Tuesday, November 4

प्रशासन

जाँचबुझ आयोगका पदाधिकारीविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी
प्रशासन, समाचार

जाँचबुझ आयोगका पदाधिकारीविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी

नेपालअखबार,काठमाडौं । गत भदौमा भएको जेनजी आन्दोलनको छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी भएको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध परेको रिटमा बुधबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । साथै, विपक्षीलाई छलपलमा झिकाउने आदेश पनि जारी भएको छ । अधिवक्ता ढकालले रिटमा कार्की र शर्मामाथि जाँचबुझको विषयवस्तुवारे सार्वजनिक धारणा र दृष्टिकोण सार्वजनिक गरेर पूर्वाग्रहीपन देखाएको आरोप लगाएका थिए । उनले अन्तरिम आदेशमार्फत पदाधिकारीहरूलाई काम गर्न रोक लगाउनुपर्ने माग गरेका थिए । जाँचबुझ आयोगका पदाधिकारीहरूले न्यायिक मन प्रयोग गर्नुपर्नेमा घटनाका बारेमा पहिले नै धारणा सार्वजनिक गरिसकेकाले उनीहरूबाट पूर्वाग्रहीरहित रुपमा काम हुन नसक्ने जिकिर रिट निवेद...
विदेशमा भएका नेपालीलाई भोट हाल्ने अधिकार दिन अध्यादेश ल्याउने सरकारको तयारी
प्रशासन, समाचार

विदेशमा भएका नेपालीलाई भोट हाल्ने अधिकार दिन अध्यादेश ल्याउने सरकारको तयारी

नेपालअखबार,काठमाडौँ । विदेशमा भएका नेपाली नागरिकलाई मतदानको अधिकार दिने विषयमा आवश्यक कानुनी प्रबन्ध गर्ने विषयमा गृह मन्त्रलायले निर्वाचन आयोगसँग छलफल गर्ने भएको छ। गृह मन्त्रालयले विदेशमा भएका नेपालीहरूलाई भोट हाल्ने अधिकारका लागि केही निर्वाचन सम्बन्धी कानुन संशोधन सम्बन्धी अध्यादेशको मस्यौदा समेत तयार पारेको छ। ‘विदेशमा भएका नेपालीलाई मत हाल्न दिन कानुनी प्रबन्ध गर्ने विषयमा छलफल भइरहेको छ,’ रिजालले भने, ‘प्रारम्भिक मस्यौदा भएको छ। हामी निर्वाचन आयोगसँग छलफल गर्दैछौँ।’ अन्तिम मतदाता नामावलीमा नाम भएका र विदेशमा भएका नेपालीहरूलाई मतदानको अधिकार प्रदान गर्ने गरी मस्यौदा बनेको रिजालले बताए। सर्वोच्च अदालतले यसअघि नै विदेशमा भएका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विदेशमा भएका नेपालीहरूलाई मतदानको अधिकार प...
पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
प्रशासन, समाचार

पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

नेपालअखबार,काठमाडौँ । जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । सुन तस्करीमा पक्राउ परेका पूर्वसभामुख महराको थुनछेक बहसपछि जिल्ला अदालतले बुधबार यस्तो आदेश गरेको हो । जिल्लाको यो आदेशपछि महरा थुनामै बस्ने भएका छन् । जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई थुनामा पठाउने आदेश गरेको जिल्ला अदालतका सूचना अधिकार दिपक श्रेष्ठले जानकारी दिए । महरा विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका थिए । मंगलबार क्षेत्रीको इजलासमा बयान भएको थियो । बहस नसकिएपछि उनलाई हिरासतमै फर्काएर बुधबार थुनछेक बहस भएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले माओवादी केन्द्रका नेता महरालाई आइतबार पक्राउ गरेको थियो । सोमबार अभियोगपत्रसाथ जिल्ला अदालत पेस गरिएको थियो । महराविरुद्ध भन्सार छली र स...
फागुन २१ मा हुने चुनावको कार्यतालिका सार्वजनिक
प्रशासन, समाचार

फागुन २१ मा हुने चुनावको कार्यतालिका सार्वजनिक

नेपालअखबार,काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । आयोगको सोमबारको बैठकले कार्यतालिका स्वीकृत गरेको हो । स्वीकृत कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि रहनेछ । फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने कार्यक्रम रहेको छ । समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुस १८ र १९ गते बन्दसूची पेश गर्ने आयोगको कार्यक्र...
कोशी ब्यारेजका ५० ढोका खोलिए
प्रशासन, समाचार, समाज

