Thursday, April 23

प्रशासन

तनहुँ भीमाद नगरपालिकाको सेवा अनिश्चितकालका लागि बन्द
प्रशासन, समाचार

तनहुँ भीमाद नगरपालिकाको सेवा अनिश्चितकालका लागि बन्द

नेपाल अखबार, दमौली । तनहुँको भीमाद नगरपालिकाले अनिश्चितकालका लागि सेवा बन्द गरेको छ । समुदायस्तरमा कोरोनाको सङ्क्रमण बढ्दै गएकाले नगरपालिकाले आजदेखि अर्को सूचना नभएसम्मका लागि स्वास्थ्य र सुरक्षासम्बन्धीबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । नगरकार्यपालिकाको कार्यालयबाट कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य तथा सुरक्षासम्बन्धी कार्यबाहेक सम्पूर्ण कार्य र सबै वडा बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य, सुरक्षाबाहेक कुनै पनि किसिमका सवारी साधन आवतजावत नगर्न, सम्पूर्ण सङ्घसंस्था, कार्यालय बन्द गर्न, अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ । भीमाद नगरपालिका–६ मा मङ्गलबार ३८, २०, १८ र ३७ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण भएको थियो । यसअगाडि सोही वडाकै एक व्यक्तिमा कोरोना पुष्टि भएपछि नगरपालिकाले समुदायस्तरक...
काठमाडौंमा महिलालाई बन्धक बनाएर हत्या गर्ने युवक पक्राउ
प्रशासन, समाचार

काठमाडौंमा महिलालाई बन्धक बनाएर हत्या गर्ने युवक पक्राउ

नेपाल अखबार, काठमाडौं । महिलालाई बन्धक बनाएर हत्या गरी फरार भएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका-११ बडेगाउँका ३५ वर्षीय विनय श्रेष्ठ भन्ने विनय माझी पक्राउ परेका हुन् । माझीलाई महानगरीय अपराध महाशाखा, काठमाडौंको टोलीले हेटौंडा उपमहानगरपालिका-१४ नयाँ बस्तीबाट सोमबार नियन्त्रणमा लिएको हो ।माझीले ०७६ साल जेठ ५ गते काठमाडैं कागेश्वरी मनहरा नगरपालिका-९ गोठाटारस्थित एक टहरोमा सिन्धुपाल्चोक घर भई जोरपाटी बस्ने ३६ वर्षीय पम्फा श्रेष्ठको हत्या गरेर फरार भएको महाशाखाका प्रमुख, एसएसपी दीपक थापाले बताए । त्यसयता उनी फरार थिए । अनुसन्धानको क्रममा विनयले मृतक पम्फालाई आफ्नै कोठामा लिएर वैशाख ३० गतेदेखि बन्धक बनाएका थिए । पछि स्थानीयले खबर गरेपछि जेठ ५ गते सोही कोठाको खाटमा महिलाको शव भेटिएको थियो । कोठाको बाहिरबाट ताला लगाइएको थियो ।...
चाडपर्व नजिकिएसँगै प्रहरीले सक्रियता बढायो
प्रशासन, समाचार, हाइलाइट-समाचार

चाडपर्व नजिकिएसँगै प्रहरीले सक्रियता बढायो

नेपाल अखबार, काठमाडाैं। चाडपर्वलाई लक्षित गरी प्रहरीले सुरक्षा सक्रियता र निगरानी बढाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतका अनुसार सम्भावित जोखिम क्षेत्रको पहिचान गर्दै मातहतका प्रहरी कार्यालयले उच्च निगरानी बढाएको जानकारी दिए । उनका अनुसार मुख्यगरी खाद्य वस्तुमा कालोबजारी हुने, अखाद्य वस्तुलाई विक्री वितरण गर्ने, मिति सकिएका वस्तुमा नयाँ मिति राखेर विक्री गर्ने तथा कानुन विपरितका कार्य गर्न सक्ने भएकाले त्यसतर्फ प्रहरीले निगरानी बढाएको छ । यस्तै चोरी, तस्करी र आपराधिक गतिविधिसमेत हुन सक्नेतर्फ पनि प्रहरीले थप सुरक्षा सतर्कता बढाएको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले मातहतका कार्यालय प्रमुखलाई अवैध गतिविधि नियन्त्रणमा सक्रिय हुन निर्देशन दिइएको जानकारी दिए। प्रहरीले चाडपर्वलाई लक्षित विशेष सुरक्षा योजना लागू गरेर...
चाडपर्व नजिकिएसँगै प्रहरीले सक्रियता बढायो
प्रशासन, समाचार, हाइलाइट-समाचार

