Monday, August 3

प्रशासन

पाकिस्तानलाई गुप्तचर जानकारी दिएको आरोपमा भारतमा अर्का युट्युबर पक्राउ
प्रशासन, विदेश, समाचार

पाकिस्तानलाई गुप्तचर जानकारी दिएको आरोपमा भारतमा अर्का युट्युबर पक्राउ

नेपालअखबार,नयाँ दिल्ली । पाकिस्तानलाई गुप्तचर जानकारी उपलब्ध गराएको आरोपमा पञ्जाब प्रहरीले युट्युबर जसवीर सिंहलाई पक्राउ गरेको छ । उनलाई बिहीबार मोहाली अदालतमा पेस गरिएको थियो । पञ्जाबका प्रहरी महानिर्देशक गौरव यादवले रुपनगर जिल्लाको महालन गाउँका बासिन्दा जसवीरले 'जान महल' नामक युट्युब च्यानल चलाएका बताइएको छ । अनुसन्धानका क्रममा उनको सम्बन्ध पाकिस्तानी गुप्तचर अपरेटिभ (पीआईओ) शाकिर उर्फ जट्ट रन्धावासँग रहेको पत्ता लागेको प्रहरीको दाबी छ । आरोपी युट्युबर ज्योति मल्होत्रा र पाकिस्तानी नागरिक तथा पाकिस्तानी उच्चायोगका निष्काशित अधिकारी एहसान–उर–रहीम उर्फ दानिशसँग सम्पर्कमा रहेको गौरव यादवले भनेका छन् । दानिशको निमन्त्रणामा जसवीर दिल्लीमा पाकिस्तान राष्ट्रिय दिवस कार्यक्रममा पनि सहभागी भएका थिए । जसवीरले पाकिस्तानी सेनाका अधिकारीहरू र भ्लगरहरूलाई भेटेको भनिएको छ । ज्योति मल्होत्...
महानगर प्रहरी प्रमुख पाण्डे ६ महिनाका लागि निलम्बित
प्रशासन, समाचार

महानगर प्रहरी प्रमुख पाण्डे ६ महिनाका लागि निलम्बित

नेपालअखबार, काठमाडौँ । काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे निलम्बनमा परेका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरुगाईले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् । पाण्डेले आफूले मङ्गलबार निलम्बनको पत्र बुझेको पुष्टि गरे । उनले आफूले महानगरमा राम्रो काम गर्दागर्दै निलम्बन गरिएको गुनासो गरे । उनलाई गत जेठ ६ गते स्पष्टीकरण सोधिएको थियो । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आफ्नो जिम्मेवारी सम्हाल्न महानगर जाँदा अवरोध गर्न भूमिका खेलेको आरोप पाण्डेमाथि लागेको थियो ।  गुरागाईँले  पाण्डेलाई   सात बुँदे  स्पष्टीकरण   सोधेका थिए । स्पष्टीकरणमा कर्मचारीका रुपमा आफूले पालना गर्नुपर्ने आचरण तथा अनुशासन समेत पालना नगरेको, सञ्चार माध्यममा अनधिकृत बयानवाजी गरेको, जनप्रतिनिधिहरूसँग मुखमुखै लागि अमर्यादित व्यवहार देखाएको, वातावरण शान्त पार्ने उद्देश्यले दिएको आदेश पा...
थाइल्याण्डबाट १० किलो गाँजा बोकेर आएका २ जना विमानस्थलमा समातिए
अपराध, प्रशासन, समाचार

थाइल्याण्डबाट १० किलो गाँजा बोकेर आएका २ जना विमानस्थलमा समातिए

नेपालअखबार, काठमाडौं । थाइल्याण्डबाट १० किलो ४२० ग्राम लागु औषध गाँजा बोकेर आएका दुई जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा थाइल्याण्डका नागरिक ४३ वर्षीय सोमसाक पचा र भारतीय नागरिक २९ वर्षीय पेरेरा गिफिन छन् । उनीहरुलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेको हो । सोमबार राति नेपाल एअर लाइन्सको उडानमार्फत उनीहरु काठमाडौं आएका थिए । पक्राउ परेका दुबै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरमा पठाइएको छ ।...
बढी भाडा लिने इन ड्राइभ चालक परे प्रहरी कार्वाहीमा
प्रशासन, समाचार

