Saturday, August 8

प्रशासन

बाघको निगरानी गर्न स्वचालित क्यामेरा जडान
प्रशासन, समाचार

बाघको निगरानी गर्न स्वचालित क्यामेरा जडान

नेपालअखबार, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्रअन्तर्गत बेलौरी नगरपालिकामा बाघको निगरानीका लागि स्वचालित क्यामेरा जडान गरिएको छ । बाघले आक्रमण गरेर मान्छे मारेको वडानं ८को पचुइँ क्षेत्रमा निगरानीका लागि छवटा स्वचालित क्यामेरा जडान गरिएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषको सहायतामा बाघको ट्र्याकिङका लागि स्वचालित क्यामेरा जडान गरिएको डिभिजन वन कार्यालयका प्रमुख शम्भुप्रसाद तिवारीले जानकारी दिए ।“बाघले मान्छे मारेपछि अझैसम्म स्थानीयवासी त्रस्त छन्, फेरि बाघको हल्ला छ”, उनले भने, “त्यसैले बाघको ट्र्याकिङका लागि क्यामेरा जडान गरिएको हो ।” यही बैशाख ८ मा घाँस काट्न गएकी सोही वडाकी गङ्गा चन्दको बाघको आक्रमणबाट ज्यान गएको थियो । घटनापछि स्थानीयवासी त्रस्त छन् । “पचुईँपारि भारततिर बाघ देखियो भन्ने हल्ला छ, बाघ हिँडेको नयाँ पाइला पनि देखिएका छन्”, स्थानीयवासी महेश विष्टले भने, “घटनापछि ड...
अठार घन्टापछि एकतर्फी खुल्यो पृथ्वी राजमार्ग
प्रशासन, समाचार

अठार घन्टापछि एकतर्फी खुल्यो पृथ्वी राजमार्ग

नेपालअखबार, धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक एकतर्फीरुपमा खुलेको छ धुनीबेँसी नगरपालिका-६ र थाक्रे गाउँपालिका-८ को सिमाना जोड्ने गणेशखोला पुलमाको जमि भासिँदा सोमबार अपराह्न ४ बजेदेखि ठप्प बनेको राजमार्ग मङ्गलबार बिहान १० बजेबाट एकतर्फी खुलाइएको हो । भासिएको ठाउँमा ग्यावियन जाली भरेर एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले रातभर पनि काम गरेका थिए । यातायात ठप्प हुँदा धार्के र धार्के आसपासमा लागेको सवारी जाम हटाउन हम्मेहम्मे छ । पूर्व-पश्चिमका जिल्लाबाट रातिको समयमा धादिङ आइपुगेका सवारीलाई प्रहरीले चौकी र बजार क्षेत्र आसपासमा रोकेर राखेको छ । पूर्व-पश्चिमबाट राजधानी काठमाडौँ आउँदै गरेका सवारीलाई प...
साझा प्रकाशनको महाप्रबन्धकमा मिलनराज गर्तौला
प्रशासन, समाचार

साझा प्रकाशनको महाप्रबन्धकमा मिलनराज गर्तौला

नेपालअखबार, काठमाडौँ । साझा प्रकाशनको महाप्रबन्धक पदमा मिलनराज गर्तौला नियुक्त भएका छन् । प्रकाशनको सञ्चालक समितिको वैशाख १५ गतेको निर्णयानुसार काठमाडौँ महानगरपालिका–७ निवासी समाजशास्त्री गर्तौला नियुक्त भएका हुन् । उनले आइतबार पद बहाली गरेका छन् । साझा प्रकाशनको इतिहास पहिलोपल्ट खुला प्रतियोगिताबाट गर्तौला महाप्रबन्धक पदमा छनौट भएका हुन् । साझा प्रकाशनले गत चैत १ गते गोरखापत्र दैनिक सूचना प्रकाशित गरी महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको थियो ।...
गण्डकीमा लिफ्टिङ खानेपानी र सिँचाइमा विद्युत् महसुल निःशुल्क
प्रशासन, समाचार

गण्डकीमा लिफ्टिङ खानेपानी र सिँचाइमा विद्युत् महसुल निःशुल्क

नेपालअखबार, पाेखरा। गण्डकी प्रदेश सरकारले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका लागि लिफ्टिङ खानेपानी र सिँचाइ आयोजनाको विद्युत् महसुलमा सत प्रतिशतसम्म अनुदान दिने निर्णय गरेको छ। नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदभार ग्रहण गरेसँगै शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सो निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिइन्। ‘लिफ्टिङ प्रविधिबाट सञ्चालित खानेपानी र सिँचाइ आयोजनामा खर्च हुने विद्युत्को महसुल पूर्णरुपमा निःशुल्क गर्ने निर्णय भएको छ,’ उनले भने। यस्तै यातायात व्यवस्था कार्यालयबाट हुने सेवा प्रवाहलाई प्रविधिमैत्री र सवारी चालक अनुमति पत्र वितरण प्रक्रियालाई छिटोछरितो बनाउन प्रदेश सरकारले आवश्यक प्रबन्ध गर्ने भएको छ। उक्त सेवालाई सहज बनाउन गर्नुपर्ने सुधार सम्बन्धमा अध्ययन गरी सुझावसहित प्रतिवदेन ...
काठमाडौं महानगरले उठायो ६ अर्ब बढी राजस्व
अर्थ, प्रशासन, समाचार

