Tuesday, October 20

प्रशासन

कर्णाली प्रदेशका तीन जिल्लामा निषेधाज्ञा जारी
प्रदेश ६, प्रशासन, समाचार

कर्णाली प्रदेशका तीन जिल्लामा निषेधाज्ञा जारी

नेपाल अखार, सुर्खेत । कर्णाली प्रदेशका तीन जिल्लामा आजबाट निषेधाज्ञा जारी गरिएको छ । कोभिड–१९ संक्रमितको संख्या बढ्दै गएपछि प्रदेशको सुर्खेत, जुम्ला र मुगुमा जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारहरूले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेका हुन् । स्थानीय प्रशासनले प्रदेशका केही स्थानमा यसअघि नै निषेधाज्ञा जारी गरिसकेका छन् भने प्रदेश राजधानी वीरेन्द्रनगरलगायतका कतिपय स्थानीय तहमा भने आजदेखि निषेधाज्ञा जारी भएको छ । सुर्खेतको वीरेन्द्रनगर, मुगुको गमगढी र जुम्लाको चन्दननाथमा आजदेखि निषेधाज्ञा लागू भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जुम्लामा यसअघि पनि पटक–पटक निषेधाज्ञा लागू गरिसकिएको छ । साथै रुकुम–पश्चिमको मुसिकोट नगरपालिकामा पनि बुधवारदेखि निषेधाज्ञा जारी भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए । प्रदेश राजधानीसमेत र...
छोरी जन्माउने आमालाई भत्ता
प्रशासन, समाचार, समाज, हाइलाइट-समाचार

छोरी जन्माउने आमालाई भत्ता

नेपाल अखबार, बैतडी। दोगडाकेदार गाउँपालिकाले गत आर्थिक वर्षमा छोरी जन्माउने २१३ आमालाई प्रोत्साहन भत्ता वितरण गरेको जनाएको छ । स्वास्थ्य संस्थामै छोरी जन्माएका ती आमाले रु एक हजारका दरले प्रोत्साहन भत्ता पाएका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिए । उनले भने, “स्वास्थ्य संस्थामै छोरी जन्माएका आमा र शिशुको पोषण अवस्था सुधारका लागि उक्त रकम दिने गरेका हौँ ।” छोरी पनि छोरा समान हुन् भन्ने सन्देश दिन र समाजमा छोराछोरी बीचको समानता कायम गर्न छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता दिन थालिएको गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताए ।  उनले भने, “छोरीले पनि छोरा सरह नै काम गर्न सक्छन् भन्ने बुझाउन र समाजले उनीहरुलाई समान दृष्टिकोणले हेर्ने चेतनाको विकासका लागि प्रोत्साहन भत्ताको व्यवस्था गरिएको  हो ।” नेपाल सरकारले संस्थागत सुत्केरी भए यातायताबापत दिने रु दुई हजार र चार...
कपिलवस्तुमा भदौ ७ सम्म लम्बियो निषेधाज्ञा
प्रशासन, समाचार, समाज

कपिलवस्तुमा भदौ ७ सम्म लम्बियो निषेधाज्ञा

नेपाल अखबार, बुटवल । कपिलवस्तुमा जारी निषेधाज्ञा एक हप्तासम्म लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलबस्तुमा आइतबार बसेको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा जारी निषेधाज्ञा भदौ ७ गते राति १२ बजेसम्म लम्ब्याउने निर्णय गरेको हो । कोरोना संक्रमणको दर पुनः बढेकाले जिल्ला उच्च जोखिममा रहेकोले आइतबार राति १२ बजेसम्म यसअघि जारी निषेधाज्ञा भदौ ७ गते राति १२ बजे सम्मका लागि थप गर्ने निर्णण गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । निषेधाज्ञा अवधिमा अत्यावश्यक वाहेक सबै खाले ब्यवसाय, सेवा तथा कार्यालयहरु र बजार बन्द रहने छन् । खाद्यान्न, तरकारी, फलफूल, दूध, पेट्रोेलियम पदार्थ, ग्यास, औषधि, पानी र पशुपंक्षी दाना ढुवानी गर्ने सवारी साधनहरु तथा एम्बुलेन्स र शववाहन भने चल्न पाउनेछन् । यस्तै राजमार्ग भएर गुड्ने सवारी साधनहरु जिल्लामा पर्ने सडकमा रोकेर यात्रु ओरा...
सर्लाहीमा एक साता थपियो निषेधाज्ञा
प्रशासन, समाचार, समाज

