Thursday, April 23

प्रशासन

कक्षा १२ का विद्यार्थीलाई शिक्षा मन्त्री पोखरेलको सन्देश
प्रशासन, शिक्षा, समाचार

कक्षा १२ का विद्यार्थीलाई शिक्षा मन्त्री पोखरेलको सन्देश

नेपाल अखबार, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) ले गर्दा माध्यमिक शिक्षा परीक्षा (एसईई) हुन नसकेपछि कतिपयले कक्षा १२ को परीक्षा नहुने अनुमान गरेका छन् । कक्षा ११ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डको सट्टा विद्यालयले नै लिने भएपछि त्यस्तो तर्क गर्नेहरूलाई थप बल मिलेको छ । तर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले भने ढिलो चाँडो कक्षा १२ को परीक्षा हुने बताउँछन् । उनी भन्छन्, ‘यो विद्यालय शिक्षाको अन्तिम परीक्षा हो, त्यसैले पनि अहिलेसम्म परीक्षा नगर्ने कोणबाट सोचिएको छैन ।’राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गर्नुपर्ने, यसैको आधारमा विश्वविद्यालयमा भर्ना हुनुपर्ने, समकक्षता निर्धारण जस्ता कारणले गर्दा कक्षा १२ को परीक्षा रद्द गर्न नमिल्ने मन्त्री पोखरेलको भनाइ छ । ‘संक्रमण बढेको कारणले निर्धारित समयमा हुन नसकेको मात्रै हो’ मन्त्री पोखरेल भन्छन्, ‘जनस्वास्थ्यका सम्पूर्...
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा देवकोटा, लिए सपथ
प्रशासन, समाचार

गण्डकी विश्वविद्यालयको उपकुलपतिमा देवकोटा, लिए सपथ

नेपाल अखबार, पाेखरा। गण्डकी विश्वविद्यालयको उपकुलपतिमा प्राडा नवराज देवकोट नियुक्त हुनुभएको छ । उपकुलपति नियुक्त भएका देवकोटालाई शुक्रबार बिहान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले सपथ ग्रहण गराएका हुन्। उपकुलपति नियुक्त गर्न गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनको नेतृत्वमा रहेको सर्च कमिटीले दुई जनाको नाम सिफारिस गरेकोमा देवकोटाले उपकुलपति नियुक्ति पाएका थिए। यसअघि देवकोटा चितवनस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयमा कार्यरत थिए। देवकोटालाई पाँच वर्षे कार्यकालका लागि गण्डकी विश्वविद्यालयको उपकुलपति बनाइएको हो।...
प्रदेश–५ मा ९ हजार प्रहरीलाई आचारसंहिताबारे प्रशिक्षण
प्रदेश ५, प्रशासन

प्रदेश–५ मा ९ हजार प्रहरीलाई आचारसंहिताबारे प्रशिक्षण

नेपाल अखबार, काठमाडौं । प्रदेश–५ प्रहरी कार्यालय मातहतका ८ हजार ९ सय २४ जना प्रहरी कर्मचारीलाई आचारसंहिताबारे प्रशिक्षण दिइएको छ । प्रहरी प्रधान कार्यालयले लागू गरेको नयाँ आचारसंहिता बारे मातहतका १२ वटा जिल्ला, तालिम केन्द्र, प्रदेश ट्राफिक प्रहरी कार्यालय र चौकीसम्म प्रशिक्षण दिइएको हो । प्रदेश–५ प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) राजकुमार बैदवारले सेवाग्राहिलाई गर्नुपर्ने ब्यवहार, नैतिकता र अनुशासन बारे प्रशिक्षण दिइएको बताए । रातोपाटीसँग कुरा गर्दै बैदवारले भने–‘सो प्रशिक्षणपछि प्रहरी कर्मचारीको ब्यवहारमा थप परिपक्वता आउने विश्वास लिएका छौं ।’ प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले आचारसंहिता सम्बन्धी कार्यादेश–०७७ जारी गरेका थिए । आचारसंहितामा सरुवा, बढुवामा शक्तिकेन्द्रबाट दवान दिन नपाउने कुरा उल्लेख छ । त्यस्तै, नेता र मन्त्रि भेट्न पनि प्रहरी महानिरिक्षकको सचिवालयबाट अनुमती लिनुप...
ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ
प्रशासन, समाचार

ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

नेपाल अखबार, झापा। दक्षिणी झापाको सीमावर्ती गाउँपालिका कचनकवल–१ बाट लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार किशनगञ्ज सुखानाडिगी पदमपुरका ३२ वर्षीय फरबेद आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार भारतबाट नेपालतर्फ आउँदै गर्दा कचनकवल–१ स्थित बगानमा जाँच गर्ने क्रममा आलमको साथबाट ११.।६५ ग्राम ब्राउनसुगर बरामद गरेको उनले बताए । पक्राउ परेका आलमलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको र आज म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइने भएको छ । रासस...
भारत लैजाँदै गरेको आधा केजी सुनसहित दुईजना पक्राउ
प्रशासन, समाचार

भारत लैजाँदै गरेको आधा केजी सुनसहित दुईजना पक्राउ

नेपाल अखबार, बुटवल । भारततर्फ लैजाँदै गरेको आधा केजी सुनसहित प्रहरीले कपिलवस्तुमा दुई जनालाई पक्राउ गरेको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका–५ बनकछियाबाट भारततर्फ जाँदै गरेको अवस्थामा पाँच सय ग्राम सुनसहित ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी बहिनी १५ वर्षीया महिमा गुप्ता पक्राउ परेका हुन् ।लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा भारततर्फ सुन लैजाँदै गरेको विशेष सूचनाका आधारमा उनीहरुलाई बिहीबार राति पक्राउ गरिएको कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । बरामद सुन र पक्राउ परेका दाजु–बहिनीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तौलिहवा ल्याइएको उनले बताए ।...
पिसिआर परीक्षण निःशुल्क गर्न सरकारका नाममा परमादेश
प्रशासन, समाचार

पिसिआर परीक्षण निःशुल्क गर्न सरकारका नाममा परमादेश

नेपाल अखबार, काठमाडौँ। सर्वोच्च अदालतले कोरोना भाइरसको पीसीआर परीक्षण निःशुल्क गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र टंक मोक्तानको संयुक्त इजलासले पीसीआर परीक्षण गर्दा शुल्क नलिने व्यवस्था मिलाउन आदेश जारी गरेको हो । सार्वजनिक सरोकारको रिटअन्तर्गत अधिवक्ता लोकेन्द्र ओली र केशरजंग बस्नेतले दायर गरेको रिटमा निवेदनमा सुनुवाइ गर्दै आधारभूत मौलिक सेवा नागरिकको मौलिक हक भएकाले पिसिआर परीक्षण शुल्क नलिन भनेको हो ।...
ढोरपाटनमा शिकार अनिश्चित
पर्यटन, प्रशासन, समाचार

ढोरपाटनमा शिकार अनिश्चित

नेपाल अखबार,बाग्लुङ । स्थिति सहज भएको भए यतिबेला ढोरपाटन शिकार आरक्षमा शिकार खुला भइसक्थ्यो । पेशेवर विदेशी शिकारी आरक्ष जाने सुरसारमा हुन्थे । कोही पुगिसक्थे । यसपाली आरक्ष सुनसान छ । शिकार हुने÷नहुने अनिश्चित छ । अघिल्लो शिकार याम (फागुन–वैशाख) मा पनि बन्दाबन्दीले शिकार अपर्झट रोकिएको थियो । यात्रा प्रतिबन्धका कारण विदेशी आउने अवस्था रहेन । राजश्व बुझाइसकेका कम्पनीले शिकार खेलाउन पाएनन् । आरक्षमा बर्सेनि (फागुन–वैशाख) र (असोज–मङ्सिर) गरी दुई याममा शिकार खुल्छ । यो यामका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत साता बल्ल सिलबन्दी दरभाउपत्र आह्वान गरेको छ । अघिल्ला वर्षमा भदौ पहिलो साताभित्रै बोलपत्रको प्रक्रिया टुङ्गोमा पुग्थ्यो । असोज दोस्रो सातातिर त शिकार खेल्न शुरु भइसक्थ्यो । कोरोनाले निम्त्याएको अन्योलले तयारी केही समयपछि धकेलिएको विभागले जनाएको छ । विभागका सूचना अधि...
नागरिकताको सिफारिस गराइदिन २४ हजार घुस लिने कार्यालय सहयोगी पक्राउ
प्रशासन, समाचार