कोशी ब्यारेजका ५० ढोका खोलिए

नेपालअखबार,सुनसरी । अविरल वर्षातका कारण सप्तकोशी नदीमा जलवहाव बढ्दै गएपछि कोशी ब्यारेजका ५०  ढोका खोलिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले कोशी ब्यारेजमा पानीको वहाव प्रतिसेकेण्ड ३ लाख ३५ हजार पुगेपछि ब्यारेजका ५६ ढोकामध्ये ५० खोलिएको जानकारी दिए । उनका अनुसार आज बिहान ८:१५ बजे सो नदीको जलवहाव मापन गरिएको थियो । आज बिहान ७ः०० बजे सो नदीको जलवहाव मापन गर्दा दुई लाख ७१ हजार ३१० क्यूसेक पुगेपछि ३९ ढोका खोलिएको थियो  । शनिबार बेलुका ८ः०० बजे पानीको प्रवाह मापन गर्दा एक लाख ९३ हजार ६० प्रतिसेकेण्ड पाइएपछि १५ ढोका खोलिएको थियो । गत भदौ १७ गते नदीमा पानीको वहाव उच्च हुँदै जाँदा कोशी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको थियो । यसपछि लगातार पानीको वहाव घटेको थियो । शुक्रबार र शनिबार लगातार बर्षा भइरहेको कारण आज बिहानदेखि सप्तकोशीमा पानीको वहाव बढ्दै गएको प्रवक्त...
काठमाडौं उपत्यकाका नदी करिडोरमा साँझ ६ बजेदेखि सवारी आवागमनमा रोक
प्रशासन, समाचार, समाज

काठमाडौं उपत्यकाका नदी करिडोरमा साँझ ६ बजेदेखि सवारी आवागमनमा रोक

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँ उपत्यकाका नदी खोला किनारका सडक (करिडर सडक)मा साँझ ६:०० देखि बिहान ६:०० बजेसम्म सवारी आवागमनमा रोक लगाउन आग्रह गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा भइरहेको जनाउँदै करिडोर सडकमा आवागमन रोक लगाउन उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको हो। आज राति वर्षाको मात्रा अझै बढ्न गई नदी खोलामा पानीको तह थप बढ्ने एवं नदी खोला किनारका सडक डुबानमा परी जोखिम बढ्ने सम्भावना रहेको उल्लेख गर्र्दै प्राधिकरणले सतर्क रहन भनेको हो । ‘सम्भावित जोखिम कम गर्न काठमाडौँ उपत्यकाका नदी खोला किनारका सडक (करिडर सडक) मा आज साँझ ६:०० बजेदेखि भोलि बिहान ६:०० बजेसम्म सवारी आवागमनमा आवश्यकतानुसार रोक लगाउनु हुन निर्णयानुसार अनुरोध छ’, प्राधिक...
पर्यटकलाई पदयात्रामा नजान प्रशासनको आग्रह
प्रशासन, समाचार

पर्यटकलाई पदयात्रामा नजान प्रशासनको आग्रह

नेपालअखबार,कास्की ।  जिल्ला प्रशासन कार्यालय कास्कीले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको छ । प्रशासनले आजदेखि आगामी असोज २० गतेसम्म देशभर तथा गण्डकी प्रदेशमा समेत मध्यमदेखि भारी वर्षाको प्रक्षेपण गरिएकाले हिमपातको सम्भावना रहेकाले पदयात्रीहरूलाई सो आग्रह गरेको हो । विश्व प्रख्यात अन्नपूर्ण आधार शिविर (एविसी), मर्दी हिमाल आधार शिविर, मोडल माछापुच्छ्रे ट्रेक, कपुचे पदयात्रा तथा खुमईलगायत क्षेत्रमा पदयात्रामा नजानका लागि सार्वजनिक सूचनामार्फत सचेत गराइएको सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताए । उनले भने, “उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । त्यसैले जीउज्यानको सुरक्षालाई ध्यान दिएर ‘ट्रेकिङ’का लागि पदयात्रा क्षेत्रका कुनै पनि स्थानमा ननिस्कन भनेर आग्रह गरेका हौँ ।” दसैँको बिदाका कारणले वि...
शान्ति, सुव्यवस्था र सुरक्षा कायम राख्न गृह मन्त्रालयको अनुरोध
प्रशासन, समाचार

