Sunday, August 9

प्रशासन

प्राधिकरणले हटाउने भयो अव्यवस्थित तार
प्रशासन, समाचार

प्राधिकरणले हटाउने भयो अव्यवस्थित तार

नेपालअखबार, काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानका अव्यवस्थित तार हटाउने भएको छ । प्राधिकरणले आइतबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै त्रिपुरेश्वरदेखि बूढानिलकण्ठ चोकसम्मको अव्यवस्थित तार हटाउने भएको छ । प्राधिकरणले विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर तथा पोलमा जथाभावी झुण्ड्याइएका उपकरण हटाउने छ । प्राधिकरणले त्यस प्रकारका तार गत मङ्सिर १८ हटाउने जानकारी गराएको थियो । प्राधिकरणको आग्रह बमोजिम सेवा प्रदायक संस्थाले सूचना बमोजिमको व्यवस्थापन कार्य नभएको पाइएकाले अब यही पुस ११ देखि आफै हटाउने भएको हो । प्राधिकरणले त्रिपुरेश्वर सुन्धारा, रत्नपार्क, केशरमहल, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोकदेखि बूढानलिकण्ठसम्मको अव्यवस्थित तार आफै हटाउने भएको हो । प्राधिकरणले  नेविप्रा ऐन, २०४१ को दफा १९ बमोजिम अ...
२३ जना एसपीको काज सरुवा
प्रशासन, समाचार

२३ जना एसपीको काज सरुवा

नेपालअखबार, काठमाडौं । प्रहरी प्रधान कार्यालयले २३ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले काज सरुवा गर्दा ८ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । काज सरुवामार्फत दुर्गाराज रेग्मी झापा, कोमल शाह पर्सा, विश्वराज खड्का धनुषा, नरेशराज सुवेदी सर्लाही र राजकुमार सिलवाल सिन्धुली पठाइएका छन् । त्यस्तै सन्तोष सिंह् राठौर बाँके, योगेन्द्र सिंह थापा सुर्खेत र देबेन्द्रबहादुर पाल कैलालीका प्रहरी प्रमुख बनेका छन् । हेर्नुहोस् सूची...
संसद् सचिवालय जुट्यो शपथको गृह कार्यमा
प्रशासन, समाचार

संसद् सचिवालय जुट्यो शपथको गृह कार्यमा

नेपालअखबार, काठमाडाैं । सङ्घीय संसद् सचिवालय प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई शपथ दिलाउन  गृहकार्यमा जुटेको छ ।​ नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ दिलाएपछि अरु सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाइनेछ । ज्येष्ठ सदस्य पहिचानका लागि सचिवालयले यसअघि नै विवरण खुलाइ पठाइदिन निर्वाचन आयोगलाई पत्रचार गरिसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस १० गतेभित्र प्रधानमन्त्रीका लागि दाबी पेश गर्न सात दिनको समय दिएर आह्वान गरिसकेकी छन्। हाल नवनिर्वाचित सदस्यमध्ये चित्रबहादुर केसी, महन्थ ठाकुर, महेन्द्रप्रसाद यादव र पशुपति शमशेर जबराको उमेर यकिन गर्नुपर्ने देखिएको छ । कुनै सदस्यले मातृभाषामा शपथ लिन चाहेमा शपथको  तीनदिनअघि शपथ पत्रमा उल्लेख हुने विवरण तत् तत् भाषामा उल्था गरी त्यससम्बन्धी जानकारी संसद् सचिवालयलाई दिनुपर्नेछ । सचिवालय प्राप्त तथ्याङ्कअनुसार, प्रतिनिधिसभा ...
मौसमी कामदार विदेश पठाउनेसम्बन्धी कार्यविधि स्वीकृत, निःशुल्क जान पाइने
प्रशासन, समाचार

