Saturday, August 8

प्रशासन

गर्मी बढेपछि एक हप्ताका लागि रौतहटका सबै विद्यालय बन्द
प्रशासन, शिक्षा, समाचार

गर्मी बढेपछि एक हप्ताका लागि रौतहटका सबै विद्यालय बन्द

नेपालअखबार, रौतहट । केही दिनदेखि अत्यधिक गर्मी बढेका कारण रौतहटका सबै सामुदायिक विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ । जिल्ला शिक्षा समन्वय इकाई रौतहटले बिहीबार सूचना जारी गर्दै जिल्लाको १८ वटै स्थानीय तहका सबै विद्यालय एक हप्ताका लागि बन्द गर्न सिफारिस गरेको हो । अत्यधिक गर्मीका कारण पठनपाठनमा प्रतिकुल असर परिरहेको र कतिपय बालबालिका मुर्छित समेत भइरहेकाले वर्षे बिदाबाट कट्टा हुनेगरी एकहप्ता गर्मी बिदाका लागि अनुरोध गरेको इकाई प्रमुख रामाविनय कुमार सिंहद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।...
भीमसेन थापा गाउँपालिकामा निःशुल्क दुर्घटना बीमा
अर्थ, प्रशासन, समाचार

भीमसेन थापा गाउँपालिकामा निःशुल्क दुर्घटना बीमा

नेपालअखबार, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क दुर्घटना बीमा गरिदिएको छ । गाउँपालिकाले १६औँ गणतन्त्र दिवसका अवसरमा पालिकाभित्रका १६ हजार नौ सय ८६ नागरिकको निःशुल्क दुर्घटना बीमा गरेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जरा (अक्कल)ले जानकारी दिए । गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको कुल १२ लाख १६ हजार छ सय ४२ रुपैयाँ २५ पैसामा सामूहिक दुर्घटना बीमा गरेको हो । बीमा सम्झौताअनुसार सामूहिक दुर्घटना बीमाका लागि विशेष छुटमा ७१ रुपैयाँ ६२ पैसा र टिकटवापत प्रतिबीमा पोलिसी रु २० लागत परेको अध्यक्ष बन्जराले बताए । राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदन आधारमा पालिकामा बसोबास गर्दै आएका तथा पालिका स्थायी ठेगाना भएका सबै नागरिकको सामूहिक दुर्घटना बीमा गरेको उनले बताए । “राष्ट्रिय बीमा कम्पनी लिमिटेड र गाउँपालिकाबीच समझदारीपत्रमा सोमबार हस्ताक्षर भएको ...
गणतन्त्रपछि आरक्षण कोटाबाट २२ हजार बढीले सरकारी जागिर पाए
प्रशासन, समाचार

गणतन्त्रपछि आरक्षण कोटाबाट २२ हजार बढीले सरकारी जागिर पाए

नेपालअखबार, काठमाडौँ । गणतन्त्र स्थापनाको १५ वर्षमा २२ हजार बढीले आरक्षण कोटाबाट लोकसेवा मार्फत सरकारी सेवामा प्रवेश पाएका छन् । गणतन्त्र दिवसको दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार नेपालले प्रशासनिक क्षेत्रमा समावेशी प्रतिनिधित्वमा फड्को मारेको जनाइएको छ । २०६४ देखि २०७९ सम्म लोकसेवा आयोगको समावेशी प्रतिस्पर्धाबाट २२,६९२ जना महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्गता भएका व्यक्ति र पिछडिएका क्षेत्र समूहबाट सिफारिस भएको जनाइएको छ । २०६४ देखि ०७९ को अवधिमा महिला ७ हजार ७५९ जना, आदिवासी जनजाति ६ हजार ७४ जना, मधेसी ४ हजार ९३८ जना, दलित २ हजार ५३ जना, अपाङ्गता भएका १ हजार ५४ जना र पिछडिएको क्षेत्रबाट ८१४ जना लोकसेवाबाट सरकारी सेवाका लागि सिफारिस भएका छन् ।...
रेशमको कैद माफी गर्ने निर्णयविरुद्धको रिट समय अभावले दर्ता भएन
प्रशासन, समाचार

रेशमको कैद माफी गर्ने निर्णयविरुद्धको रिट समय अभावले दर्ता भएन

नेपालअखबार, काठमाडौँ । रेशम चौधरीको कैद सजाय माफी दिने निर्णयविरुद्धको रिट आइतबार अदालतमा दर्ता भएन । राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका चौधरीको कैद सजाय माफी दिएका छन् । राष्ट्रपतिको सो निर्णयविरुद्ध टिकापुरमा हत्या गरिएका प्रहरी निरीक्षक केशव बोहरा पत्नी शारदा कडायत बोहराले सर्वोच्च अदालतमा रिट दिएकी हुन् । समय अभावका कारण आइतबार रिट दर्ता नभएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । रिट दर्ताबारे सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले रातोपाटीसँग भने,‘आज कार्यालय समय सकियो ।’ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गणतन्त्र दिवसको अवसर पारेर चौधरीको सजाय माफी दिने निर्णय गरेका हुन् । निर्णय नगर्न माग राखेर शुक्रबार पीडित परिवारले राष्ट्रपतिको कार्यालयमा पनि निवेदन दर्ता गराएका थिए । २०७२ भदौ ७ मा कैलालीको टिकापुरमा थरुहट समर्थक प्रदर्शनकारीको आक्रमणबाट प्र...
तुलसीपुर उपमहानगरपालिकाले नक्सापास नगर्नेको सेवा कटौती गर्ने
प्रशासन, समाचार

