Saturday, September 5

प्रशासन

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार अभियुक्त कुवेतबाट पक्राउ
प्रशासन, समाचार

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार अभियुक्त कुवेतबाट पक्राउ

नेपालअखबार, काठमाडौं। प्रहरीले जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका अभियुक्तलाई  कुवेतबाट पक्राउ गरेर नेपाल ल्याइएको छ । एनसीबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका काभ्रेपलान्चोक चौरीदेउराली गाँउपालिका-८ घर भएका ३१ वर्षीय उमेश लामालाई उक्त मुद्दामा कारबाही गर्न प्रहरीले मंगलबार नेपाल फिर्ता ल्याइएको हो । लामाविरुद्ध प्रहरी वृत्त जगाती भक्तपुरमा जबरजस्ती करणी मुद्दामा मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेको खुल्न आएको थियो । अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० असोज ११ गते उनी विरुद्ध रेड नोटिस जारी भएको थियो । यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको छ ।...
नेपाली श्रमिकहरूलाई ‘फ्री भिसा फ्री टिकट’मा पठाउन सकिँदैन : सचिव भण्डारी
प्रशासन, समाचार

नेपाली श्रमिकहरूलाई ‘फ्री भिसा फ्री टिकट’मा पठाउन सकिँदैन : सचिव भण्डारी

नेपालअखबार, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव केवलप्रसाद भण्डारीले वैदेशिक रोजगारीको लागि 'फ्री भिसा फ्री टिकट'मा नेपाली श्रमिकहरू पठाउन नसकिने बताएका छन् । आइतबार मन्त्रालयमा अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस (डिसेम्बर १८)को पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रम सचिव भण्डारीले यस्तो बताएका हुन् । उनले नेपालबाट वैदेशिक रोजगारीको लागि विभिन्न खाडी लगायत मुलुकहरूमा 'फ्री भिसा फ्री टिकट'मा पठाउने काम भए पनि पठाउन नसकिने स्पष्ट पारे । उनले योग्यता क्षमता र सीप भएका श्रमिकहरुको माग गर्दा नै त्यो देशको एजेन्सीहरुले समेत कमिसन लिने गरेको बताए । उनले श्रमिक माग गर्दा नै लागत लाग्ने भएकाले फ्री भिसा फ्री टिकटमा श्रमिक पठाउन नकिने देखिएको बताए । सचिव भण्डारीले सरकारले फ्री भिसा फ्री टिकट नीति कार्यान्वयनका लागि काम गरेको तर सम्भव नभएको उल्लेख गरे । उनले स्वास्थ्...
सालकको खपडासहित तीन जना पक्राउ
प्रशासन, समाचार

सालकको खपडासहित तीन जना पक्राउ

नेपालअखबार, काठमाडाैं। प्रहरीले सालकको खपडासहित तीन जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलाबाट तीन जनालाई सालकको खपडासहित पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। गत शुक्रबार पेप्सीकोलामा सालकको खपडा बेच्न केही व्यक्तिहरू हिँडिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दोलखा गौरीशंकर गाउँपालिका-१का २० वर्षीय अमृत लामा, जिरी नगरपालिका-३का २५ वर्षीय विशाल बस्नेत र जिरी-४ का २७ वर्षीउ सुकविर तामाङ छन्। उनीहरूमाथि थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय हात्तिसार पठाइएको छ।...
राष्ट्रिय सभामा भाग लिने १२ राजनीतिक दलले पाए चुनाव चिन्ह
प्रशासन, समाचार

राष्ट्रिय सभामा भाग लिने १२ राजनीतिक दलले पाए चुनाव चिन्ह

नेपालअखबार, काठमाडाैं। निर्वाचन आयोगले राष्ट्रिय सभामा भाग लिन दर्ता भएका १२ राजनीतिक दललाई चुनाव चिन्ह प्रदान गरेको छ। आइतबार बसेको आयोगको बैठकले १२ राजनीतिक दलहरूलाई चिन्ह प्रदान गरेको प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए। राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुँदैछ। आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको आधारमा क्रम निर्धारण गरी चुनाव चिन्ह प्रदान गरेको आयोगले जनाएको छ। नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीले चुनाव चिन्ह प्राप्त गरेका हुन्।...
राष्ट्रियसभा सदस्य निर्वाचन : दर्ता भएका १२ दललाई आज चुनाव चिह्न प्रदान गरिने
प्रशासन, समाचार