चाडपर्व नजिकिएसँगै प्रहरीले सक्रियता बढायो

नेपाल अखबार, काठमाडाैं। चाडपर्वलाई लक्षित गरी प्रहरीले सुरक्षा सक्रियता र निगरानी बढाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतका अनुसार सम्भावित जोखिम क्षेत्रको पहिचान गर्दै मातहतका प्रहरी कार्यालयले उच्च निगरानी बढाएको जानकारी दिए । उनका अनुसार मुख्यगरी खाद्य वस्तुमा कालोबजारी हुने, अखाद्य वस्तुलाई विक्री वितरण गर्ने, मिति सकिएका वस्तुमा नयाँ मिति राखेर विक्री गर्ने तथा कानुन विपरितका कार्य गर्न सक्ने भएकाले त्यसतर्फ प्रहरीले निगरानी बढाएको छ । यस्तै चोरी, तस्करी र आपराधिक गतिविधिसमेत हुन सक्नेतर्फ पनि प्रहरीले थप सुरक्षा सतर्कता बढाएको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले मातहतका कार्यालय प्रमुखलाई अवैध गतिविधि नियन्त्रणमा सक्रिय हुन निर्देशन दिइएको जानकारी दिए। प्रहरीले चाडपर्वलाई लक्षित विशेष सुरक्षा योजना लागू गरेर...
पाेखरामा हाडनाता करणीको अभियोगमा युवक पक्राउ
प्रशासन, समाचार

पाेखरामा हाडनाता करणीको अभियोगमा युवक पक्राउ

नेपाल अखबार, पाेखरा। कास्की प्रहरीले हाडनाता करणी गरेको अभियोगमा सर्लाही घर भएका २१ वर्षीय एक युवकलाई पक्राउ गरेको छ । विसं २०७६ पुस २ गते राति पोखरामा आफ्नै भतिजी नाता पर्ने १४ वर्षीया बालिकालाई घरमा कोही नभएको अवस्थामा डर धम्की दिई करणी गरेको र बालिकाले गत भदौ २९ गते छोरा जन्म दिएपछि परिवारले दिएको जाहेरीका आधारमा पीडकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । कास्की प्रहरीले जिल्ला प्रहरी कार्यालय सर्लाहीको समन्वयमा युवकलाई आइतबार पक्राउ गरी पोखरा ल्याएर उनी विरुद्ध हाडनाता करणी कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । “प्रहरीलाई बच्चा जन्मेपछि मात्र जाहेरी आयो, त्यसपछि पीडक सर्लाहीमा छन् भन्ने भएपछि त्यहाँको प्रहरीसँगको समन्वयमा पक्राउ गरी ल्याएका हौँ, थप अनुसन्धान भइरहेको छ ।...
सेवाग्राहीको  थेगिनसक्नु भीड, कोरोना जोखिम बढ्यो
प्रशासन, समाचार, हाइलाइट-समाचार

सेवाग्राहीको थेगिनसक्नु भीड, कोरोना जोखिम बढ्यो

नेपाल अखबार,डाेटी । जिल्ला प्रशासन कार्यालय डोटीमा हिजोआज सेवाग्राहीको थेगिनसक्नु भीड लाग्ने गरेको छ । प्रशासन कार्यालयमा यहाँका ग्रामीण क्षेत्रबाट दैनिक २०० जनासम्म सेवाग्राही आउने गरेका छन् । सेवाग्राहीको भीड बढेपछि कोरोना जोखिम बढ्नसक्ने भन्दै कार्यालयका कर्मचारीमा चिन्ता थपिन थालेको छ । पछिल्ले समय कार्यालयमा मास्क नलगाएर आउने सेवाग्राहीलाई सुरक्षाकर्मीले कार्यालय प्रवेश नै नदिएर फिर्ता पठाउने र मास्क लगाएर आउन आग्रह गरिन थालिएको छ । बाढीपहिरोपीडित भएकाका नागरिकका लागि राहत, नागरिकता, राष्ट्रिय परिचयपत्रलगायतका सेवा लिन आउने नागरिकका कारण प्रशासन कार्यालयमा निकै भीड बढ्न थालेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिए । प्रशासनमा दैनिक २०० हाराहारीमा सेवाग्राही आउने गरेका छन् । सेवा लिन आउने सेवाग्राहीमा सबैभन्दा बढी नागरिकता बनाउन आउनेको भीड लाग्ने गरेको कार्यालयले जनाएको...
८३ वर्षीय फरार प्रतिवादी पक्राउ
प्रशासन, समाचार

८३ वर्षीय फरार प्रतिवादी पक्राउ

नेपाल अखबार,बागलुङ । प्रहरीले सरकारी छाप, कागज र दस्तखतको दुरुपयोग मुद्दाका फरार प्रतिवादी बागलुङ नगरपालिका–७ का ८३ वर्षीय इन्द्रनिधि पाध्यालाई पक्राउ गरेको छ । उनीलाई विसं २०६४ पुस १३ गते अदालतले ११ महिना २० दिन कैद र रु ५० जरिवानाको फैसला गरेको थियो । उनी अदालतको फरार सूचीमा रहेका थिए । उनीसहित विभिन्न मुद्दामा दोषी ठहर भई अदालतबाट सजाय तोकिएका आठ फरार प्रतिवादीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा कुटपिट मुद्दाका फरार जैमिनी नगरपालिका–१० का ५३ वर्षीय मनबहादुर श्रीस, सार्वजनिक अपराधमा सोही वडाका ३२ वर्षीय जनक श्रीस र २८ वर्षीय समिर श्रीस छन् । बागलुङ –९ का २६ वर्षीया किरण विक, वडा नं १० का विनोद शर्मा र बरेङ गाउँपालिका– १ का यमबहादुर थापा पनि सार्वजनिक मुद्दामै पक्राउ परेका हुन् । यस्तै गाली बेइज्जती मुद्दामा बरेङ–३ का ४० वर्षीया हीरा श्रीसलाई पक्राउ...
आवतजावत नगर्न र बसोबास रहेकै स्थानमा दशैँ मनाउन आग्रह
प्रशासन, समाचार, समाज