सर्लाहीमा एक साता थपियो निषेधाज्ञा

नेपाल अखबार, सर्लाही । कोरोना सक्रमण फैलिने क्रम नरोकिएपछि सर्लाहीमा निषेधाज्ञाको म्याद थप गरिएको छ । पछिल्लो पटक साउन ३२ गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञाको समय सकिन लागेपछि आइतबार निषेधाज्ञाको म्याद थप गरिएको हो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आगामी भदौ ७ गतेसम्मका लागि निषेधाज्ञाको समय थप गरिएको छ । भदौ ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको समय थप गरिएको उनले बताए । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्ला स्तरीय कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको आइतबार बसेको बैठकले निषेधाज्ञा थप्ने सिफारिस गरेपछि समय थप गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । सर्लाहीमा यसअघि साउन २६ गतेदेखि साउन मसान्तसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । त्यसअघि २१ साउनदेखि अति आवश्यकबाहेकका कामकाज बन्द गर्ने निर्णय गरिएको थियो ।...
काभ्रेका ६ नगरपालिकामा उच्च सतर्कता
प्रशासन, समाचार

काभ्रेका ६ नगरपालिकामा उच्च सतर्कता

नेपाल अखबार, काभ्रे। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका छ वटा नगरपालिकाका बजार क्षेत्रमा भेला, जमघट र भीडभाड गर्न रोक लगाएसँगै ती नगरपालिकाले आफ्नो नगर क्षेत्रमा उच्च सतर्कता अपनाएका छन् । जिप्रकाले शुक्रबार सूचना जारी गर्दै कोरोना भाइरसको सङ्क्रमण जिल्लामा समेत बढ्दै गइरहेको सन्दर्भमा मानिसको जमघट, भेला भीडभाडबाट उक्त रोगको सङ्क्रमण फैलिन सक्ने भएकाले धुलिखेल, बनेपा, पनौती, पाँचखाल, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकालगायतका बजार क्षेत्रमा अत्यावश्यक बाहेकका कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल भेलाजस्ता काम नगर्न÷नगराउन सबैमा अनुरोध गरेसँगै नगपालिकाहरुले सूचना जारी गर्दै सतर्कता अपनाउन आम नगरवासीमा आग्रह गरेका हुन् । यसैबीच बनेपा नगरपालिकाले शुक्रबार सूचना जारी गर्दै शनिबारबाट अत्यावश्यकबाहेकका अन्य सबै सेवा बन्द गर्ने जनाएको छ । पछिल्लो समयमा कोभिड–१९ सङ्क्...
लिदीको बस्ती स्थानान्तरण गरिने
प्रशासन, समाचार, समाज

लिदीको बस्ती स्थानान्तरण गरिने

नेपाल अखबार,सिन्धुपाल्चोक । गृहमन्त्री रामबहादुर थापाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीको बस्ती स्थानान्तरण गरी उचित स्थानमा बासस्थानको व्यवस्था मिलाइने बताएका छन् ।  पहिरोग्रस्त क्षेत्रमा शुक्रबार पुगेर स्थलगत अनुगमनपछि उनले सो कुरा बताएका हुन् । बिहान खसेको पहिरामा परेर त्यहाँ ११ जनाको मृत्यु भएको छ भने २७ बेपत्ता छन् । मन्त्री थापाले अझै ठूलो क्षति हुन सक्ने अवस्था देखिए पनि पूर्वसावधानी अपनाउँदा कम क्षति भएको बताए । सरकारका तर्फबाट उद्धारलाई छिटोभन्दा छिटो अघि बढाउने र पुनःनिर्माणको काम तीव्् बनाइने गृहमन्त्रीको भनाइ थियो । शुक्रबार गृहमन्त्री थापा राहत सामग्रीसहित घटनास्थलमा पुगेका थिए । उनले लिदी गाउँ जोखिमयुक्त ठाउँमा रहेको निष्कर्षका आधारमा स्थानीय प्रशासनले सचेतना अपनाउन आग्रह गरे पनि क्षति भएको भन्दै दुःख व्यक्त गरे । मन्त्री थापाले भने, “उहाँहरु साँझ सरेर अर्कै ठा...
ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ
प्रशासन, समाचार

