Saturday, August 8

प्रशासन

डोटीका ३३ वडामा छैनन् वडासचिव
प्रशासन, समाचार

डोटीका ३३ वडामा छैनन् वडासचिव

नेपालअखबार, डोटी । डोटी जिल्लाको ६५  वडामध्ये ३३  वडामा वडासचिवको दरबन्दी रिक्त रहेको छ । जिल्लाका नौ पालिकामध्ये सायल गाउँपालिका वडा सचिवविहीन छ । छ वडा रहेको यस पालिकाका कुनै पनि वडामा सचिव नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण भट्टले जानकारी दिए । उनले भने, “वडा सचिव नभए पनि गाउँपालिकाका प्राविधिक र अन्य कर्मचारीले सेवा दिइरहेका छन् ।” जिल्ला सदरमुकामसमेत रहेको दिपायल सिलगढी नगरपालिकाका चार वडामा सचिव छैनन् । नौ वडा रहेको नगरपालिकामा वडा नं ५, ७, ८, ९ सचिवविहीन छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शङ्कर सुचीकारले सचिव नभएका वडामा पालिकाका प्राविधिक र करारका कर्मचारीले सेवा दिइरहेको बताए । त्यस्तै ११ वडा रहेको शिखर नगरपालिकामा पनि चार वडामा सचिव छैनन् । वडामा सचिव नहुँदा एउटै व्यक्तिले दुई वडा हेर्नुपर्ने बाध्यता रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुत्तोषम...
नेपालमा समस्या देखिएको जहाज दुबईमा सफल अवतरण
प्रशासन, समाचार

नेपालमा समस्या देखिएको जहाज दुबईमा सफल अवतरण

नेपालअखबार, काठमाडौँ । काठमाडौँ विमानस्थलबाट टेकअफ गर्ने बित्तिकै  समस्या देखिएको फ्लाई दुबईको विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण भएको छ । ५७६ एफजेड उडान नम्बरको उक्त जहाज स्थानीय समयअनुसार मंगलबार बिहान १२ :११ बजे अवतरण भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने बित्तिकै ठुलो आवाजसहित जहाजमा आगोको झिल्का देखिए पनि पाइलटले उडानलाई निरन्तरता दिएका थिए । काठमाडौँमै आकस्मिक उडानको तयारी गरिए पनि इन्जिनको समस्या समाधान भएको भन्दै पाइलटले उडानलाई निरन्तरता दिएका हुन् विमानले धादिङको धर्केमाथिको आकाशमा केही बेर फन्को लगाएर गन्तव्यतर्फ प्रस्थान गरेको थियो । फ्लाई दुबईले भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आफ्नो विमानमा चरा ठोक्किएको दाबी गरेको छ । आज बिहान नियमित धावनमार्गमा मरेको चरा भेटिएकोले फ्लाई दुबईको दाबी सत्य निकट रहेको अनुमान गरिएको छ...
काभ्रेका आठ स्थानीय तहद्वारा भू–वर्गीकरण
प्रशासन, समाचार

काभ्रेका आठ स्थानीय तहद्वारा भू–वर्गीकरण

नेपालअखबार, काभ्रे। सरकारले भू–उपयोग नियमावली जारी गरी दश क्षेत्रमा जग्गाको वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेअनुसार हालसम्म काभ्रेपलाञ्चोकका आठ स्थानीय तहले वर्गीकरण गरेका छन्। जग्गाको जथाभावी कित्ताकाट रोक्ने उद्देश्यले सरकारले २०७९ जेठमा भू–उपयोग नियमावली जारी गरेको थियो। काभ्रेको बेथानचोक गाउँपालिकाले १६ हजार कित्ता जग्गालाई भू–वर्गीकरण गरी आइतबार मालपोत तथा नापी कार्यालयलाई बुझाएको छ। 'सबै कित्तालाई छुट्टाछुट्टै वर्गीकरण गर्दै नक्सासमेत तयार गरी बुझाएका हौँ,' गाउँपालिका अध्यक्ष भगवान अधिकारीले भने। यसअघि नमोबुद्ध नगरपालिका, पनौती, पाँचखाल, धुलिखेल र बनेपा नगर तथा चौँरीदेउराली गाउँपालिका र भुल्लु गाउँपालिकाले भू–वर्गीकरण गरिसकेका छन्। पाँच तहले अझै वर्गीकरण नगरेको जिल्ला मालपोत कार्यालयले जनाएको छ। मन्त्रिपरिषद् बैठकले हप्ताअघि मात्रै भू–उपयोगसम्बन्धी पहिलो संशोधन नियमावली...
बारामा दुई पटक मत खसाल्न खोजेको आरोपमा एक पक्राउ
प्रशासन, समाचार