मौसमी कामदार विदेश पठाउनेसम्बन्धी कार्यविधि स्वीकृत, निःशुल्क जान पाइने

नेपालअखबार, काठमाडाैं । वैदेशिक रोजगारमा मौसमी कामदार (सिजनल वर्कर) पठाउनेसम्बन्धी कार्यविधि स्वीकृत भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त कार्यविधि स्वीकृत गरेको हो । कार्यविधि स्वीकृत भएसँगै नेपाली कामदारलाई सिजनल वर्करको रूपमा वैदेशिक रोजगारीमा पठाउने बाटो खुलेको छ । यसअघि व्यक्तिगत रूपमा विभिन्न देशमा सिजनल वर्करको रूपमा नेपालीहरू जाने गरेका थिए । कार्यविधि नहुँदा सरकार त्यो विषयमा मौन बसेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बनाएको कार्यविधि मन्त्रिपरिषद् बैठकले पारित गरेसँगै नेपालबाट वैधानिक रूपमा नै सिजनल वर्कर जान पाउने भएका छन् । मन्त्रालयका सहसचिव राजिव पोखरेलले कार्यविधि स्वीकृति भएसँगै सिजनल वर्करको रूपमा नेपाली कामदारलाई पठाउन बाटो खुलेको बताए । बेलायत, दक्षिण कोरिया, क्यानडा लगायतका देशबाट सिजनल वर्करको माग आइरहेको छ । कार्यविधि नहुँदा माग अनु...
टरिगाउँ विमानस्थलमा  हप्ताको पाँच दिन उडान
प्रविधि, प्रशासन, समाचार

टरिगाउँ विमानस्थलमा हप्ताको पाँच दिन उडान

नेपालअखबार, दाङ। दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा अब हप्ताको पाँच दिन उडान हुने भएको छ । यसअघि हप्ताको तीन दिनमात्रै उडान हुने गरेको थियो । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार यसअघि बिहीबार, शुक्रबार र शनिबारमात्रै उडान हुँदै आएको थियो । पछिल्लो समय आइतबार र मङ्गलबार पनि उडान भर्ने गरेको उनले बताए । हवाई इन्धन डिपोबाट इन्धन ‘रिफ्युल’ गर्न थालेपछि उडान पनि थप गरिएको उनले बताए । “यसअघि इन्धन डिपोबाट इन्धन हाल्न सुरु भएको थिएन, अब यहीबाट इन्धन हाल्न थालिएको छ”, उनले भने, “त्यसैले अहिले हप्तामा पाँच दिन उडान थप गरिएको छ ।”  यात्रुको चाप बढेमा प्रत्येक दिन हवाई उडान भर्ने गरी तयारी गरेको उनले बताए । साथै निजी हवाई सेवासँग पनि समन्वय गर्ने गरी तयारी रहेको उनको भनाइ छ । “नियमित भएमा हामीले निजी क्षेत्रका जहाज ल्याउने गरिरहेका छौँ”, उनले भने, “त्यसमा यात्रुको ...
साढे पाँच हजार उद्योगमा विदेशी लगानी स्वीकृत
अर्थ, प्रशासन, समाचार

साढे पाँच हजार उद्योगमा विदेशी लगानी स्वीकृत

नेपालअखबार, काठमाडाैं । नेपालमा हालसम्म साढे पाँच हजारभन्दा बढी उद्योगमा विदेशी लगानी स्वीकृत भएकामा पर्यटन र सेवामूलक क्षेत्रका उद्योगमा तुलनात्मक रुपमा बढी लगानी भएको देखिएको छ । उद्योग विभागको ‘विदेशी लगानीसम्बन्धी मासिक प्रगति विवरण’अनुसार गत कात्तिक मसान्तसम्म वैदेशिक लगानी भित्र्याउने उद्योगहरुमध्ये सेवा र पर्यटन क्षेत्रका उद्योगको सङ्ख्या मात्रै आधाभन्दा बढी छन् । विभागको विवरणअनुसार गत कात्तिक मसान्तसम्म पाँच हजार छ सय २८ उद्योगका लागि आएको वैदेशिक लगानी प्रस्ताव स्वीकृत भइसकेको छ । यी उद्योगमा हालसम्म कूल रु चार खर्ब ३० अर्ब ८६ करोड ९७ लाख ५८ हजार बराबरको वैदेशिक लगानी स्वीकृत भइसकेको विभागको तथ्याङ्कबाट देखिन्छ । गत कात्तिकमा मात्र विभागले रु तीन अर्ब ६५ करोड बराबरको वैदेशिक लगानी स्वीकृत गरेको थियो । यद्यपि, लगानी प्रस्ताव गरेका उद्योगको सङ्ख्या र रकम भने निकै बढी छ । गत अ...
आयोगले निर्वाचन प्रतिवेदन आज सातै प्रदेशका प्रमुखलाई बुझाउने
प्रशासन, समाचार