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपाल अखबार, कास्की । प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका एक फरार प्रतिवादीलाई बिहीबार पक्राउ गरी अदालतमा पेश गरेको छ । फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला प्रहरी कार्यालयबाट खटिई गएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा गोरखा पालुङटार–६ घर भई हाल पोखरा महानगरपालिका–९ बस्ने कृष्णबहादुर नेपालीको छोरा २५ वर्षीय  सुरेश नेपालीलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । गोरखा जिल्ला अदालतको विसं २०७२ मङ्सिर १० गतेको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा पाँच वर्ष कैद हुने ठहरेकोमा सो फैसलाउपर उच्च अदालत पोखरामा पुनरावेदन गरी उच्च अदालत पोखराको विसं २०७३ पुस ३ गतेको फैसलाले समेत सोही सजाय सदर गरेको थियो । प्रतिवादीले एक महिना ११ दिन प्रहरी तथा न्यायिक हिरासतमा रही बाँकी चार वर्ष १० महिना १९ दिन कैद बाँकी रहेकोमा पोखरा–९ बाट पक्राउ गरी कास्की जिल्ल...
आकस्मिक कक्ष सिल
प्रशासन, समाचार

आकस्मिक कक्ष सिल

नेपालअखबार, चितवन। भरतपुर अस्पतालको आकस्मिक कक्ष बन्द (सिल) गरिएको छ । अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक नर्सलाई कोरोना सङ्क्रमण पुष्टि भए पछि आकस्मिक कक्ष सिल गरिएको हो । अस्पतालद्वारा जारी सूचनामा अर्को जानकारी नगराइएसम्मका लागि अस्पतालको आकस्मिक कक्ष सिल गरिएको जनाइएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा अस्पतालको सोही कक्षमा कार्यरत २५ वर्षीया नर्समा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । नर्समा सङ्क्रमण देखिएपछि सो कक्ष सिल गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिए । उनले भने, “इमर्जेन्सीमा कार्यरत नर्समा सङ्क्रमण देखिएकाले त्यहाँ रहेका बिरामीलाई अन्यत्र सारेका छौँ, इमर्जेन्सी कक्ष सिल गरेका छौँ ।” भरतपुरको प्रयोगशालामा बिहीबार परीक्षण गरिएकामध्ये १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । तीमध्ये १५ जनाको स्वाब भरतपुर अ...
कार्यालय प्रमुख जानकारीविनै राजधानी हिँडेपछि…
प्रदेश ६, प्रशासन, समाचार

कार्यालय प्रमुख जानकारीविनै राजधानी हिँडेपछि…

नेपाल अखबार, अर्घाखाँची । शीतगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले जानकारीविना नै कार्यालय छाडेपछि कार्यालयको काम प्रभावित भएको छ ।  प्रशासकीय अधिकृत अर्जुन गौतम नगरपालिकामा कुनै जानकारीसमेत नदिई हिँडेपछि नगरपालिकाको कार्यपालिका बैठकसमेत प्रभावित भएको छ । गौतमले यही साउन २६ गते कार्यपालिकाको बैठकका लागि सबै कार्यपालिका सदस्यलाई सूचना गरेर आफू अघिल्लो दिन नै कसैलाई निमित्तसमते नदिई कार्यालय छाडेर हिँडेपछि बैठक नै बस्न नसकेको नगर प्रमुख सूर्यप्रसाद अधिकारीले बताए । वर्षात्का समयमा गाडी नचल्ने बाटामा पैदल हिँडेर कार्यपालिका बैठकमा भाग लिन नगरपालिका पुगेका कार्यपालिकाका सदस्य बैठक नबसेकामा दुखित भएको वडा नं ७ का वडाध्यक्ष मोहन  पन्थीले बताए । भौगोलिक हिसाबले नेपालकै सबैभन्दा ठूलो नगरपालिकामा गोरुसिंँगे–सन्धिखर्क सडकबाहेकका अन्य अधिकांश सडक पहिराले अवरुद्ध बनेका छन् । कार्यालय प्रमुख कार्...
कास्कीद्वारा प्रदान गरिने सवारी पास वितरण स्थगित
प्रशासन, समाचार

कास्कीद्वारा प्रदान गरिने सवारी पास वितरण स्थगित

नेपाल अखबार, पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले एउटा जिल्लाबाट अर्को जिल्लाका लागि प्रदान गरिने सवारी पास वितरण कार्य बिहीबारबाट स्थगित गरको छ । कोरोनाको संक्रमण उच्च रुपमा वृद्धि हुन थालेपछि गृहमन्त्रालयले काठमाडौं उपत्यका सहित सबै जिल्लाबाट जारी हुने पास वितरण रोक्ने निर्णयसंगै कास्कीको जिल्ला प्रशासन कार्यालय कास्कीले पनि सवारी पास वितरण रोकेको जानकारी दिएको हो । अर्को सूचना जारी नभएसम्मका लागि सवारी पास वितरण कार्य रोकिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलद्वारा जारी विज्ञप्तिमार्फत जनाइएको छ ।...