बढी भाडा लिने इन ड्राइभ चालक परे प्रहरी कार्वाहीमा

नेपालअखबार,पोखरा । सार्वजनिक यातायात व्यवसायीहरुको आन्दोलनको क्रममा पोखरामा संचालन भएका राइड शेयरिङ एप अन्र्तगत इन ड्राइभका केही चालकहरुलाई प्रहरीले कार्वाही गरेको छ । पोखरामा राइड शेयरिङमा चर्को मुल्य तिर्न यात्रु बाध्य, नियमन नहुँदा यात्रु ठगिदै भन्ने शिर्षकमा पोखराक्लिकलाई आइतबार बिहान समाचार प्रकाशन गरेसंगै आइतबार बेलुका यात्रुसंग बढी भाडा अशुल्ने इन ड्राइभ चालकहरुलाई प्रहरीले कार्वाही गरेको हो । पोखराक्लिकको समाचारसंगै केही संचार माध्यम एवं यात्रीहरुको गुनासोको आधारमा कास्की प्रहरीले पोखराका विभिन्न ठाउँबाट आठ वटा सवारी साधनसहित नियन्त्रणमा लिएर कार्वाही गरेकोे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हरी बहादुर बस्नेतले पोखराक्लिकलाई बताउनु भयो । पक्राउमा परेका ८ जना चालकहरुलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरी छाडिएको प्रवक्ता बस्नेतले जनाउनु भयो । गण्डकी प्रदेश सरका...
सरकार र यातायात व्यवसायीबिच सिंहदरबारमा वार्ता
प्रशासन, समाचार

सरकार र यातायात व्यवसायीबिच सिंहदरबारमा वार्ता

नेपालअखबार,काठमाडौँ । सरकार र आन्दोलनरत यातायात व्यवसायीबिच गृह मन्त्रालयमा वार्ता सुरु भएको छ । गृहमन्त्री रमेश लेखकको अगुवाइमा व्यवसायी र सरकारबिच यातायात खुलाउने बारेमा छलफल सुरु भएको हो । व्यवसायीले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गर्दै सोमबारबाट यातायात नचलाउने घोषणा गरेका छन् । सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणाले जनजीवन प्रभावित बनेको छ । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ले आइतबार सूचना जारी गर्दै सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने घोषणा गरेको थियो ।...
साउदी अरबमा २ लाख ६९ हजार हज यात्रीलाई मक्का प्रवेशमा रोक
धर्म/संस्कृति, प्रशासन, विदेश, समाचार, हाइलाइट-समाचार

साउदी अरबमा २ लाख ६९ हजार हज यात्रीलाई मक्का प्रवेशमा रोक

नेपालअखबार,जेद्दाह । साउदी अरबको सरकारले अनुमति बिना हज गर्न खोज्ने दुई लाख ६९ हजार ६७८ हज यात्रीहरूलाई मक्का प्रवेश गर्नबाट रोकेको छ । हज यात्रालाई सुरक्षित र व्यवस्थित राख्न यो कदम चालिएको हो । हरेक वर्ष लाखौँ मानिसहरू त्यहाँ हजको लागि जान्छन् । यति बेला ठुलो जमातमा मानिसहरू जान्छन् जसका कारण अनेकौँ सुरक्षा समस्याहरू निम्तिन्छन् । गत वर्ष चर्को गर्मीका कारण हजका क्रममा धेरै मानिसहरूले ज्यान गुमाएका थिए, जसमा अनुमति बिना आएकाहरूको ठुलो संख्या पनि समावेश थियो । अनधिकृत यात्रुहरूको भीडका कारण यस्ता घटनाहरू बढी हुने सरकारको भनाइ छ । सरकारले अनुमति बिना हज गर्नुलाई अपराध मानिने र यसका लागि सजाय पनि तोकेको स्पष्ट पारेको छ । जसमा ५ हजार डलरसम्मको जरिवाना पनि छ  । सरकारले साउदी नागरिक र प्रवासी दुवै विरुद्ध कारबाही गर्नेछ । हज नियम तोड्ने २३ हजारभन्दा बढी व्यक्तिहरूलाई जरिवाना गरिए...
रेलसेवाको अध्ययन र विकासबारे कोरियामा छलफल
प्रशासन, समाचार

रेलसेवाको अध्ययन र विकासबारे कोरियामा छलफल

नेपालअखबार,काठमाडौँ । दक्षिण कोरिया भ्रमणमा रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले त्यहाँको यातायात तथा रेल सेवा विस्तार सम्बन्धीको छलफललाई संशोधन गरेका छन्। भ्रमणका क्रममा मन्त्री दाहालले कोरेल कर्पोरेशनको कार्यालयमा पुगी छलफल तथा अन्तरक्रिया गरेका हुन् । मन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधि मण्डलसँग त्यहाँका उच्च अधिकारीहरूले नेपालमा रेल सेवाको अध्ययन र अनुसन्धानका लागि हुने सक्ने सहकार्यका बारेमा प्रकाश पारेका थिए । यस अघि नेपाल भ्रमणमा आएका कोरेलका अधिकारी एवम् नेपालको रेल विभाग तथा लगानी बोर्डका अधिकारीहरू बिच समेत नेपालमा रेल सेवाको विकास र अध्ययनका बारेमा छलफल भएको थियो । उक्त छलफल पश्चात् भएका समझदारीहरूका बारेमा समेत भेटमा कुराकानी भएको भ्रमण दलका सदस्य मनोज दाहालले जानकारी दिए । यस्तै भ्रमणका क्रममा कोरियन एक्सप्रेस वे कर्पोरेशनका अधिकारीहरूसँग भ...
पाकिस्तानले ‘फाइटर जेट’ खसालिदिएको कुरा भारतले पहिलो पटक स्वीकार गर्‍यो
प्रशासन, राजनीति, विश्व, समाचार

