दिल्लीमा किसान आन्दोलन: ड्रोनबाट अश्रुग्यास प्रहार, ड्रोन झार्न किसानले उडाए चंगा
नेपालअखबार, एजेन्सि। भारतको नयाँ दिल्लीमा चार दिनदेखि किसानहरू आन्दोलनमा छन्।
बालीको मूल्य र नाफा सुनिश्चित गर्न माग गर्दै भारतका हजारौं किसानले ‘दिल्ली चलो’ अभियान गरी आन्दोलन गरिरहेका हुन्।
शुक्रबार भारतीय किसान यूनियन (बिकेयू) ले देशव्यापी भारत बन्दको घोषणा समेत गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ।
सरकारलाई दबाब दिन आफ्ना कामकाज छाडेर भारत बन्द गर्ने घोषणा गरेको बिकेयूका नेता पवन खातानाले बताए।
‘किसानहरूलाई काम नगर्न, किनमेलका लागि बजार नजान भनिएको छ। व्यापारी र यातायात व्यवसायीहरू पनि प्रदर्शनमा सहभागी हुन आएका छन्,’ उनले भने।
दिल्ली प्रवेश गर्न खोजेका किसानलाई प्रहरीले ठूलो सुरक्षा घेरा राखेर रोक्ने प्रयास गरिरहेको छ। टाइम्स अफ इन्डियाका अनुसार शम्भू बोर्डरमा प्रहरीले भीडलाई तितरबितर पार्न किसानहरूमाथि अश्रुग्यास समेत प्रहार गरेको छ।
किसानले पनि प्रहरीमाथि ढुंगामुढा...










