Friday, August 28

प्रशासन

आजबाट काठमाडौंका सार्वजनिक स्थलमा धूमपान निषेध
प्रशासन, समाचार

आजबाट काठमाडौंका सार्वजनिक स्थलमा धूमपान निषेध

नेपालअखबार, काठमाडाैं । आजबाट काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गरेको छ। महानगरका नगरप्रमुख बालेन शाहका सचिवालय सदस्य सुनिल लम्सालले महानगरपालिकाको नगर सभाको ११औँ अधिवेशनबाट सार्वजनिक स्थलमा धूमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्ने नीति पारित गरेको बताए। उनका अनुसार सोही नीतिअनुरूप असोज १ गतेबाट सार्वजनिक स्थलमा धूमपान तथा  सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गरिएको हो। महानगरका सार्वजनिक स्थलमा चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नशा लिने वा सेवन गर्ने कार्य पूर्ण रूपमा निषेध गरिएको छ। महानगरको नियम उल्लंघन गरेमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ समेतका आधारमा कानुन उल्लंघन गर्ने व्यक्तिलाई सार्वजनिक स...
२ लाख ५४ हजार मतदाता बढे, २२ हजार २२६ मतदान केन्द्र निर्धारण
प्रशासन, समाचार

२ लाख ५४ हजार मतदाता बढे, २२ हजार २२६ मतदान केन्द्र निर्धारण

नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि देशभर १० हजार ८९१ मतदानस्थलमा २२ हजार २२६ मतदान केन्द्र तोकेको छ । आयोगले शुक्रबार जारी गरेको विवरणअनुसार गत स्थानीय निर्वाचनको तुलनामा २ लख ५४ हजार ८४७ मतदाता बढेका छन् ।
डेंगु फैलिएपछि काठमाडौं महानगरले सुरु गर्‍यो हटलाइन सेवा, एम्बुलेन्स सेवा पनि निशुल्क
प्रशासन, समाचार

डेंगु फैलिएपछि काठमाडौं महानगरले सुरु गर्‍यो हटलाइन सेवा, एम्बुलेन्स सेवा पनि निशुल्क

नेपालअखबार, काठमाडाैं । डेंगु फैलिएपछि काठमाडौं महानगरपालिकाले हटलाइन सेवा सुरु गरेको छ । महानगरका मेयर बालेन्द्र शाहका अनुसार डेंगु संक्रमितका लागि २४ घण्टे हटलाइन सुरु भएको। हो । डेंगु संक्रमित भए वा भएको शंका लागेमा  ११८० मा फोन गरेर स्वास्थ्यकर्मीबाट नै परामर्श लिन सकिनेछ ।  आवश्यक परे १०२ मा फोन गरेरमहानगरको निःशुल्क एम्बुलेन्स सेवा लिन सकिनेछ । ‘डेंगु जसरी समुदायमा फैलाएको छ, त्यसको रोकथाम र नियन्त्रणका लागि अत्याधिक सचेतना र क्रियाशीलताको आवश्यकता भएको कुरा हामी सबैले अनुभव गरेको कुरा हो,’ उनले भनेका छन्, ‘यसका लागि महानगर पहिलेदेखि नै महानगरस्तरमा सक्रिय रहेको जानकारी गराउँदछौँ ।’ भइरहेका कार्यक्रमहरुलाई थप विस्तार गर्दै नयाँ कार्यक्रमहरु पनि ल्याएर स्रोत तथा जनशक्तिको अधिकतम प्रयोग भइरहेको उनले बताएका छन् ।...
सेनाले माग्यो २२९ सहायक सेनानी
प्रशासन, समाचार

सेनाले माग्यो २२९ सहायक सेनानी

नेपालअखबार, काठमाडाैं । नेपाली सेनाले २२९ जना सहायक सेनानी माग गरेको छ। आज गोरखापत्रमा सूचना निकालेर सेनाको भर्ना छनौट निर्देशनालय जंगी अड्काले अधिकृत (सहायक सेनानी) मागेको हो। खुला तथा समावेशी प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने सेनाले जनाएको छ। सेनाको वेबसाइटबाट फारम डाउनलोड गरी भर्ना केन्द्रमा १० रूपैयाँको टिकट टाँसेर आवेदन भर्न सकिने सेनाले बताएको छ। काठमाडौंस्थित स्वयम्भू बारूदखाना परिसर, इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टर, महोत्तरी, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र कैलालीबाट पनि आवेदन फारम गर्न सकिने निर्देशनालयले जानकारी दिएको छ। आवेदन दिँदा एक हजार दस्तुर लाग्नेछ। प्रमाणपत्र तह वा सो सरह पास गरेकाले अधिकृत क्याडेटका लागि आवेदन दिन सक्नेछन्। उचाइ पुरूषका हकमा ५ मिट ३ इन्च र महिला ५ फिटको हुनुपर्नेछ।...
स्वर्ण वर्ष मनाउँदै चितवन राष्ट्रिय निकुञ्ज
प्रशासन, समाचार

