

आगलागीबाट १८ लाख भन्दा बढिको क्षति

गाेरखा । धार्चे गाउँपालिका–५ सिङ्लामा बुधबार आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । स्थानीय सुरमान गुरुङको घरमा खाना पकाउने क्रममा बालिएको आगो फैलिएर उक्त घटना भएको प्रहरीले जनाएको छ । आगलागीबाट ढुङ्गा माटो र जस्ताले बनेको एक तले घर पूर्ण रुपमा क्षति भएको छ । घरमा रहेको ७५ हजार नगद, लत्ताकपडा, भाँडा वर्तन समेत जलेर नष्ट भएका छन् । आगलागीबाट घर सहित अनुमानित १८ लाख ३८ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । स्थानीयले आगो नियन्त्रणमा लिएकाले अन्य क्षति भने हुन नपाएको प्रहरीले बताएको छ । यसैवीच नेपाल रेडक्रस सोसाइटी गुम्दा उपशाखाले आगलागी पिडित परिवार खाद्यन्न र भाडाकुँडा राहत स्वरुप उपलब्ध गराएको जिल्ला शाखा गोरखाले जानकारी दिएको छ ।...
गण्डकीमा काँग्रेसको प्रशिक्षण तथा अन्तरक्रिया
प्रदेश ४, राजनीति, समाचार

गण्डकीमा काँग्रेसको प्रशिक्षण तथा अन्तरक्रिया

गाेरखा । नेपाली काँग्रेस गोरखाले गण्डकी गाउँपालिकामा अगुवा कार्यकता प्रशिक्षण तथा अन्र्तक्रिया कार्यक्रम सुरु गरेको छ । शुक्रबार वडा नम्बर २ तालिङ्चोकमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली काँग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले काँग्रेस जरा देखि नै बलियो हुनु पर्ने अबस्था आएको बताए । अरुलाई दोष देखाएर आफु उम्कने अबस्था नरहेको भन्दै उनले लोकतन्त्र जोगाउन युवा शक्ति लाग्नु पर्नेमा जोड दिए । वडा सभापती दिपबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व जिल्ला सभापती वुद्धिप्रसाद लामिछाने, जिल्ला सदस्य तोकमान श्रेष्ठ, गण्डकी गाउँपालिका सभापती रामनारायण श्रेष्ठ, आमन्त्रित जिल्ला सदस्य भीमप्रसाद अर्याल, चन्द्रबहादुर गुरुङ, वडा सदस्य देउबहादुर गुरुङ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा सहभागीलाई नेपाली काँग्रेसको विधान, नियमावलीको बारेमा जिल्ला सदस्य विश्वदेव श्रेष्ठ,...
नागरिक समाज र सञ्चार माध्यम वीच सहकार्यमा जोड
प्रदेश ४, समाचार, समाज

नागरिक समाज र सञ्चार माध्यम वीच सहकार्यमा जोड

गाेरखा । सञ्चार माध्यम र नागरिक समाज थप संगठित हुनु पर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले जिल्ला सरमुकाममा गरेको ‘नागरिक समाज र सञ्चार जगत वीच सहकार्यका अवसर र चुनौती’ विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै जिल्लाका सरोकारवालाहरुले त्यस्तो बताएका हुन् । नागरिक समाज अधिकारले प्राप्तीको लढाइँमा मात्र केन्द्रित रहने प्रवृती अन्त्य गर्नुपर्ने उनीहरुको भनाई छ । भष्ट्राचार, अनियमिता, ढिलासुस्ती, प्राकृतिक स्रोत साधनको दुरुपयोग लगायतका कुराको बिरुद्धमा आमसञ्चार माध्यम र नागरिक समाज एक भएर आवाज उठाउनु पर्ने अधिकाशं वक्ताहरुको जोड छ । मानव अधिकार सञ्जालका अध्यक्ष यदु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा ‘नागरिक समाज र सञ्चार जगत वीच सहकार्यका अवसर र चुनौती’ विषयक कार्यपत्र प्रस्तुत गरिएको थियो । सो अवसरमा नागरिक साझा सबालका संयोजक स्था...