देवानगञ्ज क्षेत्रका नाकाबाट खुलेआम तस्करी, सशस्त्र प्रहरीको नाङ्गो चाल
नेपालअखबार,सुनसरी ।पाकिस्तान–भारत युद्धको निहुँमा सुनसरीका सिमा नाकामा कडाइ गरिएको सशस्त्र प्रहरीको दाबी देवानगञ्ज क्षेत्रका नाकामा आएर धज्जी उडेको छ। "सीमामा देखावटी ड्युटी र खुलेआम तस्करी" यही ‘फर्मुला’ मा देवानगञ्ज नाका चलिरहेको पुष्टि स्थानीय स्रोतले गरेको छ।
केही दिनअघिको व्यापक तस्करी प्रकरण सेलाउन नपाउँदै फेरि रातारात तस्करीका सामान इनरुवा सदरमुकामसम्म पुग्ने क्रम रोकिएको छैन। विशेषगरी निरीक्षणमा उच्च प्रहरी अधिकृतको टोली आउँदा सीमामा ड्युटी कडाइ गरेजस्तो देखाउने तर उनीहरू फर्किएलगत्तै पुरानै शैलीमा आर्थिक लेनदेनका आधारमा तस्करी गराउने काम बाक्लिँदो रहेको छ।
स्थानीयवासी र सुरक्षास्रोतहरूका अनुसार उच्च अधिकारीहरु अनुगमनमा आउनु अघि नै तस्करहरूलाई सूचना पुग्छ। अनि निरीक्षण सकिएपछि देवानगञ्ज क्षेत्रका नाकाहरु पुनः तस्करीको खुला मैदान बन्छ। तस्करी रोक्न खटाइएको सशस्त्र प्रहरी नै तस...