तुलसीपुर उपमहानगरपालिकाले नक्सापास नगर्नेको सेवा कटौती गर्ने

नेपालअखबार, दाङ ।  दाङको तुलसीपुर उपमहानगरपालिकाले घरको नक्सापास नगर्नेको सेवा कटौती गर्ने भएको छ। उपमहानगरपालिकाको ११औँ कार्यपालिका बैठकले भूकम्प प्रतिरोधी घर निर्माण गरेर नक्सापास नगर्नेलाई पानी, विद्युत्, टेलिफोनलगायतका लागि सिफारिससमेत नदिने निर्णय गरेको छ। उपमहानगरपालिकाले नक्सापास नगरी निर्माण गरिएका कच्ची वा पक्की घर असार मसान्तभित्र सूचीकृत गर्न आग्रह गरेको छ। गाउँमा झण्डै ९० प्रतिशत घर नक्सापास नगरि निर्माण गरिएका तुलसीपुर उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख ललित घर्तीले जानकारी दिए। उपमहानगरले पक्की घरको एक हजार रुपैयाँ, कच्ची घरको पाँच सय रुपैयाँ, अव्यवस्थित बसोबासीका लागि एक सय रुपैयाँ, भूमिहीन दलितका लागि  ५० रुपैयाँ र भूमिहीन सुकुमबासीका लागि रु ५० वार्षिक कर निर्धारण गरेको छ। ‘ऐलानी जग्गामा घर बनाएकाले अभिलेखीकरण गर्नुपर्छ’, घर्तीले भने। असार मसान्तसम्म करक...
कैलालीमा लागुऔषधसहित चार जना पक्राउ
अपराध, प्रशासन, समाचार

कैलालीमा लागुऔषधसहित चार जना पक्राउ

नेपालअखबार, धनगढी । कैलालीमा लागुऔषधसहित चार जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका क्षेत्रबाट तीन र टीकापुर नगरपालिका क्षेत्रबाट एक गरेर गरेर चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले धनगढीबाट दुई ग्राम लागुऔषध ब्राउनसुगरसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ बस्ने २० वर्षीय रोशन भट्ट, १९ वर्षीय १९ गणेश बोहरा र २५ वर्षीय बिनय राजबंशीलाई पक्राउ गरेको जानकारी दिए । वडा प्रहरी कार्यालय धनगढी र प्रदेश प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई शंकाका आधारमा जाँच गर्दा पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । यस्तै टीकापुर नगरपालिका वडा नम्बर ९ खर्गौलाबाट २१ वर्षीय दीपेश चन्दलाई खैरो हिरोइनसहित पक्राउ गरिएको छ । जानकी गाउँपालिका वडा नम्बर ४ स्थायी घर भए...
काठमाडौँ उपत्यकामा आज सार्वजनिक बिदा
प्रशासन, समाचार

काठमाडौँ उपत्यकामा आज सार्वजनिक बिदा

नेपालअखबार, काठमाडौँ। आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौँ उपत्यकाका तीन जिल्लाहरू काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिइएको हो । मन्त्रालयद्वारा सूचनामा भनिएको छ, विसं २०८० साल जेठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौँ उपत्यकाका ३ जिल्लाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’...
नक्कली भुटानी शरणार्थी प्रकरण: पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति
प्रशासन, समाचार

नक्कली भुटानी शरणार्थी प्रकरण: पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति

नेपालअखबार, काठमाडाैं। जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार आज म्याद थपका लागि अदालतमा पेश गरिएकोमा अदालतले थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो। थपिएको दुई दिनको म्यादभित्रमा अब जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोजन दर्ता गर्नुपर्छ। शरणार्थी प्रकरणमा प्रहरीले पूर्वमन्त्री र बहालवाला सचिवसहित १६ जनालाई पक्राउ गरेको छ । उक्त घटनामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव (पूर्व गृहसचिव) टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई विभिन्न मितिमा पक्राउ गरी हिरासतमा राखेको छ। पक्राउ पर्नेमा भुटानी शरणार्थी नेता टेकनाथ रि...

नक्कली भुटानी शरणार्थी प्रकरणमा २७ करोड ५० लाख   बिगो मागदावी
प्रशासन, समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणमा २७ करोड ५० लाख बिगो मागदावी

नेपालअखबार, काठमाडौँ । नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा भएको ठगीमा संलग्नविरुद्ध २७ करोड ५० लाख ७४ हजार ५०० रुपैयाँ बिगो मागदाबी हुने भएको छ । सोमबार जिल्ला प्रहरी परिसर काठमाडौँले सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा सो बिगो मागदाबी लिइएको हो । सरकारी वकिलको कार्यालयले अध्ययन गरिरहेको सो प्रतिवेदनमा ३२ जनालाई अभियुक्त बनाइएको छ । यसलाई सरकारी वकिलको कार्यालयले अध्ययन सकेपछि जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर हुनेछ । बुधबारसम्ममा मुद्दा दायर गर्नेगरी प्रक्रिया अघि बढाइएको सरकारी वकिलको कार्यालयले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार यो प्रकरणमा २३ थान जाहेरी परेको थियो । सोही जाहेरीको आधारमा प्रहरीले हालसम्म १६ जनालाई पक्राउ गरेको छ भने बाँकी १६ जना फरार छन् ।...