Monday, August 31

प्रशासन

नक्कली भुटानी शरणार्थी प्रकरणमा २७ करोड ५० लाख   बिगो मागदावी
प्रशासन, समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणमा २७ करोड ५० लाख बिगो मागदावी

नेपालअखबार, काठमाडौँ । नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा भएको ठगीमा संलग्नविरुद्ध २७ करोड ५० लाख ७४ हजार ५०० रुपैयाँ बिगो मागदाबी हुने भएको छ । सोमबार जिल्ला प्रहरी परिसर काठमाडौँले सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा सो बिगो मागदाबी लिइएको हो । सरकारी वकिलको कार्यालयले अध्ययन गरिरहेको सो प्रतिवेदनमा ३२ जनालाई अभियुक्त बनाइएको छ । यसलाई सरकारी वकिलको कार्यालयले अध्ययन सकेपछि जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर हुनेछ । बुधबारसम्ममा मुद्दा दायर गर्नेगरी प्रक्रिया अघि बढाइएको सरकारी वकिलको कार्यालयले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार यो प्रकरणमा २३ थान जाहेरी परेको थियो । सोही जाहेरीको आधारमा प्रहरीले हालसम्म १६ जनालाई पक्राउ गरेको छ भने बाँकी १६ जना फरार छन् ।...
विद्युत महशुलको बक्यौता रकम नतिर्ने २७० ग्राहक कालोसूचीमा
प्रशासन, समाचार

विद्युत महशुलको बक्यौता रकम नतिर्ने २७० ग्राहक कालोसूचीमा

नेपालअखबार, काठमाडाैं । नेपाल विद्युत् प्राधिकरण बितरण केन्द्र भरतपुरले विगत लामो समयदेखि बक्यौता रकम नतिरेका दुई सय ७० ग्राहकलाई कालोसूचीमा राखेको छ। वितरण केन्द्रले कालोसूचीमा रहेका ग्राहकको तीन पुस्ते मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालय र भरतपुर महानगरपालिका पठाउने तयारी सुरु गरेको हो। कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार ती कार्यालयबाट पाउने सेवासमेत वञ्चित हुने गरी कार्यालयले परिपत्र गर्न लागेको हो। कार्यालयले कालोसूचीमा रहेका ग्राहकबाट ७४ लाख ९२ हजार आठ सय ८१ बक्यौता रकम उठाउन बाँकी छ। ती ग्राहकाले असार मसान्तसम्म बक्यौता रकम बुझाए जरिवानामा वितरण केन्द्रले १० प्रतिशत छुट दिने उनले जानकारी दिए। उनले भने, ‘बक्यौता तिर्ने ग्राहकका लागि यो छुट अवसर हो। सबैले प्रयोग गरौँ।’ यस वितरण केन्द्रअन्तर्गत एक लाखभन्दा बढी बक्यौता महसुल भएका १२ ग्राहक छन...
आज भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाइँदै
प्रशासन, समाचार

आज भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाइँदै

नेपालअखबार, काठमाडौं । नक्कली भुटानी शरणार्थीमा मुछिएकाहरु माथीको अनुसन्धान प्रतिवेदन आज बुझाइँदैछ । जिल्ला प्रहरी कार्यालयले हालै पक्राउ परेका माथिी गरिएको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउन लागेको हो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको निष्कर्षका साथ आज प्रतिवेदन बुझाउन लागिएको हो । सो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँड, पूर्व मन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलगायतलाई पक्राउ गरी झन्डै दुई महिनादेखि जारी अनुसन्धानको प्रारम्भिक प्रतिवेदन बुझाउन लागेको प्रहरीले जनाएको छ । हिजै बुझाउने भनिए पनि कागजातका अपुग भएपछि आज बुझाउन लागिएको हो ।...
बुढानीलकण्ठ कार दुर्घटनामा पृथ्वी मल्ललाई ४ वर्ष कैद, ४० हजार जरिवाना
प्रशासन, समाचार