पाकिस्तानले ‘फाइटर जेट’ खसालिदिएको कुरा भारतले पहिलो पटक स्वीकार गर्‍यो

नेपालअखबार, काठमाडौं । भारतले आफ्नो फाइटर जेट पाकिस्तानले खसालिदिएको कुरा पहिलोपटक स्वीकार गरेको छ। गत महिना पाकिस्तानसँगको संघर्षका क्रममा भारतको फाइटर जेट खसेको कुरा भारतीय सशस्त्र बलका रक्षा प्रमुख अनील चौहानले स्वीकार गरेका हुन्। चार दिनसम्म भएको भारत-पाकिस्तान संघर्षमा पाकिस्तानले भारतको ६ वटा लडाकू विमान खसालिदिएको दाबी गरेको थियो। त्यसमा भारतले लगातार अस्वीकार गर्दै आएको थियो। शनिबार चौहानले भने घुमाउरो पाराले पाकिस्तानले भारतको लडाकू विमान खसालिदिएको कुरा स्वीकार गरेका हुन्। शनिबार सिंगापुरमा एसियाली देशहरूका रक्षा प्रमुखकहरूको प्रमुख मञ्च शांग्रिला डायलगबीच अमेरिकी पत्रिका ब्लुमबर्गका पत्रकारले चौहानलाई भारतको लडाकू विमान खसालेको पाकिस्तानको दाबीबारे सोधेका थिए। जबाफमा चौहानले पाकिस्तानको उक्त दाबीलाई गलत भने। 'उनीहरूको दाबी हाम्रा लागि महत्त्व राख्दैन,' उनले भने, '...
एआईजी शाहलाई दर्ज्यानी चिन्ह प्रदान
प्रशासन, समाचार

एआईजी शाहलाई दर्ज्यानी चिन्ह प्रदान

नेपालअखबार,काठमाडौँ ।  नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सिद्धिबिक्रम शाहको पदस्थापन भएको छ। शुक्रबार प्रहरी प्रधान कार्यालयमा शाहले दर्ज्यानी चिन्ह पाएका हुन्। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले शाहलाई एआइजीमा बढुवा गरी नेपाल प्रहरीको कार्यविभाग नक्सालमा पदस्थापन गरेको हो। एआइजी लालमणि आचार्य जेठ १० गते अवकाशमा जानुअगावै एआइजीमा शाहलाई सिफारिस गरेको थियो।...
मधेश सरकारले पनि ३ दिन गणतन्त्र दिवस मनाउँदै
प्रशासन, समाचार

मधेश सरकारले पनि ३ दिन गणतन्त्र दिवस मनाउँदै

नेपालअखबार,जनकपुरधाम । गणतन्त्र दिवसको पूर्वसन्ध्यामा मधेश सरकारको प्रशासनिक तथा आवस क्षेत्र रहेको मधेश भवनमा सरसफाइ गरिएको छ । गृह संचार तथा कानुन मन्त्रालयको आयोजनामा मधेश भवन परिसर आज बिहान सरसफाइ गरिएको हो । गृह संचार तथा कानुनमन्त्री राजकुमार लेखीको नेतृत्वमा मन्त्रालयका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुले सरसफाइ गरेका हुन् । प्रशासनिक क्षेत्र हुँदै आवस क्षेत्रसम्म सरसफाइ गरिएको हो । मन्त्री लेखीले मधेश भवनमा गृह मन्त्रालय बाहेक अन्य मन्त्रालय नियमित सरसफाइको अभाव रहेको बताए । अन्य मन्त्रालय तथा कर्मचारीका आवस क्षेत्रमा नियमित सरसफाई भए वातावरण सफा एवं मधेश भवन बारे सकरात्मक संदेश बाहिर जाने उनको भनाइ थियो । उनले मधेशमा नेपाल प्रहरी र शसस्त्र प्रहरीले अपारध न्यूनीकरण, समाजका लागि उत्कृष्ट र नतिजामुखी काम गरे मन्त्रालय त्यस अनुसारको सुविधा दिन सक्ने आश्वासन दि...