काठमाडौं महानगरले उठायो ६ अर्ब बढी राजस्व

नेपालअखबार, काठमाडौं। काठमाडौं  महानगरपालिकाले चालू आर्थिक वर्षको चैतसम्ममा ६ अर्ब ४९ करोड ४२ लाख ५३ हजार रुपैयाँ राजस्व असुल गरेको छ। उक्त रकम लक्ष्यको ६२ दशमलव ३३ प्रतिशत हो। गत आवको चैतसम्ममा ५ अर्ब आठ करोड ९७ लाख ८८ हजार रुपैयाँ असुल गरेको महानगर राजस्व विभाग प्रमुख ध्रुव काफ्लेले जानकारी दिए। उनका अनुसार गत आर्थिक वर्षमा भन्दा चालु आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ४० करोड ४४ लाख ६५ हजारले बढी हो। महानगरले चालू आवका लागि करिब १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ राजस्व असुल गर्ने लक्ष्य लिएको थियो। गत आवमा भने ९ अर्ब आठ करोड ७० लाख १३ हजारको लक्ष्य लिएको थियो। चालू आवका लागि हालसम्मको अवधिमा महानगरले सबैभन्दा बढी सम्पत्ति करबाट ७९ करोड ४३ लाख ६४ हजार रुपैयाँ प्राप्त गरेको छ। विगतका तीन वर्षमा कोरोना महामारीका कारण आशाअनुरुप कर असुल हुन नसकेको भए पनि चालू आवमा लक्ष्यमा पुग्न...
वीरगञ्जमा जथाभावी फोहर फ्याक्नेमाथि सार्वजनिक मुद्दा
प्रशासन, समाचार

वीरगञ्जमा जथाभावी फोहर फ्याक्नेमाथि सार्वजनिक मुद्दा

नेपालअखबार, वीरगञ्ज । कही तपाई वीरगञ्ज महानगर क्षेत्रमा जथाभावी फोहर त फाल्दै हुनुहुन्न ? यदी जथाभावी फोहर फाल्दै हुनुहुन्छ भने अबदेखि नफाल्नुहोला । नत्र तपाईमाथि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा दर्ता गरिनेछ । मधेस प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रलाई सुन्दर, सफा, नमूना महानगर बनाउने उद्देश्यले नियमित सरसफाईसँगै जथाभावी फोहर फाल्नेमाथि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने भएको छ । महानगरका सडक तथा गल्लीमा जथाभावी फोहर फाल्नेसँग जरिवाना तिराउँदै आएको महानगरपालिकाले अब जरिवानासँगै फोहर फ्याक्नेउपर सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने तयारी गरेको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सरफदिन मियाँले जानकारी दिए । “जथाभावी फोहर फाल्नेसँग हामीले गत २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउँदै आएका छौँ, अझै फोहर फाल्ने क्रम रोकिएको छैन”, सरसफाइ शाखा प्रमुख सरफदिन मि...
प्रहरीका १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस
प्रशासन, समाचार

प्रहरीका १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

नेपालअखबार, काठमाडौँ । प्रहरीका १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । शुक्रबार बसेको बढुवा समितिको बैठकले प्रहरीका १८ जना प्रहरी उपरीक्षक (एसपी) लाई  वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको हाे । बढुवा सिफारिसको एक नम्बरमा विश्व अधिकारी रहेका छन् । यस्तै १८ औं नम्बरमा प्रज्वल महर्जन रहेका छन् ।...
स्वास्थ्य बीमा बोर्डले माग्यो कर्मचारी, स्नातक उत्तीर्णले आवेदन दिन पाउने
प्रशासन, समाचार

स्वास्थ्य बीमा बोर्डले माग्यो कर्मचारी, स्नातक उत्तीर्णले आवेदन दिन पाउने

नेपालअखबार, काठमाडाैं । स्वास्थ्य बीमा बोर्डले दर्ता अधिकारी (नासु वा पाँचौँ तह सरह) पदमा कर्मचारी माग गरेको छ । करार सेवामा पदपूर्ति गर्नका लागि बोर्डले बिहीबार दरखास्त आह्वान गरेको हो । ५५ जना माग भएको सो पदमा आवेदन दिनका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले बोर्डको कार्यालय टेकुमा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।...
३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज
प्रशासन, समाचार

३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज

नेपालअखबार, काठमाडौं । सरकारले ३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज गरेको छ । सार्वजनिक निर्माण कार्य गर्ने प्रयोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाबाट अनुमति पाएका तर नवीकरण नगरेका ३३ कम्पनीहरुको इजाजतपत्र खारेज गरिएको हो । यसअघि मन्त्रालयले आर्थिक वर्ष २०७९/८० का लागि २०७९ चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेको थियो । तर सो समय अवधिभित्र नवीकरण नगरेकाले इजाजतपत्र खारेज गरिएको मन्त्रालयले जनाएको छ । हेर्नुहोस् इजाजतपत्र खारेज भएका निर्माण व्यवसायीहरुको विवरण –...
कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक
प्रशासन, शिक्षा, समाचार

कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक

नेपालअखबार, काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२)ले वैशाख २६ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार एक हजार ४५३ परीक्षा केन्द्र रहने छन्। परीक्षा नियन्त्रण कार्यालयले कतिपय विषयको नमुना प्रश्नपत्रमा विद्यार्थी तथा शिक्षकहरुको सुझाव अनुसार परिमार्जन गर्दै लगिरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए। अथवा राखेर वैकल्पिक प्रश्न नराखिएको केही विषयहरुमा पनि राखिनुपर्ने सुझाव आएकोले त्यसरी परिमार्जन गरिएको उनले बताए । उनले भने, ‘हामीले नमुना प्रश्नपत्र सार्वजनिक गरिरहेका छौं। त्यसमा हामीले अर (अथवा) भनेर राखिएको थिएन । तर धेरै विद्यार्थी तथा शिक्षकले त्यो सुविधा राख्नुपर्ने भनेकाले फेरि त्यसरी राखेका छौं।’ नयाँ पुरानो गरेर करिब तीन सय प्रश्नपत्रहरु तयार भइरहेको परीक्षा नियन्...