राष्ट्रियसभा सदस्य निर्वाचन : दर्ता भएका १२ दललाई आज चुनाव चिह्न प्रदान गरिने

नेपालअखबार, काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्नेछ । दर्ता भएका १२ दललाई चुनाव चिह्न प्रदान गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिकामा उल्लेख छ । त्यसैगरी पुस १६ गते चुनावका लागि सात वटा प्रदेशको राजधानीमा निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना हुनेछ । आगामी फागुन २० गते एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ । २०७२ मा संविधान जारी भएपछि निर्वाचित भएका राष्ट्रिय सभा सांसदहरूको पदावधि गोला प्रथाबाट तय गरिएको थियो । गोला प्रथामा ६ वर्ष अवधि पाएका सदस्यहरूको समय आगामी फागुन २०...
एघार हजारभन्दा बढी बालबालिका राज्यको संरक्षणमा
प्रशासन, समाचार, समाज

एघार हजारभन्दा बढी बालबालिका राज्यको संरक्षणमा

नेपालअखबार, काठमाडौँ । हाल मुलुकभरका बालगृहमा ११ हजार दुई सय दुई जना बालबालिका संरक्षित छन् । आव २०७९/८० मा ५० वटा बालगृह बन्द भएकामा ५१ बालगृृह थप भई हाल चार सय १८ वटा बालगृह सञ्चालनमा छन् । मुलुकभर पाँच हजार एक सय ४४ बालक र छ हजार ५८ बालिका गरी जम्मा ११ हजार दुई सय दुई जना बालबालिका बालगृहमा संरक्षित छन् । राष्ट्रिय बालअधिकार परिषद्का अनुसार कोशी प्रदेशका आठ जिल्लामा २९ बालगृह सञ्चालनमा रहेका छन् । मधेस प्रदेशका पाँच जिल्लामा १३ बालगृह सञ्चालनमा रहेका छन् । बागमती प्रदेशका दश जिल्लामा दुई सय ९६ बालगृह सञ्चालनमा छन् जहाँ तीन हजार तीन सय ९९ बालक र चार हजार चार सय १५ बालिकाले अभिभावक पाएका छन् । गण्डकी प्रदेशका छ जिल्लामा ३७ बालगृह सञ्चालनमा रहेका छन् भने जसमा पाँच सय ३५ बालक र छ सय २३ बालिका गरी जम्मा एक हजार एक सय ५८ बालबालिका संरक्षित रहेका छन् भने लुम्बिनी प्रदेशमा, सात जिल्लामा १...
२५ वटा सेवामा हडताल गर्न निषेध
प्रशासन, समाचार

२५ वटा सेवामा हडताल गर्न निषेध

नेपालअखबार, काठमाडौँ । सरकारले विभिन्न २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गरेको छ । सरकारले राजपत्रमा सूचना प्रकाशन गर्दै हडताल निषेधित क्षेत्रको सूची सार्वजनिक गरेको हो। आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै गृह मन्त्रालयले विभिन्न २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गरेको सूचना राजपत्रमा प्रकाशित गरेको छ। प्रकाशित डाक, तार वा टेलिफोन सेवा, जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा, हवाई अड्डा वा हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा, हवाई ग्राउन्ड, रेलवे स्टेसन वा सरकारी गोदाममा मालसामान ओसारपसार गर्ने वा राख्ने, झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवालाई हडताल निषेधित क्षेत्र घोषणा गरिएको हो । त्यसै गरी प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा, हातहतियार खरखजाना वा अरू क...
जनप्रतिनिधि र कर्मचारीको प्रभावकारी कामले सुशासन कायम गर्न सकिने
प्रशासन, समाचार