स्वर्ण वर्ष मनाउँदै चितवन राष्ट्रिय निकुञ्ज

नेपालअखबार, चितवन । नेपालको पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज यही असोज ४ गते ५० औँ वर्ष प्रवेशका अवसरमा स्वर्ण वर्ष मनाउने भएको छ । विसं २०३० असोज ४ गते यो निकुञ्ज स्थापना भएको हो ।  निकुञ्जले आफ्नो स्वर्ण वर्ष भरि विविध कार्यक्रमको आयोजना गरी मनाउने भएको हो । असोज ७ गते औपचारिक कार्यक्रम गरी स्वर्ण वर्ष शुभारम्भ गरिँदैछ । निकुञ्ज परिसर कसरामा स्वर्ण वर्षको शुभारम्भ गरिने निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । महोत्सवमा स्मारिका प्रकाशितगर्ने, स्वर्ण स्तम्भ अनावरण गर्ने, मध्यवर्ती क्षेत्रका बोटे, कुमाल, थारू, गुरुङ, मगर, तामाङ, दरै आदि समुदायको संस्कृति प्रदर्शन जस्ता कार्यक्रमहरु आयोजना गरिने तिवारीले जानकारी दिए । चितवन राष्ट्रिय निकुञ्ज ९५२.६३ वर्ग किमि फैलिएको छ । सन् १९८४ मा विश्व सम्पदा सूचीमा सूचीकृत यस निकुञ्जमा गैँडा, पाटे बाघ, सोंस, गौरीलाई, काठे भालु...
महानगरलाई वीर अस्पतालको जवाफ- घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउँदै आएका छौँ गएर हेर्नू
प्रशासन, समाचार

महानगरलाई वीर अस्पतालको जवाफ- घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउँदै आएका छौँ गएर हेर्नू

नेपालअखबार, काठमाडाैं । वीर अस्पतालले घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउने गरेको जनाएको छ। काठमाडौँ महानगरपालिकाले वीर अस्पतालले पनि घरबहाल कर नबुझाएको भन्ने सूचना सार्वजनिक गरेकोप्रति आपत्ति जनाउँदै राजस्व कार्यालयमा गएर विवरण हेर्न सकिने जनाएको हो। महानगरले यस्तो तथ्य सार्वजनिक गर्नुअघि पत्र लेखेको भए यस विषयमा जानकारी गराइने उल्लेख गर्दै वीर अस्पतालका सूचना अधिकारी सागर मिश्रले संवेदनशील संस्थाका विषयमा गलत तथ्य बाहिर ल्याएको बताए। ‘स्थानीय तह सञ्चालन ऐन आउनुअघिदेखि वीर अस्पतालले राजस्व कार्यालयमा कर दाखिला गर्दै आएकामा अहिले पनि त्यसै गरिरहेका छौं, राजस्व कार्यालयमा बुझाउने कर महानगरपालिकामा परिवर्तन गर्न पत्र नआएका कारण पहिले जसरी नै तिरेको देखिन्छ’, उनले भने। दैनिक करिब दुई हजार पाँच सय बिरामी आउने गरेको अस्पतालले जनाएको छ। धेरै बिरामी चापका कारण त्यसको व्यवस्थापनम...
समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउन आयोगले दियो २ दिन समय
प्रशासन, समाचार

समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउन आयोगले दियो २ दिन समय

नेपालअखबार, काठमाडाैं । मंसिर ४ मा हुने निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारहरूको बन्द सूची दलहरूले असोज २ र ३ मा निर्वाचन आयोगमा बुझाउनुपर्ने भएको छ। बन्द सूची लिनका लागि आयोग परिसरमै मुख्य निर्वाचन अधिकृत कार्यालय सञ्चालनमा ल्याइसकेको आयोगले जनाएको छ। दलहरूले उम्मेदवारको नाम रहेको बन्द सूची पेश गर्दा समावेशी सिद्धान्तअनुसार कानून बमोजिम आवश्यक काजगात पेश गर्नुपर्ने हुन्छ। आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रवक्ता गुरूप्रसाद वाग्लेले कागजात अपुग भए बन्द सूची दर्ता नगरिने बताएका छन्। आवश्यक प्रक्रिया र कागजातको चेकलिष्ट आयोगको वेबसाइटमा रहेको उनले बताए। दलहरूले बुझाएका बन्दसूची जाँचबुझ गरेर आयोगले संशोधन गर्न असोज ४ देखि ९ गतेसम्म समय दिने जनाएको छ। असोज १० देखि १६ गतेसम्म दलहरूले आवश्यक परिमार्जन सूची पेश गर्न सक्छन्। प्रत्यक्षतर्फ निर्वाचनका लागि भने आयोग...
मन्त्री कुँवरद्धारा ९ जना श्रमिकका गुनासो सम्बोधन
प्रशासन, समाचार

