Friday, August 7

प्रशासन

भिजिट भिसामा मानव तस्करी, भिसासहित सबै कागजपत्र नक्कली
प्रशासन, समाचार

भिजिट भिसामा मानव तस्करी, भिसासहित सबै कागजपत्र नक्कली

नेपालअखबार, काठमाडौँ । नक्कली कागजपत्र प्रयोग गरी ‘भिजिट भिसा’ मा खाडीलगायतका द्वन्द्वग्रस्त मुलुकमा पुर्‍याएर नेपाली नागरिकलाई अलपत्र परेका घटना बढेपछि प्रहरीले मानव तस्करीविरुद्ध विशेष अप्रेसन सुरु गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले भिजिट भिसामा विदेश जाने नेपालीले प्रयोग गरेका कागजपत्र अनुसन्धान गर्ने क्रममा फर्जी कागजपत्र बनाउने काठमाडौँका छ वटा ट्राभल्स एजेन्सीका सञ्चालकलाई नियन्त्रणमा लिएको हो । नक्कली कागजपत्रमार्फत भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा प्रहरीले नेपाल वायु सेवा निगममा कार्यरत अधिकृत होमनाथ पोखरेललाई पनि पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द पन्थीको नेतृत्वको प्रहरी टोलीले यस प्रकरणमा संलग्न भएको आरोपमा हालसम्म २१ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । भिजिट भिसामा प्रयोग भएका कागपत्र ...
पक्राउ परे वायु सेवा निगमका अधिकृत
प्रशासन, समाचार

पक्राउ परे वायु सेवा निगमका अधिकृत

नेपालअखबार, काठमाडौं । भिजिट भिसामा खाडी मुलुक पठाउन नक्कली कागजात बनाउने कार्यमा सहयोग गरेको आरोपमा नेपाल वायु सेवा निगमका एक जना अधिकृत पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले अधिकृत होमनाथ पोखरेललाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले  बताए । उनले भने, ‘आज थप अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप गरेर ल्याएका छौं ।’ भिजिट भिसामा कामदार पठाउने गिरोहबारे अनुसन्धान गर्दै जाँदा वायु सेवा नियमका अधिकृत पोखरेलको पनि संलग्नता खुलेको एसपी रेग्मीले बताए । यो प्रकरणमा प्रहरीले यसअघि कन्सल्टेन्सीका सञ्चालकसहित १३ जनालाई पक्राउ गरिसकेको छ ।...
जाजरकोट भूकम्पः रुकुम पश्चिममा २५ हजार लाभग्राही यकिन, विवरण संकलन अझै जारी
प्रशासन, समाचार, समाज

जाजरकोट भूकम्पः रुकुम पश्चिममा २५ हजार लाभग्राही यकिन, विवरण संकलन अझै जारी

नेपालअखबार, जाजरकोट। गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्‍याएको रुकुम पश्चिममा २५ हजार लाभग्राहीको सङ्ख्या यकिन भएको छ। जिल्लाका छवटै पालिकामा ती लाभग्राहीको सङ्ख्या यकिन भएको हो। प्रभावित क्षेत्रमा क्षतिको विवरण सङ्कलन गरेर २५ हजार लाभग्राहीको प्रहरी लागत तयार भएको र केही स्थानीय तहमा अझै सङ्कलनको काम जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए। उाका अनुसार लाभग्राहीको विवरण संकलनको काम जारी रहेकाले जिल्लामा पाँच हजार लाभग्राही बढ्नसक्ने जनाइएको छ। हालसम्म आठबीसकोट, चौरजहारी र मुसीकोट नगरपालिका तथा त्रिवेणी, बाँफीकोट र सानीभेरी गाउँपालिकामा गरेर साढे १७ हजार लाभग्राहीलाई अस्थायी आवास निर्माण गर्नका लागि प्रतिघर २५ हजारका दरले ४३ करोड ७५ लाख रुपैयाँ रकम स्थानीय तह विपद् जोखिम न्यूनीकरण कोषमा पठाइसकिएको छ। अब संघीय स...
कर्मचारीले रुचाएनन् दुर्गम र मधेश
पत्रपत्रिका, प्रशासन, समाचार