नागरिकताको सिफारिस गराइदिन २४ हजार घुस लिने कार्यालय सहयोगी पक्राउ

नेपाल अखबार,जनकपुर । नागरिकताको सिफारिस गराइदिने भन्दै २४ हजार रुपैयाँ घुस लिने जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का कार्यालय सहयोगी रंगेहात पक्राउ परेका छन्। पक्राउ पर्नेमा कार्यालय सहयोगी दिलिप पञ्जियार रहेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले बिहीबार मध्याह्न एक सेवाग्राहीसँग नागरिकताको सिफारिसबापत २४ हजार रुपैयाँ घुस लिँदालिँदै उनलाई पक्राउ गरेको हो। कार्यालय सहयोगी पञ्जियारलाई कार्यालयबाटै घुसहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोको क्षेत्रिय कार्यालय बर्दिबासले जनाएको छ।...
बली दिन भारततर्फ लैजाँदै गरिएका दुई किशोरीको सीमा क्षेत्रबाट उद्धार
प्रशासन, समाचार, समाज, हाइलाइट-समाचार

बली दिन भारततर्फ लैजाँदै गरिएका दुई किशोरीको सीमा क्षेत्रबाट उद्धार

नेपाल अखबार, इनरुवा । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल-भारतको सीमाबाट दुई किशोरीलाई प्रहरीले उद्धार गरेको छ । बली दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती दुई किशोरीलाई सुनसरीको भाण्टाबारी नाकाबाट बुधबार उद्धार गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । नेपाल र भारत तर्फका संयुक्त सुरक्षाकर्मीको टोलीले सीमा क्षेत्रबाट किशोरीको उद्धार गरेको नायव उपरीक्षक कार्कीले बताए । शङ्का लागेर सोधखोज गर्ने क्रममा किशोरीसँगै रहेका २ पुरुषलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उद्दार गरिएकामा १९ र २२ वर्षकी दुई किशोरी रहेका छन् । भारततर्फ लैजाने कार्यमा संलग्न रहेको सप्तरी कृष्ण सवरन गाउँपालिका–४ बनौलीका २९ वर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लाहान नगरपालिका–१९ कटाहका २९ वर्षीय जीवछकुमार साहलाई नियन्त्रणमा लिएको नायव उपरीक्षक कार्कीले ...
अनुगमनका क्रममा व्यापारीलाई १२ लाख ८७ हजार जरिवाना
प्रशासन, समाचार

अनुगमनका क्रममा व्यापारीलाई १२ लाख ८७ हजार जरिवाना

नेपालअखबार, काठमाडौं । काठमाडौँ महानगरपालिकाले विगत २२ दिनदेखि गरेको अनुगमनमा व्यापारीबाट जरिवानास्वरुप १२ लाख ८७ हजार असुल उपर गरेको छ । कामपाले तरकारी, फलफूल र खाद्य गरी १२३ वटा पसलमा अनुगमन गरेको थियो । यसरी गरिएको अनुगमनका क्रममा मूल्य र गुणस्तरमा उपभोक्तालाई ठगी गर्ने कालीमाटी तरकारी तथा फुलफूल बजारका २ र बल्खु तरकारी तथा फलफूल बजारका २ गरी ४ जना व्यापारीलाई कालोबजारीको कसुरमा जिल्ला प्रशासन कार्यालयमार्फत कारवाही अघि बढाइएको छ । उनीहरुले रु ४६ मा खरिद गरेको प्याजको कृतिम अभाव सृजना गरेर १३० मूल्यमा बेचिरहेको थिए । उनीहरुबाट बरामद भएको १३ हजार २६८ किलो प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत सबै खर्च कटाएर अधिकतम रु ६० प्रतिकिलाको दरले प्रतिव्यक्ति ३ किलोका दरले बिक्री प्रबन्ध गरिएको छ । अनुगमन टोलीले बिक्रीका लागि राखिएका अखाद्य सामग्री बिक्री गरिरहेको अवस्थामा ११ वटा पसलबाट कर...