४९२ जना कैदीबन्दीलाई संविधान दिवसमा रिहा गर्न सिफारिस
नेपालअखबार, काठमाडौँ । कारागार व्यवस्थापन विभागले संविधान दिवसको दिन कैदीबन्दीको कैदकट्टा गर्न सूची सार्वेजनिक गरेको छ। असोज ३ गते संविधान दिवस मनाइन्छ। विभागले चार सय ९२ जना कैदीबन्दीको कैदकट्टा गर्न सूची सार्वजनिक गरेको हो।
५० प्रतिशत कैद भुक्तान गरेका चार सय १९ जना, दुई जना जेष्ठ नागरिक र ४० प्रतिशत कैद भुक्तान गरेका ७१ जना गरी जम्मा कूल चार सय ९२ जना कैदीबन्दीको कैदकट्टा सिफारिस गर्न सूचना प्रकाशन भएको छ।
सिफारिस भएका कैदीबन्दीको कैदकट्टा सिफारिसविरूद्ध कुनै उजुरी र गुनासो भएमा सात दिनभित्र तथ्य प्रमाणसहित विभागमा उपस्थित हुन सूचनामा भनिएको छ।
यसअघि गत असार ९ गते पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले सूचना जारी गरेको थियो। असार २८ गते प्रधानमन्त्री दाहालले प्रतिनिधि सभाको बैठकमा विश्वासको मत पाएका थिएनन्। असार ३० गते प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएका थिए।
त्य...