कर्मचारीले रुचाएनन् दुर्गम र मधेश

नेपालअखबार, काठमाडौँ । सुगम स्थानीय तहमा सेवा गर्न रहर गर्ने कर्मचारी दुर्गम र मधेशका स्थानीय तहमा भने कर गर्दा पनि सेवा गर्न मान्दैनन् । सुगम स्थानीय तहमा सरुवा हुन उच्च पदस्थ कर्मचारी र नेतालाई भनसुन गर्ने कर्मचारी दुर्गम र मधेशका सुगम स्थानीय तहमा समेत सेवा गर्न नमान्ने कर्मचारीको प्रवृत्तिले सङ्घीयता कार्यान्वयनमा समस्या सिर्जना हुन थालेको छ । सङ्घीयता कार्यान्वयन भएको सात वर्ष बितिसक्दा पनि दुर्गम र मधेश प्रदेशका स्थानीय तहमा सङ्घीय सरकारले पठाउने प्रमुख प्रशासकीय अधिकृतको सधैँजसो अभाव रहँदै आएको छ । प्रमुख प्रशासकीय अधिकृत अभावमा उक्त पालिकामा नियमित सेवा प्रवाह नै प्रभावित भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सात वर्षदेखि सङ्घीय निजामती सेवा ऐन निर्माण हुन नसक्दा दुर्गम र मधेशका स्थानीय तहमा कर्मचारी...
बैङ्किङ कसुरमा ७ करोड ९७ लाख बिगो कायम भएका प्रतिवादी पक्राउ
अपराध, प्रशासन, समाचार

बैङ्किङ कसुरमा ७ करोड ९७ लाख बिगो कायम भएका प्रतिवादी पक्राउ

नेपालअखबखर, काठमाडौँ । बैङ्किङ कसुर मुद्दामा ७ करोड ९७ लाख ५० हजार बिगो कायम भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाको चम्पादेवी घर भएका ३२ वर्षीय शेर बहादुर मगर छन् । शेर बहादुरलाई ललितपुर महानगरपालिका–१५ स्थित हात्तिवनबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए । उनिबारे विभिन्न अदालतबाट बैङ्किङ कसुर मुद्दा फैसला भएर जरिवाना र कैद भुक्तान हुन बाँकी रहेको पाइएको छ । मगरलाई फैसला कार्यान्वयनका लागी प्रहरीले भक्तपुर जिल्ला अदालतमा उपस्थित गराएको छ ।...
पन्ध्र बिघामा गरिएको गाँजाखेती नष्ट
प्रशासन, समाचार, समाज

पन्ध्र बिघामा गरिएको गाँजाखेती नष्ट

नेपालअखबार, सर्लाही। सर्लाही प्रहरीले लालबन्दी नगरपालिका –१४, नारायण खोलास्थित १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ। सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला नेतृत्वको सुरक्षाकर्मीको टोलीले  गाँजा खेती नष्ट गरेको हो। नारायण खोला र आसपासका क्षेत्रको विशाल भूभागमा गाँजाखेती गरिएको सूचनाका आधारमा परिचालन भएको  सुरक्षाकर्मीको टोलीले १५ बिघा क्षेत्रफलमा लगाएको गाँजा नष्ट गरेको सर्लाहीका प्रहरी प्रमुख प्रवीण धितालले जानकारी दिए। गाँजा नष्ट गर्न जिल्ला प्रहरी कार्यालय मलङ्गवा, नेपाल प्रहरी विशेष सुरक्षा गण ढल्केवर, सशस्त्र प्रहरी सुरक्षा बल लालबन्दी र इलाका प्रहरी कार्यालय लालबन्दीबाट एक सय ५० जनाभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए। प्रहरीले प्रत्येक वर्ष सर्लाहीको चुरे क्षेत्रमा गाँजा फडानी गर्दै आएको छ तर स्थानीयले गाँजाखेती गर्न छाडेका छैनन्। सडक नपुगेको र...
भूमिहीनलाई लालपुर्जा दिने प्रक्रिया सुरू, धमाधम हुँदैछ जग्गा नापजाँच
प्रशासन, समाचार, समाज