बुढानीलकण्ठ कार दुर्घटनामा पृथ्वी मल्ललाई ४ वर्ष कैद, ४० हजार जरिवाना

नेपालअखबार, काठमाडौं । बुढानीलकण्ठ कार दुर्घटनाका अभियुक्त पृथ्वी मल्ललाई उच्च अदालत पाटनले ४ वर्ष कैद सजाय सुनाएको छ । आइतबार न्यायाधीश राजेन्द्र खरेल र जगदिश घिमिरेको संयुक्त इजलासले उनलाई ४ वर्ष कैद र ४० हजार जरिवानाको सजाय सुनाएको रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए । तीन वर्षअघि पृथ्वी मल्लले मदिरा सेवन गरेर चलाएको कारको ठक्करबाट बुढानिलकण्ठमा मर्निङवाकमा निस्किएकी लीला देवकोटाको मृत्यु भएको थियो । यो मुद्दामा सरकारी वकिल कार्यालयले उनलाई १० वर्ष कैद र एक लाख जरिवानाको माग गरेको थियो । जिल्ला अदालत काठमाडौंले पृथ्वीलाई दोषी ठहर गरेपनि ६ महिना कैद र एक हजार रुपैयाँमात्रै जरिवाना गरेको थियो । फैसलामा कम कैद र जरिवाना भएको भन्दै सरकारी वकिल कार्यालय उच्च अदालतमा पुनरावेदन गरेको थियो । २७ मंसिर २०७६ मा भएको दुर्घटनापछि पक्राउ परेका मल्ललाई थुनछेकका क्रममा जिल्ला अदालत काठमाड...
सरकारले मेलम्ची खानेपानी आयोजनालाई स्थायी बनाउने
प्रशासन, समाचार, समाज

सरकारले मेलम्ची खानेपानी आयोजनालाई स्थायी बनाउने

नेपालअखबार, काठमाडाैं। सरकारले मेलम्ची खानेपानी आयोजनालाई १२ महिना नै राजधानीमा आउने गरी आवश्यक काम गर्ने भएको छ। शुक्रबार सार्वजनिक गरिएको सरकारको नीति तथा कार्यक्रममा आगामी राजधानीको खानेपानी समस्याको दिगो समाधानका मेलम्ची आयोजनालाई स्थायी बनाउने उल्लेख गरिएको छ। दोस्रो चरणको याङ्री र लार्के खोलाको पानी राजधानी ल्याउन पनि आगामी वर्ष काम सुरु गरिने प्रतिबद्धता सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ हाल हिउँदमा मात्र मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइएको छ। वर्षायाममा पानी बन्द हुने गरेको छ।...
रेडियो नेपाल र नेपाल टेलिभिजन एक आपसमा गाभिने
प्रशासन, समाचार

रेडियो नेपाल र नेपाल टेलिभिजन एक आपसमा गाभिने

नेपालअखबार, काठमाडौं । सरकारले रेडियो नेपाल र नेपाल टेलिभजिनलाइई एक आपसमा गाभ्ने भएको छ । आगामी आव २०८०/८१ भित्र यी दुई संस्थालाई एक आपसमा गाभेर एकीकृत प्रसारण सेवाको प्रारम्भ गर्ने शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले घोषणा गरे । प्रेस काउन्सिललाई नयाँ कानुनी व्यवस्था गरी मिडिया काउन्सिल बनाउने समेत उनले बताए । सञ्चार उद्योगलाई ज्ञानमा आधारित उद्योगका रूपमा विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।...
सार्वजनिक सवारी साधनको भाडादर घट्यो
प्रशासन, समाचार

सार्वजनिक सवारी साधनको भाडादर घट्यो

नेपालअखबार,काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायात अन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ । विभागले बुधबार सूचना जारी गर्दै इन्धनको मूल्यको आधारमा स्वचालित रुपमा भाडा समायोजन गरिएको जनाएको हो । विभागका अनुसार यात्रुवाहक सवारी साधनको भाडा ३.२० प्रतिशतले घटाइएको छ । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ४.६५ प्रतिशतले घटेको छ ।...
काठमाडौंमा अवैध चन्दा उठाउने दुई जना पक्राउ
अपराध, प्रशासन, समाचार