मन्त्री कुँवरद्धारा ९ जना श्रमिकका गुनासो सम्बोधन

नेपालअखबार, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा गएर समस्यामा परेका ९ जना श्रमिकका गुनासो सम्बोधन । आईतबार मन्त्रालयमा 'श्रमिकसँग श्रम मन्त्री' कार्यक्रम अन्तरर्गत उहाँले ९ जना श्रमिकका गुनासो सम्बोधन गर्नु भएको हो कार्यक्रममा  श्रमिकले मन्त्रीसँग भिजिट भिसामा दुबई गएर ठगिएको, रोमानिया पठाउने भनेर म्यानपावरले ठगेको, साउदीमा म्यानपावरले भने जस्तो काम नपाए समस्यामा परेको, पैसा नदिएका कारण मलेसिया जान नपाएको जस्ता गुनासोहरु राखेका थिए । पछिल्लो समय धेरैले विदेश जादाँ ठगिएको गुनासोहरु राख्ने गरेका छन् । मन्त्री कुँवरले मन्त्रालयमा ठगिएको भनेर आएका गुनासोलाई मन्त्रालयले सहजिकरण गर्ने बताउनु भएको छ । साथै उहाँले वैदेशिक रोजगारीमा पठाउने नाममा जताततै ठगी हुदाँ सरकारलाई अफ्ठ्यारो भइरहेको समेत बताउनु भयो । उहाँले म्यानपावरले श्रमिकबाट विदेश...
लोक सेवा आयोगले गर्‍यो​ अंकभारमा संशोधन
प्रशासन, समाचार

लोक सेवा आयोगले गर्‍यो​ अंकभारमा संशोधन

नेपालअखबार, काठमाडाैं । अबदेखि लोक सेवा आयोगले लिने प्रथम चरणको परीक्षामा प्राप्त गरेको अंकको ५० प्रतिशत मात्रै अन्तिम चरणमा जोडिने भएको छ । लोक सेवा आयोगले आर्थिक वर्ष २०७९/०८० देखि हुने विज्ञापनमा लिखित परीक्षाको प्रथम चरण (प्रथम पत्र) मा उम्मेदवारले प्राप्त गरेको कुल अंकको ५० प्रतिशत अंकभार मात्रै अर्को चरणमा जोड्ने निर्णय गरेको हो । १३ भदौ २०७९ मा बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो । शाखा अधिकृत, नायब सुब्बा र खरिदार वा सो सरहका पदको खुल्ला प्रतियोगितात्मक लिखित परीक्षाको प्रथम चरण प्राप्त गरेको नम्बरको ५० प्रतिशत अन्तिम चरणको योग्यताक्रममा गणना गरिने आयोगको प्रवक्ता तोयनारायण सुवेदीले जानकारी दिए । सहसचिव वा सो सरह पदको द्वितीय चरणको सक्षमता परीक्षा अन्तर्गत मामिला प्रस्तुतीकरणको पूर्णाङ्क ५० को ठाउँमा ३० अंक कायम गरिएको प्रवक्ता सुवेदीले बताए । आयोगले लिखित परीक्षाको पाठ्...
पोखरा महानगरले चलायो आफ्नै भवनमा डोजर
प्रशासन, समाचार

पोखरा महानगरले चलायो आफ्नै भवनमा डोजर

नेपालअखबार, पाेखरा । पोखरा महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका दुइटा भवनमा डोजर चलाएको छ। पोखरा–९ महेन्द्रपुलस्थित महानगरका भवन भत्काउन आज डोजर चलाइएको हो। महानगर प्रमुख धनराज आचार्य,  वडानं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी सहित नगर प्रहरीसहितको टोलीले भवनका सटर भत्काउन सुरू गरेको हो। महेन्द्रपुलबाट रानीपौवा जाने सडकको वारिपारि रहेका सार्वजनिक पुस्तकालय र आर्ट ग्यालरी रहेका दुई तलाका भवन भत्काएर सार्वजनिक उद्यान बनाउने महानगरको योजना छ। महानगरले दिउँसो ट्राफिक जाम हुने भएकाले रातको समयमा भवन भत्काएर खाली गर्ने काम जारी रहने जनाएको छ। महानगरका यी दुई भवन ४० वर्षअघि निर्माण गरिएका हुन्। भवनका तला–तलामा ३० सटर महानगरले भाडामा लगाए पनि नियमित भाडा नउठेको र बिचौलियाले फाइदा लिएको महानगरले जनाएको छ। भाडामा लगाइएका सटरलाई हट्न महानगरले सात दिनको दुईपटक र पुनः ३५ दिने सूचना दि...