भूमिहीनलाई लालपुर्जा दिने प्रक्रिया सुरू, धमाधम हुँदैछ जग्गा नापजाँच

नेपालअखबार, उदयपुर। उदयपुरको कटारी  नगरपालिका–१ कालीखोला गाउँबाट जग्गा नापी सुरु भएको छ। राष्ट्रिय भूमि आयोग उदयपुरका अध्यक्ष बलबहादुर तामाङका अनुसार पहिलो चरणमा ऐलानी जग्गाको नापी सुरु भएको हो। भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित ढङ्गले बसोबास गरेकाहरूलाई  नापजाँच गरेर जग्गाधनी प्रमाणपत्र प्रदान हुने अध्यक्ष तामाङले बताए। यसपटक कटारी नगरभित्रका सबै वडाको जग्गा नापी गरिने नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले बताए। नापी सुरु भएपछि भूमिहीनहरूमा पुनः उत्साह थपिएको छ। ‘नापीको काम सुरु भएको छ यसपटक समस्या समाधान हुने आशामा छौँ,’ भूमि अधिकारमञ्च कटारीका अध्यक्ष बालकृष्ण थापाले भने। कटारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले नगरभित्र जग्गा नापीको काम सुरु भएकाले अव भने भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थितले लालपुर्जा पाउने गरी काम अघि बढेको बताए। उदयपुरमा कटारीब...
वाइडबडी खरिद प्रकरणमा अख्तियारले बोलायो ३ विदेशी कम्पनी
प्रशासन, समाचार

वाइडबडी खरिद प्रकरणमा अख्तियारले बोलायो ३ विदेशी कम्पनी

नेपालअखबार, काठमाडौं । वाइडबडी विमान खरिद प्रक्रियामा जोडिएका तीन विदेशी कम्पनीका सञ्चालकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको छ । नेपाल वायुसेवा निगमले वाइडबडी विमान खरिद गर्दा भएको भनिएको भ्रष्टाचार प्रकरणको अनुसन्धानका लागि अख्तियारले नेपाली मूलका बेलायती नागरिक दीपक शर्मा, जर्मन नागरिक क्रिश्चियन न्ह्युलेन र रोमानियाका नागरिक ओलेग कालिस्त्रुलाई १५ दिनभित्र उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको हो । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ४३ अनुसार नेपाल वायु सेवा निगमको ए–३३०–२०० विमान खरिदमा भएको भ्रष्टाचारको अनुसन्धानका लागि उनीहरूलाई सूचना प्रकाशित भएको १५ दिनभित्र राहदानीसहित हाजिर हुन निर्देशन गरिएको छ । ‘हालैको तस्बिरसहित कोठा नं. १०८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगाल कार्यालयमा व्यक्तिगत रूपमा हाजिर हुनुपर्ने जानकारी गराइन्छ, सूचनामा भनिएको छ, ‘यस सूच...
नेपाली सेनाद्वारा रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान
प्रशासन, समाचार

नेपाली सेनाद्वारा रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान

नेपालअखबार, काठमाडौँ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । आज एक सूचना जारी गर्दै प्राड, प्राविधिक र विविध सेवातर्फका अधिकृतको लागि दरखास्त माग गरिएको हो । पुस २१ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता दरखास्त दिन सकिने सूचनामा उल्लेख छ । सेनाको आधिकारिक वेबसाइटमार्फत अनलाइन दरखास्त दिन सक्ने निर्देशनालयले जनाएको छ ।...
राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान
प्रशासन, समाचार

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान

नेपालअखबार, काठमाडौँ । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले शुक्रबार एक सूचना जारी गर्दै राष्ट्रियसभा निर्वाचनमा भाग लिने सबै राजनीति दललाई दर्ता आह्वान गरेको हो । आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मङ्सिर २४ गतेदेखि २९ गतेसम्म दल दर्ताका लागि समय दिएको छ । चुनावी कार्यतालिकाअनुसार पुस १ गते दलहरूलाई चुनाव चिह्न प्रदान गरिनेछ । यस्तै पुस ४ गते दर्ता भएका दलहरूको अन्तिम नामावली प्रकाशित हुनेछ । पुस १६ गते चुनावका लागि सात वटा प्रदेशको राजधानीमा निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना हुनेछ । आगामी फागुन २० गते एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ । २०७२ मा संविधान जारी भएपछि निर्वाचित भएका राष्ट्रिय सभा सांसदहर...