जनप्रतिनिधि र कर्मचारीको प्रभावकारी कामले सुशासन कायम गर्न सकिने

नेपालअखबार, बारा । बाराको जितपुर सिमरामा आज ‘सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भुमिका’ बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । तराई विकास तथा सञ्चार केन्द्र नेपाल काठमाडौंको आयोजना, जितपुरसिमरा उपमहानगरपालिकाको सहकार्य एवं जिल्ला प्रशासन कार्यालय कलैया बाराको संयोजनमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम आयोजक संस्थाका अध्यक्ष गोविन्द चौलागाईको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले क्षणिक स्वार्थका लागि नियम विपरितका काम गर्दा भ्रष्टाचार बढेको बताए । अत्यन्तै बढी विवादित हुने बिषय सार्वजनिक खरिदको बिषयमा सचेत हुनुपर्ने उनले बताए । ‘बाराका कतिपय जनप्रतिनिधिले आफ्नो जिम्मेवारी पूर्णरुपमा निर्वाह नगर्दा जिल्लाको अधिकांस पालिकामा बेथिति बढेको छ । सिम्रौनगढ, पचरौता, आदर्शकोतवाल पालिकामा अझै बजेट पारित हुन सकेको छैन्’ प्रजिअ सापकोटाले भने । ...
नेपाली सेनाले माग्यो प्राविधिक तथा हवाईतर्फ १२५ कर्मचारी
प्रशासन, समाचार

नेपाली सेनाले माग्यो प्राविधिक तथा हवाईतर्फ १२५ कर्मचारी

नेपालअखबार, काठमाडाैं । नेपाली सेनाले विभिन्न रिक्त पदहरूका लागि दरखास्त आह्वान गरेको छ। सेनाले सूचना प्रकाशन गर्दै प्राविधि, हवाई लगायत विविध सेवामा रिक्त १२५ कर्मचारी मागेको हो। सेनाले नर्सिङतर्फ १८ जना, मेडिकलतर्फ ३२ जना, मर्मततर्फ १२ जना, सैनिक ब्याण्डतर्फ १४ जना, कर्मचारीतर्फ ४२ जना लगायत विभिन्न सेवाका लागि केही संख्यामा कर्मचारी मागेको हो। इच्छुक तथा योग्यता पुगेकाहरूले नेपाली सेनाको केन्द्रिय भर्ना छनौट केन्द्र स्वयम्भूमा पुस २८ सम्म दरखास्त दिन सक्नेछन्। फरक-फरक पदमा दरखास्तका लागि फरक-फरक शुल्क तोकिएको छ। सूचनाः...
बाजुराबाट फर्कियो भूकम्पपीडितलाई पठाइएको ८ करोड राहत रकम
प्रशासन, समाचार, समाज

बाजुराबाट फर्कियो भूकम्पपीडितलाई पठाइएको ८ करोड राहत रकम

नेपालअखबार, बाजुरा। बाजुराका भूकम्पप्रभावित परिवारका लागि आएको पहिलो किस्ताको १४ करोडमध्ये आठ करोड रुपैयाँ फिर्ता गरिएको छ। पहिलो किस्ताको  १४ करोडमध्ये १० करोड रुपैयाँ फिर्ता गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्र पठाएपछि सो रकम फिर्ता गरिएको हो। जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार प्राधिकरणले सोमबार जिल्ला प्रशासन कार्यालयलाई रकम फिर्ताका लागि पत्र पठाएको थियो। सो रकम विपद् व्यवस्थापन कोषमा  पठाइएको उनले बताए। भूकम्पबाट प्रभावित अन्य जिल्लामा रकम अभाव भएको भन्दै प्राधिकरणले जिल्ला प्रशासन कार्यालय बाजुरालाई पत्र पठाएको थियो। प्राधिकरणले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट अत्यधिक क्षति भएकाले उक्त क्षेत्रमा प्रभावितका लागि तत्काल थप रकम निकासा गर्नुुपर्ने भएकाले रकम फिर्ता गर्न  पत्र पठाएको प्रजि...