चुनावी खर्च सीमा : उम्मेदवारले २५ देखि ३३ लाखसम्म खर्च गर्न पाउने आयोगको प्रस्ताव
नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनमा उमेदवारहरूले गर्ने खर्चको सीमा तोक्न मंगलबार दलहरूसँग छलफल गर्ने भएको छ । त्यसका लागि आयोगले १२ दलका प्रतिनिधिलाई आयोगको केन्द्रीय कार्यालयमा छलफलका लागि बोलाएको छ । आयोग प्रवक्ता शालिग्राम पौडेलले ११ बजे दलहरूसँग छलफल राखिएको बताए ।
निर्वाचन आयोग स्रोतका अनुसार २०७४ को तुलनामा उम्मेदवारले गर्न पाउने खर्च बढाउने तयारी गरेको छ । ०७४ को निर्वाचनमा प्रदेश सभातर्फ प्रति उमेदवार १५ लाख र प्रतिनिधि सभातर्फ २५ लाख रुपैयाँ खर्च सीमा तोकेको आयोगले यो पटक त्यसमा हेरफेर गर्न लागेको हो । त्यसका लागि आयोगले दलहरूलाई खर्च सीमाको प्रस्ताव अध्ययनका लागि पठाइसकेको छ । जसमा जिल्ला पिच्छे फरकफरक छ ।
प्रवक्ता पौडेलले खर्च सीमाबारे विभिन्न प्रस्तावमा छलफल भएको र तिनै प्रस्तावहरूमाथि सुझाव लिएर निर्णय लिने बताए...