बारामा दुई पटक मत खसाल्न खोजेको आरोपमा एक पक्राउ

नेपालअखबार, बारा। बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा दुई पटक मत खसाल्न खोजेको आरोपमा एक जनालाई प्रहरीले‍ पक्राउ गरेको छ। देवताल गाउँपालिका-७स्थित पिपरपाती जब्दी बुथमा दुई पटक मत खसाल्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी होबिन्द्र बोगटीले जानकारी दिए। पक्राउ परेका व्यक्तिले एउटा मत हालिसकेपछि पुन: नमुना मतपत्र खसाल्न खोजेको एसपी बोगटीले बताए। उनलाई अहिले जिल्ला प्रहरी कार्यालय बारामा लगिँदैछ। प्रमुख निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार ६५  वर्षीय रामसागर यादवलाई पक्राउ गरेको हो। ‘उनले एउटा मतपत्र खसालेर मतदातालाई प्रशिक्षणको क्रममा दिइएको नमुना मतपत्र पनि बाकसमा खसाउन खोजेपछि मतदान अधिकृतले देख्नुभएछ अनि प्रहरीलाई जिम्मा लगाउनुभयो,’ उनले भने। पक्राउ परेका यादव जनता समाजवादी पार्टीका नेता समेत हुन्। यद्यपि अहिले शान्तिपुर्ण रूपम...
सेनाले माग्यो ४५०० जनशक्तिका लागि आवेदन
प्रशासन, समाचार

सेनाले माग्यो ४५०० जनशक्तिका लागि आवेदन

नेपालअखबार, काठमाडौँ ।  नेपाली सेनाले चार हजार ५०० जनशक्तिका लागि आवेदन आव्हान गरेको छ । आज एक सूचना निकाल्दै सेनाले विभिन्न रिक्त पदका लागि जेठ ७ गतेभित्र आवेदन दिन सकिने उल्लेख गरेको छ । दोब्बर दस्तुर तिरेर भने १४ जेठसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । सेनाले खुलातर्फ दुई हजार ३५१, सैन्य परिवारलाई २२५, महिला ३९०, आदिवासी जनजाति ६१७, मधेसी ५४०, दलित २८७ र पिछडिएको क्षेत्रबाट ९० जनाको लागि आवेदन मागेको हो ।...
उपनिर्वाचन लक्षित मौन अवधि सुरु
प्रशासन, राजनीति, समाचार

उपनिर्वाचन लक्षित मौन अवधि सुरु

नेपालअखबार, काठमाडौँ । यही वैशाख १० गते आइतबार हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनका लागि गए राति १२ बजेदेखि  प्रचारप्रसार निषेधको अवधि हुने भएको छ । प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा हुन लागेको निर्वाचनका लागि निषेधको अवधि लागू हुने भएको हो । उपननिर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ चैत २४ गतेदेखि जारी गरेको सो निर्वाचन आचारसंहिता, २०७९ मा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने व्यवस्था गरेको हो । उक्त व्यवस्थाबमोजिम राति १२ बजेदेखि वैशाख १० गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप...
कालो सूचीमा परे १५ निर्माण कम्पनी
प्रशासन, समाचार

कालो सूचीमा परे १५ निर्माण कम्पनी

नेपालअखबार, काठमाडौं । सन्तोषजनक काम नभएका १५ निर्माण कम्पनी कालो सूचीमा परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखिएका १५ निर्माण कम्पनीहरुको विवरण सार्वजनिक गरेको छ । शैलेन्द्र कुमार कुरुम्बाङ नेतृत्वको एस.ए.एस कन्स्ट्रक्सन प्रालि विराटनगरलाई ३ वर्षसम्म कालोसूचीमा राखिएको छ । यो कम्पनीलाई कालोसूचीमा राख्न हिलिहाङ गाउँपालिका पाँचथरले सिफारिस गरेको थियो । यसैगरी दीपक सापकोटा मुख्य व्यक्त रहेको शंकरमाली निर्माण सेवा प्रालि, गोकर्ण प्रसाद पण्डित मुख्य व्यक्ति रहेको नागार्जुन कन्स्ट्रक्सन प्रालि, राजुप्रसाद श्रेष्ठ नेतृत्वको वाईपी कन्स्ट्रक्सन प्रालि र रविन कुमार जोशी नेतृत्वको रफिना कन्स्ट्रक्सन प्रालिलाई एक वर्ष तीन महिना कालो सूचीमा राखिएको छ । अन्य कम्पनीहरु भने एक वर्ष कालोसूचीमा परेका छन् । कालो सूचीमा पर...
बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म त्रिभुवन विमानस्थलमा उडान-अवतरण नहुने
प्रविधि, प्रशासन, समाचार

बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म त्रिभुवन विमानस्थलमा उडान-अवतरण नहुने

नेपालअखबार, काठमाडौं । बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट कुनै पनि उडान–अवतरण नहुने भएको छ । विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान यस अवधिमा बन्द रहने विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीले जानकारी दिए । उनका अनुसार विमानस्थलको विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउने क्रममा अनलाइन यूपीएस जडान गर्ने काम जारी रहेका कारण उडान अवरुद्ध हुने भएको हो । सो समयमा उडान गर्ने यात्रुले आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी व्यवस्था मिलाउन समेत विमानस्थलले यात्रुसँग अनुरोध गरेको छ ।...
कैलालीका ४० स्वास्थ्यकर्मी चार महिनादेखि पारिश्रमिकविहीन
प्रशासन, समाचार, स्वास्थ्य

कैलालीका ४० स्वास्थ्यकर्मी चार महिनादेखि पारिश्रमिकविहीन

नेपालअखबार, कैलाली। कैलालीको  भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि पारिश्रमिक पाएका छैनन्। सङ्घीय सरकारबाट स्थानीय तहमा समायोजन भएर आएका ४० स्वास्थ्यकर्मीले चार महिनादेखि तलब पाउन सकेका छैनन् । नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख कैलाश चौधरी स्वास्थ्यकर्मीले तलबभत्ता नपाउँदा दिनहुँ किचलो हुने गरेको बताउँछन्। नगरपालिकाले करार तथा ज्यालादारीमा राखेका कर्मचारीलाई भने पारिश्रमिक उपलब्ध गराएको उनको भनाइ छ। चौधरी भन्छन्, ‘चार महिनादेखि बिनातलब काम गर्नुपरेको छ, घरखर्च कसरी चलाउने भन्ने स्थिति छ।’ सङ्घी सरकारले दुई किस्तामा रकम उपलब्ध गराएको चौधरीले बताए। पहिलो किस्तामा एक करोड ९२ लाख र दोस्रो किस्तामा रु ४२ लाख पठाएको थियो। चालु आवमा रु एक करोड ४२ लाख बजेट उपलब्ध भएको उनले बताए। चौधरीले, ‘स्थानीय तहले  बजेट अभाव भएको भन्दै हाम्रो समस्या सुनवाइ गरेको छैन।’ तत्काल...
बल्खु–कलङ्की सडकको अनियमिततामाथि अख्तियारद्वारा छानबिन सुरु
पत्रपत्रिका, प्रशासन, समाचार

बल्खु–कलङ्की सडकको अनियमिततामाथि अख्तियारद्वारा छानबिन सुरु

नेपालअखबार, काठमाडाैं। चक्रपथको बल्खु–कलङ्की सडकखण्डको सर्भिस लेन पुनस्र्थापना (रिहाबिलिटेसन)का क्रममा अनियमितता भएको शङ्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । छानबिन प्रक्रिया सुरु भएपछि सो सर्भिस लेनको पुनस्र्थापना कार्य तत्काल रोकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले सर्भिस लेन पुनस्र्थापनासम्बन्धमा आयोगले छानबिन सुरु गरेको जानकारी दिनुभयो । काठमाडौँ सडक डिभिजनका प्रमुख नारायणप्रसाद निहुरेले कलङ्की–बल्खु सडकखण्डको सर्भिस लेनको १।७ किलोमिटर सडकखण्डमा कालोपत्रेमुनिको ‘बेस फेलियर’ भई कालोपत्रे सतह बिग्रिएको भन्दै कालोपत्रे उप्काएर पुनस्र्थापना सुरु भएको जानकारी दिए । चक्रपथ सुधार आयोजनाबाट सडक डिभिजन कार्यालयमा सो सडकखण्ड हस्तान्तरण भई डिभिजनले सर्भिस लेन पुनस्र्थापना अगाडि बढाएको थियो । सर्भिस लेनमा कुनै पनि समस्या नआएको, सडकमा खाल्...