शान्ति, सुव्यवस्था र सुरक्षा कायम राख्न गृह मन्त्रालयको अनुरोध

नेपालअखबार,काठमाडौं । गृह मन्त्रालयले समाजमा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न सबैलाई अनुरोध गरेको छ । आज एक विज्ञप्ति जारीगरी मन्त्रालयले आमनिर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेको सन्दर्भमा सभा, सम्मेलन, बैठक एवं विरोधका कार्यक्रम गर्दा शान्तिपूर्ण ढङ्गबाट गर्न आग्रह गरेको हो ।‘नेपालको राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणलगायतका माग राखी गत भदौ २३ र २४ गते जेनजी युवाको अगुवाइमा भएको आन्दोलनपछि नयाँ सरकार गठन भई आमनिर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस अवस्थामा सभा, सम्मेलन, बैठक एवं विरोधका कार्यक्रम सञ्चालन गर्दा अहिंसात्मक हुनेगरी शान्तिपूर्ण ढङ्गबाट अन्य पक्षलाई असर नपर्ने एवं उक्साहट नहुनेगरी गर्नु भई समाजमा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्नुहुन सबैमा अनुरोध गरिन्छ ।’...
वन्यजन्तु नियन्त्रण गर्न स्वचालित बत्ती जडान
प्रशासन, समाचार, समाज

वन्यजन्तु नियन्त्रण गर्न स्वचालित बत्ती जडान

नेपालअखबार, कञ्चनपुर । वन्यजन्तु नियन्त्रणका लागि शुक्लाफाँटा नगरपालिका–७ मा ५८ वटा स्वचालित (सेन्सरयुक्त)बत्ती जडान गरिएको छ । बत्ती जडान भएपछि बस्तीमा पसेर क्षति गर्ने जङ्गली जनावर नियन्त्रणमा सहयोग पुगेको छ । तराई भू–परिधि तथा संरक्षण कार्यक्रमअन्तर्गत सुनदेवी उपभोक्ता समितिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउछाउका बस्तीमा २९ वटा पोलमा बत्ती जडान गरेको हो । समितिका अध्यक्ष भरतबहादुर विष्टका अनुसार बत्तीको प्रकाशले निकुञ्ज हुँदै बस्तीमा प्रवेश गर्ने जनावर टाढैबाट देख्न सकिन्छ । “यो कार्यले बालीनाली जोगाउन मात्र होइन, जनावर भगाउन पनि सहज भएको छ, मानवीय क्षति न्यूनीकरणमा पनि मद्दत पुगेको छ”, अध्यक्ष विष्टले भने । उनका अनुसार बस्ती क्षेत्रमा हात्ती, बँदेल, नीलगाई, चितललगायतका वन्यजन्तु प्रायः प्रवेश गर्ने गरेका छन् । बत्तीको सँगै समितिले करिब तीन किलोमिटर क्षेत्रमा मेसवायर समेत जडान ग...
हामी नेपालले भन्यो– नेपाली सेनाप्रति ऋणी रहनेछौं
प्रशासन, समाचार

हामी नेपालले भन्यो– नेपाली सेनाप्रति ऋणी रहनेछौं

नेपालअखबार,काठमाडौं । सरकार ढाल्ने गरी जेनजी युवाहरुको प्रदर्शनको नेतृत्व गरेको हामी नेपाल नामको संस्थाले नेपाली सेनालाई धन्यवाद दिएको छ । कठिन समयमा देशको उद्धार गरेको भन्दै हामी नेपालले नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देललाई धन्यवाद दिएको हो । सुदन गुरुङ नेतृत्वको हामी नेपालले प्रधानसेनापति अशोकराज सिग्देलको भूमिकाको प्रशंसा गर्दै भनेको छ, ‘हामी नेपालीहरु सधैं नेपाली सेनाप्रति ऋणी रहनेछौं ।’ सरकारले गरेको सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी युवाहरुले भदौ २३ र २४ गते गरेको प्रदर्शनमा जनधनको क्षति भएपछि नेपाली सेनाले सुरक्षा कमाण्ड हातमा लिएको थियो । साथै प्रधानसेनापति सिग्देलको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्याधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन गरेका छन् ।हालको संसद विघटन समेत भएको छ र अब ताजा जनादेशका लागि आगामी फागुन २१ गते...