आवतजावत नगर्न र बसोबास रहेकै स्थानमा दशैँ मनाउन आग्रह

नेपालअखबार, काठमाडाैं। काठमाडौँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को प्रकोप बढ्दै गएकोले दशैंँमा एक अर्को ठाउँमा आवतजावत नगर्न र बसोबास गरेकै स्थानमा दशैँ मनाउन आग्रह गरेको छ । मन्त्रालयले ‘दशैंँमा आवतजावत गर्दा कोरोनाको सङ्क्रमण थप फैलन सक्ने भन्दै सर्वसाधारणलाई जुन ठाउँमा छौँ, त्यही ठाउँबाट दशँै मनाउन’ आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले यसपटक कोरोना महामारीबाट जोगिएमा दशँै अर्को वर्ष पनि मनाउन सकिने भन्दै आफू र परिवारका अन्य सदस्यलाई समेत खतरा हुने गरी एक ठाउँबाट अर्को ठाउँमा नजान आग्रह गरे । उनले महामारीका बेलामा गाउँ सहर आवतजावत गर्दा सङ्क्रमण फैलन सक्ने बताए । मन्त्रालयको ‘कोभिड इन्सिडेन्ट कमान्ड सिस्टम’को बैठकले यस्तो आग्रह गरेको भन्दै उनले जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई जरिवाना शुल्क तोक्ने मापदण्ड बनाई स्वीकृतिका लागि पठा...
सर्वोच्चका न्यायाधीशसहित केही कर्मचारीमा कोरोना पुष्टि
प्रशासन, समाचार

सर्वोच्चका न्यायाधीशसहित केही कर्मचारीमा कोरोना पुष्टि

नेपाल अखबार, काठमाडौं । सर्वोच्चका केही न्यायाधीशहरु होम क्वारेन्टिन÷सेल्फ आइसोलेसनमा बसेका छन् । सर्वोच्चका एक न्यायाधीशसहित केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि न्यायाधीशहरु होम आइसोलेशनमा बसेका हुन् । सर्वोच्चले आइतबार एक सूचना जारी गर्दै एक न्यायधीशलगायत केही अधिकृत र कर्मचारी कोरोना संक्रमित भएको र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु होम आइसोलेशनमा बसेको जनाएको छ । न्यायाधीशहरु होम आइसोलेशनमा भएपछि आज न्यायाधीश मनोज शर्माको इजलासमा मात्र पेसी तोकिएको छ । हाल सर्वोच्चमा ३ दर्जनको हाराहारीका कर्मचारीमा कोरोना पुष्टि भइसकेको छ।...
मन्त्री अर्यालद्वारा स्याङ्जाका पहिरो पीडितलाई राहत हस्तान्तरण
प्रशासन, समाचार

मन्त्री अर्यालद्वारा स्याङ्जाका पहिरो पीडितलाई राहत हस्तान्तरण

नेपाल अखबार, स्याङ्जा । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमार अर्यालले केही दिन अघी आएको अबिरल वर्षाका कारण आएको पहिरोमा परि मृत्यु भएका मृतक तथा घाइतेको परिवारलाई राहत बितरण गरेकी छन् । मन्त्री अर्यालले गत असोज ८ गतेको पहिरोमा परि वालिङ नगरपालिका, १४ मा मृत्यु भएका परिवारलाई शुक्रबार राहत प्रदान गरेकी हुन् । राहत हस्तान्तरण गर्दै मन्त्री अर्यालले स्वर्गीय माया नेपालीका छोरा भोजराज र छोरी मनिषाले आफ्ना अभिभावक गुमाउनुपरेको पिडा आफूले महशुस गरेको बताइन । मृतकका छोरा र छोरीको अभिभावक सरकार रहेको बताउदै मन्त्री अर्यालले मनिषाको शिक्षाका लागी आफुले व्यवस्था गर्ने र अभिभावक समेत आफु रहेको बताइन । पहिरो पिडित भोजराजको बस्ने घर नै पहिरोले पुरेपछि अहिले नजिकैको विद्यालयमा काजक्रियामा रहेका छन् । पिडितको घर सरकारले बनाइँदिने भन्दै मन्त्री अर्यालले पहिरो पिडित र विस्थापित परिवारक...