आयोगले निर्वाचन प्रतिवेदन आज सातै प्रदेशका प्रमुखलाई बुझाउने

नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन आज सातै प्रदेशका प्रमुखलाई बुझाउने भएको छ। आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले दिउँसो १ बजे सबै प्रदेशका प्रमुखलाई प्रतिवेदन बुझाउने जानकारी दिए। यसका लागि आयोगका पदाधिकारी हरेक प्रदेशका राजधानी पुगिसकेका छन्।प्रवक्ता पौडेलका अनुसार प्रतिवेदन बुझाउन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया प्रदेश १,आयुक्त सगुनशमशेर जबरा मधेश र सचिव गोकर्णमणि दुवाडी वागमती प्रदेशको राजधानीहरूमा पुगेका छन्। यस्तै गण्डकीमा आयुक्त इश्वरीप्रसाद पौडेल, लुम्बिनीमा आयुक्त रामप्रसाद भण्डारी र कर्णालीमा सहसचिव यज्ञप्रसाद भट्टराई र सुदूरपश्चिम प्रदेशमा आयुक्त जानकी कुमारी तुलाधर पुगेका छन्। उनीहरूले एकै समयमा शनिबार प्रतिवेदन बुझाउने प्रवक्ता पौडेलले जानकारी दिए। प्रदेशसभातर्फ प्रत्यक्षबाट ३३० र सम...
राष्ट्रिय दलित आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्कराजलाई कारबाही गर्न माग
प्रशासन, समाचार

राष्ट्रिय दलित आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्कराजलाई कारबाही गर्न माग

नेपालअखबार, धरान । राष्ट्रिय दलित आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईलाई कानुनबमोजिम कारबाही गर्न माग गरेको छ । मेयर राईले दलित समुदायमाथि आँच आउने अभिव्यक्ति दिएको भन्दै आयोगका अध्यक्ष देवराज विश्वकर्माले आवश्यक कारबाहीका लागि गृह मन्त्रालयलाई पत्रचार गरेका हुन् । धरानकै कार्यपालिका सदस्यहरु सावित्री परियार, देवीमाया बिक र दिनेश गजमेरसहितका दलित जनप्रतिनिधि र संघसंगठनले पनि मेयर राईलाई कारबाही गर्न माग गरेका छन् । जनताको प्रतिनिधि र स्थानीय सरकार प्रमुखजस्तो गरिमामय पदमा आसिन व्यक्तिले संविधान, प्रचलित मूल्य र मान्यता, अन्तर्राष्ट्रिय मानव अधिकारको भावना र मर्म विपरीत साम्प्रदायिक र कुनै जातप्रति अपमान हुने अभिव्यक्ति दिएको भन्दै उनलाई कानुनअनुसार कारबाही हुनु पर्ने उनीहरुको माग छ । संयुक्त वक्तव्य जारी गर्दै नेपाल उत्पीडित जातीय मूक्ति समाज, नेपाल दलित संघ, ...
धुवाँ धेरै फाल्ने गाडीलाई आजदेखि १ लाख जरिवाना लिइने
प्रशासन, समाचार

धुवाँ धेरै फाल्ने गाडीलाई आजदेखि १ लाख जरिवाना लिइने

नेपालअखबार, काठमाडाैं । वन तथा वातावरण विभागले प्रदूषण जाँच नगरी सञ्चालन भएका सवारीसाधनलाई आज पुस १ गतेदेखि रु एक लाख जरिवाना गर्ने भएको छ। विभागले गत मङ्सिर २२ गते एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारूपमा जलाउने फोहर रहेको भन्दै प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको थियो। पछिल्लो समयमा काठमाडौँ उपत्यकामा सञ्चालन भइरहेका गाडीमा धुवाँ निष्काशनको अवस्था दयनीय पाइएकाले प्रदूषण जाँच नगरेका गाडीलाई आजदेखि कारबाहीसहित जारिवाना गरिने विभागले जनाएको छ। यसैगरी विभागले प्रदूषण जाँच गरेरमात्रै गाडी चलाउन आग्रह गरेको छ। विभागले गाडीको धुवाँ निष्काशनको अवस्थाबारे परीक्षणलाई प्रभावकारी बनाउनसमेत जनाएको छ। अहिले धुवाँ परीक्षण गर्दा मापदण्डभन्दा धेरै प्रदूषण गराइरहेका गाडीलाई एकपटकका लागि मर्मत गरी अवस्था दुरुस्त राख्न ...
आयोगले बुझायो प्रधानमन्त्री देउवालाई मतपरिणाम प्रतिवेदन
प्रशासन, समाचार

आयोगले बुझायो प्रधानमन्त्री देउवालाई मतपरिणाम प्रतिवेदन

नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई मतपरिणाम प्रतिवेदन बुझाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री देउवालाई निर्वाचन प्रतिवेदन बुझाएका हुन्। मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव भएको थियो। आयोगले बुधबार समानुपातिकतर्फको सांसद निर्वाचित भएको घोषणा गरेको थियो। बिहीबार नै आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनलाई निर्वाचन प्रतिवेदन बुझाएको थियो।...