अश्लिल तस्बिर खिचेको आरोपमा पक्राउ परेका सशस्त्रका डिएसपीले झुक्याएर गरेका थिए फोन फर्म्याट
नेपालअखबार, काठमाडौं। महिलाको अश्लिल तस्बिर खिचेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका डिएसपी तुलसिंह केसीले प्रहरीलाई झुक्याएर फोन फर्म्याट गरेको पाइएको छ।
प्रहरी वृत्त स्वयम्भूको हिरासतमा रहेका केसीले ड्युटीमा खटिएका प्रहरीलाई झुक्याएर फोन फर्म्याट गरेको पाइएको हो। प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनमा समेत उल्लेख गरी सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।
उक्त प्रतिवेदनका अनुसार डिएसपी केसीले फागुन ८ गते (मंगलबार) बेलुकी सवा ७ बजे आफ्नो श्रीमतीको सम्पर्क नम्बर निकाल्नु पर्यो भनेर ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षक रामबाबु राय यादवलाई भनेका थिए।
केसीले भनेका थिए,‘मैले गरेका गल्तीबारेमा विभिन्न पत्रपत्रिकामा आइ नै सक्यो। मेरो फेसबुक आइडीबाट मेरो तथा परिवारको फोटोहरू तानेर फोटोसहित मिडियामा हाल्न सक्ने हुँदा मेरो व्यक्तिगत पहिचान गोप्य राख्न फे...