काठमाडौंमा अवैध चन्दा उठाउने दुई जना पक्राउ

नेपालअखबार,काठमाडाैं  । काठमाडौंका विभिन्न ठाउँमा अवैध रूपमा चन्दा उठाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विभिन्न कलेज, विद्यालय, व्यापारी र कम्पनीहरूसँग चन्दा उठाउने सोमबार प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा बैतडीका ४२ वर्षीय अमृत कार्की र सल्यानका ३२ वर्षीय डिबी चन्द छन्। कार्कीले आफूलाई अखिल नेपाल ट्रेड युनियन मजदुर संघको केन्द्रीय सदस्य बताउने गरेका थिए भने चन्दले आफू अखिल क्रान्तिकारीको केन्द्रीय सचिवालय सदस्य भएको भन्ने गरेका थिए। उनीहरूमाथि थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।...
पर्वतको जलजलामा सार्वजनिक स्थानमा सुर्ती र मदिरा बिक्री-वितरण गर्न रोक
प्रशासन, समाचार, समाज, हाइलाइट-समाचार

पर्वतको जलजलामा सार्वजनिक स्थानमा सुर्ती र मदिरा बिक्री-वितरण गर्न रोक

नेपालअखबार, पर्वत । पर्वतको जलजला गाउँपालिकाले सार्वजनिक स्थानमा सुर्ती, सुर्तीजन्य वस्तु र मदिराको बिक्री वितरण तथा प्रयोग नगर्न आग्रह गरेको  छ। सरकारले शिक्षण संस्थाको एक सय मिटर वरपर चुरोटलगायत सुर्तीजन्य वस्तु बिक्री गर्न प्रतिबन्ध लगाएको छ। तर सम्बन्धित निकायको अनुगमन तथा नियमन नहुँदा सो व्यवस्था प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। जलजलाले सूचना जारी गर्दै विद्यालय, मठमन्दिर आसपासका क्षेत्रमा मदिरा तथा सुर्तीजन्य पदार्थको व्यापार नगर्नु तथा नगराउन अनुरोध गरेको छ। यदि कहीँकतै सो क्षेत्रभित्र व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीले अन्य वैकल्पिक स्थानमा सञ्चालन गर्नसमेत आग्रह गरेको छ। गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले विद्यालय क्षेत्रभित्र सुर्तीजन्य तथा मादक पदार्थ सेवन गर्ने क्रियाकलापले विद्यार्थीमा नकरात्मक असर पर्ने बताए। पछिल्लो समय गाउँपालिकाले सामुदायिक विद्यालय...
इन्टरनेट शुल्क आफूखुसी नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन
प्रविधि, प्रशासन, समाचार

इन्टरनेट शुल्क आफूखुसी नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन

नेपालअखबार, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले तोकिएकोभन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । केही इन्टरनेट सेवा प्रदायकले शुल्क बढाएको भन्दै प्राधिकरणले आफुखी शुल्क नबढाउने निर्देशन दिएको हो । प्राधिकरणको निर्देशन भन्दै केही सेवा प्रदायकले शुल्क बढाएका छन् । तर, प्राधिकरणले महशुल बढ्ने गरी कुनै निर्णय र सूचना नभएको बताएको छ । शुल्क/महसुलदर दूरसञ्चार ऐन अनुसार प्राधिकरणबाट स्वीकृति सूचना प्रकाशित भएपछि मात्रै इन्टरनेट सेवा प्रदायकले महसुल बढाउन पाउँछन् ।हालसालै कुनै पनि सेवा प्रदायकलाई महसुल बढाउने अनुमति प्रदान नगरिएको प्राधिकरणले जनाएको छ ।...