पहिलो पटक अन्तरिक्षमा हिँड्दै अरबी अन्तरिक्षयात्री
नेपालअखबार, काठमाडौं। यहीँ अप्रिल २८ को दिन संयुक्त अरब इमिरेट्सका अन्तरिक्ष सुल्तान अल नेयादीका लागि एक ऐतिहासिक दिन हुनेछ । नेयादीले सो दिन अन्तराष्ट्रिय स्पेस स्टेशन बाहिर ‘स्पेस वाक’ गर्नेछन् । यो सँगै उनी अन्तरीक्षमा हिड्ने अरब जगतको पहिलो अन्तरिक्ष बन्नेछन् ।
नेयादीले अमेरिकी अन्तरीक्ष संस्था नासाको न्युट्रल बोएन्सी ल्याबमा पानीमुनि स्पेसवाकको तालिम लिएका छन् । गत मार्च ३ तारेखको दिन पनि अल नेदायीको लागि निकै खास थियो, किनकी पृथ्वीको कक्षमा त्यो उनको पहिलो दिन थियो । तर पृथ्वीको बाहिरको उनको अनुभव अप्रिल २८ मा झनै विशेष हुनेवाला छ ।
कुनै पनि अरबी अन्तरिक्षका लागि साढे ६ घण्टाको उक्त Extravehicular Activity (EVA) गर्नु पहिलो अवसर हुनेछ ।
नेयादीको उक्त अन्तरीक्ष हिँडाइसँगै युएइले पनि कीर्तिमान कायम गर्नेछ । योसँगै युएई आफ्ना नागरिकलाई अन्तरीक्षमा हिँडाउने विश्वको दशौँ देश बन्न...










